विष्णु थकाली कामले काम सिकाउँछ भनेझैँ घरको तला थपेपछि करेसाबारीमा घाम लागेन । घाम नलागेपछि करेसाबारीमा लगाएको तरकारी फल्न सकेन । छतमा पहिलेदेखि नै केही गमलामा धनियाँ, प्याज, छ्यापी रोप्थेँ । पछि फूलको सट्टा तरकारी रोप्न सुरु गरेँ । राम्रो भएपछि बढाउँदै लगेँ । ५० प्रतिशतभन्दा बढी स्वच्छ तरकारी आफ्नै कौसीखेतीबाट प्राप्त भयो । यो अनुभव पाठकलाई पनि बाँड्न चाहन्छु । केवल मन र समय दिए, उन्नत जातका बीउ र मल जोहो गर्न सके कौसी वा छतमा पनि तरकारी फलाउन सकिन्छ । समय पनि रमाइलोसँग बित्छ । प्रायःजसो घरमा चार/पाँच जनासम्मको परिवार हुन्छ । ५० देखि ६० वटा गमलामा १० किसिमका तरकारी लगाउने हो भने पाँच जनाको परिवारका लागि ५० प्रतिशत ताजा तरकारी प्राप्त गर्न सकिन्छ । अझ ध्यान दिएर घुम्तीबाली लगाउने हो भने पूरै माग पनि आपूर्ति हुन सक्छ । वसन्त ऋतुको समयमा वर्षे तरकारीको बीउबिजन राखिन्छ । तसर्थ कौसीखेतीका लागि गर्नुपर्ने केही चरणबारे उल्लेख गर्छु । ठाउँको छनोट– तरकारी लगाउनुअघि ठाउँको छनोट गर्न आवश्यक छ । हामी छत, कौसी, आँगन कहाँ तरकारी खेती गर्दै छौँ, त्यसअनुसार तरकारी लगाउने भाँडा र तरकारीको छनोट गर्नुपर्छ । छतमा गर्नु हुन्छ भने पानीट्याङ्कीको विपरीत दिशा रोजेर घाम लाग्ने र हावा चल्ने ठाउँ हुनु आवश्यक छ । गमला वा भाँडा राख्दा घरको पर्खालमा पर्ने गरी राख्नु पर्छ, जसले घरको सन्तुलन बनाई राख्छ । भाँडाको छनोट– बिरुवा र ठाउँअनुसार भाँडाको छनोट गर्नुपर्छ । बोटबिरुवाको जराको गहिराइअनुसार भाँडा ठूलो वा सानो छनोट गर्नुपर्छ । छत वा कौसीमा खेती गर्दा हल्का खालको भाँडा तयार गर्नुपर्छ । छत वा कौसीमा अनावश्यक भार पार्नु हुँदैन । माटोको शुद्धीकरण– सर्वप्रथम माटोमा भएका अनावश्यक झारपात र रोगलाई नष्ट पार्नका लागि माटोको शुद्धीकरण गर्दा राम्रो हुन्छ । यसका लागि माटोमा भएका डल्ला राम्रोसँग फोरेर अलिअलि पानी छर्केर पारदर्शी प्लास्टिकले हावा नछिर्ने गरी छोपेर कम्तीमा २४ घण्टा पारिलो घाममा पातलो गरी सुकाउनु पर्छ । बिरुवामा पानी धेरै भएमा कुहिने र थोरै भएमा सुक्खा हुने डर हुन्छ । त्यसैले बिरुवा रोपिसकेपछि दिनहुँ वा दिन बिराएर हजारीको सहायताले वा हातले छर्केर जोड नपर्ने गरी हल्कासँग पानी राख्नुपर्छ । यसो गर्दा माटो सारो हुँदैन, पानी पनि बगेर जाँदैन । माटोको तयारी– नेपाल भूकम्पको उच्च जोखिम क्षेत्रभित्र पर्छ । तसर्थ कौसी वा छतलाई अनावश्यक भार दिनु हुँदैन । हलुका बनाउनका लागि माटोमा राम्रोसँग सुकेका पातपतिङ्गर, भुस वा कोकोपिट आदि मिसाउनु पर्छ । यसरी मिश्रण गर्दा दुई भाग माटो, एक भाग मल, एक भाग कोकोपिट राखी राम्रोसँग मिश्रण गरी खेती गर्न राम्रो हुन्छ । माटो भर्ने तरिका– गमला वा प्लास्टिकको भाँडामा माटो भर्नुअघि बढी भएको पानी निकास दिनका लागि माटोमा एक वा दुईवटा प्वाल बनाउन जरुरी छ । माटो बगेर जान नपाओस् भनी प्वाल बनाइसकेपछि प्वालको वरिपरि ढुङ्गा राख्नुपर्छ । तीन इन्च वा गमलाको उचाइ हेरी आधाजति सादा माटो राख्ने । त्यसपछि मल, कोकोपिट मिश्रण गरेको माटो नभरिने गरी राख्ने वा दुई इन्चजति खाली हुने गरी माटो भर्नुपर्छ ।बालीको छनोट– कौसीखेती गर्दा हामीले तरकारी बालीको छनोटमा विशेष ध्यान पु¥याउनु पर्छ । बाली छनोट गर्दा लामो समयसम्म टिपेर खान मिल्ने, छिटो फल्ने बाली रोप्नुपर्छ । जस्तै– साग, गोलभेँडा, भन्टा, बोडी, रामतोरिया, सिमी, प्याज, धनियाँ आदि । बिरुवा रोप्ने तरिका– हामीले बिरुवा रोप्दा त्यति ध्यान दिँदैनौँ । दुई÷तीन दिनमै मरेर जान सक्छ । माटो भरिसकेपछि बिरुवा रोप्दा पूरा जरा गाड्नु हुँदैन । बिरुवा पहिले माटोमा गाडिएको जति नै गाडेर रोप्नुपर्छ । त्योभन्दा बढी गाडेमा माथिको डाँठ कलिलो हुने हुँदा कुहेर मर्ने डर हुन्छ । पानी दिने तरिका– बिरुवामा पानी धेरै भएमा कुहिने र थोरै भएमा सुक्खा हुने डर हुन्छ । त्यसैले बिरुवा रोपिसकेपछि दिनहुँ वा दिन बिराएर हजारीको सहायताले वा हातले छर्केर जोड नपर्ने गरी हल्कासँग पानी राख्नुपर्छ । यसो गर्दा माटो सारो हुँदैन, पानी पनि बगेर जाँदैन । फल टिप्ने तरिका– ठूलो फल्छ भनी धेरै समय राख्ने र जथाभावी निमोठ्दा बाली बिग्रने सम्भावना बढी हुन्छ । त्यसैले फल फल्न सुरु गरेपछि दुई वा तीन दिनको फरकमा वा आवश्यकता हेरी कैँचीको माध्यमबाट टिप्दा राम्रो हुन्छ । यसरी सानो प्रयास, समय र विधि मिलाएर तरकारी बाली लागाउन सके कौसीखेतीले आवश्यक तरकारी उत्पादन गरी स्वस्थ जीवनयापन गर्न सहयोग पुग्छ । हरियाली बढेर सहरी वातावरणमा समेत सुधार हुन्छ । हरियो खुर्सानी, हरियो प्याजसमेत हाम्रो देशमा आयात हुने गरेको छ । सबै तरकारीको आयात घटाउन नसके पनि कम्तीमा खुर्सानी र प्याजमा आत्मनिर्भर हुन कौसीखेती गर्न सकिन्छ । यसका लागि सबै मिली खुर्सानी र प्याज मात्र रोप्न सुरु गरौँ । आत्मनिर्भर बनौँ । स्वच्छ तरकारी खाऔँ । स्वस्थ रहौँ । कोरोना सङ्क्रमण नियन्त्रण गर्न बन्दाबन्दी भयो । यो बेला समय बिताउने माध्यमका रूपमा पनि कौसीखेती गर्ने चलन बढ्यो । यो ज्यादै सराहनीय पक्ष हो तर कौसीखेतीलाई व्यवस्थित गर्न सम्बन्धित निकायले प्राविधिक सहयोग उपलब्ध गराउनुपर्छ तथा कौसीखेती गर्ने होडमा दुर्घटना हुनबाट बचाउन पनि ध्यान दिनुपर्छ । गाेरखापत्रबाट साभार
पोखरा: पोखरा महानगरपालिका वडा नम्बर–१६ मा सत्ता गठबन्धनले खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ । पोखरा–१६ का द्वीप, पुरानो मनिपाल कलेज, मातृशिशु अस्पताल, मध्यमपथ लगायतका क्षेत्रमा घरदैलो गर्दै सत्ता गठबन्धनका उम्मेदवारहरुले ती क्षेत्रमा रहेको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् । उनीहरुले पर्यटकीय क्षेत्रहरु महेन्द्रगुफा, चमेरेगुफा, कालीलेक, ढिँकीडाँडा, अर्मलाकोटलगायतका क्षेत्रको पर्यटन प्रवद्र्धन गर्दै रोजगारी सिर्जना गर्ने बाचासमेत गरेका छन् । घरदैलो गर्दै वडाध्यक्षका उम्मेदवार अमृत शर्मा तिमिल्सिनाले भने,‘हामीलाई विश्वास गरेर भोट दिनूस् । हामी तपाईंहरुको खानेपानीको समस्याबाट मुक्त गर्छौं । पर्यटन प्रवद्र्धन गरेर घरघरमा रोजगारी सिर्जना गर्छौं ।’ उनले परम्परागत कृषि प्रणालीबाट गुजारा मात्र हुने स्थितिको अन्त्य गर्न कृषिमा आधुनिककरण गरेर व्यवसायीकता भित्राउन पहल गर्ने प्रतिबद्धता जनाएको गठबन्धनका तर्फबाट खुल्ला सदस्यका उम्मेदवार निर्मल आचार्यले जानकारी दिए । पोखरा–१६ मा कांग्रेस, माओवादीलगायतका दलहरुले गठबन्धन गरेका छन् । जस अनुसार वडाध्यक्षमा कांग्रेसका अमृत शर्मा तिमिल्सिना, खुल्ला सदस्यमा माओवादीका निर्मला आचार्य र कांग्रेसका मीनबहादुर गुरुङ, महिला सदस्यमा माओवादीकी भगवती भट्टराई र दलित महिला सदस्य कांग्रेसकी ओममाया नेपाली उम्मेदवार बनेका छन् ।
पोखरा: माछापुच्छ्रे गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षका प्रत्यासी विक्रम गुरुङले ५ नं वडाको पूर्वाधारतर्फ समीबगरदेखि हाइड्रोपावरसम्मको सडक स्तरोन्नति गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले वडा नं. ५ र ८ जोड्नको लागि उपयुक्त ठाउँमा मोटरेबल पुल बनाउन पहल गर्ने, वडाको माध्यमिक तहको विद्यालयलाई विशेष जोड दिने र हाल सञ्चालनमा रहेका बाँकी योजनाको काम गर्ने र शिक्षा, स्वास्थ र रोजगारमा विशेष ध्यान दिने बताए । आज माछापुच्छ्रे ५ रिभानमा भएको घरदैलो कार्यक्रममा उनले यस्तो बताएका हुन् । उपाध्यक्ष पदका उम्मेदवार सीता तिवारी अधिकारीले महिलालाई प्राथामिकतामा राखेर काम गर्ने बताइन् । विभिन्न स्थानमा भएका घरदैलोमा केन्द्रीय पोलिटब्युरो सदस्य तथा पूर्व संविधान सभा सदस्य सीता गिरी ओलीले नेकपा एमालेले मात्र स्पष्ट र देश विकासको निति लिएको हुनाले देश समृद्व बनाउन एमालेकै नेतृत्व हुनुपर्नेमा जोड दिइन् । जसका लागि सात सूर्यमा सात छाप लगाई एमालेका सम्पूर्ण उम्मेदवारलाई विजयी गराउन अनुरोध गरेकी छिन् । आज गाउँपालिकाका ईदीखोला, नयाँपुल, अनन्ते ठाँटी हुँदै रिभान गाउँ, हुम्दी, डाडाँगाउँ, लाम्पाटा, मोहोरिया लगायतका ठाउँमा घरदैलो कार्यक्रम सम्पन्न भने भोलि माछापुच्छ्रे ९ मा घरदैलो गरिने चुनाव प्रचार प्रसार समितिका संयोजक केशवराज पोख्रेलले जानकारी दिएका छन् ।
भक्तपुर: आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–८ लिवालीमा गए राति पाँच तलामाथिबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमि लगिएकामा उपचारको क्रममा कुसाथाको मृत्यु भएको उहाँले बताउनुभयो ।
नुवाकोट, वैशाख २० गते । स्थानीय तह सदस्य निर्वाचनमा विदुर नगरपालिका–८ मा एकै परिवारका तीन सदस्यबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतिस्पर्धीहरू एकै आमाबुवाका तीन सन्तान हुन् भने उनीहरूले प्रतिनिधित्व गर्ने पार्टी भने फरकफरक रहेको छ । वडामा प्रतिस्पर्धा गर्न लागेका सहोदर दाजु, भाइ र बहिनीमा नेकपा एमालेका तर्फबाट खुला सदस्यमा सम्मरबहादुर रिमाल, गठबन्धनका तर्फबाट नेपाली काँग्रेसबाट महिला सदस्यमा देवकुमारी खड्का र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुला सदस्यमा ईश्वरबहादुर रिमाल हुनुहुन्छ । आमाबुवाका पाँच सन्तानमध्ये सम्मर जेठा र ईश्वर माइला हुनहुहुन्छ भने विवाहित देवकुमारी एक्ली छोरी हुनुहुन्छ । एकै परिवारका फरकफरक पार्टीबाट चुनावमा वडामै मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । दुई निर्वाचन केन्द्र रहेको विदुर नगरपालिका–८ मा तीन हजार ३३८ मतदाता रहेका छन् । गाेरखापत्रबाट साभार
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन धार्मिक एवं सांस्कृतिक चाडपर्वले महत्वपूर्ण योगदान दिएको बताएका छन् । मुस्लिम समुदायको पर्व ईद (इदुल फित्र) का उपलक्ष्यमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले यो पर्वले विविध धर्म, संस्कृति मान्ने सबै नेपालीबीच भातृत्व, प्रेम र एकताको भावना बढाइ समुन्नत, शान्त र समृद्ध मुलुक बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् । बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त विशेषता भएको हाम्रो मुलुक संविधानतः धर्म निरपेक्ष राज्य भए पनि धार्मिक सहिष्णुता अनुकरणीय रहेको मुख्यमन्त्रीले उल्लेख गरेका छन् । अरबी पात्रो हिजरी संवतअनुसार दसौं महिना (सौवाल) को पहिलो दिन मुसलमान समुदायले नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउने चलन छ । १ महिना (रमजान) भर बिहान सूर्योदयअघि र बेलुकी सूर्यास्तपछि मात्र भोजन ग्रहण गर्ने यो पर्वको आफ्नै विशेषता छ । आफूभन्दा कमजोर आर्थिक अवस्था भएकालाई दान गर्नु यो पर्वको मुख्य विशेषता हो ।
पोखरा: आगामी ३० गते हुने स्थानीय निर्वाचनमा पोखरा महानगरपालिका ३३ मा सत्ता गठबन्धनका उम्मेदावरले जितिसकेको दाबी गरेका छन् । पोखरा महानगर प्रमुख पदका एकीकृत समाजवादी उम्मेदवार धनराज आचार्य र उपमेयरकी कांग्रेस उम्मेदवार कोपिला रानाभाटले भरतपोखरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन् । प्रमुख पदका उम्मेदवारको गृह वडा रहेको बताउदै उनले प्राविधिक हिसाबले मात्र मत परिणामसम्म पर्खिनुपरेको तर्क गरे । उनले आफ्नो राजनीतिक यात्रा सोही वडाबाट सुरु भएको बताउँदै धेरै पटक सूर्य चिन्हमा मतदान मागेको स्मरण गरे । उनले पार्टीमा दुर्घटना भएकाले मुलुक बचाउन गठबन्धन गर्न बाध्य भएको धारणा राखे । देशको सार्वभौमसत्ता जोगाउनका लागि हुँदा खादाको पार्टीलाई छाडेर नयाँ पार्टीको स्थापना गर्नुपरेको उल्लेख गरे । पोखरा ३३ मा औद्योगिक क्षेत्र बनाउने सोच बनाएपनि स्थानीयको सरसल्लाह विना केही गर्न नसकिने तर्क राखे । आचार्यले अव्यवस्थित बस्तीलाई व्यवस्थित बनाउन महानगरमा आफ्नै व्यक्ति आउँदा फाइदा हुने बताए । ५ वर्ष कुनै गुनासो नहुने गरी काम गर्ने र वडालाई नमुना बनाउने उनले प्रतिवद्धता गरे । यसैगरी उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले लोकतन्त्रको अस्तित्व जोगाउनका लागि गठबन्धन गरिएको बताइन् । पोखारा ३३ मा गठबन्धनले जितिसकेको उनको भनाइ थियो । यो महानगरको दुर्गम क्षेत्र रहेको बताउँदै उनले निर्वाचित भए सबल शिक्षा, पूर्वाधार विकासमा ध्यान दिने उल्लेख गरिन् । पोखरा ३३ का वडाध्यक्ष पदका उम्मेदवार रामचन्द्र अधिकारीले कानुन जोगाउनका लागि गठबन्धन गरिएको बताए । उनले हिजो एमालेको सरकारले पोखरा ३३ को विकासमा कुठराघात गरेको उनको आरोप छ । अधिकारीले एमालेले पैसा खर्च गरेर मत किन्ने दुस्साहस गरेको दाबी गरे ।
पोखरा: नेपाली काग्रेस पोखरा १२ ले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । घरदैलो कार्यक्रममा मतदाताहरूलाई पोखरा १२का वडा अध्यक्षका उम्मेदवार सन्तोष बास्तोलाले आफु वडा अध्यक्षमा निर्वाचित भएमा वडाका अधुरा कामलाई प्राथमिकता दिदै सम्पन्न गर्नेका लागि आफू निरन्तर लागि रहने बताउदै मतदाताहरूलाई गरिएका बाचाहरू पुरा गर्ने बताए । पोखरा १२ को पुरानो धारादेखि पिपलडाली,सिटिभिटि, सफा मार्ग लगाएतका ठाँउमा गरिएको घरदैलो कार्यक्रममा नेपाली कांग्रेसकी नेत्री सरस्वती गुरूङ कांग्रेस क्षेत्र न १ ख का सभापति कृष्ण कोइराला लगाएत वडा सदस्यका उम्मेदवारहरू शान्ता बहादुर थापा,गोविन्द प्रसाद सिग्देल, शान्ति कोइराला, गोमादेवि परियारले मतदाता समक्ष लोकतन्त्को रक्षाको लागी पनि कांग्रेस उम्मेदवारलाई बिजयी बनाउन आग्रह गरेका थिए । नेपाली कांग्रेसले घरदैलो कार्यक्रमलाई तिव्रता दिए सगै पछिल्लो दिनहरूमा पोखरा १२ मा नेपाली कांग्रेसका उम्मेदवार प्रति मतदाताहरू निकै आर्कषित भएका थिए ।
पोखरा: नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र) ले आफूले पक्षपातरहित विकास गर्ने प्रतिबद्धता जनाएका छन् । मादी ८ मा आइतबार चुनावी सभामा बोल्दै उनले विपक्षी पार्टीले पक्षपाती विकास गर्ने हल्ला फैलाएको तर आफूले त्यस्तो नगर्ने स्पष्ट पारे । ‘प्रतिपक्षी दलका साथीहरुले मादीको माथिल्लो बेल्टमा गएर महेन्द्र तल्लो बेल्टको मान्छे हो र त्यसलाई भोट दिए विकास तल्लो बेल्टमा गर्छ भनेछन्,’ उनले भने, ‘हामी कुनै वडा केन्द्रीत होइन, १२ वटै वडालाई समान विकास गर्ने गरी अघि बढ्छौँ । सबै वडा बराबर हुन्, हाम्रो आफ्नै हुन् ।’ उनले २०७४ सालमा निर्वाचित पालिका नेतृत्वले गर्न नपाएका काम आफ्नो नेतृत्वले पुरा गर्ने बताए । उनले मत दिनेहरुलाई पछुतो नहुने गरी काम गरेर देखाउने अध्यक्ष उम्मेद्वार गुरुङले प्रतिबद्धता जनाए । उनले आफूले जितेमा युवालाई उद्यमी बनाउने योजना ल्याउने बताए । ‘हाम्रो पार्टीले युवालाई उद्यमशीलतातिर जोड्न चाहन्छ । रोजगारी नपाएका गाउँका दाजुभाइलाई उद्यमी बनाउने योजना ल्याउँछौँ । वृद्धवृद्धा, बालबालिका, एकल महिला, उत्पीडित समुदाय हाम्रा प्राथमिकता हुन्छन्,’ उनले भने । कास्कीको मादी गाउँपालिकामा १२ वटा वडा छन् । अध्यक्ष उम्मेद्वार महेन्द्रको घर मादी १० मा पर्छ । यसैगरी उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङले महिला हिंसाविरुद्ध अभियान चलाउने सुनाईन् । चुनाव जितेमा पाँच वर्षसम्म जनताका समस्या सुनेर समाधान गर्ने उपाध्यक्ष उम्मेद्वार गुरुङले बताईन् । ‘आमा सक्षम नभएसम्म कुनै घर सक्षम हुँदैन । घरेलु र शारीरिक हिंसामा धेरै महिला पर्नुभएको छ । यो समस्या समाधान गर्न प्राथमिकता दिन्छु,’ उनले भनिन् । एमाले मादीले आइतबार मादी ८ को पोसी, पर्गी, रबैडाँडा, नागिधार, पाखुरीबोटलगायत ठाउँमा घरदैलो गरेको थियो । एमालेबाट गाउँपालिका अध्यक्ष–उपाध्यक्ष रहेका महेन्द्र र कल्पनाले मादी ३, ४, ९ का मतदातालाई भेटिसकेको छन् । सोमबार मादी १२ मा घरदैलो कार्यक्रम र चुनावी सभा गर्ने तयारी छ ।