‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत स्याङजामा सुरु भयो महिला क्रिकेट प्रशिक्षण
स्याङ्जा | बैशाख ३०, २०८१
पोखरा: ‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत स्याङजा जिल्लामा १० दिने क्रिकेट प्रशिक्षण कार्यक्रम सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रादेशिक क्रिकेट संघको ब्यवस्थापनमा सुरु भएको उक्त प्रशिक्षण कार्यक्रमको प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले शुभारम्भ गरेका छन् ।
सो अवसरमा बोल्दै सदस्य सचिव शर्माले खेल्छ गण्डकी कार्यक्रम जनजनमा खेलकुद कार्यक्रमको पहुँचका लागि परिषदको महत्वकाँक्षी योजना मध्येको एक कार्यक्रम रहेको जनाउँदै गण्डकीमा महिला क्रिकेटका लागि उर्वर भूमी समेत रहेकोले कार्यक्रम मार्फत अझै उर्जावान खेलाडीहरु उत्पादन हुनेमा परिषद विश्वस्त रहेको बताए ।
परिषदले प्रदेशको खेलकुद विकासका लागि अभियान नै चलाएको बताउँदै उनले खेल संघहरुलाई संस्थागत सुधार संगै जवाफदेहिता पारदर्शितालाई मुख्य आधार बनाएको उल्लेख गरे । उनले भने–“संघहरुले गर्ने व्यवहार, कार्यक्षमतामा सुधार, पारदर्शी बनाउँदै अघि बढनु आजको आवश्यक्ता हो ।” खेलाडीहरु मैदानमा मात्रै नभई समाज रुपान्तरणका लागि समेत आफूलाई स्थापित गर्दै अघि बढ्नुपर्ने औंल्याए ।
प्रदेश खेलकुद परिषद खेलाडीहरुको हितका लागि संधै चिन्तित रहेको जनाउँदै खेलाडीको समस्याका बारेमा राजनितिक दलका नेताहरुले खेलकुदमा विश्वासको वातावरण जगाउनु पर्ने सदस्य सचिब शर्माले बताए । खेल्छ गण्डकीमार्फत नयाँ खेलाडीहरुको खोजी गर्दै उनीहरुलाई आफ्नो क्षमता अनुसार खेलकुदको मार्गमा अग्रसर गराउँदै खेल संस्कृतिको विकास गराउनु कार्यक्रमको अर्को ध्येय रहेको उनको भनाई थियो ।
खेलकुद क्षेत्र लैङ्गिक विभेद नभएको एक मात्र क्षेत्र रहेको जनाउँदै यो अभियानलाई समाजको तल्लो तह सम्म लैजानु पर्ने सबैको दायित्व रहेको सदस्य सचिब शर्माले बताए । खेल्छ गण्डकी मार्फत यो वर्ष सम्पूर्ण कार्यक्रम महिलातर्फ केन्द्रित गरिएको जनाउँदै समाजमा पछि परेका वर्गहरुलाई समेटन कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले जनाए ।
कार्यक्रममा आफ्ना भनाई राख्दै राष्ट्रिय यू–१९ टिमका प्रमुख प्रशिक्षक प्रशिक्षक जगत बहादुर टमाटाले प्रदेश खेलकुद परिषदले खेल्छ गण्डकी कार्यक्रममार्फत महत्वपूर्ण कार्यक्रम अघि सारेकोमा खुसी व्यक्त गर्दै यसले यूवा खेलाडी उत्पादनमा भूमिका खेल्ने बताए । उनले भने–“यो कार्यक्रम महत्वपूर्ण हुनेछ । प्रदेश खेलकुद परिषदले नेपाली महिला क्रिकेट विकासका लागि अघि सारेको यो कार्यक्रम सर्हानिय छ ।’
प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको १० दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति स्याङजाका सचिव रत्न गुरुङले समेत आफ्नो भनाई राखेका थिए ।
प्रशिक्षण कार्यक्रममा विभिन्न ६ जिल्लाका ३५ जनाको सहभागिता रहेको छ । उनीहरुलाई राष्ट्रिय यू–१९ टिमका प्रमुख प्रशिक्षक जगत बहादुर टमाटा, प्रादेशिक क्रिकेट गण्डकीका मुख्य प्रशिक्षक रिजन प्रजु र महिला टोलिका प्रशिक्षक गोवीन्द प्रधानले प्रशिक्षण दिनेछन् । प्रदेश क्रीकेट संघ गण्डकीका कोषाध्यक्ष तथा स्थानीय कार्यक्रम संयोजक दिवाकर थापाले खेलाडीहरुको टेक्निकल अनेलिस्टको रुपमा प्रशिक्षण कार्यक्रमलाई सहजीकरण गर्न छन।
चितवन: मानव बेचबिखनको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले एक जनालाई पक्राउ गरेको छ । पाँच जना युवतीलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी भारत पठाउन लागेको अवस्थामा प्रहरीले मकवानपुरक...
काठमाडौं: सभामुख देवराज घिमिरे सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आइपिटिपी)को एघारौँ बैठकमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडिया पुग्नुभएको छ । उहाँलाई क...
नवलपुर: नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैँडाको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका–६, भण्डाराका ६५ वर्षीय ना...