३४औं राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब च्याम्पियन

सुर्खेत | पुस २६, २०८०

३४औं राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब च्याम्पियन तस्वीर: फाइल

सुर्खेत:   नेपाल पुलिस क्लब कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न भएको  ३४औं राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । साविक विजेता नेपाल एपिएफ क्लबलाई फाइनलमा पराजित गर्दै नेपाल पुलिस क्लब च्याम्पियन बनेको बनेको हो ।  


कर्णाली प्रदेशको सुर्खेतस्थित विरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा बिहीबार भएको फाइनलमा एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बन्न सफल भएको हो ।

 

सुरुवातमा प्रतिस्पर्धात्मक बनेको पहिलो सेट एपिएफले २५–२२ ले आफ्नो पक्षमा पारेको थियो । पहिलो सेट गुमाएको पुलिस दोस्रो सेटबाट भने खेलमा फर्कियो । दोस्रो सेट २५–१९ ले जित्दै पुलिसले खेललाई १–१ सेटको बराबरीमा ल्याए ।


रविन चन्द नायक बन्दा पुलिसले तेस्रो सेट २५–१८ ले जित्दै खेलमा २–१ को सेटमा अग्रता लिन सफल भयो । १५–१५ को बराबरीको अवस्थाबाट पुलिसले खेललाई १८–१५ को स्थितिमा ल्याए । त्यसपछि एपिएफले थप ३ अंक बटुल्दा पुलिसले ७ अंक बटुल्दै जित निकाल्न सफल भयो ।


चौथो सेटमा पनि पुलिसले सुरुवातमा ८–४ को अग्रता लिएपनि एपिएफले पूनरागमन गर्दै ११–१० को अग्रता लिन सफल भएको थियो । तर, पुलिसले एपिएफको अग्रतालाई पछि पारेर २५–२३ को जित निकाल्दै च्याम्पियन बन्न सफल भयो ।


उपाधिसँगै पुलिसले १ लाख रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । 


यस्तै ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३–१ सेटमा पराजित गर्दै तेस्रो भएको थियो । 

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्