काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

चितवन:   भरतपुर भ्रमण वर्ष–२०२४ को अवसर पारेर नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनले नारायणी नदी किनारमा ‘आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ गर्ने भएको छ ।   आउँदो चैत ९ देखि १८ गतेसम्म महोत्सव हुने भएको हो ।   आदिवासी महासङ्घ चितवनका अध्यक्ष महेन्द्र दुराका अनुसार चितवनमा आदिवासी जनजाति महासङ्घले पहिलोपटक महोत्सव आयोजना गर्न लागेको हो ।   आदिवासी जनजाति समुदायको संस्कृति र जातीय पहिचानलाई केन्द्रमा राखेर महोत्सव आयोजना गर्न लागिएको उनको भनाइ छ ।   “भेषभूषा र खानपानसँगै मञ्चमा हुने गतिविधिमार्फत आदिवासी जनजातिलाई केन्द्रमा राखेर काम गर्न खोजेका छौँ”, उनले भने, “यसो भन्दै गर्दा आदिवासी जनजाति समुदायलाई मात्रै स्थान दिने भन्ने होइन ।” महोत्सवलाई सबैको साझा बनाउने विषयमा जनजाति महासङ्घ सचेत रहेको उनले बताए ।

काठमाडौँ:   पश्चिमी वायुको प्रभावले आज देशभर बदली हुनुका साथै देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।      जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  अहिले देशभर साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थान र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।   काठमाडौँ उपत्यकाका केही स्थानमा बिहान हल्का वर्षा भएको छ । काठमाडौँको आकाशमा बिहानैदेखि बादल लागेको छ ।   दिउँसो देशभर साधारणतया बदली रहनेछ ।   सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका थोरै स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।   देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।   रातिको समयमा पनि कोशी, मधेस, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा  हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । 

पोखरा:  पोखराको महेन्द्रपुलबाट नयाँबजार पोखरामा स्थान्तरण गरिएको पोखरा आर्ट ग्यालरीमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ ।    नयाँबजारमा स्थान्तरण भएको आर्ट ग्यालरी गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा तयार भएपछि ललितकला प्रदर्शनी आयोजना गरिएको हो ।    गण्डकी प्रज्ञा–प्रतिष्ठानले आर्ट ग्यालरीमा ५० वटा लाइट र आवश्यक पर्ने थप समाग्री सहयोग गरेर प्रदर्शनी हललाई आर्कषक बनाएको छ ।    सोही प्रदर्शनी हलमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा सुरु भएको ‘प्रथम ऐतिहासिक प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ फागुन २३ गतेसम्म सञ्चालन हुनेछ ।    सिर्जनशील कलाकार समुहसँगको सहकार्यमा यो प्रदर्शनी गरिएको हो । प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले एक कार्यक्रमकाबीच उद्घाटन गरे । 'सामाजिक रुपान्तरण, ललितकलाको अभियान' भन्ने नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका कलाकारका कुल ७४ वटा कला प्रदर्शनमा राखिएको गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।   अवलोकनकर्ताले प्रदर्शनी अवधिभर हरेक दिन बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म प्रदर्शनीमा राखिएका कलाको अवलोकन गर्न पाउनेछन् । पाँच दिनसम्म चल्ने प्रदर्शनीको समापन फागुन २३ गते हुनेछ ।    समापनको दिनमा दिउँसो ३ बजे पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग संवाद कार्यक्रम समेत गरिनेछ । यो कार्यक्रमले आर्ट ग्यालरी लगायतका विषयमा सबैलाई थप प्रष्ट पार्ने आयोजकको विश्वास छ ।   देशका सुप्रसिद्ध कलाकारको सहभागीतामा कार्यक्रम आयोजना भएकोले नयाँ तथा पुराना कलाकारको जमघट हुने ठाउँ प्रदर्शनी स्थल बन्ने आयोजकको अपेक्षा रहेको छ । प्रादेशिक प्रदर्शनीमा सामेल ललितकलालाई पुरस्कार समेत प्रदान गरिनेछ ।    सबै विधाबाट उत्कृष्ट हुने एकजनालाई ५० हजार रुपैयाँ, चित्रकला तर्फ परम्परागत चित्रकला र समसामयिक चित्रकला, मूर्तिकलातर्फ परम्परागत लोक मूर्तीकला र समसामयिक आधुनिक मूर्तिकला, शिल्पकला–हस्तकला, विद्यार्थी ललितकला प्रादेशिक पुरस्कार गरेर एक–एक जनालाई तथा लोककला, वास्तुकला तथा अन्य सिर्जनात्मक कला तर्फ दूई जनालाई पुरस्कृत गरिनेछ । सबै विधातर्फका विजेताले ३० हजार रुपैयाँ नगद हात पार्नेछन् ।   यसका अलावा प्रदर्शनी मार्फत छानिएका चित्र २०८१ जेठ १५ गते काठमाडौंमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी हुनेछन् ।    राष्ट्रिय ललितकला प्रदर्शनीमा सर्वोत्कृष्ट बन्नेलाई १ लाख नगद र विधागत उत्कृष्ट बन्नेलाई ६० हजार रुपैयाँ नगद पुरस्कार रहेको छ । राष्ट्रिय ललितकला प्रदर्शनीमा सातै प्रदेशबाट छानिएका ललितकलाका बीचमा प्रतिष्पर्धा हुनेछ ।   नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले आफुहरु प्रतिष्ठानमा आइसकेपछि परम्परागत शैलीमा सञ्चालन हुँदै आएका काम कारवाहीलाई व्यवस्थित गर्ने र प्रभावकारी बनाउने हेतुले थुप्रै योजना अगाडि सारेको बताए ।   ‘जाती जनजातिको कला आज हामी देख्न पाउदैनौ, केही अपवाद बाहेक घरभित्र थन्कीएको छ, समुदायमा थन्कीएको छ, सुषुप्त हुन थालेको छ,  त्यसलाई पुनर्जागरण  गर्ने भनेका छौं’ उनले भने ।  

पोखरा:  मादी गाउँपालिका वडा १ खिलाङका महिलाहरुलाई ३ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम प्रदान गरिएको छ ।    वडा १ को आयोजनामा बुधबारदेखि सुरु भएको उक्त तालिम औपचारिक रुपमा शुक्रबार सम्पन्न भएको हो ।    समापन कार्यक्रममा बोल्दै वडा १ का वडाध्यक्ष देविजंग गुरुङले ग्रामिण क्षेत्रका अधिकांश महिलाको दिनचर्या चुलोचौको र घरधन्दामै बित्ने गरेको बताउदै त्यहि दैनिकीलाई माथी उठाएर नेतृत्वदायी भुमिकामा सक्षम बनाउने प्रयास स्वरुप ३ दिने तालिमको आयोजना गरिएको बताए ।    उनले वडाबासीले आफुलाई जिताएर पठाएकोले वडा भित्रका हरेक समस्याको सम्बोधन गर्नु आफ्नो कर्तव्य भएको सुनाए ।  उनले अवसर, सम्भावना र सेवालाई समान रुपले वडा भित्रका प्रत्येक समुदाय र भुगोलमा पु¥याउन हरपल पर्यत्न गरिरहेको बताए ।    यस्तै खिलाङ आमा समुहका अध्यक्ष सुकुनादेवी गुरुङले आफ्नो परिचय भन्न पनि लजाउने खिलाङका महिलाहरुको समस्यालाई सम्बोधन गरी ३ दिने नेतृत्व तालिम आयोजना गरेकोमा धन्दवाद व्यक्त गरिन् ।   उनले  आगामी दिनमासमेत सिपमुलक तालिमहरु पनि प्रदान गर्न आग्रह गरिन् ।  यस्तै ६९ वर्षकी चिज कुमारी गुरुङ रविना विक लगायतले तालिमपछि अनुभव सुनाएकी थिइन् ।   सो तालिममा दलित र गुरुङ समुदायका गरि ५० जना भन्दा बढी सहभागी महिलाहरुलाई दुर्गा रानामगर र कविता घर्तीमगरले प्रशिक्षण दिएकी थिइन् । 

पोखरा:    पोखरामा भोलिदेखि सुन्दर ढोका साथी सेवाको आयोजनामा विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिता प्रतियोगिता हुने भएको छ ।  सुन्दर ढोका साथी सेवाका निर्देशक स्वर्गीय विकास अधिकारीको दोस्रो स्मृति दिवसको अवसरमा पोखरामा राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिता हुन लागेको हो ।  आइतबार र सोमबार पोखरा रंगशालाको बास्केटबल कोर्ट र पुन समाज रामघाटको बास्केटबल कोर्टमा सञ्चालन हुने प्रतियोगितामा १५ टिमको सहभागिता रहेको सुन्दर ढोका साथी सेवाका कार्यकारी निर्देशक विजता अधिकारी लुईटेलले जानकारी दिईन ।  ‘पर्यटकीय शहर पोखरामा भोलि र पर्सी विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिता सञ्चालन गर्दै छौं’, कार्यकारी निर्देशक लुईटेलले भनिन्, ‘दुईदिनसम्म सञ्चालन हुने राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगितामा महिला÷पुरुषतर्फ गरेर १५ टिमको सहभागिता रहने छ ।’ उनका अनुसार विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिताको महिला÷पुरुषतर्फको विजेताले ५० हजार, उपविजेताले ४० हजार र तेस्रो हुने समूहले ३० हजारसहित पुरस्कारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  प्रतियोगिताको उत्कृष्ट खेलाडी र हाई स्कोररलाई जनही ५÷५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् । दुईदिनसम्म सञ्चालन हुने प्रतियोगितामा करिव ६२ लाख रुपैयाँ खर्च अनुमान गरिएको कार्यकारी निर्देशक लुईटेलले बताईन ।  प्रतियोगितामा महिला तर्फ गण्डकी प्रदेशसहित ६ वटा प्रदेशको सहभागिता रहनेछ भने पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबसहित ७ प्रदेशको सहभागिता रहनेछ ।  को हुन् स्वर्गीय विकास अधिकारी ? स्वर्गीय विकास अधिकारी सुन्दर ढोका साथी सेवाका संस्थापक निर्देशक हुन् । अपाङ्गताको क्षेत्रमा क्रियाशिल संंस्थाका संस्थापक निर्देशक स्व. अधिकारीले अपाङ्गता भएका व्यक्ति तथा परिवारहरुको लागि नेपाली समाजका सीमान्तकृत व्यक्तिहरुका लागि पहुँचयोग्य बनाउन निरन्तर लागिरहेका व्यक्ति ुहन् ।  अपाङ्गताको क्षेत्रमा क्रियाशिल संस्था सुन्दर ढोका सेवाका संस्थापक स्व. विकास अधिकारीले समाजमा अपाङ्गता भएका व्यक्तिहरुका लागि समान हक, अधिकारसँगै अपाङ्गमैत्री सुशासन समाजका निर्माणका लागि काम गर्दै आएका थिए ।  उनको विश्वभर फैलिएको कोरोना भाइरसको सक्रमणपछि उपचारको क्रममा दुईवर्ष अगाडि मृत्यु भएको थियो । सुन्दर ढोका साथी सेवाले उनै स्व. विकास अधिकारीको दोस्रो स्मृति दिवसमा पोखरामा विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिता च्याम्पियनसिप नेपाल २०८० सञ्चालन गर्न लागेको छ । 

काठमाडौं:     माझी समुदायको महान प्रकृतिक चाड लदि पर्व तथा घाट पुजाको अवसरमा माझी राष्ट्रिय गीतको लोकार्पण गरिएको छ ।  माझी चलचित्र कर्मी संघले शनिबार काठमाडौंको चाबहिल स्थित चलचित्र बिकास बोर्डमा आयोजित शुभकामना तथा बृहत साँस्कृतिक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री सुसिला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यतामा उक्त गीत लोकार्पण गरिएको हो ।    सो राट्रिय गितलाई माझी समुदायका एक बौद्धिक व्यक्तित्व, लेखक तथा चलचित्र निर्देशक, माझी गित, सगिंत र साहित्यका पिता, माझी भाषा र इतिहासका ज्ञाता, सोम कुस्कुमाझीले लेखेका हुन भने माझी किंगले सुपरिचित दर्जनौ माझी तथा नेपाली गितमा स्वर तथा संगित भरिसकेका गायक एंव  नायक यमन माझीले संगित गरेका हुन । सो गीतमा माझी चलचित्र जगतका पहिलो नायक, गायक तथा माझी चलचित्र कर्मी संघका उपाध्यक्ष बिबस कुमार माझीका साथै बाबुराम माझी, बिसाल माझी, सोम बहादुर माझी, रोहन माझी, पुरुसोत्तम माझी, महेस माझी, अमृता माझी, रिता माझी, सरिता माझी, अनिसा माझी, यमन माझी लगायतले स्वर दिएका छन । सो गीतलाई लक्षु प्रकास मल्लले एरेन्ज गरेका हुन भने मनोज डंगोलले ध्वनी सम्पादन गरेका हुन । उत्त कार्यक्रम जनजाति चलचित्र महासंघकी महासचिब तथा माझी चलचित्र कर्मी संघकी अध्यक्ष होम कुमारी माझी (सिजिका)को अध्यक्षता सम्पन्न भएको हो । 

म्याग्दी:      म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक चार घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहजरुपमा गति दिन आजदेखि यही फागुन २४ गतेसम्म बिहान ११ देखि अपराह्न ३ बजेसम्म सवारी साधन आवतजावत बन्द गरिएको हो ।  बेनी(जोमसोम(कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले मालढुङ्गामा पहाड काटेर सडक विस्तार गर्नका लागि सवारी साधन आवतजावत बन्द गरेर डोजर परिचालन गर्न थालिएको जानकारी दिनुभयो । सवारी साधनको चापले सडक विस्तारको काम प्रभावित र दुर्घटनाको जोखिम बढेपछि बेनी–जोमसोम(कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स(खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालयमा समय व्यवस्थापनको प्रस्ताव गरेको थियो ।  बेनी–मालढुङ्गा सडक बन्द हुने समयमा बेनी–रत्नेचौर–बागलुङ हुँदै मालढुङ्गा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ । कुश्मा नगरपालिका(१ मा पर्ने मालढुङ्गादेखि जलजला गाउँपालिका–८, ७, ४ र ३ हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार, सुधार गरी दुई लेनको बनाउन काम भइरहेको छ । मालढुङ्गा–बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ ।  वि।सं।२०७७ चैतमा ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले विभिन्न खण्डमा मजदुर र उपकरण परिचालन गरेर सडक विस्तार, पर्खाल र नाली निर्माणको काम गरिरहेको छ । हाल कालोपत्रसहित करिब छ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर चाक्लो बनाएर एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न लागिएको हो ।  वि।सं.२०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु गरेर २०५२ मा सो मार्ग खुलेको र २०६८ मा कालोपत्र भएको मालढुङ्गा(बेनी सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो । सहायक सडक र पाखोबाट खस्ने पहिरो तथा खोलामा आउने बाढीले सवारी साधन आवतजावत प्रभावित हुने गरेका छन् । बर्खामा पहिराले दैनिकजसो अवरुद्ध हुने सडकमा यात्रा गर्दा धेरै समय लाग्ने, गाडी परिवर्तन गर्दा झन्झट हुने, दुर्घटनाको जोखिम र सास्ती भएको छ । म्याग्दी र मुस्ताङका साथै पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने मालढुङ्गा(बेनी सडक पर्यटकीय, व्यापारिक र धार्मिक हिसाबले सम्भावनायुक्त छ । 

पोखरा:   पोखरामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा २ जना को मृत्यु भएको छ । पोखरा महानगरपालिका– ७ बुलौदीमा आज बिहान अन्दाजी ३ः४५ बजेको समयमा मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाइते भएका दुईजनाको उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।  हल्लनचोकबाट जिरोकिलोमिटरतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–३४ प ५६२१ नम्बरको मोटरसाइकल सडकको डिभाईडरमा ठोक्किदा गम्भिर घाइते भएका कैलाली सोरहनपुर ३ घर भएका २८ वर्षीय महेश आचार्य र ३० वर्षीय सैलेन्द्र कुमार उपाध्यायको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।    उनीहरुको शवलाई पोष्टमार्टमको लागि अहिले अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । दुर्घटनाको विषयमा अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।