पोखरा: पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा लिगचरणको आफ्नो अन्तिम खेलमा घरेलु टोलि गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबसँग आज प्रतिस्पर्धा गर्दै छ । माघ १ लाइट प्रोस्टेटको कारण स्थगित भएको गण्डकी र आर्मीको खेल आज महिलातर्फको दुई सेमिफाइनल खेलपछि हुने टाइगर ग्रुप अफ पोखराले जनाएको छ । उक्त खेलमा गण्डकी २–१ सेटले अगाडि थियो । यस्तै पोखरा रंशशालाको भलिबल कोर्टमा हुने महिलातर्फको पहिलो सेमिफाइनलमा समूह ‘ए’को समूह विजेता नेपाल एपिएफ क्लब र समूह ‘बी’को उपविजेता त्रिभुवन आर्मी क्लबबीच बिहान ८ः३० बजे प्रतिस्पर्धा हुनेछ । गत संस्करणमा एपिएफले आर्मीलाई फाइनलमा ३–१ सेटले पराजित गर्दै उपाधि चुमेको थियो । यस्तै दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता न्यु डायमण्ड र समूह ‘ए’को उपविजेता नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका छन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गर्नुभएको छ । उहाँ आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनुहुन्छ । प्रधानमन्त्री दाहालले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा भोलि शुक्रबार सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री दाहाल गणतन्त्र युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना गर्नुहुने राजकीय भोजमा सहभागी हुनुहुनेछ । शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री दाहालले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । यसअघि मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद यही माघ १ गते राति नै त्यसतर्फ प्रस्थान गरिसक्नुभएको छ । शिखर सम्मेलनले मन्त्रिस्तरिय बैठकको प्रतिवेदनमाथि विचार विमर्श गर्ने, सन् २०१९ मा भएको १८औँ शिखर सम्मेलनको नतिजा कार्यान्वयनमा हासिल भएको प्रगतिको समीक्षा गर्ने र कम्पाला घोषणापत्र पारित गरेर टुङ्गो लगाउने बताइएको छ । नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो र यसको स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो । प्रधानमन्त्री दाहाल भ्रमण सम्पन्न गरी यही माघ ७ गते बिहान काठमाडौँं आइपुग्नुहुने कार्यक्रम रहेको छ ।
पोखरा: पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा लिगचरणको आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशसँग पराजित भएको हेल्प नेपाल स्पोर्टस क्लब काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको प्रतिस्पर्धात्मक खेलमा गण्डकीसँग हेल्प नेपाल ३–२ को सेटमा पराजित भएको हो । तीन÷तीन जना विदेशी खेलाडी लिएर दुवै टोलि भलिबल कोर्ट उत्रिएका थिए । हेल्प नेपाललाई २५–२२, १५–२५, २५–१७, २२–२५ र १५–१२ ले पराजित गरेको हो । गण्डकीले यस खेलमा २ अङ्क जोड्दा हेल्प नेपालले १ अङ्क खोज्न सफल भयो । हेल्प नेपालले लिगचरणको आफ्नो पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो । समूह ‘ए’ मा रहेको हेल्प नेपालको ४, गण्डकीको २ अङ्क छ भने, त्रिभुवन आर्मी क्लबले अङ्क जोड्न सकेको छैन् । गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबको खेल लाइट प्रोस्टेटको कारण स्थगित भएको थियो । यस्तै पोखरा रंगशालाको भलिबल कोर्टमा भएको समूह ‘बी’बाट नेपाल एपिएफ क्लब र आमन्त्रित श्रीलंकाको आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको लिगको अन्तिम खेलमा नेपाल पुलिस क्लबले श्रीलंकाको आर्मीलाई ३–१ को सेटमा पराजित गरे पनि पुलिस समूह चरणबाट नै बाहिरिएको छ । यस्तै महिलातर्फ भने सेमिफाइनलको समिकरण पूरा भएको छ । महिलातर्फको पहिलो सेमिफाइनलमा समूह ‘ए’को समूह विजेता नेपाल एपिएफ क्लब र समूह ‘बी’को उपविजेता त्रिभुवन आर्मी क्लब र दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता न्यु डायमण्ड र समूह ‘ए’को उपविजेता नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका छन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
पोखरा: पोखरामा पार्किङ गरेको बोलेरो जीप चोरी गरेको आरोपमा गोविन्द परियार प्रकाउ परेका छन् । जीप चोरी गरेको आरोपमा प्रहरीले गोविन्दलाई आज (बुधबार) प्रकाउ गरेको हो । पोखरा महानगरपालिका १० अमरसिंह स्कुलको खेल मैदानमा पार्किङ गरेर राखेको ग २ च २३४३ नम्बरको बोलेरो जीप चोरी भएको सूचनापछि खोजी कार्यका लागि निस्किएको रामबजार प्रहरीले पोखरा १४ समिनतराबाट गोविन्दले उक्त जीप चलाउँदै गरेको अवस्थामा फेला पारेको थियो । पार्किङ स्थलबाट हराएको जीप पोखरा–१४ खाल्टेमसिना बस्ने २० वर्षीय गोविन्द परियारले चलाउँदै गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । चोरी गरेको आरोपमा प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ६दिनको म्यान थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा लिगचरणको आफ्नो अन्तिम खेलमा श्रीलंकाको आर्मीलाई ३–१ सेटमा पराजित गरेको नेपाल पुलिस क्लब समूहचरणबाट नै बाहिरिएको छ । लिगचरणको खेलमा नेपाल एपिएफ क्लबसँग सोझो सेटमा पराजित भएको नेपाल पुलिस क्लब समूहचरणबाट नै बाहिरिएको हो । नेपाल एपिएफ क्लब र श्रीलंकाको आर्मी क्लब भन्दा सेटमा पछाडि परेपछि समूहचरणबाट नै बाहिरिएको हो । समूह ‘बी’बाट नेपाल एपिएफ क्लब र श्रीलंकाको आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । यस समूहमा नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र श्रीलंकाको आर्मीको समान ३÷३ अङ्क रहेको थियो । आज पोखरा रंगशालाको भलिबल कोर्टमा भएको लिगचरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबले श्रीलंकाको आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो । प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट ४१–३९ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट भने १३–२५ ले गुमाएको थियो । दोस्रो सेट गुमाएको पुलिसले तेस्रो सेट भने २०२५ ले जितेको थियो । यस्तै चौथो सेट पुलिसले २५–१७ ले श्रीलंका आर्मीलाई पराजित गरेको हो । समूह ‘बी’मा रहेको नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र श्रीलंका आर्मीको क्रमशः ३÷३ अङ्क रहेको छ । यस्तै आज पुरुषतर्फको दोस्रो खेल समूह ‘ए’मा रहेको घरेलु टोलि गण्डकी प्रदेशले काठमाडौंको हेल्प नेपाल स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’ मा रहेको गण्डकी र आर्मीको लिगचरणको खेल लाइट प्रोस्टेटको कारण स्थगित भएको थियो । यस्तै महिलातर्फ भने सेमिफाइनलको समिकरण पूरा भएको छ । महिलातर्फको पहिलो सेमिफाइनलमा समूह ‘ए’को समूह विजेता नेपाल एपिएफ क्लब र समूह ‘बी’को उपविजेता त्रिभुवन आर्मी क्लब र दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता न्यु डायमण्ड र समूह ‘ए’को उपविजेता नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका छन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
पोखरा: पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा लिगचरणको आफ्नो अन्तिम खेलमा नेपाल पुलिस क्लबले श्रीलंकाको आर्मीलाई ३–१ को सेटमा पराजित गरेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट ४१–३९ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट भने १३–२५ ले गुमाएको थियो । दोस्रो सेट गुमाएको पुलिसले तेस्रो सेट भने २०२५ ले जितेको थियो । यस्तै चौथो सेट पुलिसले २५–१७ ले श्रीलंका आर्मीलाई पराजित गरेको हो । समूह ‘बी’मा रहेको नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र श्रीलंका आर्मीको क्रमशः ३÷३ अङ्क रहेको छ । यस्तै आज पुरुषतर्फको दोस्रो खेल समूह ‘ए’मा रहेको घरेलु टोलि गण्डकी प्रदेशले काठमाडौंको हेल्प नेपाल स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’ मा रहेको गण्डकी र आर्मीको लिगचरणको खेल लाइट प्रोस्टेटको कारण स्थगित भएको थियो । यस्तै महिलातर्फ भने सेमिफाइनलको समिकरण पूरा भएको छ । महिलातर्फको पहिलो सेमिफाइनलमा समूह ‘ए’को समूह विजेता नेपाल एपिएफ क्लब र समूह ‘बी’को उपविजेता त्रिभुवन आर्मी क्लब र दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता न्यु डायमण्ड र समूह ‘ए’को उपविजेता नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका छन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
काठमाडौं: काठमाडौंमा नक्कली मदिरा बनाई बेचबिखन गरेको आरोमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी नगरपालिका–५ थलीमा घर भाडामा लिएर उनीहरुले स्वदेशी तथा विदेशी रक्सीको बोतलमा नक्कली रक्सी भरेर बिक्री गर्ने गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा रामेछाप घर भई मूलपानी बस्ने २८ वर्षका मनोज खत्री, रामेछाप घर भई कोटेश्वर बस्ने ३६ वर्षका विनोदकुमार कार्की र सिन्धुपाल्चोक घर भई मूलपानी बस्ने २७ वर्षका मोहन खड्का रहेका छन् । त्यस्तै सिन्धुली घर भई मूलपानी बस्ने २८ वर्षका गौरव तामाङ, कागेश्वरी मनोहरा नगरपालिका–६ का ३६ वर्षका सुमन नगरकोटी, सिन्धुली घर भई कोटेश्वर बस्ने ४० वर्षका लेखबिक्रम थापा पनि पक्राउ परेका छन् । रामेछाप घर भई मूलपानी बस्ने २३ वर्षका महेश खत्री, २० वर्षका मनिष खत्री र सिन्धुपाल्चोक घर भई मूलपानी बस्ने १८ वर्षका रोशन कार्की पनि पक्राउ परेका छन् । प्रहरीका अनुसार विनोद कार्कीको थलीस्थित भाडाको कोठा खानतलासी गर्दा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन मदिरा बनाइ कालोबजारी गर्ने गरेको पाइएको थियो । उनीहरुले आन्तरिक राजस्व कार्यालयको अन्तःशुल्कका नक्कली स्टिकरहरु प्रयोग गर्ने गरेका थिए । उनीहरुले नक्कली मदिराहरु बजार मूल्य भन्दा सस्तोमा दिने गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह् राठौरले बताए । उनीहरुले बजारमा पाइने सामान्य मदिरालाई ब्राण्डेड रक्सीको बोतलमा मिसाएर बिक्री गर्ने गरेका थिए ।
गण्डकी: कास्कीको अन्नपूर्ण गाउँपालिका–१०, घान्द्रुकमा विसं २००६ मा स्थापित मेश्रम बराह माध्यमिक विद्यालय स्थापनाको ७५औँ वर्ष पुगेको अवसरमा हीरक जयन्ती मनाउने तयारी गरेको छ । उक्त माविले आगामी फागुन १५ देखि १७ गतेसम्म विभिन्न कार्यक्रमका साथ हीरक जयन्ती मनाउने तयारी गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं हीरक जयन्ती मूल आयोजक समितिका संयोजक लक्षिन गुरुङले जानकारी दिए । तत्कालीन समयमा विद्यालयको आवश्यकता महसुस गर्दै समाजसेवी स्व धीरबहादुर गुरुङको सक्रियतामा कक्षा ७ सम्म पठनपाठन गर्ने गरी मेश्रम बराह मिडिल स्कुल स्थापना गरिएकोे विद्यालयका पूर्वप्राधानाध्यापक कृष्ण पौडेलले बताए । उनका अनुसार २०३४ साल माघ १८ गतेदेखि कक्षा ८ सम्मको पठनपाठन थालेको विद्यालयले २०३५ साल पुस १६ गते कक्षा ८ र ९ को स्थायी स्वीकृति प्राप्त गरेको थियो । विद्यालयले २०३६ पुस १८ गतेदेखि कक्षा १० को स्थायी स्वीकृति प्राप्त गरेको जानकारी दिँदै पूर्वप्राध्यानापक पौडेलले २०७४ साउनदेखि अस्थायी अनुमति लिएर कक्षा ११ र १२ को पठनपाठन सञ्चालन गरेको बताए । हिमालको काखका साथै सडक सञ्जाललगायतको अभावका कारण आसपासका क्षेत्रमा विद्यालय नहुँदा आव २०३५÷३६ तिर वरपरका दाङसिङ, सावेद, भुक, लुम्ले, लान्द्रुक, काँडे, ल्वाङघलेलगायत स्थानबाट विद्यार्थीहरू यस विद्यालयमा पढ्न आउने गर्दथे । यस विद्यालयबाट हालसम्म करिब सात सय विद्यार्थीले एसएलसी उत्तीर्ण गरिसकेका प्रधानाध्यापक यामप्रसाद भण्डारीले जानकारी दिए । पछिल्लो समयमा गाउँबस्तीहरू खाली हुने क्रम बढिरहेको अवस्थामा पनि हाल यस विद्यालयमा तीन सय १० विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै उनले कक्षा ११ र १२ मा व्यवस्थापन र शिक्षातर्फका विषय पठनपाठन भइरहेको बताए । स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण रहेको घान्द्रुक अन्नपूर्ण आधार शिविरतर्फ जाने पदमार्गको सुरुआती गन्तव्यसमेत भएकाले आगामी दिनमा होटेल म्यानेजमेन्टको कक्षासमेत सञ्चालन गर्ने विद्यालयको सोच छ । हीरक जयन्तीलाई भव्यताका साथ सम्पन्न गर्न विभिन्न उपसमिति पनि गठन गरिएको छ । यसै सन्दर्भमा विद्यालयका अभिभावक, पूर्वविद्यार्थी तथा स्थानीय समाजसेवीसँग चन्दा सहयोग सङकलन सुरु गरिएको अर्थ सङ्कलन उपसमितिका संयोजक ललित गुरुङले जानकारी दिए । चन्दा दाताहरूबाट रु पाँच सयदेखि रु पाँच लाखसम्म आर्थिक सहयोग प्राप्त भइरहेको जानकारी दिँदै उनले हालसम्म करिब रु ५० लाख सङ्कलन भएको बताए । सङ्कलित रकम हीरक जयन्तीअन्तर्गतका कार्यक्रममा न्यूनतम खर्च गरी बाँकी रकम विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि एवं अत्यावश्यक पूर्वाधार निर्माणमा खर्च गर्ने लक्ष्य राखिएको संयोजक गुरुङले बताए । कार्यक्रममा झाँकी प्रदर्शन, विविध खेलकुद भलिबल,फुटबल,बास्केटबल, सांस्कृतिक कार्यक्रम, भूपू शिक्षक,विद्यार्थी पूनर्मिलन तथा सम्मान, चन्दादाता एवं विद्यालयमा अध्ययन गरी विभिन्न उच्च ओहोदामा पुग्न सफल व्यक्तित्वको सम्मान आदि समावेश गरिएको छ । साथै स्मारिका प्रकाशन, हीरक स्तम्भ निर्माणलगायत कार्यक्रम पनि समावेश गरिएको प्रधानाध्यापक भण्डारीले जानकारी दिए ।
पोखरा: पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फको सेमिफाइनल समिकरण पूरा भएको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको लिगचरणको अन्तिम खेलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्डले भारतको हरियाणा टिमलाई पराजित गरेपछि सेमिफाइनलको समिकरण पूरा भएको हो । डायमण्डको जितले त्रिभुवन आर्मी क्लब समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । न्यु डायमण्डले हरियाणा टिम भारतलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । डायमण्डले हरियाणालाई २५–१७, २५–१८ र २५–१६ ले पराजित गर्दै समूह ‘बी’को समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । समूह ‘बी’मा रहेको डायमण्ड समूह विजेता र आर्मी समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गर्दा आमन्त्रित टिम भारतको हरियाणा समूह चरणबाट बाहिरिएको छ । यस्तै समूह ‘ए’बाट नेपाल एपिएफ क्लब समूह विजेता र नेपाल पुलिस क्लब समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्दा घरेलु टोलि गण्डकी प्रदेश समूह चरणबाटैै बाहिरिएको छ । यस्तै पुरुषतर्फको समूह ‘बी’ मा रहेको नेपाल पुलिस क्लब र श्रीलंका आर्मीबीच खेल भइरहेको छ । एपिएफ क्लबसँग सोझो सेटमा पराजित भएको पुलिसले श्रीलंका आर्मीलाई सोझो सेटमा हराउनै पर्ने दवावमा रहेको छ । यस समूहमा रहेका श्रीलंका आर्मी र नेपाल एपिएफ क्लबको ३÷३ अङ्क रहेको छ भने नेपाल पुलिस क्लबले खाता खोल्न सकेको छैन् । यस्तै पुरुषतर्फको आजको अन्तिम खेलमा घरेलु टोलि गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस् क्लबबीच दिउँसो २ः३० बजे खेल हुनेछ । हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई मंगलबार भएको खेलमा ३–१ को सेटमा पराजित गरेको थियो । भने, गण्डकी र आर्मीबीचको लिगचरणको खेल लाइट प्रोस्टेटको कारण स्थगित भएको थियो । महिलातर्फको पहिलो सेमिफाइनलमा समूह ‘ए’को समूह विजेता नेपाल एपिएफ क्लब र समूह ‘बी’को उपविजेता त्रिभुवन आर्मी क्लब र दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता न्यु डायमण्ड र समूह ‘ए’को उपविजेता नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका छन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।