काठमाडौं: नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु १ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु ३ वृद्धि गरेको हो । मूल्य समायोजनसँगै काठमाडौँ पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ८३ र डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर रु एक सय ७३, सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर रु एक सय ७२ र डिजेलरमट्टितेल प्रतिलिटर रु एक सय ७२ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर एक सय ८० रुपैयाँ ५० पैसा र डिजेलरमट्टितेल प्रतिलिटर एक सय ७० रुपैयाँ ५० पैसा तोकिएको छ । इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा क्रमशः प्रतिलिटर १ रुपैयाँ १२ पैसा र २ रुपैयाँ ९१ पैसा वृद्धि भई आएकाले खुद्रा बिक्री मूल्य बढाउनु परेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो ।
काठमाडौं: काठमाडौंको तीनकुनेस्थित गैह्रिगाउँमा चार जनाको हत्या गरेको आरोपमा एक जनालाई प्रकाउ गरेको छ । दिव्य सः मिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका दोलखाका कुमार भुजेलसहित चार जनाको गरेको आरोपमा काठमाडौं महानगरपालिका–३२ तीनकुने बस्ने २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । गएराति ११ः५५ दुई महिला र दुई पुरुषको हत्या भएको जानकारी पाए लगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो। उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काष्ठ मिलमा सुरक्षा गार्डको रुपमा काम गर्ने ५६ वर्षीय कुमार भुजेल, ५२ वर्षीया उनकी श्रीमती अम्बिका भुजेल, ७६ वर्षीया आमा शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका २० वर्षीय नविन राईको हत्या भएको हो। उनीहरुको टाउको र शरीरको विभिन्न भागमा धारिलो हतियारको चोट रहेको मैनालीले जानकारी दिए। प्रहरीले मुचुल्का लगायतको कार्य सम्पन्न गरी शवलाई पोष्टमार्टमको लागि त्रि।वि। शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ। उक्त सःमिल दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका–८ घर भई गौशाला बस्ने बालकृष्ण शिवाकोटीले सञ्चालन गरेका हुन्। प्रहरीले घटनास्थलबाट सोधपुछको लागि घटनाको सम्बन्धमा प्रहरीले तालिम प्राप्त कुकुर, अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी सुक्ष्म अनुसन्धान कार्य जारी रहेको जनाएको छ। उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता मैनालीले भने, ‘प्रारम्भिक अनुसन्धानमा परिवारकै सदस्यबाट हत्या भएको देखिएको छ। घटनाको सुक्ष्म अनुसन्धान भइरहेको छ। लेनदेनको घटना हालसम्म भएको पाइएको छैन। अनुसन्धान जारी छ।’
पोखरा: लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र वडा प्रहरी कार्यालय बैदामले लागूऔषधसहित भारतिय नागरिकलाई प्रकाउ गरेको छ । पोखरा महानगरपालिका १८ सेतीस्थित डेरा गरी बस्ने भारतको केरला घर भएका २४ वर्षीय अजिन वर्गीसलाई लागूऔषध (गाँजा)सहित भदौ २७ गते प्रकाउ गरेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । भारतिय नागरिक वर्गीसको कोठाबाट ७ सय ५० ग्राम गाँजा, डिजिटल तराजु र एक थान आईफोन मोबाइलसहित प्रकाउ गरेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । प्रकाउ परेका वर्गीसलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा आदर्श माध्यमिक विद्यालयमा स्कुल स्थापनाको २५ औ वर्ष विशेष अन्तर्गत रजत जयन्तीको पावन अवसरमा जिल्ला स्तरीय कविता प्रतियोगिता शुक्रबार सम्पन्न भयो। गण्डकी प्रज्ञा प्रतिष्ठान , पोखरा नेपालको सहकार्यमा भानु सभाहलमा भएको उक्त प्रतियोगितात्मक कार्यक्रमको प्रमुख अतिथि नेपाल संस्कृत नाट्य प्रज्ञा प्रतिष्ठान नेपालका पुर्व कुलपति प्राज्ञ सरुभक्त श्रेष्ठ रहेका थिए । कार्यक्रममा प्रमुख अतिथिज्युले बालबालिकाहरुको नेपाली साहित्यप्रति अभिरुचि रहेकोमा खुसी व्यक्त गरे। साथै नेपाली कविता , गीत, नाटकजस्ता साहित्यिक विधामा राज्यले पनि यसको संरक्षण र सम्बर्द्धनमा लाग्नुपर्ने बताए । कुसे औंसीको सन्दर्भमा बाबुको गरिमा अनि महत्त्वसग सम्बन्धित रहेर विद्यार्थीहरुले कविता वाचन गरेका थिए । प्रतियोगितामात्मक यस कार्यक्रममा कुल ३५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो। प्रतियोगितामा भास्कर स्कुलकी रोजी रानाभाट प्रथम ,फिस्टेल माध्यमिक विद्यालयकी सन्तोषी ढकाल द्वितीय , पोखरा आदर्श माध्यमिक विद्यालयकी संस्कृति सुवेदी तृतीय र गुप्तेश्वर महादेव वेद विद्याश्रमका यादव पौडेल र राष्ट्रिय मा।विका विश्व अधिकारीले सान्त्वना स्थान हासिल गरेका थिए। कार्यक्रममा प्रथम , द्वितीय , तृतीय एवम् सान्त्वना (दुई जना) हुने बिजेताहरुलाई क्रमशस् ८०००र, ६०००र, ४०००र र १०००र र प्रमाणपत्र प्रदान गरिएको थियो। उक्त प्रतियोगितामा निर्यायकमण्डलतर्फ निर्यायक संयोजक प्रा। डा। जगन्नाथ रेग्मी र सदस्यका रूपमा अनुराग अधिकारी र जुना थापा रहेका थिए । कार्यक्रममा कक्षा ८,९, र १० का विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए । विद्यालयका प्रधानाध्यापक श्री फणिन्द्र प्रसाद अधिकारीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा माउन्ट भ्याली कलेजका क्याम्पस प्रमुख श्री नारायण न्यौपानेले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । रजत जयन्तीकै अवसरमा भाद्र १४ र १५ गते सम्पन्न भएको कक्षा ११ र १२ का बिज्ञान र ब्यवस्थापन संकायका विद्यार्थीहरुबीच भएको प्रतियोगितात्मक फुटसल खेलमा बिजेता भएका खेलाडीहरुलाई यही कार्यक्रमकै बीच बिजेताहरुलाई प्रमाणपत्र वितरण गरिएको जानकारी खेलकुद संयोजक राजकुमार सिंहले दिए। विशेष अतिथि रङ्गकर्मी एवम् कलाकार श्री प्रकाश घिमिरेले सारगर्भित मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यालयले हासिल गरेका शैक्षिक उपलब्धि एवम् अतिरिक्त कार्यकलापका गतिविधिहरुलाई डकुमेन्ट्रीबाट प्रदर्शन गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री कमलराज सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन कार्यक्रम संयोजक एवम् सह प्राचार्य श्री ज्ञानेश्वर सुबेदीले गरेका थिए । रजत जयन्तीकै अवसरमा यो वर्ष भरी नै सामाजिक , सांंस्कृतिक एवम् प्रतियोगितात्मक कार्यक्रम हुने जानकारी विद्यालयका प्रधानाध्यापक श्री फणिन्द्र प्रसाद अधिकारीले दिए ।
काठमाडौं: गएको मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित भएका एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि उक्त क्षेत्र रिक्त भएको छ । शुक्रबारको संसद बैठकमा सभामुख देवराज घिमिरेले संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त रहेको जानकारी सदनलाई गराए । निर्वाचित सदस्यको मृत्यु भएमा रिक्त भएको जानकारी सदनलाई जानकारी गराउनुपर्ने हुन्छ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को (१) मा पनि सदनलाई जानकारी गराउनु पर्ने व्यवस्था छ । गत २६ भदौमा संविधानसभा अध्यक्ष एंव पूर्वसभामुख समेत रहेका नेम्वाङको निधन भएको थियो । रिक्त क्षेत्रमा उपनिर्वाचन रिक्त भएको ठाउँमा उपनिर्वाचन हुने संवैधानिक व्यवस्था छ । संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधिसभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि भएमा निर्वाचन प्रणालीबाट पूर्ति गरिने भनिएको छ । ‘प्रतिनिधिसभाको कार्यकाल छ महिनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ,’ उक्त धारामा भनिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को धारा ६८ मा उपनिर्वाचनको व्यवस्था गरिएको छ । ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधिसभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिनेछ,’ उक्त दफामा भनिएको छ ।
कास्की: जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्यालयबाट कुनै पनि प्रहरीलाई सादा पोशाक (घुमुवा) कै जिम्मेवारी नदिने भएको छ । कास्की प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आइपुगेका प्रहरी उपरीक्षक मोहनकुमार थापाले केन्द्रकै निर्देशन अनुसार स्थायी रुपमै घुमुवाको (सिआइडी) जिम्मेवारी नदिने बताए । ‘प्रहरी परिचालन कार्य निर्देशनमा पनि व्यवस्था छ । हामीले कुनै पनि कर्मचारीलाई पहिले जस्तो घुमुवा प्रहरीकै जिम्मेवारी तोक्दैनौ, एसपी थापाले सुनगाभा न्यूजसँग भने, ‘तर स्पेसल टास्क र इन्भेष्टिगेसनका लागि भने अनुभवी कर्मचारीलाई जिम्मेवारी दिनेछौं ।’ उनले केन्द्रीय निर्देशन अनुसार पद र सँगठनको दुरुपयोग हुनबाट रोक्नका लागि उक्त कार्यले सघाउ पुग्ने बताए । ‘यो कार्यले पद र सँगठनको प्रतिष्ठामा आँच आउनबाट रोक्न सघाउ पुग्नेछ,’ उनले भने । उनका अनुसार यसअघि जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, डाडाँकोनाक, वडा प्रहरी कार्यालय बैदाम, वडा प्रहरी कार्यालय बगर र वडा प्रहरी कार्यालय रामबजारबाट गरी करिब २० जना प्रहरी सादा पोशाकमा खटिदै आएका थिए । पोखरा महानगरपालिका १ कस्केरीस्थित सेती नदीकिनारमा लागुऔषध कारोबारीलाई पक्राउ गर्न जादाँ सादा पोशाकका प्रहरीलाई देखेपछि नदीमा हाम फालेर सन्तोष तामाङ बेपत्ता भएपछि दुई घुमुवा प्रहरीलाई जिम्मेवारीबाट हटाइएको थियो । अब कुनै निश्चित अनुसन्धान र विशेष घटनाको सूचना संकलनका लागि मात्रै आवश्यकतानुसार सादा पोशाकमा प्रहरी कर्मचारी खटिने कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । शर्माको नाम सर्वसम्मतिले अनुमोदन भएको समिति सभापति पशुपतिशमशेर जबराले जानकारी दिए । अब राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । न्याय परिषद्ले विनोद शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशका रूपमा नियुक्तिका लागि प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्लाई दोस्रो पटक लेखिपठाएको थियो । प्रस्तावित न्यायाधीश विनोद शर्माले सबैका लागि न्याय सुनिश्चित गर्न आफू लागिपर्ने बताए । सिंहदरबारमा बसेको सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो भावी योजना प्रस्तुत गर्ने क्रममा उनले यो प्रतिबद्धता व्यक्त गरेका हुन् । न्यायमा ढिलासुस्ती र खर्चिलोपन हुन नदिनका लागि आफूले सक्दो पहल गर्ने शर्माको भनाइ छ । प्रस्तावित न्यायाधीश शर्माले मानव अधिकारको विश्वव्यापी घोषणा, संवैधानिक तथा कानुनद्वारा प्रदत्त अधिकारको उल्लङ्घन भएमा प्रत्येक व्यक्तिलाई सक्षम अदालतबाट प्रभावकारी कानुनी उपचारको व्यवस्था गरेकाले सबैलाई न्यायबाट वञ्चित हुनुपर्ने अवस्था नरहेको दाबी गरे ।
काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । टोलीमा यू–१६ इस्ट जोन कप खेलेर फर्किएका ३ मुख्य खेलाडीलाई समेत थपेर टिम सार्वजनिक गरिएको छ । यू–१६ टिमबाट कप्तान अभिषेक तिवारी, नरेन भट्ट र निरज यादवलाई समावेश गरिएको छ । अभिषेक तीव्र गतिका बलर हुन् । निरज ओपनर ब्याटर हुन् भने नरेन मध्यगतिका ब्याटर हुन् । यू–१९ टिमको प्रारम्भिक टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक ड्रुमे, दीपेक कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल छन् ।
पोखरा: पोखरा महानगरपालिका १९ लामाचौरमा आजदेखि सुरु भएको १० औं संस्करणको लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लब र गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । नव आदर्श सामुदायिक विकास समाजले हरितालिका तीजको अवसरमा आयोजना गरेको २५ औं संस्करणको तीज महोत्सव एमव् १० औं लामाचौर कपमा दोस्रो खेलमा नेपाल पुलिस क्लबे बुटवलको मणिमुकुन्द भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पहिलो जित निकालेको हो । पहिलो सेट १५–२५ ले गुमाएको नेपाल पुलिसले उत्कृष्ठ पूनरागमन गर्दै २५-२१, १९-२५ र २५-२२ ले मणिमुकुन्द भलिबल क्लबलाई पराजित गरेको हो । यस्तै प्रतियोगिताको पहिलो खेलमा गण्डकी प्रदेशले गल्कोट स्पोर्टस क्लब बागलुङलाई ३-१ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । गण्डकीले पहिलो र दोस्रो सेट २५-२१ र २६-२४ ले जितेपनि तेस्रो सेट २४–२६ले गुमाएको थियो भने, चौथो सेटमा उत्कृष्ट पूनरागमन गर्द २५-१९ ले जितेको थियो । प्रतियोगिताको पहिलो दिन पुरुषतर्फको पाँच खेल हुने आयोजकले जनाएको छ । संस्थाको २७ औं वार्षिकोत्सव एवम् २५ औं संस्करणको लामाचौर तीज महोत्सवमा १० औं संस्करणको लामाचौर कपमा राष्ट्रिय महिला भलिबललाई निरन्तरता दिएपनि पुरुष भलिबलको यो दोस्रो संस्करण भएको संस्थाका उपाध्यक्ष दिनेश भण्डारीले बताए । उनका अनुसार लामाचौर तीज महोत्सवमा राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितासँगै अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, अन्तर महिला समूहगत खुल्ला तीज गीत प्रतियोगितासमेत आयोजना गरिएको छ । पुरुष भलिबलतर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्टस क्लब बागलुङ र बुटवलको मणिमुकुन्द भलिबल क्लबले सहभागिता रहेको छ । यस्तै महिला भलिबलतर्फ सशस्त्र प्रहरी बलको एफिएफ क्लब, नेपाल पुलिस क्लब, न्यू डायमण्ड स्पोर्टस क्लब र न्यू एभरेष्ट भलिबल क्बल बुटवलले सहभागिता रहेको छ । महिलातर्फको खेल भोलि (भदौ ३०)देखि सञ्चालन हुने आयोजकले जनाएको छ । ‘लामाचौर कप’ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा दुवै विधाका विजेताले नगद १ लाख ५० हजार १ सय ११, दोस्रो हुने समूहले १ लाख १ सय ११ र तेस्रो हुने समूहले ५० हजार १ सय ११ रुपैयाँसहित ट्रफी पाउनेछन् ।