व्यावसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी

पाल्पा | पुस १०, २०८१

व्यावसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी

पाल्पा:    रामपुर नगरपालिका–५ सानीअमराईका पुरुषोत्तम ढुङ्गानाले पशुपालन व्यवसायबाट वार्षिक रु १२ लाख आम्दानी गर्दै आउनुभएको छ । उहाँले गाउँमा कृषिकर्मबाट स्वरोजगार बन्ने लक्ष्यसहित दुई वर्ष अघि व्यावसायिक गाईपालन सुरु गर्नुभएको हो । 


ढुङ्गानाले फार्ममा अहिले ११ वटा उन्नत जातका गाई र तीनवटा भैँसी रहेका बताउँदै सात वटा गाई दुहुना रहेका जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक ५० लिटर दूध उत्पादन भइरहेको छ । 


“घरमा पहिलेदेखि चार(पाँचवटा गाई नियमित रूपमा पालिन्थ्यो, दुई वर्ष यता भने व्यावसायिक रूपमा ‘रामपुर फार्म’ दर्ता गरी गाईभैँसी थपेर व्यवसाय विस्तार गरेको हुँ”, ढुङ्गानाले भन्नुभयो, “आगामी दिनमा पशुचौपाया थप गरेर फार्म आधुनिक बनाउने योजना छ, अहिले संरचना थप्ने कार्य हुँदैछ ।”


फार्मको रेखदेख, घाँस व्यवस्थापनलगायत कामका लागि तीन जना कामदार राखेर रोजगारीसमेत दिइरहेको ढुङ्गानाले बताउनुभयो । वार्षिक रूपमा सरदरमा रु १२ लाख आम्दानी हुने गरेको बताउँदै उहाँले व्यवसाय सञ्चालन गर्न भारत र नवलपरासीबाट गाई खरिद गरेर ल्याएको जानकारी दिनुभयो । 


ढुङ्गानाले फार्ममा अहिले होलस्टिन, जर्सी जातका गाई रहेका बताउनुभयो । घाँस व्यवस्थापनका लागि तीस रोपनी जग्गा भाडामा लिएको भन्दै उहाँले करिब २१ रोपनी जग्गामा स्टाइलो, नेपियर जातका घाँस लगाएको उल्लेख गर्नुभयो । 


ढुङ्गानाका अनुसार एकवटा गाईलाई रु ७३ हजारदेखि रु एक लाख ३० हजार मुल्य परेको छ । गाई खरिद र फार्म व्यवस्थापनमा करिब रु ३८ लाख लगानी परेको बताउँदै उहाँले पाँचवटा लैनो गाई थप्ने तयारीमा रहेको जानकारी दिनुभयो ।


पशुपालनमा पर्याप्त घाँसपातको व्यवस्था नहुँदा चुनौती थपिएको ढुङ्गानाले बताउनुभयो । पशुका लागि घाँसपात प्रशस्त आवश्यक पर्ने भएकाले घाँसपात व्यवस्थापनमा लगानी बढी खर्चिनुपरेको उहाँको अनुभव छ । 


उहाँले विज्ञान र ज्योतिषशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । एमफिलको तयारीमा रहनुभएका ढुङ्गाना गाउँमा बसेर केही उद्यम गर्ने लक्ष्य रहेकाले व्यावसायिक पशुपालनमा लाग्नुभएको हो । 


“कसैको अधिनमा नरहेर व्यवसाय गर्ने मनसायले पशुपालन थालनी गरेको हुँ, यसबाट जीविकोपार्जन गर्न सकिने, आम्दनी पनि हुने र स्थानीयलाई रोजगारी पनि दिन सकिन्छ । घाँसपात व्यवस्थापन मिलाउन सकियो भने आम्दानी मनग्ये हुने रहेछ”, उहाँले भन्नुभयो ।


रामपुरको बेझाड बजारमा दूध बिक्री गर्दै आएको बताउने ढुङ्गानाले भन्नुभयो, “पढेर जागिर खानुपर्छ भन्ने छैन, घरमा बसेर विभिन्न व्यवसाय गरेर जीविकोपार्जन गर्न सकिन्छ, स्वरोजगार बनेर उदाहरणीय काम गर्न सकिन्छ ।”


पछिल्लो समय गाउँघरमा पशुपालनमा युवाको आकर्षण बढेको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले बताउनुभयो । नगरपालिकाले युवा स्वरोजगार कार्यक्रममार्फत प्रोत्साहनमूलक कार्यक्रम गरिररहेकाले व्यावसायिक रूपमा कृषि, पशुपालन तथा विभिन्न पेसा गर्ने युवाको उत्साह बढेको उहाँले उल्लेख गर्नुभयो ।   
 

काठमाडौं:  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने समय आज सकिँदै छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि यही मंसिर १ देख...

थप पढ्नुहोस्

पोखरा:  पोखरा उद्योग वाणिज्य संघले यही मंसिर १७ देखि २१ गतेसम्म नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेकको २०८२ पोखराको आयोजना गर्ने भएको छ । आयोजक संस्था प...

थप पढ्नुहोस्

काठमाडौं:  भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ भने नेपालले पहिलो खेलमा इंल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मंगलब...

थप पढ्नुहोस्