पर्वतः लगातारको वर्षाका कारण जिल्लाको मोदी गाउँपालिका वडा नं २ देउपुरको कोरुङ्गा गाउँ जोखिममा परेको छ । भिरबाट पहिरो झर्ने क्रम नरोकिएपछि सिङ्गो गाउँनै जोखिममा परेको हो । यहाँ आधादर्जन घरपरिवारको बसोबास रह...

काठमाडौं:      वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी त्यहाँ पु¥याएर मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बस्ने ४७ वर्षीय श्यामबाबु बराकोटी रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार निजलाई जिल्ला प्रहरी कार्यालय धादिङको समन्वयमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको टोलीले धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बाट पक्राउ गरेको हो । पक्राउ परेका बराकोटीले पीडितलाई सरकारबाट श्रम स्वीकृति लिन लगाएपछि वैदेशिक रोजगारीका लागि कुवेत पठाइदिने भनी झुक्याएर विसं २०७९ माघ २५ गते भिजिट भिसामा कुवेत पु¥याएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र कुवेतको विमानस्थलमा देखाउने कागजात फरक बनाइ पठाएको, कुवेतको विमानस्थलमा पुगेपश्चात् जाहेरवालाको सक्कल नेपाली राहदानीलगायत कागजात नियन्त्रणमा लिई श्रीलङ्कन मूलको एजेन्टलाई जिम्मा लगाएको र कुवेती नागरिकको घरमा पु¥याइ बेचविखन गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रवक्ता ढकालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पीडितले कुवेतमा काम नगर्ने नेपाल फिर्ता गरिदिन भनी आग्रह गर्दा रु पाँच लाख रकम माग गरेको र नेपालमा रहेका आफन्तलाई सम्पर्क गरी बराकोटीले उपलब्ध गराएको खातामा रु तीन लाख रकम जम्मा गरेपश्चात् पीडित कुवेतबाट विसं २०७९ फागुन २१ गते स्वदेश फर्कन सफल भएको बुझिएको छ । अन्य अनुसन्धान भइरहेको छ ।” पक्राउ परेका बराकोटी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप भई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरुकोसमेत प्रहरीले खोजी गरिरहेको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

मकवानपुर:     आजदेखि औपचारिकरूपमा बागमती प्रदेश सरकारले सरकारी कामकाजी भाषा ऐन, २०८० कार्यान्वयन गर्ने भएको छ । गत असोज २२ मा बागमती प्रदेशसभाबाट ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ पारित गरिएको थियो भने कात्तिक २३ गतेका दिन प्रदेश राजपत्रमा प्रकाशित भएको थियो । राजपत्रमा प्रकाशित भएको एक सय ८०औँ दिनमा ऐन कार्यान्वयनमा जाने कानुनी व्यवस्था रहेकाले सोहीअनुसार वैशाख २४ अर्थात् आजदेखि ऐन कार्यान्वयन गरिन लागिएको हो । उक्त ऐनले नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषाकारूपमा प्रयोग गर्ने व्यवस्था गरेको छ । प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले आज बिहान काठमाडौँको वसन्तपुरमा एक औपचारिक कार्यक्रम गरी ऐन कार्यान्वयनको घोषणा गरेको छ । नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक मुलुक रहेको र सांस्कृतिक बहुलतालाई संविधानले अङ्गीकार गरेकाले भाषिक–सांस्कृतिक विविधतालाई व्यवस्थापन गर्न व्यवस्था परिवर्तन भएकाले सो ऐन कार्यान्वयन जरुरी रहेको प्रदेशका संस्कृति पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले जानकारी दिनुभयो । भाषा ऐन कार्यान्वयन घोषणापश्चात् बागमती प्रदेश सरकार मातहत र प्रदेशका एक सय १९ स्थानीय तहको नाम चार भाषामा लेखिने उहाँले बताउनुभयो । उहाँका अनुसार कार्यालयको बोर्ड र ‘लेटर हेड’मा नेपाली, अङ्ग्रेजी, तामाङ र नेपाल भाषामा नाम रहनेछ । संविधानको व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्न भाषा आयोगको सिफारिसमा प्रदेश सरकारले पारित गरेको ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ जारी गरेको र सो ऐन आजदेखि लागू हुने उहाँले बताउनुभयो ।

जनकपुरधाम:      जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ बाट एक जनाको ८० लाख रुपैयाँ लुटिएको छ । जनकपुरधामबाट पैसा लिएर  धनुषाको मिथिला बिहारी नगरपालिका ठेरा तर्फ जाँदै गरेका एक जनाको ८० लाख रुपैयाँ लुटिएको हो ।    जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ स्थित थुमौना गाउँमा यो घटना भएको प्रहरीले जनाएको छ् ।  शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटिएको प्रहरीले जनाएको छ ।

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताउनुभएको छ ।   सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नवौँ राष्ट्रिय पत्रकारिता दिवस् २०८१ का अवसरमा शीतल निवासमा सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रिकरणको अभियानको एउटा महत्वपूर्ण पक्ष भएको बताउनुभयो ।    पत्रकारिताको धर्म र व्यवसायिकताको माध्यमबाट राष्ट्रहितको प्रवद्र्धन गर्न यस क्षेत्रको उल्लेखनीय भूमिका रहेको बताउँदै उहाँले भन्नुभयो,“पत्रकारिता क्षेत्रमा खोज र नवीनता प्रवर्द्धनमार्फत अझ बढी व्यावसायिक, जिम्मेवार र समाजप्रतिको उत्तरदायित्व बहन गर्ने गरी प्रेसप्रतिको जनविश्वास बढाउने कार्यमा तपाईँहरू लाग्नुनै हुनेछ भन्ने मैले विश्वास लिएको छु ।”    निरङ्कुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगतले खेलेको भूमिका महत्वपूर्ण रहेको उहाँले स्मरण गर्नुभयो । “लोकतान्त्रिक शासन प्रणालीमा मात्र निष्पक्ष र स्वतन्त्र पत्रकारिता सम्भव छ, त्यसैले अब यसको सुदृढीकरण र यो व्यवस्थाप्रति जनताको भरोसा अभिवृद्धिमा तपाईँहरू अझ क्रियाशील हुनुहुनेछ”, उहाँले भन्नुभयो ।     सूचना प्रविधि र इन्टरनेटको विकाससँगै बढ्दो सामाजिक सञ्जालको प्रयोग र यसका माध्यमबाट प्रवाहित हुन सक्ने मिथ्या र भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्न सक्ने तथा व्यवस्थालाई कमजोर बनाउने चुनौती सामना गर्दै जनतालाई सत्य, तथ्य सूचना प्रवाह गर्न नेपाली प्रेस आगामी दिनमा अझैँ प्रभावकारी ढंगले अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।    सो अवसरमा वरिष्ठ पत्रकार सम्मान २०८० बाट प्रतीक प्रधान र त्रिभुवन पौडेल (मरणोपरान्त) तथा राष्ट्रिय पत्रकारिता पुरस्कार  २०८० बाट मेनका चौधरी, सूर्यमणि गौतम, भवानी सिंह ऐर, दीपक ज्ञवाली, त्रिप्ती शाही र प्रेमबहादुर कार्की ढोली (राजन केडी) पुरस्कृत हुनुभयो ।  

काठमाडौं:      सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक बोलाएका छन् । सभामुख घिमिरेले मङ्गलबार बिहान साढे ११ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बैठक बोलाएका हुन् । संसद्को वर्षे अधिवेशन सुरु हुनुअघि सहकारी प्रकरणमा सहमतिको प्रयासका लागि सभामुखले शीर्ष नेताहरुलाई बैठकमा बोलाएका हुन् । सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएका छन् । सहकारी प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो । कांग्रेसको अवरोधले सदनको कारवाही प्रभावित भएपछि सभामुखले शीर्ष बैठक बोलाएका हुन् । सभामुखले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष नेताहरुसँग बैठक गरेका थिए । तर, सहमति प्रयास सार्थक हुन सकेको थिएन । सहकारी प्रकरणबारे सदनमा उठेका विषयलाई सहमतिमा टुंग्याउन मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग र कार्यव्यवस्थामा अलग अलग छलफल भएको थियो । संसदको वर्षे अधिवेशन वैशाख २८ गतेदेखि सुरु हुँदैछ ।

पाँचथर:      पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ। चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन्।  उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुमित कुशवाहका अनुसार योङ्या गत चैत २८ गते योङ्या फिदिम–२ की विष्णुकुमारी तामाङको घरमा चोरी गर्न पसेका थिए।  परिवारका सदस्यले योङ्याले सुनका गरगहना भएको स्टिलको दराजबाट सामग्री निकाल्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। यस क्रममा योङ्याको साथबाट रु। १५ हजार नगद बरामद गरिएको थियो।  तामाङका गरगहनामध्ये एक तोलाको सुन फेला परेन। चोरी गर्न गएका योङ्याले उक्त सुन निलेको आशंकापछि जिल्ला अस्पताल फिदिममा एक्स–रे गरिएको थियो । एक्स–रे गर्दा योङ्याको पेटमा धातु देखिएको थियो। ‘निलेको करिब ३६ घण्टापछि दिसाबाट उक्त सुन निकालिएको थियो,’ सूचना अधिकारी कुशवाहले भने। उक्त सुन प्रहरीले फिदिमकै सुनचाँदी पसलमा परीक्षण गराएको थियो।  गत चैत २८ गते भएको उक्त घटनापछि चोरीसम्बन्धी सबै अनुसन्धान पूरा गरी जिल्ला प्रहरी कार्यालय पाँचथरले योङ्याविरुद्ध जिल्ला अदालत पाँचथरमा मुद्दा दायर गरेको थियो।  जिल्ला अदालतले गत वैशाख २३ गते प्रतिवादी योङ्यालाई रु। एक लाख ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर, धरौटी रकम जम्मा गर्न नसकेपछि उनलाई पुर्पक्षका लागि जिल्ला कारागार पाँचथरमा थुनामा पठाइएको सूचना अधिकारी कुशवाहले बताए। 

पोखरा:     पोखरा महानगरपालिकाले पोखराका विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरूसँग प्रशिक्षार्थी विद्यार्थी परिचालन सम्बन्धमा समझदारी गरेको छ ।  महानगरपालिकाले पोखरा विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस र कालिका क्याम्पससँग प्रशिक्षार्थी विद्यार्थी परिचालन सम्बन्धमा समझदारी गरेको हो । समझदारीमा महानगरपालिका र पोखरा विश्वविद्यालय सहित उल्लेखित क्याम्पसहरू बिचमा व्यवसाय दर्ता, कर सचेतना तथा राजश्व सङ्कलन कार्यमा जानकारी प्रदान गर्न स्नातक वा स्नातकोत्तर तहमा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई प्रशिक्षार्थीको रूपमा परिचालन गर्ने उल्लेख छ । समझदारी अनुसार पोखरा विश्वविद्यालय वा अन्य क्याम्पसहरूबाट सिफारिस गरिएका मध्ये स्वयंसेवी खटाउने र नखटाउने वा तोकिएको सङ्ख्यामा खटाउने अधिकार महानगरपालिकामा रहनेछ ।  महानगरपालिकाले आफ्नो आवश्यकता अनुसारको प्रशिक्षार्थी माग गरी पोखरा विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पस, जनप्रिय क्याम्पस र कालिका क्याम्पसमा पत्राचार गर्नुपर्नेछ । माग भएका विद्यार्थीहरूलाई आवश्यक प्रशिक्षण प्रदान गरी फिल्ड कार्यमा पठाइने छ । यसरी परिचालन गरिने प्रशिक्षार्थिहरुलाई महानगरपालिकाले आफ्नो कार्यविधिको अधीनमा रही दैनिक खाजा खर्च बापतको रकम उपलब्ध गराउनेछ भने, प्रशिक्षार्थीले गरेको कार्य विवरण प्रत्येक हप्ता सम्बन्धित वडाले  प्रमाणित गरी अभिलेख राखिने छ ।  समझदारी पत्र अनुसार तोकिएका प्रशिक्षार्थी विश्वविद्यालय वा क्याम्पसहरूले उपलब्ध गराउनु पर्नेछ । यसो गर्दा प्रशिक्षार्थीहरूको पठनपाठनमा कुनै अवरोध सृजना हुन नहुने व्यवस्था गरिनु पर्ने छ भने, प्रशिक्षार्थीले प्रचलित कानुन विपरीत कार्य गरेमा विश्वविद्यालयले उपयुक्त सजाय गर्न सक्नेछ । यसरी खटिएका प्रशिक्षार्थीले पोखरा महानगरपालिकाले तोकेको स्थानमा गई वडा कार्यालयको प्रत्यक्ष निगरानीमा तोकिए बमोजिमको कार्य गर्नु पर्नेछ । आवश्यक प्रशिक्षण लिनु पर्ने, पोखरा महानगरपालिका र सम्बन्धित वडा कार्यालयको प्रत्यक्ष निर्देशन र समन्वयमा कार्य गर्ने, आफूले गरेको दैनिक कार्यको विवरण प्रत्येक दिन उल्लेख गरी प्रत्येक हप्ता कार्यालयमा पेस गर्नु पर्नेछ । सम्झौता सुरुवात भएको मितिले १८० दिन सम्म कायम हुनेछ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको रोहबरमा भएको समझदारी पत्रमा पोखरा विश्वविद्यालयका कार्यक्रम निर्देशक श्रीजन ज्ञवाली, पृथ्वी नारायण क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख प्रा।डा सरोज कोइराला, कालिका बहुमुखी क्याम्पसका प्रमुख विरेन्जी गौतम, जनप्रिय क्याम्पसका सहायक क्याम्पस प्रमुख रमेश खड्का र पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा र वित्त व्यवस्थापन महाशाखाका प्रमुख जयराज पौडेलले हस्ताक्षर गर्नुभएको छ ।  नगर प्रमुख आचार्यले समझदारी अनुसार पोखरा महानगरपालिका र विश्वविद्यालय तथा क्याम्पसहरूका बिचमा समन्वयको वातावरण तयार गर्नुका साथै सामुदायिक क्याम्पसहरू प्रति विद्यार्थीको आकर्षण समेत बढ्ने विश्वास व्यक्त गर्नुभयो । नागरिकहरूमा कर शिक्षाको सचेतना सहित विद्यार्थीको सैद्धान्तिक ज्ञानको व्यवहारिक प्रयोगमा टेवा पुग्ने उहाँले बताउनुभयो । महानगरको राजश्व सङ्कलनमा समेत बढोत्तरी आउने उहाँको विश्वास छ । समझदारीको हस्ताक्षर कर्ताहरूले महानगरपालिकासँग समन्वय गरी विद्यार्थीहरूलाई व्यवसाय दर्ता, कर सचेतना तथा राजश्व सङ्कलन कार्यमा परिचालन गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । विद्यार्थीहरूको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उपयोग गर्न यसले महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।   समझदारी अनुसार पोखरा विश्वविद्यालयका २४ जना, पृथ्वीनारायण क्याम्पसका ५४ जना, जनप्रिय बहुमुखी क्याम्पसका २९ जना र कालिका क्याम्पसका ३१ जना गरी १४८ जना विद्यार्थीहरू परिचालन हुनेछन् ।

पोखरा:    आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त गर्ने भएको छ ।  प्रतिभा छनोट समितिको सिफारिसलाई आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको कार्यसमिति बैठकले अनुमोदन गरेसँगै सहारालाई अवार्ड अर्पण गर्ने निश्चित भएको हो ।  छैटौँ सस्करणसम्म यो विधामा खेल संघलाई मात्र अवार्ड प्रदान गरिदै आएकोमा सातौँ संस्करणबाट खेल संघ वा क्लब मध्येबाट उत्कृष्ट छान्ने व्यवस्था गरिएको थियो । यो अवार्ड पाउने सहारा पहिलो क्लब बन्नसफल भएको मञ्चका महासचिव राजाराम पौडेलले जनाए । अवार्ड पाउन सफल सहारा क्लबको स्थापना २०५५ भाद्र ३० गते पोखरामा भएको हो । ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवामा सेवा गरौं’ मन्त्रका साथ स्थापित क्लब विदेशसम्म फैलिएको छ ।  स्थापनादेखि निरन्तर यो क्लब खेलकुद र सामाजिक कार्यमा क्रियाशिल रहेको छ । २०५६ मा पृथ्वीचोकमा सार्वजनिक शौचालय निमार्ण गरेर सामाजिक कार्यको सुरुवात गरेको क्लबले २०५७ मा सहारा कप क्लब स्तरिय लिग कम नकआउट फुटबल प्रतियोगिता संचालन गरेको थियो ।  २०५८ सालमा ड्रिम प्रोजेक्टको रुपमा फुटबल एकेडेमी संचालन ग¥यो । एकेडेमीका लागि २०६३ सालमा पोखरा १७ दोविल्लामा २६ रोपनी जग्गा खरिद गरि २०६९ सालमा फुटबल मैदान सँगै भवन निमार्ण सम्पन्न गरेको थियो  । अहिले सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी मार्फत क्लबले अनाथ तथा असाहय बालकलाई पालनपोषणका साथमा फुटबल समेत सिकाउँदै आइरहेको छ ।  २०६५ सालमा फिफाले सहारा एकेडेमीको डकुमेन्ट्री बनाएको थियो । जुन डकुमेन्ट्री फिफा फुटबल अन्र्तगत विश्वको अग्र स्थानमा परेपछि विविसि, इएसपीएन, स्टार स्पोट्र्स, टेन स्पोट्र्सले समेत प्रसारण गरेका थिए । यसबाट समेत क्लबको चर्चा विश्वभर फैलिएको थियो । क्लबले २०५७ सालदेखी सहारा वाल प्राथमिक विद्यालयलाई प्रावि तहको एक शिक्षकको तलब दिदै आएको छ । चर्चित युरोपियन फुटबल क्लब चेल्सीमा सुरक्षा अधिकारीको रुपमा कार्यरत पोखरा निवासी भुपेन्द्र गुरुङले पिच अनर शेयरको एक शेयर खरिद गरि शेयर सदस्यता लिएर चेल्सीमा आबद्ध भएपछि उक्त शेयर १८ सेप्टेम्बर २००७ मा भुपेन्द्रले सहारा क्लबलाई निःशुल्क रुपमा हस्तान्तरण गरेका थिए । यस्तो शेयर पाउने सहारा चेल्सीको फुटबल ईतिहासमै संस्थागत रुपमा पहिलो क्लब हो । २०५८ सालमा क्याराभान गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरेको क्लबले त्यसपछि प्रत्येक वर्ष अन्तर क्लब आमन्त्रीत आहा रारा फुटबल प्रतियोगिता आयोजना गदै आएको छ । गतवर्ष २३ औँ संस्करणको प्रतियोगिता सम्पन्न गरेको थियो । पोखरा तथा यस आसपासमा फुटबल खेलतर्फको रौनकता बढाउन यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । असहज समयमा समेत यस प्रतियोतालाई निरन्तरता दिएको कारण क्लबले फुटबल खेलको क्षेत्रमा अब्बल क्लबको रुपमा आफूलाई स्थापित समेत गर्न सफल भएको छ ।  सहाराले खेल क्षेत्रमा काम गदै आएका पत्रकारहरुको हौसला बढाउन २०६३ सालबाट सहारा खेलकुद पत्रकारिता पुरस्कार वितरण गदै आएको छ ।   २०७२ सालको भुकम्प पछि सहारा युके, सहारा हङकङ, अरुण फाउण्डेशन सँगको समन्वयमा गोरखाको घैरुङस्थित श्री गणेश प्राविमा आठ कोठे भवन, सिन्धुपाल्चोक हैबुङस्थित श्री हैबुङ महादेवस्थान माविमा पाँचकोठे भवन र कास्कीको सिदिङस्थित सरस्वती आधारभुत विद्यालयमा पुननिमार्णको लागि सहयोग समेत गरेको थियो । यसका अलावा थुप्रै सामाजिक कार्य र खेल गतिविधिका कारण क्लबले आफ्नो ओज बढाएको छ । यहीं वैशाख २८ गते शुक्रबार दिउँसो ३ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुने भव्य कार्यक्रममा अवार्ड अर्पण गरिनेछ । अवार्ड कार्यक्रममा वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबसँगै, वर्ष उत्कृष्ट प्रशिक्षक, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका महासचिव पौडेलले जनाए । मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५÷३५ हजार प्रदान गर्दछ । प्रवेश निःशुल्क रहने अवार्ड कार्यक्रममा चर्चित गायक प्रकाश सपुत, सन्तोष बस्याल, निर्मल दाहाल, नृत्यतर्फ तरेली साँस्कृतिक परिवारको लाठी नाच, कौरा र झ्याउरे नृत्य तथा बि बोइङ गण्डकीको प्रस्तुती समेत रहने मञ्चका अध्यक्ष दीननाथ बरालले बताए । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्नेछ । पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । यसका अलावा टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमामा ई मोर्टस् प्रा.लि., सहारा क्लब पोखरा, साहस स्पोर्ट्स, गण्डकी प्रज्ञा–प्रतिष्ठान, केसी ग्रुप÷आभ्या क्लब, मादी गाउँपालिका, एम.ए. कन्स्ट्रक्सन प्रा.लि, बुम¥याङ रेष्टुरेन्ट लेकसाइड, सिटीजन फर्निचर, परिचय एड्भटाइजिङ, नेपाल भुतपूर्व खेलाडी मञ्च, रुपा गाउँपालिका, निसीखोला गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ«े गाउँपालिका, गण्डकी प्रदेश क्रिकेट संघ, इन्द्रधारा विष्ट (मुस्ताङ गल्फकोर्ष), लक्ष्मी हाउस प्रालि, थ्रीसिक्स इञ्जिनियर रेजिमेट एण्ड क्यूजिईका संयोजक क्याप्टेन कृष्ण पुन, गुरुङ व्युटी पार्लर प्रा.लि., पूर्व नेपाली राष्ट्रिय महिला भलिबल उपकप्तान लक्ष्मी गुरुङ, दीपक थापा (हक्की संघ गण्डकी), पोखरा १५ वडा कार्यालय, मोबाईल टावर प्रा.लि. लगायत सहयोगी रहेका छन् । लाइभ पार्टनरका रुपमा पब्लिक फोर के टेलिभिजनले साथ दिनेछ । खेल क्षेत्रमा उर्जा थप्न मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।       

पोखरा:     पोखरा महानगरपालिका वडा नं.२४ पामेबजार (चालिसे बडहरे) स्थित कालिका माध्यमिक विद्यालयको जग्गामा लामो समयदेखि अनधिकृत रूपमा बसोबास गर्दै आएका प्रेम बहादुर नेपाली र नारायण बहादुर परियारको अस्थायी टहरा महानगरिय प्रहरी बलले हटाइदिएको छ । मादी गाउँपालिका वडा नं.२ का स्थायी बासिन्दा प्रेम बहादुर नेपाली र कास्कीकोट २४ बस्ने नारायण प्रसाद परियारले २०८० कात्तिक १२ गते ४ महिना विद्यालयको जग्गा खालि गर्ने शर्तनामा गरेका थिए । सोही सर्तनामा बमोजिम उनीहरूलाई विद्यालयको जग्गा खालि गर्न पटक पटक आग्रह गरेको भए पनि अटेर गरी बसेपछि महानगरले हटाउनु परेको हो ।  पोखरा २४ स्थित कालिका माध्यमिक विद्यालयको कि.न १८५४ मा अस्थायी टहरा निर्माण गरेको पाइएपछि उनीहरूलाई त्यहाँबाट हटाई पाउँ भनी विद्यालयले दिएको निवेदनका आधारमा आइतबार हटाइएको महानगरिय प्रहरी बलका प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम थापाले जानकारी दिनुभयो ।  यसैबिच पामे–चालिसे बडहरे–सिसौउडी–रत्नेटार हुँदै राउसेओडार कनेक्टिभिटी रोडको पामेचोकमा सडकको मापदण्ड विपरीत निर्माण गरिएको संरचना समेत हटाइएको छ । प्रहरी प्रमुख थापाका अनुसार पामेचोक स्थित पामे बचत तथा ऋण सहकारी संस्था रहेको भवन र राम कुमारी सुवेदीको अतिक्रमित संरचना हटाइएको छ ।  सडकको केन्द्र भागबाट ७ मिटरको मापदण्ड नछोडी संरचना निर्माण गर्दा सडकको मापदण्ड नपुगेका कारण निज राम कुमारी सुवेदी र कृष्ण प्रसाद तिमिल्सीनाको संरचना हटाइएको हो ।