म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा तीन महिनापछि बिजुुली बलेको छ । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनको विद्युत्गृह असार अन्तिम हप्ता बगाएको थियो । विद्युत्गृह बगाएपछि लुलाङ, खोरिया, लमसुङ र मेरेनीका करिब चार सय परिवार अन्धकारमा थिए । परियोजनाको मर्मत गरेर तीन महिनापछि मङ्गलवारदेखि विद्युत् आपूर्ति भएको लमसुुङका भक्त सिंकिजा पुनले जानकारी दिनुुभयो । ‘दशैँतिहारजस्ता चाडपर्वको समयमा गाउँ उज्यालो हुँदा स्थानीयवासीमा खुसीयाली छाएको छ,’ उहाँले भन्नुुभयो, ‘परियोजना मर्मत गरेर विद्युत् आपूर्ति सञ्चालन भएपछि जनजीवन सहज भएको छ ।’ दरखोला दोस्रो लघुुजलविद्युत् परियोजना मर्मतका लागि धवलागिरि गाउँपालिका तथा जिल्ला समन्वय समिति दुवैले पाँच लाख ५० हजार रुपैयाँ विनियोजन गरेका थिए । उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुुर गौचनले पहिरोले पुुरिएर भत्किएको विद्युत्गृह र उपकरण मर्मत गरेर परियोजना सञ्चालन गरिएको बताउनुभयो । परियोजना सञ्चालन भएपछि चारवटा बस्तीका तीन सय ७० परिवार लाभान्वित भएका छन् । ‘नहरबाट आएको पानी सङ्कलन हुने ट्याङ्की भरिएर बग्दा खसेको पहिरोले विद्युत्गृह र पेनस्टक पाइप बगाएको थियो,’ गौचनले भन्नुभयो, ‘पेनस्टक पाइप, विद्युत्गृह र उपकरण परिवर्तन तथा मर्मत गरेर परियोजना पुनः सञ्चालन गरेर गाउँलाई उज्यालो बनाएका छौँ ।’ विसं २०७८ भदौमा बाढीले बगाएको परियोजना मर्मत गरेर छ महिनापछि पुनःसञ्चालन गरिएको थियो । लमसुङमा रहेको परियोजना २०७२ सालमा जुगेपानी पहिरोले बगाएपछि मरेनीको फेदीमा स्थानान्तरण गरिएको थियो । दरखोला दोस्रो लघुजलविद्युत् परियोजना तेस्रोपटक पहिरोको चपेटामा परेको छ । केन्द्रीय प्रसारण लाइन नपुगेको लुलाङका बासिन्दा विद्युत् सुविधाका लागि लघुजलविद्युत् परियोजनामा निर्भर छन् । उज्यालोका लागि टुकीको भर पर्नुपर्ने, वडा कार्यालय, स्वास्थ्य संस्थाको सेवा प्रभावित, मोबाइल चार्ज गर्न, ल्यापटप, कम्प्युटर चलाउन समस्या भएको थियो । परियोजना पुुनः सञ्चालन भएपछि विद्यार्थीलाई पढ्न र स्थानीयवासीलाई घरायसी काम गर्न सहज भएको छ । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले पटक–पटक पहिरोले लद्युजलविद्युत् परियोजनामा क्षति गरेकाले लुलाङ, खोरिया, लमसुङ र मरेनीमा जतिसक्दो छिटो केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण गर्न पहल गरेको बताउनुभयो ।
काठमाण्डौ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वास्थ्य अवस्था सामान्य रहेको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले हिजो साँझ विज्ञप्ति जारी गरी प्रधानमन्त्री दाहालको अवस्था सामान्य रहेको जनाएको छ । स्वास्थ्य अवस्था सामान्य देखिएपछि उहाँ अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । प्रधानमन्त्री दाहाल हिजो दिउँसो छातीमा केही असहजता महसुस भएकाले स्वास्थ्य जाँचका लागि अस्पताल जानुभएको थियो । अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य जाँचका क्रममा प्रधानमन्त्री दाहालको रगत परीक्षण गर्दा ‘कार्डियाक इन्जाइम पोजेटिभ’ देखिएकाले उहाँको उपचारमा संलग्न चिकित्सकहरूद्वारा ‘एन्जियोग्राफी’ परीक्षण गरिएको र रिपोर्ट सामान्य रहेको छ ।’ प्रधानमन्त्री दाहालको उपाचारमा डा युवराज शर्मा, डा.यादव भट्ट र डा जेपी जयसवाल संलग्न रहेको अस्पतालले जनाएको छ ।
काठमाण्डौ:नवरात्रको चौँथो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौँथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । हरेक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौँथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शन गर्ने भक्तजनको भिड लाग्छ । यस वर्ष काठमाण्डौ उपत्यकाका शक्तिपीठमा विशेषरुपमा सजाइएको छ । नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकालीलगायत शक्तिपीठमा दीपावली गरी झिलीमिली बनाइएको छ ।
विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार (आज) विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् । मंगलबार (हिजो) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारको कार्यसूचीमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची तय गरेको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपाली कांग्रेसको शेखर कोइराला समूहका कार्की नेकपा एमालेका प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई एमालेसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि विश्वासको मत दिने निर्णय गरिसकेका छन् । राप्रपा र जसपाले भने विश्वासको मत दिने कि नदिने भनेर निर्णय गर्न बाँकी छ । विश्वासको मत प्राप्त गरेपछि सरकार विस्तार गर्ने कार्कीको तयारी छ । उनले कति सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने र कुन(कुन दललाई सहभागी गराउने भन्ने टुंगो भने लागिसकेको छैन । कार्कीलाई मुख्यमन्त्री बनाउन सघाएको एमालेले पाँच मन्त्रालयमा दाबी गरेको छ । यसैगरी मन्त्रिपरिषदमा केन्द्रको सत्ता गठबन्धन सहभागी भए आफू बाहिरिने एमालेले जनाएको छ ।
काठमाडौं: नेपालले त्रिकोणात्मक टि-२० आई सिरिज अन्तर्गत आज युएईसँग खेल्दैछ । खेल दिउँसो १ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालको कप्तान रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् । नेपाल युएईलाई हराउँदै त्रिकोणात्मक सिरिजमा सानदार सुरुवात गर्न चाहन्छ । मुलपानीमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । योसँगै मुलपानी मैदान टि-२० आई मान्यता पाउने विश्वको १ सय ९० औं क्रिकेट मैदान बन्नेछ । नेपालले पछिल्लो समय सानदार प्रदर्शन गर्दै आएको छ । पछिल्लो समयको उच्च लय, एसिया कप र १९ औं एसियाली खेलकुदमा भारतविरुद्धको प्रदर्शनले नेपाली टोलीको मनोबल झनै उच्च छ । नेपाल त्यहिँ लय र प्रदर्शनलाई निरन्तरता दिन चाहन्छ । नेपाल घरेलु मैदान र दर्शकको पनि फाइदा उठाउनेछ । उता युएईले दुई महिना अघि टि-२० आई सिरिजमा न्युजिल्यान्डलाई हराएको थियो । टि-२० क्रिकेटमा युएईले पनि सानदार प्रदर्शन गर्दै आएको छ । मोहम्मद वासिम र आसिफ खानको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । यी दुई युएईका ब्याटर टि-२० विशेष खेलाडी हुन् । नेपालले एसियाडमा भारतविरुद्ध खेलबाट टोलीमा एक परिवर्तन गर्ने सम्भावना छ । स्पिनर सन्दीप लामिछाने टोलीमा छैनन् । उनी नहुँदा एक स्पिनरलाई मौका दिने देखिन्छ । स्पिनरमा ललितनारायण राजवंशी, सूर्य तामाङ, सागर ढकाल र मौसम ढकाल छन् । सागर र मौसम मध्य एकले मौका पाउनेछन् । मौसमले खेलेको खण्डमा नेपाली टोलीमा डेब्यू गर्नेछन् । नेपालको ब्याटिङ मुख्य हतियार हो । कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा र करण केसी विष्फोटक ब्याटिङ गर्न सक्छन् । दुई कुशल मल्लको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । डेथ ओभर बलिङ नेपालको कमजोरीको रुपमा छ । अभिनाश बोहराको आगमनले उक्त समस्या अन्त्य हुने अनुमान गरिएको छ । सोमपाल कामी र करण केसी नयाँ बलका साथ बलिङ गर्नेछन् । दीपेन्द्र नेपालका प्रमुख हतियार हुन् । उनले मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक पूरा गरेका थिए । ब्याटिङसँगै स्पिन आक्रामण उनीबाट निकै महत्वपूर्ण हुनेछ । उता मोहम्मद वासिम, वृत्य अरविन्द र आसिफ खान युएईका प्रमुख ब्याटर हुन् । यी तीनलाई सस्तैमा आउट गर्न सके नेपाल खेलमा हाबी बन्न सक्छन् । स्पिनर आयन खान यस सिरिजमा छैनन् । उनी यू१९ टोलीको कप्तान हुन् । युएईको तीव्र गतिको बलिङ आक्रामण मजबुतछ । जहुर खान, मोहम्मद जवादुल्लाह र जुनैद सिद्दिकछन् । पछिल्लो समय नेपालले टि-२० आईमा युएईसँग गतवर्ष फेब्रुअरीमा आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा खेलेको थियो । त्यहिँ खेलमा हारको कारण नेपालले विश्वकप खेल्न सकेको थिएन । पछिल्ला पाँच टि-२० आई खेलमा युएई तीन खेलमा विजयी भएको छ । हेड टु हेड: नेपाल र युएईबीच पाँच टि-२० आई खेल भएको छ । जसमा नेपाल २ खेलमा विजयी हँदा तीन खेलमा पराजित भएको छ ।
खोटाङ: दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिना जानकारी घर हिँडेपछि दसैँ अगाडि भुक्तानी गर्नुपर्ने कर्मचारीको तलब तथा निर्माण व्यवसायीको भुक्तानी रोकिएको छ । हालै सरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत रेग्मी निमित्त नतोकी तथा बिना जानकारी सोमबार बिहानै घर हिँडेपछि सबै काम रोकिएको गाउँपालिकाका सूचना अधिकारी पिएसपी चाम्लिङले बताउनुभयो । दसैँ अगाडि भुक्तानी पाउनुपर्ने तलब भुक्तानी नै नगरी रेग्मी कार्यालय छाडेर घर हिँडेपछि अन्य कर्मचारी आक्रोशित बनेका छन् । बिना जानकारी कार्यालय छाडेर हिँड्नुभएका रेग्मीलाई २४ घण्टाभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिनुभयो । “कर्मचारीले दसैँ अगाडि पाउनुपर्ने तलब पाएका छैनन् । काम सम्पन्न गरेका निर्माण व्यवसायीको भक्तानी दसैँ अगाडि नै भुक्तानी गर्नुपर्ने छ । यति धेरै काम अलपत्र छाडेर बिना जानकारी प्रमुख प्रशासकीय अधिकृत रेग्मी हिँड्नुभएछ”, उहाँले भन्नुभयो, “उहाँलाई सम्पर्क गरी २४ घण्टाभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छु । यो कुरा मन्त्रालयमा पनि जानकारी गराएको छु । हाजिर नभएको खण्डमा कानुन बमोजिम कारबाही हुन्छ ।” प्रमुख प्रशासकीय अधिकृत रेग्मीले भने घरमा जरुरी काम परेकाले अचानक सोमबार बिहानै विराटनगरस्थित घर गएको बताउनुभएको छ । “आइतबार राति अबेरसम्म कार्यालयमा बसेर अधिकांश काम सम्पन्न गरेको छु । बाँकी रहेको केही काम यहीँबाट गर्ने योजना बनाएको छु”, उहाँले भन्नुभयो, “दसैँ अगाडि फर्किने सम्भावना छैन । यहाँबाट सम्भव नहुने काम दसैँपछि कार्यालय गएर गर्छु ।” दिप्रुङ चुइचुम्मा गाउँपालिकामा अहिलेसम्म भुक्तानीसम्बन्धी सम्पूर्ण काम चेकमार्फत गरिने भएकाले सबै कागजात प्रमुख प्रशासकीय अधिकृतको घर पु¥याउन नसकिने गाउँपालिकाले जनाएको छ । भुक्तानी तथा कुनै पनि कामजात बोकेर प्रमुख प्रशासकीय अधिकृत खोज्दै गाउँपालिकाको कार्यालय बाहिर नजान लेखापाल तथा अन्य कर्मचारीलाई भनिएको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभएको छ । प्रमुख प्रशासकीय अधिकृत रेग्मीबिना जानकारी कार्यालय छाडेर हिँडेको थाहा पाएपछि सामाजिक सञ्जाल फेसबुकमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । केहीले गाउँपालिका प्रमुख राईले फर्जी बिलको आधारमा चेक काट्न दबाब दिएपछि प्रमुख प्रशासकीय अधिकृत फरार भएको ‘स्टाटस’ लेखेका छन् । सामाजिक सञ्जालमा गाउँपालिका बारेमा टीकाटिप्पणी हुन थालेपछि गाउँपालिका प्रमुख राईले सोमबार राति नै विज्ञप्ति जारी गरी बिना प्रमाण भ्रमको खेती नगर्न र नगराउन अनुरोध गर्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिना जानकारी असोज–२९ गते बिहानबाट बेपत्ता भएकाले उहाँको ज्यान सुरक्षाकोसमेत संयमतालाई मध्यनजर गर्दै खोजी कार्य भइरहेको विज्ञप्तिमा भनिएको छ । “सामाजिक सञ्जालमा बिना प्रमाण सिङ्गो गाउँपालिकाको मानमर्दन हुनेगरी दुष्प्रचार भइरहेको छ । केही व्यक्तिद्वारा गलत तथा कपोकल्पित, मनोमानी, स्वच्छाचारी र भ्रमपूर्ण ढङ्गबाट भएको दुष्प्रचारप्रति गाउँपालिकाको गम्भीर ध्यानाकार्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानमा प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको विषयको सूचना माग्ने र पाउने हक हुँदाहुँदै भ्रमपूर्ण सूचना प्रवाह नगर्न नगराउन अनुरोध छ ।”
पोखरा: पोखरामा सम्पन्न नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल’ प्रतियोगितामा काठमाडौंको मेन्टेन एफसी च्याम्पियन बनेको छ । ‘परिवर्तनका लागि खेलकुद’ नारासहित राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रंगशालास्थित कभर्ड हलमा आज (मंगलबार) भएको फाइनल खेलमा काठमाडौंको ढुकु फुटसल हबलाई ३–० गोलले पराजित गर्दै मेन्टेन एफसी च्याम्यियन बनेको हो । मेन्टेनेको जितमा रफि महर्जन, बिशाल सारुमगर र सुवास श्रेष्ठले समान १/१ गोल गरे । च्याम्पियन बनेको मेन्टेन एफसीले उपाधिसँगै नगद रु ५ लाख, शिल्ड, मेडलसहित प्रमाणपत्र प्राप्त गर्यो । यस्तै प्रतियोगितामा उपविजेता बनेको काठमाडौंको ढुकु फुटसल हबले नगद रु ३ लाख, शिल्ड, मेडलसहित प्रमाणपत्र हात पार्यो । देशभरबाट कुल १४ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट ढुकु फुटसल हबका अमित लामा सर्वोकृष्ट खेलाडी घोषित भए । उनले नगद रु ५० हजारसहित ट्रफी प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा मेन्टेन एफसीका आशिष डंगोल, सर्वाधिक गोलकर्ताका रुपमा एडि युनाटेड भण्डारढिकका रोशन मगर, र उदीयमान खेलाडीका रुपमा दीप युनाटेडका निकेश गुरुङ घोषित हुदैं जनही नगद रु २५ हजार र ट्रफिसहित पुरस्कृत भए । यस्तै प्रतियोगिताको अनुशासित टिमको शिल्ड बि –१३ ले प्राप्त गर्यो । विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका प्रतिनिधि सभा सदस्य तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदेश सभा सदस्य भीम कार्की, गण्डकी प्रदेश सभाका निवर्तमान सदस्य तथा गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा विष्ट, सहयोगी दाताहरु तथा आयोजक संस्थाका संस्थापक राजन गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा बोल्दै गण्डकीका मुख्यमन्त्री तथा सांसद पृथ्वी सुब्बा गुरुङले खेलकुदको क्षेत्रमा सरकारले लगानी वृद्धि गर्नुपर्ने धारणा राखे । उनले निजि क्षेत्रको लगानीबाटमात्र खेलकुदको विकास पर्याप्त हुन नसक्ने बताउदै सम्बन्धित संस्था र तीन वटै सरकारले चाँसो दिनुपर्ने बताए । उनले सो प्रतियोगिताले फुटसलको विकासमा सघाउने पुग्ने विश्वास व्यक्त गरेका थिए । यस्तै समापन समारोहमा गण्डकी प्रदेश सभा सदस्य भीम कार्की र सरस्वती गुरुङ लगायतले बोलेका थिए । गत असोज २७ गतेदेखि सञ्चालनमा रहेको फुटसल प्रतियोगितामा देशभरका कुल १४ वटा टिमको सहभागिता रहेको थियो ।
पोखरा: जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक मदन कुँवर गण्डकी प्रदेशको उत्कृष्ट जिल्ला प्रमुख बनेका छन । गण्डकी प्रदेश प्रहरी कार्यालयले कुँवरलाई उत्कृष्ट जिल्ला प्रमुखको रुपमा छनोट गरेको हो । उत्कृष्ट जिल्ला प्रमुख कुँवरलाई ६८ औं प्रहरी दिवसको अवसर पारी आज सम्मान गरेको छ । त्यसैगरी सर्वोत्कृष्ट अनुसन्धान तर्फ गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी वरिष्ठ नायव निरीक्षक राम बहादुर क्षेत्री अधिकारी, उत्कृष्ट बाह्य प्रशिक्षण तर्फ गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी नायव निरीक्षक रुद्र बहादुर दरै , सुचना संप्रेशण तथा जनचेतना अभिवृद्धि तर्फ गण्डकी प्रदेश प्रहरी गण पोखराका प्रहरी सहायक निरीक्षक सहदेव पौडेल सम्मानित भएका छन । उत्कृष्ट सवारी चालक तर्फ गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी सहायक निरीक्षक जगेन्द्र गाहा, इलाका प्रहरी कार्यालय चन्द्रवती तनहुँका प्रहरी जवान कुमार फाल मगर योगेन्द्र स्मृति शाहसिक पुरस्कार र गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी जवान किरन थापा बाह्य प्रशिक्षण तर्फ उत्कृष्ट भएका हुन । त्यसैगरी प्रहरी कार्यमा सहयोग पु¥याउने पोखरा १५ का समाजसेवी एवं शिक्षाविद प्रेम बहादुर थापा र मुस्ताङ थासाङ गाँउपालिका २ कोबाङ हाल म्यादी अन्नपूर्ण ३ दाना निवासी बेनी जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनलाई सम्मानित भएका छन । समुदाय प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयनमा प्रभावकारी ढंगबाट सहयोग पु¥याउने सर्व–साधारण तर्फ सामुदायिक प्रहरी सेवा केन्द्र बगर कास्कीका राम प्रसाद अधिकारी, सामुदायिक सेवा केन्द्र माटेपानी कास्कीका अध्यक्ष मिरा आचार्य, सामुदायिक प्रहरी सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बगर कास्कीका पूर्व अध्यक्ष मनपति भण्डारी र सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथ कास्कीका संस्थापक अध्यक्ष मोति गिरी सम्मानित भएका छन । त्यस्तै सामुदायिक प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयन प्रभावकारी ढंगबाट सहयोग पु¥याउने स्थानीय तहतर्फ स्याङजाको अर्जुनचौपारी गाँउपालिका र बाग्लुङको बडिगाड गाउपालिका सम्मानित भए । ८५ वर्ष भन्दा बढी उमेरका पूर्व प्रहरी कर्मचारीतर्फ कास्कीको रुपा गाँउपालिका ५ देउरालीका पूर्व प्रहरी सहायक निरीक्षक सिद्धिनारायण श्रेष्ठ सम्मानित भए भने नेपाल प्रहरी विद्यालय उत्कृष्ट शिक्षक तर्फ नेपाल पुलिस स्कुल बेलचौतारा तनहुँका मा.बि. नेपाली शिक्षक राजन सिग्देल सम्मानित भए । सम्मानितहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान पत्रले सम्मान गरेका थिए
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुरक्षाकर्मीलाई साधन स्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभएको छ । ६८औँ वार्षिकोत्सवका अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराद्वारा आयोजित कार्यक्रममा उहाँले सीमित साधन स्रोतका बीच पनि सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै उहाँले समयानुसार बढिरहेको सुरक्षा चुनौतीलाई सामना गर्ने गरी सधन स्रोत सम्पन्न बनाउनु जरुरी भएको बताउनुभयो । स्थापनाकालमा सात हजार पाँच सय जनशक्ति लिएर करिब ९७ लाख नागरिकको जीउधनको शान्ति सुरक्षाको जिम्मेवारीका साथ संगठित नेपाल प्रहरी हाल ८० हजार जनशक्ति लिएर तीन करोड नेपालीको सुरक्षा गरिहेको मुख्यमन्त्री पाण्डेले बताउनुुभयो । देशमा शान्तिसुरक्षा कायम राख्ने सवालमा मात्र नभई विपदका बेला पनि नेपालमा सुरक्षा संयन्त्रले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको उहाँले बताउनुभयो । “भूकम्प, कोभिड, बाढी पहिरो, दुर्घटनालगायतका हरेक विपत्तिमा राज्यको पहिलो उपस्थितिको प्रतिनिधित्व सुरक्षाकर्मीले गर्दै आएका छन्”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो । राज्य र आम नागरिकलाई शान्तिसुरक्षा दिनुपर्ने गहन जिम्मेवारी सुरक्षाकर्मीको रहेको उल्लेख गर्दै उहाँले सुरक्षाकर्मीसँग नागरिकको अपेक्षा धेरै रहेको बताउनुभयो । पीरमर्का लिएर आउने सेवाग्राहीको गुनासो वा विवरण राम्रोसँग सुनिदिने र कार्यान्वयनमा जटिलता तथा झन्झट पैदा नगर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै उहाँले पटक–पटक कार्यालय धाइरहनुपर्ने वातावरणबाट मुक्तिका साथै नागरिकसँगको व्यवहार, आपतकालीन सहयोग आदिले संगठन भित्रको विश्वशनियता बढ्दै जाने बताउनुभयो । उक्त अवसरमा मुख्यमन्त्री पाण्डेले अमरत्व प्राप्त गर्ने प्रहरीहरुको सम्मानमा पुष्पार्पण गर्नुभएको थियो । कार्यक्रमका अवसरमा विभिन्न विधामा उत्कृष्टता हाँसिल गर्ने प्रहरी कर्मचारी, खेलकुदतर्फ उत्कृष्ट कर्मचारी, अमर तथा अशक्त प्रहरीका परिवारजलाई सम्मान गरिएको थियो । रासस