पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

म्याग्दी:   बिहान उठेदेखि राति अँध्यारो नहुँदासम्म सुन्तला बगैँचामै व्यस्त हुन्छिन् मायादेवी पुन । बिहान खाए बेलुकी के खाउँ ? जाडो बढ्दा न्यानो के लाउँको अवस्था भोगेकी पुनको दैनिकीमा अहिले परिवर्तन आएको छ । सुन्तलाले फेरिदियो ३८ वर्षीया पुनको जीवनशैली ।  उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि अलि वर कालीगण्डकी नदीको पक्की पुल पार गरेर दायाँ मोडिएपछि यातायातका साधनमार्फत करिब २० मिनेटको यात्रापश्चात् पुगिन्छ अन्नपूर्ण गाउँपालिका–७ मा पर्ने  दोसल्ले गाउँ ।      शिरमा टिकोट र पुछारमा कालीगण्डकी नदी अनि बीचमा हरिया डाँडा र जङ्गलको बीचमा पश्चिम दक्षिण मोहोडा गरेर फैलिएको चिटिक्कको छ दोसल्ले गाउँ । यो गाउँमा ५२ घरधुरीको बसोबास छ । सबै घरधुरीका साना ठूला सुन्तलाका बगैँचा छन् । तिनै बगैँचामा फलेका सुन्तला बिक्री गरेर यहाँका बासिन्दाको जीवनशैलीमा निकै परिवर्तन भएको छ ।      “हाम्रा लागि सुन्तलाको बगैँचा नै युरोप, अमेरिका हो । सुन्तलाका बोट हाम्रा रोजगारदाता हुन् । छोराछोरीको जस्तै माया लाग्छ यी बोटको”, शनिवार दोसल्लेको सुन्तला बगैँचामा यस संवाददातासँग हँसिली मायादेवी पुनले भन्नुभयो, “गत वर्ष दुई लाखको सुन्तला बोटबाटै बेचेँ, यस वर्ष नयाँ बोटमा फल लागेको छ, उत्पादन राम्रो भएकाले निर्माण व्यवसायीले रु चार लाखमा बोटबाटै सुन्तला खरिद गरेका छन् ।”      दोसल्लेका मिलन गर्बुजा, डिलमाया पुन, प्रेमबहादुर पाइजा लगायतका ५० कृषकले सुन्तलाबाट गत वर्षको भन्दा दोब्बर आम्दानी लिएका छन् । सबै कृषकका बगैँचामा लटरम्मै सुन्तला छन् । सुन्तला खरिद गर्न बगैँचामा नै आएका व्यापारीसँग उनीहरु मोलमोलाइमा व्यस्त छन् । भर्खरै सम्पन्न चुनावको मत सङ्ख्या गन्ती हुँदै गर्दा  दोसल्लेका कृषकहरुलाई भने सुन्तलाको हिसाब किताब गर्न भ्याइनभ्याइ छ । २०५८ सालदेखि दोसल्लेमा व्यावसायिक सुन्तला खेती सुरु भएको अन्नपूर्ण गाउँपालिकाकी पूर्वउपाध्यक्ष केशमाया मगरले बताउनुभयो । “पहिला बारीमा दुई मुरी कोदो फल्थ्यो, वैदेशिक रोजगारी वा परम्परागत खेतीपातीबाट नै यहाँका बासिन्दाको जीवन चल्थ्यो”, मगरले भन्नुभयो, “तर अहिले अवस्था फेरिएको छ । विदेश गएका पनि गाउँमा नै फर्केर सुन्तला खेतीमा लागेका छन् । गाउँको कोदोबारी अहिले सुन्तला बगैँचामा परिणत भएको छ ।”      सुन्तला खरिद गर्न काठमाडौँ, चितवन र पोखरादेखि व्यापारी बगैँचामा नै आउछन् । “बिक्रीको कुनै चिन्तै छैन । बोटमा सुन्तला फलेपछि घरमै पैसा आउँछ”, दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेमबहादुर पाइजा भन्नुहुन्छ, “अरू ठाउँको भन्दा यहाँको सुन्तला हेर्दा आकर्षक र खाँदा रसिलो हुने भएकाले व्यापारी पहिला यहाँका सुन्तला नै खोज्दै आउँछन् ।”      यस वर्ष कात्तिकको तेस्रो सातासम्म २० व्यापारी आएका छन् । गाउँका प्रायः सबै किसानका सुन्तला बोटबाट नै बिक्री भइसकेका छन् । व्यापारीले बगैँचाबाटै प्रतिकिलो रु ९५ का दरले सुन्तला खरिद गर्छन् ।       दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष पाइजाले गत वर्ष ६२ हजार पाँच सय किलो सुन्तला निकासी हुँदा रु ७५ लाख गाउँमा भित्रिएको र यस वर्ष करिब दुई सय नयाँ सुन्तलाका बोटमा पनि फल लागेको र उत्पादन पनि राम्रो भएकाले करिब रु दुई करोडको हाराहारीमा सुन्तला निकासी हुने जानकारी दिनुभयो ।      तथ्याङ्कमा म्याग्दीका सुन्तला      म्याग्दीमा ६ सय ४० हेक्टर क्षेत्रफलमा सुन्तला खेतीले ढाकेकामा तीन सय ४५ हेक्टरमा रहेको सुन्तलाले उत्पादन दिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा विगतका वर्षको तुलनामा भन्दा सुन्तला उत्पादन बढेको बताउँदै कृषि ज्ञान केन्द्रका प्रमुख किरण  सिग्देलले दुई हजार ३० मेट्रिक टन सुन्तला उत्पादन भई रु १० करोडभन्दा धेरैको कारोबार भएको बताउनुभयो ।      अघिल्लो आव २०७७÷७८ मा म्याग्दीको सुन्तलामा ‘चाइनिज सिड्रस फुडफ्लाई’ नामक औंसा किराको प्रकोप देखिएर २५ प्रतिशतले उत्पादन घटेको थियो । तर गत आर्थिक वर्ष भने सुन्तलाको बोटमा खाद्य पासो थापेर औंसा किराको प्रकोप नियन्त्रण, किसानलाई तालिम, प्लास्टिकको थैला सहयोग तथा निरन्तरको अनुगमनले सुन्तला उत्पादन बढेको कृषि ज्ञान केन्द्रका प्रमुख सिग्देलले जानकारी दिनुभयो ।      बर्सेनि सुन्तलाको क्षेत्रफल विस्तार एवम् उत्पादन बढ्दै जान थालेको छ । गत वर्ष सुन्तला खेतीको प्रवद्र्धन तथा किसानलाई प्रोत्साहन गर्न कृषि ज्ञान केन्द्र म्याग्दीले रु ११ लाखको बजेटमा विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो ।      म्याग्दीमा बेनी नगरपालिकाभित्र भकिम्लीको मरेक, राखु, सिङ्गाको बास्कुना, मङ्गला गाउँपालिकाको कुहुँ, भर्जुला, बराङ्जा, भोर्लेनी, अर्मन, मालिकाको विम, ओखरबोट, देवीस्थान, धवलागिरिको ताकम, हिलापोखरी, मुदीको खाम्ला, रघुगङ्गाको राखु क्षेत्र, वेगखोला, अन्नपूर्णको दोवा, दाना, नारच्याङ, हिस्तानको दोसल्ले, घारलगायत क्षेत्र सुन्तला उत्पादनको पकेट क्षेत्र मानिन्छन् । म्याग्दीमा झन्डै पाँच सयजना किसान व्यावसायिक सुन्तला खेतीमा आबद्ध छन् । 

काठमाडौं:   मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी किनारका स्थानीयलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ ।       सोमबार एक सूचना जारी गर्दै समितिले मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि सुरु गरिएकाले उक्त पानी पथान्तरणका क्रममा मेलम्ची नदीमा पानीको बहाव घटबढ हुनसक्ने भएकाले सतर्क रहन सूचित गरेको हो ।       सुरुङ प्रवेश मार्गहरु सिन्धु, ग्यालथुम, अम्बाथानबाट जुनसुकै समयमा पनि पानी झर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ । माछा मार्न, वस्तु भाउ चराउन, खेतीपाती गर्न तथा अन्य जुनसुकै काम गर्न जाँदा विशेष सावधानी अपनाउन सो सूचनामार्फत अनुरोध गरिएको छ । गत जेठको दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि पुनः सुरु गरिएको छ । 

बागलुङ:    बागलुङ नगरपालिकाले बागलुङ बजारका सबै घरमा रङगरोगन गर्न अनुरोध गरेको छ । बजार सुन्दर बनाउन नगरपालिकाले अव्यस्थित तार र पोलको व्यवस्थापन समेत गर्न लागेको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । उहाँले यसका लागि नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम तथा निजी इन्टरनेट प्रदायक कम्पनीसँगको सहकार्यमा पुराना तार र जीर्ण अवस्थामा रहेका तथा प्रयोगविहीन विद्युत्का पोल हटाउने अभियान सुरु गरिएको बताउनुभयो । नगरपालिकाले पुराना तार तथा अन्य संरचना हटाउन लागेको भन्दै नगरवासीलाई घरमा रङगरोगन गरी सहयोग गर्न आग्रह समेत गरेको छ । बजारमा सडक अवरोध हुने गरी गाडिएका पोलका कारण ट्राफिक व्यवस्थापनमा समेत समस्या हुँदै आएको थियो ।  बजारको सौन्दर्यीकरणमा समेत असर गरेकोले जीर्ण तथा प्रयोगविहीन पोल र अव्यवस्थित तार हटाउन सुरु गरेको बागलुङ नगरपालिका–२ का वडा सदस्य, पोल तथा तार एवं बजार व्यवस्थापन समितिका संयोजक अर्जुन घिमिरेले बताउनुभयो ।  उहाँले पहिलो चरणमा बजारका मुख्य सडकमा रहेका एक सय १० वटा पोल हटाइने जानकार दिनुभयो । जसअन्तर्गत  हालसम्म ३५ पुराना पोल हटाइएको छ ।  “पहिलो चरणमा नगरपालिकाको वडा नंः १, २, ३ र ४ मा रहेको बजार क्षेत्रका एक सय १० वटा पोल हटाउन लागिएको हो”, घिमिरेले भन्नुभयो ।  नगरपालिकाले गतवर्ष पनि बजार क्षेत्रका केही अव्यवस्थित पोल हटाए पनि बीचमा काम रोकेको थियो ।।  बागलुङमा विद्युत् प्राधिकरणले नाङ्गो तार विस्थापित गरी नयाँ पोलमा कभरसहितको एबिसी तार राखेपछि पुराना पोल काम नलाग्ने अवस्थामा छन् । तर इन्टरनेट तथा केबलका तार नहटाउँदा जीर्ण बनेका पोलका कारण बजार क्षेत्रको सौन्दर्य कुरुप बन्दै गएको थियो । बागलुङमा नेपाल टेलिकमले समेत फाइबर नेट सञ्चालन गरेर अव्यवस्थित तारलाई प्रतिस्थापन गरिसके पनि निजी इन्टरनेट कम्पनीका तारले पुराना पोल हटाउन सकिएको थिएन ।  निजी इन्टरनेट कम्पनीका तारलाई पनि व्यवस्थित गराउन निर्देशन दिएर पुराना पोल हटाएको नगर प्रमु्ख श्रेष्ठको भनाइ छ ।  बजार क्षेत्रमा चार÷पाँच सय अव्यवस्थित पोल रहेकाले बिस्तारै सबै विस्थापन गर्ने योजना रहेको उहाँले बताउनुभयो । पोल हटाउनका लागि विद्युत्, टेलिकम र निजी इन्टरनेट कम्पनीले प्राविधिक सहयोग गरेको र अन्य खर्च नगरपालिकाले व्यहोर्ने उहाँले बताउनुभयो ।

पोखरा:   पोखरा महानगरपालिका २९ मा ‘विकास, अनुशासन र गतिशिलता’ नारासहति सक्रिय रहदै आएको आदर्श युवा क्लबले  आयोजना गरेको रक्तदानबाट ९६ युनिट संकलन भएको छ । क्लबको २५ औं वार्षिकोत्सवको अवसरमा ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नारासहित आयोजित २३ औं रक्तदान कार्यक्रमबाट ९६ युनिट रगत संकलन भएको हो । कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका पोखरा महानगरपालिका वडा २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले पहिलो रक्तदाता सुरज जंग राणालाई ब्लग ब्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै गुरुङले अदर्श क्लबले जस्तै अन्य क्लब तथा संस्थाहरुले समेत सामाजिक उत्तरदायित्व वहन गर्नुपर्नेमा जोड दिए । उनले क्लबको स्वामित्वमा रहेको मैदानको स्तरोन्नती तथा बहुद्देश्यीय भवन निर्माणका लागि वडाबाट पहल गर्ने बताए । ‘खेलकुद विकासको लागि तपाइहरुको भूमिका निकै ठुलो छ, उनले भने, ‘त्यसैले यहाँहरुको स्वात्विमा रहेको यस मैदानको स्तरोन्नती र कभर्ड हलको लागि हाम्रो वडा सदैब पहल गर्नेछौ ।’ उनले भने । सो कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय पोखरा २१ का निवर्तमान वडाध्यक्ष चेत बहादुर गुरुङ, जनप्रकाश बहुमुखी क्याम्पसका प्रमुख ऋषिराम बुढाथोकी, सिद्ध टोल विकास संस्थाका अध्यक्ष रामजी पौडेल, सैनिकबस्ती गु्रप नम्बर १ समाजका अध्यक्ष सुवेदार चन्द्र बहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भण्डारढिक रंगशालामा सोमबार सम्पन्न रक्तदानमा रक्तसञ्चार केन्द्र रामघाटको प्राविधिक सहयोग गरेको थियो । क्लबका अध्यक्ष पदम गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रमक संयोजक कर्णबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने क्लबका सचिव ओम गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।   

पोखरा:  पोखराको नदिपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयको स्पोर्टस् मीट २०७९ को औपचारिक शुभारम्भ मंगलबार गरिएको छ । मंसीर २१ गतेसम्म चल्ने स्पोर्टस् मिटमा अन्तरसदनात्मक प्रतिष्पर्धा हुनेछ । हरियो, रातो, पहेंलो र निलो सदन गरी सञ्चालन हुने खेलकुद कार्यक्रममा विद्यालयका पूर्वप्राथमिकदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न खेलहरुमा प्रतिष्पर्धा गर्नेछन् । मंगलबार एक समारोहका बीच विद्यालयका डाईरेक्टर किरण सापकोटा, प्रिन्सिपल विश्वगोपाल पराजुलीले विद्यालयका खेलकुद शिक्षक लिला गुरुङलाई बल हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका हुन् ।  निर्देशक सापकोटाले गुणस्तरीय शिक्षामा मुलुककै अग्रणी विद्यालयमा स्थापित भइसकेको उल्लेख गर्दै प्रतिभाको गर्विलो ईतिहासले यस क्षेत्रमै शैक्षिक शानका रुपमा विद्यालय अघि बढेको बताए । प्रतिभाले खेलकुद तथा रचनात्मक गतिविधिमा पनि अग्रपंक्तिमा उभ्याएको उनको भनाइ छ ।   प्रिन्सिपल विश्वगोपाल पराजुलीले सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक ज्ञानमा विद्यालयले जोड दिएको उल्लेख गर्दै मानव स्वास्थ्यका लागि महत्वपूर्ण खेलकुद क्षेत्रलाई पनि विद्यालयले उत्तिकै प्राथमिकता दिएको बताए ।  विद्यालयका अतिरिक्ति क्रियाकलाप प्रमुख प्रकाश अधिकारीका अनुसार स्पोर्टस् मीटमा छात्र र छात्राहरुका बीच अन्तर सदनात्मक रुपमा बास्केटबल, भलिबल, फुटबल, दौड लगायतका खेल हुनेछन् । प्राप्त अंकका आधारमा विजेता घोषित गरी आकर्षक पुरस्कारका साथ पुरस्कृत गरिने उनले बताए । प्रिन्सिपल विश्वगोपाल पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारीले गरेका थिए भने स्वागत भाइस प्रिन्सिपल बुद्धिमोहन पौडेलले गरेका थिए   विद्यार्थी तथा खेलाडीहरुको मनोबल उच्च बनाउनका साथै बालबालिकाका प्रतिभालाई प्रस्फुटन गर्न विद्यालयले आर्थिक सहयोग समेत गर्दै आएको छ । सन्दिप लामिछाने, अरुणा शाही जस्ता प्रतिभालाई जनही एक लाखले सम्मान गरिसकेको छ । मानवीय विपद, सामाजिक सेवामासमेत विद्यालय अग्रपंक्तिमा छ । प्रतिभा गुणस्तर मापन आइएसओ प्राप्त विद्यालय पनि हो ।  

पोखरा:  सुदुर पश्चिम प्रदेशको विकट जिल्ला डोटीका भुकम्प पिडितलाई वाइ सर्भिस क्लब अफ पोखरा र वाइ सर्भिस क्लब अफ लुम्बिनीले सम्युक्त रुपमा गत विहिबार राहत वितरण गरेका छन्  । गत कार्तिक २३ गते बुधबार राती करिब २ वजेको समयमा डोटी जिल्लाको पुर्वी चौकी गाउँपालिका वडा नं. ७ गैरा गाउँमा केन्द्र विन्दु वनाई गएको ६.६ रेक्टर स्केलको भुकम्पको कारण त्यहाँका ठुलो धनजनको क्षति भएको समाचार माध्यममा प्रशारण भए पछि क्लबले सो स्थानमा गइ राहत वितरण गर्ने सोच बनायो । वाइज मेन इन्टरनेशनल क्लबका साउथइष्ट एशिया रिजनल डिरेक्टर इलेक्ट दिपक भण्डारीको नेतृत्वमा वाइ सर्भिस क्लब अफ पोखराका अध्यक्ष अरुण रानाभाट र क्लबका सल्लाहकार डोटीका स्थानिय समाजसेवी मिनबहादुर वोहराको समुहले राहत सामग्री वितरण गरेको थियो । क्लबले न्यानो कपडा एक सय ५० थान, कम्मल ५० थान, त्रिपाल ४० थान, खाद्यान्न सहयोग गरेको थियो । सो अवसरमा पुर्वी चौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्याय, वडा नं. ७ का वडा सदस्य भिम खड्कालगाएतको रोहवरमा उक्त राहत वितरण गरिएको वाइ सर्भिस क्लब अफ पोखराका अध्यक्ष अरुण रानाभाटले बताए । रिजनल डिरेक्टर इलेक्ट दिपक भण्डारीले पिडितलाई गरिएको सहयोग पहिलो चरणको भएको र दोश्रो चरणमा गाउँपालिकाको सहकार्यमा वाइज मेन इन्टरनेशनलको सहयोगमा पिडितहरुको घर मर्मत, अस्थायी घर निर्माण, शौचालय तथा घर निमार्ण गर्ने योजना रहेको पनि वताएका छन् ।                          

काठमाडौं:   हाल देशमा उल्लेखनीय मौसम प्रणाली नरहेपनि जाडो मौसम (विन्टर सिजन) सुरु हुनै लागेकाले चिसो क्रमशः बढ्दै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार नेपालमा तत्कालै अन्य किसिमको मौसमी प्रणाली विकसित हुने देखिएको छैन । यद्पि, ‘पोष्ट’ मनसुनको अन्त्यमा आइसकेको र ‘विन्टर’ पनि सुुरु हुनेक्रममा रहेकाले चिसो क्रमशः बढ्नेछ । “चिसो बढिरहेको छ, पहाडी र हिमाली भेगमा आंशिक बदलीको सम्भावना छ, तर वर्षा या हिमपातको सम्भावना छैन”, मौसमविद् श्रेष्ठले भन्नुभयो ।       नेपालमा सामान्यतयाः डिसेम्बर १ देखि फेब्रुअरी अन्तिमसम्मको अवधिलाई जाडो मौसम मानिन्छ । काठमाडौँ उपत्यकामा बिहानीपख हल्का हुस्सु÷कुहिरो लाग्ने गरेकाले पछिल्ला दिनमा बढी चिसो महशुस गरिएको छ । बिहान केही समय कुहिरो लागे पनि एक देखि दुई घण्टामा उक्त कुहिरो हटेर पारिलो घाम लाग्ने गरेको छ । दिनभर घाम लाग्ने र रातमा आकाश खुला हुने भएकाले पनि चिसो बढिरहेको मौसमविदको भनाइ छ ।       महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै तराई भू–भागमा हुस्सु÷कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध गरेको छ ।       आज दिउँसो प्रदेश नं १ तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यताया सफा रहनेछ । राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा आंशिक बदली तथा बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ । भोलि मङ्सिर १४ गते पनि देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

काठमाडौं:  नेपाल चीन उद्योग वाणिज्य संघ (नेपाल चाइना चेम्बर)को गण्डकी प्रदेश अध्यक्षमा वैभव पौडेल चयन भएका छन् । संघको विधानअनुसार गण्डकी प्रदेश अध्यक्षमा पौडेललाई चयन गरिएको संघले जानकारी दिएको छ । पौडेल नेपाल युवा उद्यमी मञ्चका पूर्वअध्यक्ष र पर्यटन व्यवसायी हुन् । प्रदेश अध्यक्ष पौडेलले संघले प्रदान गरेको जिम्मेवारी निर्वाह गर्दै गण्डकी प्रदेशमा चिनियाँ लगानी आकर्षित गर्ने तथा चिनियाँ पर्यटकको हब बनाउनेतर्फ आफु केन्द्रित रहने प्रतिबद्धता जनाएका छन् ।

मुगु:   हिमाली क्षेत्रका कृषकको जीवनस्तर सुधार गर्ने र आर्थिकरुपमा सबल बनाउने उद्देश्यले अगाडि सारिएका कार्यक्रममा नै भ्रष्टाचार भएको पाइएको छ ।      स्थानीय सरकारले हिउँदे फलफूलका बिरुवा स्याउ, दाँते ओखर, च्याउको बीउ तथा जैविक विषादी उपलब्ध गराउने कार्यक्रम अगाडि सारेको छ । सोही कार्यक्रममा नै भ्रष्टाचार गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको छ ।       मुगुको छायाँनाथ रारा नगरपालिकाले आर्थिक वर्ष २०७५र७६ मा सञ्चालन गरेको कार्यक्रममा तोकिएको कार्यक्रमअनुसार बिरुवा नल्याइ झुठो बिल भर्पाई बनाएर भ्रष्टाचार गरेको पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।       बिरुवा खरिदका लागि वास्तविक लागतभन्दा बढीको नक्कली बिल बनाएको तथा किसानबाट उठाएको रकम हिनामिना गरेको पाइएको छ । आयोगका आयोगका प्रवक्ता भण्डारीका अनुसार सो नगरपालिकाका तत्कालीन निमित्त प्रशासकीय अधिकृत पीताम्बर सारु र लेखा अधिकृत लोकेन्द्र रावतविरुद्ध रु एक लाख ६१ हजार बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरिएको हो । आयोगले नगरपालिकाका प्राविधिक सहायक उमाकान्त भण्डारीविरुद्ध रु दुई लाख २३ हजार एक सय बराबरको बिगो दाबी गरेको छ ।