बागलुङ: बागलुङको थुप्रै पहिचानमध्येको एक हो ‘बुट्टेनली’ । हस्तकलाका रुपमा रहेको बुट्टेनली निगालोमा खोपेर बनाइने कलाकृति हो । बुट्टेनलीको जिल्ला भनेर चिनिने बागलुङमा पछिल्लो समय पुस्तान्तरणकोे प्रयास नहुँदा लोप हुन थालेको बुट्टेनलीलाई पुनः संरक्षण गर्न थालिएको छ ।बुट्टेनली बनाउने मानिसको सङ्ख्या कम हुँदा हराउन थालेको बुट्टेनली विद्यार्थीलाई सिकाउन थालिएको छ । बुट्टेनलीको संरक्षण गर्दै बुट्टेनली खोप्ने कलाको पुस्तान्तरण गर्न युवा पुस्तालाई सीप सिकाउन थालिएको छ । बुट्टेनली जोगाउन गत वर्षदेखि विद्यार्थीलाई सिकाउन थालिएको हो । अहिले केही नयाँ त केही गत वर्ष सिकेका २० विद्यार्थीले बुट्टेनली बनाउने तालिम लिइराखेका छन् । करिब १२ वर्षसम्म बुट्टेनलीको तालिम सञ्चालनमा नआउँदा बागलुङको पहिचान बुट्टेनली लोप हुने खतरा बढेपछि बागलुङ हस्तकला सङ्घले सीपको पुस्तान्तरण गर्न गत वर्षदेखि थालेको छ । झन्डै २ सय वर्ष पुरानो बुट्टेनली संरक्षण र पुस्तान्तरणको अभावमा हराउन थालेको भन्दै युवा पुस्तालाई बुट्टेनलीप्रतिको महत्व जगाउन सीप प्रदान गर्न थालिएको हो । निगालोलाई कुदेर तयार पारिने बुट्टेनलीप्रति युवा पुस्ताको चासो नहुँदा लोप हुन थालेपछि यहाँको हस्तकला सङ्घले युवा तथा विद्यार्थीलाई बुट्टेनली निर्माण गर्ने सीप प्रदान गर्न थालेको हो ।गत वर्ष २० जनालाई २० दिनको तालिम प्रदान गरिएकामा यस वर्ष १५ दिने तालिम प्रदान गरिएको छ । निकै खर्चिलो र निगालो बाँसको अभावमा मायाको चिनो स्वरुप प्रदान गर्ने बुट्टेनली हराउन थालेको भन्दै बागलुङ हस्तकला संघले गत वर्षदेखि बुट्टेनली निर्माण गर्ने तालिम दिन थालिएको र यस पटक २० विद्यार्थीले बुट्टेनली बनाउन सिकिरहेको बागलुङ हस्तकला सङ्घका अध्यक्ष पुष्पाकिरण श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार बागलुङमा बुट्टेनली निर्माण गर्न जान्ने व्यक्तिको अभाव भएको भन्दै पुस्तान्तरणका लागि अन्यलाई सिकाउन थालिएको हो । गत वर्ष वसन्तजङ्ग राजभण्डारीले विद्यार्थीलाई २० दिनसम्म तालिम दिनुभएको थियो भने अहिले गत वर्ष तालिममा सहभागी काठेखोला गाउँपालिका–८ लेखानीका तेजन विकले समेत तालिममा प्रशिक्षण दिइराख्नुभएको छ । “हस्तकला महासङ्घको आर्थिक सहयोगमा विद्यार्थीलाई बुट्टेनली निर्माण गर्ने तालिम दिइरहेका छौँ, तालिमपश्चात् सीप पुस्तान्तरण हुने हाम्रो अपेक्षा छ”, श्रेष्ठले भन्नुभयो, “सीप हस्तान्तरण नुहँदा बुट्टेनली जगेर्ना हुँदैन, सबैले यो जान्न आवश्यक छ, पछिल्लो समय मायाको चिनोका रुपमा अतिथिलाई बुट्टेनली दिने प्रचलनसमेत बढेको छ, हाम्रो उद्देश्य भनेको बुट्टेनली संरक्षणसँगै व्यावसायिक रुपमा उत्पादन गर्नु र बजारीकरण गर्ने हो ।” अहिले पनि मायाको चिनोका रुपमा बुट्टेनली दिने प्रचलन कायमै छ । बुट्टेनली निर्माण तालिममा बागलुङ बजारका विभिन्न विद्यालयका १४ छात्रा र छ छात्र रहेका छन् । बाँसको नलीमा विभिन्न खाले ऐतिहासिक तथा राजनीतिक व्यक्तिका चित्र, जङ्गली जनावर, मयूर, फूल, दृश्य, पौराणिककालदेखि आधुनिककालका सांस्कृतिक दृश्य र प्राकृतिक सुन्दरतालाई कलात्मक तरिकाले कुदेर तयार पारिएको बाँसलाई बुट्टेनलीका रूपमा लिइँदै आएको प्रशिक्षक वसन्तजङ्ग राजभण्डारीले जानकारी दिनुभयो । बागलुङको पहिचानमध्येको १ बुट्टेनली पाल्पाको ढाका टोपी भनेजस्तै भए पनि लोप हुन वर्षौंपछि पुस्तान्तरण थालिएको हो । १ हप्तादेखि बुट्टेनली तालिम लिइराखेका कक्षा ८ मा अध्ययनरत अनुप घर्तीले आफूलाई हस्तकला क्षेत्रमा पहिल्यैदेखि रुचि रहेको र बुट्टेनलीको तालिम लिन पाउँदा खुसी लागेको बताउनुभयो । तालिममार्फत बुट्टेनली निर्माण कार्यलाई व्यावसायिकीकरण गर्न सहयोग पुग्ने घर्तीले जानकारी दिनुभयो । बागलुङ भित्रिने पाहुनाले बुट्टेनलीका बारेमा चासो राखेर खरिद गर्न खोजे पनि पाइनै छाडेपछि बुट्टेनलीको उत्पादन गर्न तालिम दिन थालिएको हो । संस्कृति र परम्परागत हिसाबले महत्वपूर्ण मानिएको हस्तकला कौशलद्वारा बनाइने बुट्टेनली बागलुङको पहिचानका रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा प्रख्यात रहे पनि पुस्ता हस्तान्तरण नहुँदा २ सय वर्ष पुरानो बुट्टेनली लोपोन्मुख अवस्थामा पुगेको हो । बुट्टेनली बनाउन स्थानीय युवा र अन्य व्यक्ति आकर्षित नहुनु, कच्चापदार्थको अभावलगायतका कारण बुट्टेनली लोप हुन थालेको स्थानीय अगुवा बताउँछन् । बुट्टेनली बनाउने कला कौशल भएका बागलुङ बजारका वसन्तजङ्ग राजभण्डारीले गत वर्ष सिकाएपछि आफूले नियमित रुपमा बुट्टेनली निर्माण गर्दै आएको काठेखोला–८ लेखानीका चेतन विकले बताउनुभयो । अहिले विकले समेत विद्यार्थीलाई बुट्टेनली बनाउन सिकाउन थाल्नुभएको छ ।
दाङ: शान्तिनगर गाउँपालिका–४ जुम्लेकुलाका किसान भावना पुरीले व्यावसायिक रुपमा तोरीखेती गर्दै आउनुभएको छ । उहाँले विगत लामो समयदेखि तोरीखेती गर्दै आउनुभएको हो । तेल किनेर खाँदा महँगो पर्ने हुँदा आफैँले उत्पादन गर्दै आएको उहाँ बताउनुहुन्छ । “बाहिर किनेको तेल स्वास्थ्यका लागि पनि त्यति राम्रो नहुने र तोरी नै उत्पादन गर्दा आफ्नो लागि र बिक्री गर्नसमेत मिल्ने भएकाले यसको खेती गर्दै आएको छु”, उहाँले भन्नुभयो, “घरमा आवश्यक परेको राख्ने र अरू सबै उचित मूल्य पाएको समयमा बेच्ने गर्ने गरेको उहाँ सुनाउनुहुन्छ ।” उहाँले १० कट्ठा जग्गामा लगाएको तोरीबाट तीन क्विन्टल बढी उत्पादन हुने गरेकोे बताउनुभयो । तोरी घरका लागि राखेर पनि अरू बेचेर आम्दानी गर्दै आएको उहाँले बताउनुभयो । घोराही उपमहानगरपालिका–१० का किसान रेशम डाँगी पनि आफूलाई खानका लागि तोरी आफँै उत्पादन गर्दै आएको बताउनुहुन्छ । राम्रो तोरीको तेल नै हुने भएको तोरीको खेती गर्दै आएको उहाँले बताउनुभयो । किनेर खानुभन्दा समयमा मेहनत गरियो भने वर्षभरि खान पुग्ने उहाँको अनुभव छ । जिल्लामा तोरीखेती गर्ने किसानको सङ्ख्या बढ्दै जाँदा उत्पादन पनि बढ्दै गएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेका अनुसार गत वर्ष दाङमा १६ हजार चार सय १० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको थियो । त्यसबाट १६ हजार ३ सय ४३ दशमलव ३ मेट्रिक टन तोरी उत्पादन भएको उहाँ बताउनुहुन्छ ।गत वर्षको तुलनामा यस वर्ष अझ उत्पादन बढ्ने अनुमान गरिएको उहाँको भनाइ छ । मौसम अनुकूल भएमा बढ्ने उहाँले बताउनुभयो । उहाँका अनुसार यस वर्ष तोरीखेती गर्ने जमिनको क्षेत्रफलमा वृद्धि भएसँगै उत्पादनमा पनि वृद्धि हुने उहाँको भनाइ छ । यस वर्ष १६ हजार ४ सय ८७ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ भने त्यसबाट १७ हजार ८ सय ६ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको सूचना अधिकारी लामिछानेको भनाइ छ । यस वर्ष गत वर्षभन्दा ५ प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको छ । तोरीखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको छ । तोरीखेतीलाई जङ्गली जनावरले पनि असर नगर्ने र छिटो उत्पादन लिने बाली भएकाले गहुँ लगाउने किसान पनि तोरीखेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामा सबैभन्दा बढी शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र दङ्गीशरण गाउँपालिकामा तोरीको व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या धेरै रहेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । कृषि ज्ञान केन्द्र दाङमार्फत विशेष सघन बाली उत्पादनअन्तर्गत यस वर्ष ९० हेक्टर क्षेत्रफलका लागि नौ क्विन्टल उन्नत तोरीको बीउ किसानलाई वितरण गरिएको सूचना अधिकारी लामिछाने बताउनुहुन्छ । उक्त बीउ घोराही–७ घुस्रा र शान्तिनगर गाउँपालिका–१ र २ का किसानलाई वितरण गरिएको थियो ।
पोखरा जेसीजको वर्ष २०२५ को अध्यक्षमा भाइराज राना मगर सर्वसम्मत चयन भएका छन् । पोखरा जेसीजको ४५ औं शाखा अधिवेशन तथा ५० औं वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा रानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै कार्यकारिणी उपाध्यक्षमा कपिल पौडेल, उपाध्यक्षमा किरण आचार्य, सुजन पोख्रेल, सञ्जय कुमार शर्मा र जेसी सुशील पौडेल चुनिए । साथै, निर्देशकहरूमा सरोज पौडेल,सन्दीप श्रीष, दिवस तिमिल्सिना र सुजल गोदार चयन भए । अध्यक्ष राना मगरले विधान बमोजिम कानुनी सल्लाहकार सुमन पहारी, महासचिव रबिन पौडेल, कोषाध्यक्ष रबिन्द्र गोदार, सचिव सञ्जय पौडेल लगायतलाई मनोनयन गरेका छन् ।
रुकुम पश्चिम: रुकुम पश्चिममा छोराले आफ्नै बुबाको हत्या गरेका छन् । जिल्लाको आठबिसकोट नगरपालिका–१० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले ५० वर्षीय बुबा दर्वे खत्रीको हत्या गरेका हुन् । आइतबार साँझ वीरबहादुरले चक्कु प्रहार गरेर आफ्नै बुबाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार बुबाको हत्या गर्ने वीरबहादुर फरार रहेका छन् । फरार वीरबहादुरको खोजीका लागि इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक गणेश खनालको कमान्डमा १० प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो । घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।
बर्दिया: बर्दियाको राजापुर नगरपालिका–५, जयपुरकी सुष्मा चौधरीकी सासूआमा भगवती थारू सिकलसेल एनिमियाबाट पीडित हुनुहुन्छ । उमेरसँगै थपिएको रोगबाट ग्रस्त सासूआमाका आफ्नै व्यथा छन्, त्योभन्दा बढी पीडा सुष्मालाई छ । उपचारका लागि आर्थिक चाँजोपाँजो मिलाउने, अस्पताल पुर्याउनेदेखि रोगले थलिनुभएकी सासूआमाको जीवनमा प्राण भर्ने जिम्मेवारी बुहारी सुष्माकै काँधमा छ । अरू चाँजोपाँचो त जेनतेन भइहेकै हुन्छ तर महिनाको दुई पटकसम्म रगत चढाउनुपर्ने भए पनि नजिकै ‘ब्लड बैङ्क’ नभएको पीडा अझ बढी छ । “घर नजिकै ब्लड बैङ्क छैन । रगतकै लागि ७३ किलोमिटर टाढा रहेको बाँकेको नेपालगञ्जसम्म पुग्नुपर्दा निकै सास्ती खेप्नुपर्यो । बर्दियाबाट भेरी अस्पताल जानुको विकल्प नै थिएन । त्यति टाढा गएर पनि एकै दिनमा रगत चढाउन पाइँदैन थियो । त्यहाँ जानै समस्या, गए पनि अधिकांश दिनमा रक्त अभावले पालो कुरेर उतै चाररपाँच दिनसम्म बस्नुपर्दाको सास्ती भनिसाध्य छैन”, सुष्माले भन्नुभयो । उहाँले घण्टौँ लगाएर अस्पताल पुगे पनि रगत अभावमा अस्पतालको शय्यामा कुर्नुपर्दाको सास्ती र बसाइँ लम्बिँदा हुने खर्चको तनावले थप पीडा दिने गरेको सुनाउनुभयो । यसरी उपचारका क्रममा कैयौँ दिन अस्पतालमा भोकै बस्नुपरेका दिन अहिले पनि सुष्माको मानसपटलमा ताजै छ । “त्यति टाढा पुगेर पनि रगत पाइन्छ भन्ने निश्चित हुँदैनथ्यो । कति पटक चार दिनसम्म पालो कुर्दा भोकभोकै बस्नुपरेको थियो । अहिले त्यो पीडा सम्झिन पनि चाहन्न”, उहाँले भन्नुभयो । राजापुर क्षेत्रमा रगत नपाइने र चाहिएको बेला रक्त समूह नमिल्ने भएकाले सुष्मालाई दुःख भोगेर भए पनि नेपालगञ्ज जानैपर्ने बाध्यता थियो । पछिल्लो चार महिनादेखि भने यो बाध्यता हट्दै गएको छ । राजापुर नगरपालिकाले राजापुर बजारमै रक्त सङ्कलन तथा भण्डारण केन्द्र (ब्लड बैङ्क) स्थापना गरेपछि सुष्मालाई ठूलो राहत भएको छ । नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र, राजापुरमा ब्लड बैङ्क स्थापना गरेको हो । सुष्मा र उहाँकी सासूआमा भागिरथी त प्रतिनिधिपात्र मात्रै हुन् । नगर स्वास्थ्य शाखाले दिएको जानकारीअनुसार राजापुरमा भागिरथी जस्तै दुई सय २४ जना सिकलसेल एनिमियाका बिरामी रहेको तथ्याङ्क छ । यी सबैजसो बिरामी र तिनका परिवारको समस्या उस्तै थियो । स्थानीयस्तरमै रक्त सङ्कलन केन्द्र स्थापना भएपछि यी सबैलाई ठूलो राहत भइरहेको छ । “मेरो छोरा दुई वर्षको हुँदादेखि उसमा सिकलसेल एनिमिया देखिएको थियो, जसकारण बेलाबेलामा रगत चढाउनु पर्छ । अहिले छोरो १० वर्षको भयो, आठ वर्षसम्म नेपालगञ्ज गएर रगत चढाइयो तर अहिले नगरमै ब्लड बैङ्क सञ्चालनमा आएपछि घर आँगनमै सेवा लिएको अनुभव गरेको छु । यसले वर्षौंदेखि पीडा भुलाएको छ”, बिरामी राजीव चौधरीका बुबाले भन्नुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले रक्त सङ्कलन केन्द्र स्थापना भएपछि धेरै नागरिक लाभान्वित भएको बताउनुभयो । “नजिकै रक्त सङ्कलन तथा भण्डारण केन्द्र नहुँदा दीर्घरोगीले त समस्या भोग्नु परेकै थियो, आकस्मिक घटना हुँदा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था थियो । नगरले यो समस्या समाधानका लागि केन्द्र स्थापना गरेको हो । त्यसले स्थानीयस्तरमा निकै राहत पुगेको छ”, उहाँले भन्नुभयो । राजापुर नगरपालिकाले एकजना ‘ल्याब असिस्टेन्ट’ को दरबन्दी राखेर रु आठ लाखको लागतमा ब्लड बैङ्क स्थापना गरेको हो । प्राथमिक स्वास्थ्य केन्द्र राजापुरको भवनबाट ब्लड बैङ्कको सञ्चालन भइरहेको छ । गत साउन १ गतेदेखि सञ्चालनमा आएको यस केन्द्रबाट हालसम्म ५५ जनाले सुविधा लगिसकेका छन् जसमा ९५ प्रतिशत सिकलसेलका बिरामीले सेवा लिएका छन्भने बाँकी पाँच प्रतिशत गर्भवती र अन्यले सेवा लिएका ल्याब असिस्टेन्ट महेश चौधरीले जानकारी दिनुभयो । सिकलसेल एनिमियाका प्रायः थारू समुदायका नागरिकमा देखिने रोग हो । भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा निराजन सुवेदीले भन्नुहुन्छ, “सिकलसेल एनिमिया एक गम्भीर अनुवांशिक रक्तरोग हो । यस रोगमा रातो रक्त कोष हँसिया (सिकल) आकारमा बदलिने हुँदा शरीरमा अक्सिजनको आपूर्ति कम हुन्छ, जसले रक्तअल्पता, असह्य पीडा र शरीरका अङ्गहरूमा अक्सिजन नपुग्ने समस्या निम्त्याउँछ । थारू समुदायको विशिष्ट जैविक बनावट र परम्परागत वैवाहिक अभ्यासहरूले यो रोग पुस्तान्तर हुँदै आएको छ ।” राजापुर नगरपालिकामा ६९ हजार आठ सय ७३ जनसङ्ख्या रहेको छ । कुल जनसङ्ख्यामध्ये करिब ८१ प्रतिशत थारू समुदायको रहेको छ । थारू बाहुल्य क्षेत्र भएकाले सिकलसेलको जोखिम पनि सोहीअनुसार रहेको अनुमान छ । अब गाउँमै रक्त सङ्कलन केन्द्र स्थापना भएपछि धेरैलाई सहज भए पनि चाहिएको समयमा रक्त समूह मिल्ने रगत व्यवस्थापन भने चुनौतीपूर्ण रहेको ल्याब असिस्टेन्ट चौधरीले बताउनुभयो । यस्तो अवस्थामा टीकापुर, मधुवन र भेरी अस्पतालबाट रगतको जोहो गर्नुपरिरहेको उहाँले जानकारी दिनुभयो । “नगरपालिका आफैँले वर्षमा तीनपटक, गैरसरकारी संस्था युनिक नेपालले तीनपटक र विभिन्न सङ्घसंस्थाले आयोजनाले गर्ने रक्तदान शिविरबाट रगत सङ्कलन भइरहेको छ तर भण्डारण क्षमता कम भएकाले कहिलेकाहीँ छिमेकी अस्पतालहरूबाट रगतको जोहो गर्नुपर्छ”, ल्याब असिस्टेन्ट चौधरीले भन्नुभयो, “थारू समुदायको ठूलो बस्ती रहेकाले सिकलसेलको जोखिम र आकस्मिक रूपमा चाहिने रगतका लागि यस केन्द्रको स्तरोन्नति आश्वयक छ । भर्खरै सञ्चालनमा आएकाले नगरपालिकाले समस्या र आवश्यकता हेरेर त्यो काम गर्ने नै छ ।” नगरप्रमुख दीपेश थारूले ब्लड बैङ्कको सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने विषयमा आफूहरू सचेत रहेको बताउनुभयो । उहाँले स्थानीय नागरिकको माग र आवश्यकताअनुसार सेवा विस्तार गरिने बताउनुभयो । “नगरपालिकामा १५ शय्या अस्पताल सञ्चालन हुँदैछ, काम अगाडि बढिरहेको छ । त्यहाँ पनि ब्लड बैङ्क रहनेछ । ब्लड बैङ्क सेवालाई अझ प्रभावकारी बनाउने र रगतको भण्डारण बढाउन नियमित रूपमा रक्तदान कार्यक्रम गरेर सेवा विस्तार गर्ने योजनामै छौँ”, नगरप्रमख थारूले भन्नुभयो । यस सेवाबाट नगर क्षेत्रका मात्रै होइन छिमेकी गेरुवा गाउँपालिका र ठाकुरबाबा नगरपालिका क्षेत्रका नागरिक पनि लाभान्वित हुन थालेका छन् ।
काठमाडौं: ५ दिने कम्बोडिया भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले त्यहाँका प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री मानेटसँग कम्बोडियाको पिस प्यालेसमा भएको भेटमा २ देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने महत्वपूर्ण विषयहरूमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । भेटमा सभामुख घिमिरेले बुद्ध जन्मस्थल लुम्बिनी र कम्बोडियाको अंगकोरबाट हिन्दू तथा बौद्ध सम्पदालाई प्रवर्द्धन गर्न प्रत्यक्ष हवाई सेवा सुरु गर्नुपर्नेमा जोड दिनुभयो । यसले धार्मिक पर्यटन र सांस्कृतिक आदानप्रदानलाई थप प्रोत्साहन गर्ने सभामुखको विश्वास छ । नेपाल र कम्बोडियाबीच २०७५ मा नै हवाई सम्झौता भएको थियो । भेटमा दुवै देशका नागरिकबीच अनुभव आदानप्रदानका कार्यक्रमलाई बढावा दिनेबारे छलफल भएको थियो । सभामुख घिमिरेले नेपाल भ्रमणका लागि कम्बोडियाका प्रधानमन्त्रीलाई औपचारिक निमन्त्रणासमेत दिनुभयो । प्रधानमन्त्री मानेटले साना राष्ट्रको सहकार्यका लागि सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् ९आईपीटीपी०को अन्तर–संसदीयसभा उत्कृष्ट मञ्च भएको बताउनुभयो । उहाँले उपयुक्त समय मिलाएर नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभयो । भेटलाई २ देश बीचको आर्थिक, सांस्कृतिक र कूटनीतिक सहकार्यलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ ।सभामुख घिमिरेले आइतबार साँझ नै माथिल्लो सदन सिनेटका अध्यक्ष सेनसँग भेट गर्नुभएको छ । कम्बोडिया पिपल्स पार्टी मुख्यालयमा भएको भेटका क्रममा दुवै पक्षले दुई देशका विधायिका बीचको सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको थियो । यस्तै २ देशबीचको दीर्घकालीन सम्बन्धलाई थप सुदृढ बनाउने, संसदीय अभ्यास, क्षेत्रीय सहयोग र साझा चासोका विषयमा सहकार्यको सम्भावनाबारे समेत छलफल भएको सभामुखको घिमिरेको सचिवालयले जनाएको छ । सभामुखले नेपाली शान्ति प्रक्रियाको अद्वितीय सफलताको अनुभव बाँड्दै दुवै देशले साझा हितका क्षेत्रमा थप समझदारी र साझेदारी गर्न सक्ने धारणा राख्नुभएको थियो । उहाँले शनिबार साँझ कम्बोडियाको राष्ट्रियसभाका अध्यक्ष सम्देच मोहा रथसपिथिका थिपादेई खुऔन सुदारीसँग समेत भेट गर्नुभएको थियो । ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडियाको राजधानी नोम पेन्ह पुग्नुभएका सभामुखले आइतबार सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११औँ पूर्ण सत्रलाई सम्बोधन गर्नुभएको थियो । उहाँ नेतृत्वको टोली मङ्गलबार साँझ स्वदेश फर्कने कार्यक्रम छ ।
काठमाडौं: नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा उच्च गिरावट आएको छ। यस दिन सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला १५ हजार नौ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय १५ रूपैयाँ घटेको हो। सरकारले सुन तथा चाँदीमा लाग्ने कर घटाएपछि सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको हो। सुन आयातमा सरकारले २० प्रतिशत कर लिदै आएको थियो। मन्त्रिपरिषद्को बैठकले १० प्रतिशत विन्दुले भन्सार दर घटाएर १० प्रतिशत कायम गरेपछि सोमबार सुनको मूल्यमा उच्च गिरावट आएको हो। त्यसैगरी, सरकारले चाँदीको भन्सार दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग ९एनपिएल० ले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताउनुभयो । आज ऐतिहासिक धरहरा परिसरबाट एनपिएलको ट्रफी अनावरण गर्नुहुँदै उहाँले लिगका लागि सरकारले सक्दो सहयोग र प्रोत्साहन गर्ने विश्वास दिलाउनुभयो । प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासका लागि सरकार सधैँ खेलाडीको साथमा रहेको बताउनुभयो । उहाँले एनपिएलले नेपाली क्रिकेटमा नयाँ आयाम थप्ने अपेक्षा व्यक्त गर्नुभयो । “क्रिकेट हाम्रो पुस्ताको सपना र गौरवको विषय पनि हो । यस लिगको माध्यमबाट नेपाली क्रिकेटमा नयाँ आयाम थप्न सकियोस्”,प्रधानमन्त्री ओलीले भन्नुभयो,“सरकार यहाँहरूकै साथमा छ । व्यक्तिगत रूपमा म सरकारमा हुँदा वा नहुँदा जहिल्यै पनि मेरो रुचि र अपनत्व रहनेछ । सहभागी खेलाडी सबैलाई जितको शुुभकामना दिन चाहन्छु ।” उहाँले यस खेलमार्फत युवा प्रतिभाको उजागर र नेपालीले अवसर पाएमा केही गर्छ भन्ने मान्यतालाई स्थापित होस् भन्ने कामनासमेत गर्नुभयो ।
पोखरा: माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा भएको माध्यमिक विद्यालय स्तरीय प्रतियोगिताको उपाधि माछापुच्छ्रे –४,लाहाचोकको ज्ञानज्योति बोर्डिङ स्कुले जितेको छ । पालिकाका १२ वटा विद्यालय सम्मिलित प्रतियोगितामा ५ स्वर्ण २ रजत र १ कास्य प्राप्त गरि उपाधि चुमेको हो । रनिङ शिल्ड संगै विद्यालयले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरेको छ । यता ५ स्वर्ण १ रजत र ३ काश्य पदक पाप्त गरि माछापुच्छ्रे माध्यमिक विद्यालय दोस्रो भएको छ । बराह माध्यमिक विद्यालयले ४ स्वर्ण ७ रजत २ काश्य पदकका साथ तेस्रो स्थान पाप्त गरेको छ । दास्रो र तेस्रो हुने विद्यालयले क्रमशः १० हजार , ७ हजार ५ सय रुपया,साथमा ट्रफी पुरस्कार पाप्त गरेका छन् । उक्त प्रतियोगितामा अन्तर माध्यमिक भलिबल छात्रारछात्र ,कबड्डी छात्रा÷छात्र ,एथलेटिक्स दौड ट्रयाक १००,२००,४००,८००,१५०० र ३००० मिटर साथै छात्रारछत्रा ४ ×१०० मि।रिले, ४×४०० मि।रिले, छात्रारछत्रा, हाइजम, लङजम्प , ट्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट, मार्चपास लगाएतका खेलहरु सम्पन्न गरेको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समिति सदस्य सचिव हुम बहादुर गुरुङले बताए । स्थास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ यही मंसिर ६ गते देखि ८ गते सम्म मेहेन्द्र माध्यमिक विद्यालयको खेलमैदान लाहाचोकमा भएको थियो ।