पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १ लामपाटन मार्गस्थित अभियान महिला समुहले आफना सदस्यहरुको लागि आयोजना गरेको हर्पिक, फिनेल र झोल साबुन बनाउने तालिम सम्पन्न गरेको छ ।   आफनो समूहमा आबद्ध ...

पोखरा:     अवैध रुपमा निगालाको टुसा चोरी निकासी गरेको भन्दै जीपलाई नियन्त्रणमा लिएर एक्यापमा बुझाएको छ ।  कास्की माछापूच्छ्रे गाउँपालिका वडा नं. ४ लम्सालथरमा सोमबार राति प्रहरी चौकी घाचोक कास्कीबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा ग ३ च ४५४० नम्बरको बोलेरो जीपपले टुसा बोकेको भेटिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्रबाट निगालोको टुसा अन्दाजी १ हजार ४ सय ८० मुठा लोड गरी पोखरातर्फ ल्याउँदै गरेको अबस्थामा फेला पारेको हुँदा उक्त टुसा सहित जीपलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ । जीप चालक जिल्ला कास्की माछापूच्छ्रे गाउँपालिका वडा नं.१ टुसे बस्ने वर्ष ३७ को खिम बहादुर पुन र टुसा ल्याउने व्यक्ति जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. २ बस्ने वर्ष ४१ का रामजी भण्डारी पक्राउ परेका हुन् । थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि अन्नपुर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

पोखरा:    पोखरा महानगपालिका–३२ खुदीखोलास्थित पक्की पुलबाट हाम फालेका नेत्रनाथ कोइरालाको प्रहरीले उद्धार गरेको छ ।  आज दिउँसो खुदीखोलास्थित पक्की पुलबाट हाम फालेका कोइरालाको प्रहरीले खोलाको ढुङ्गामा अड्किएको अवस्थामा उद्धार गरेको हो ।  तनहुँको शुक्लागण्डकी नगरपालिका–१ बस्ने ४० वर्षीय नेत्रनाथ कोइरालाले आउ दिउँसो पोखरा–३२ खुदीखोा स्थित पुलबाट हाम फालेका थिए । खोलामा हाम फालेका कोइरालालाई प्रहरीले खोलाको ढुङ्गामा अड्किएको अवस्थामा प्रहरीले उद्धार गरेको हो ।  खोलामा हाम फालेका कोइरालाको बायाँ खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  कोइरालाले के कारणले खोलामा हाम फालेका हुन भन्ने नखुलेको प्रहरीले जनाएको छ ।  उनलाई खोलाबाट उद्धार गरी पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा लागि पठाइएको छ ।   

पोखरा:    कास्कीको माछापुच्छ्रे गाउँपालिकाले ३८ विद्यालयका लागि खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापकको माग गरेको छ ।    गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै २८ आधारभुत र १० माध्यमिक तहको लागि खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापकको माग गरेको हो ।    ‘गाउँपालिकाको शिक्षा व्यवस्थापन तथा सञ्चालन नियमावली दोस्रो संशोधन २०७५ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद् १५ को दफा १०२ बमोजिम देहालयबमोजिमका  सामुदायिक विद्यालयमा ५ वर्षका लागि करारमा प्रधानाध्यापकको छनोट गरिने छ,’ माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष  हरिबहादुर क्षेत्री (राजेन्द्र)ले सुनगाभा न्यूजसँग भने ।   उनका अनुसार प्रधानाध्यापक छनोट तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०८१ अनुसार इच्छुक माछापुच्छ्रे गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत योग्यता पुगेका शिक्षक तथा हाल कार्यरत रहेका प्रधानाध्यापकहरुले आवेदन दिन सक्ने छन् ।   सामाजिक विकास समितिका संयोजक समेत रहेका क्षेत्रीले शैक्षिक गुणस्तर सुधारका लागि खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापकको माग गरेको बताए ।     ‘कुनै पनि शिक्षक एकपटक प्रधानाध्यापक भइसकेपछि अवकाश नपाउने समयसम्म प्रधानाध्यापक हुने परम्परा हाम्रो विद्यालयमा छ, वडाध्यक्ष क्षेत्रीले भने, ‘प्रअ पाठ्यक्रक अनुसार परिवर्तन हुन सक्नुपर्छ अहिले प्राय विद्यालयमा पुरानै पाठ्यक्रम बढेका शिक्षकहरु प्रअ हुनुहुन्छ, नयाँ पाठ्यक्रम अनुसार विद्यालयलाई गतिशिल बनाउन गाउँपालिकाले खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापकको माग गरेको हो ।’    वडाध्यक्ष क्षेत्रीले स्थानीयस्तरबाट नै पुराना प्रधानाध्यापकबाट विद्यालयमा कुनै परिवर्तन नदेखिएकाले योग्य र क्षमतावान शिक्षकको माग गरेका आवेदन खुल्ला गरेको बताए ।    ‘स्थानीयहरुले अहिले विद्यालयमा हुनुभएका प्रधानाध्यापकबाट विद्यालयमा कुनै परिवर्तन आउन नसकेको गुनासो गर्नुभएको छ, उनले भने, ‘कतिपय प्रधानाध्यापक ज्यूहरुले राम्रो काम पनि गर्नुभएको छ, उहाँले पनि गाउँपालिकाको कुनै विद्यालयमा काम गर्ने मनशाय राखेकाले यो आवेदन खुल्ला गरेको हो ।    उनले गाउँपालिकाको शैक्षिक गुणस्तरमा सुधार, नयाँ युवा शिक्षकहरुको क्षमताको कदर गर्दै एउटै शिक्षक प्रधानाध्यापक बनिरहने अवस्थाको सिन्डिकेटको अन्त्य, काम गर्न इच्छुक शिक्षकहरलाई अवसरसमेत प्रदान गर्न लागेको बताए ।   यसवर्षको एसइई परीक्षाको रिजल्ट सन्तोषजनक नभएको, कुनै विद्यालयमा प्रअले काम नगरेको र कुनै विद्यालयमा प्रअलाई काम गर्न नदिएको भन्ने गुनासो पछि पनि सबैको समझदारीमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापकको माग गरेको उनले जानकारी दिए ।   गाउँपालिकाले प्रधानाध्यापकमा आवेदन दिन विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुती, प्रधानाध्यापक छनोट मापदण्ड अनुसारको अङ्ग पूरा भएको हुनुपर्ने उल्लेख गरेको छ ।    प्रधानाध्यापकको लागि साउन ७ गतेसम्म आवेदन दिन सकिने गाउँपालिकाले जनाएको छ । 

पोखरा:   प्रवासी नेपाली मन्च युके साउथ वेस्ट शाखाको अध्यक्षमा प्रमिश शर्मा (शिव) सर्वसम्मत चयन भएका छन्।   युकेमा भएको मन्चको अधिवेशनले शाखाको उपाध्यक्षमा दिपक खड्का, सचिवमा प्रताप अधिकारी र कोषाध्यक्षमा चन्दन गुरुङ चयन भए ।   यस्तै मन्चको सदस्यहरुमा नइन्द्र गुरुङ, हेम थापामगर, सपना मल्ल के.शी, सुसेन थापा, सन्तबहादुर गुरुङ, प्रकाश गिरी र प्रमोद थापा चयन भए ।   यसअघि कार्यक्रम बोल्दै नवनिर्वाचित अध्यक्ष शर्माले आफ्नो कार्यकालमा प्रवासी नेपालीहरुको विकास र प्रवर्द्धन हुने सकारात्मक खालको काम गर्ने बताए ।   उनले आफुलाई अध्यक्ष बनाएकोमा सबैलाई धन्यवाद दिदै राम्रो काम गर्न सबैको सहयोगको अपेक्षा समेत गरे।   यस्तै कार्यक्रममा उपाध्यक्ष खड्काले युकेमा नेपाली समाजहरुले धेरै कार्यक्रम गरेको बताउदै भोलिका दिनमा मन्चले नेपाली समाजमुखी विभिन्न कार्यक्रम आयोजना गर्ने बताए ।   यता सचिव अधिकारीले आफुलाई सचिव जस्तो उर्जाशिल पदमा निर्वाचित गराउनु हुने सबैलाई आभार व्यक्त गर्दे युवाको हक हित र क्षमता विकास काम गर्न पहल गर्ने बताए ।   उनले भोलिका दिनमा विविध कला संस्कृतिमुखी खालको कार्यक्रम गर्ने पनि बताए ।

पोखरा:     अविरल वर्षाका कारण सेती नदीमा आएको बाढीले प्रभावित पोखरा महानगरपालिका–१४, गोस्तेका पीडितलाई रोल्पा पोखरा सम्पर्क समाजले सोमबार राहत वितरण गरेको छ । नदीको बहाव बढ्दा असार २२ गते गोस्ते सेती किनारमा रहेका करिब ४० घर प्रभावित भएका थिए । बाढीले १५ घर परिवार विस्थापित भएको र त्यसमध्ये अतिप्रभावित र विपन्न वर्गका ८ घर परिवारलाई राहत वितरण गरिएको समाजका पूर्वअध्यक्ष सुन्दर बुढामगरले जानकारी दिए । उनका अनुसार बाढी पीडितलाई चामल, दाल, तेल, नुनलगायत सहयोग गरिएको हो । ‘नदी किनारमा रहेका घरहरु निकै जोखिममा थिए । २२ गतेको बाढीले कतिपयको घर पूर्ण रुपमा बगाएको रहेछ । हामी समाजका सदस्यहरु मिलेर उहाँहरुलाई राहत वितरण गरेका छौं,’ बुढामगरले भने । असार १९ गतेदेखि परेको भारी वर्षाले कास्की, पोखरालगायत देशैभरि मानवीय तथा भौतिक क्षति पु¥याएको थियो ।  

पोखरा:    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेपछि संसदीय छानबिन समिति अध्ययनका लागि पोखरा आएको छ ।  आइतबार बेलुका पोखरा आइपुगेको संसदीय छानबिन उपसमितिका संयोजक राजेन्द्र लिङदेनसहितको टोलीले आज सोमबार बिहान विमानस्थलको स्थलगत अध्ययन गरेको हो ।  प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा त्रुटिसँगै अनियमितता भएको भन्ने उजुरी परेपछि प्रतिनिधिसभा सदस्य लिङ्देनको अध्यक्षतामा गत असार १३ गते उपसमिति गठन भएको थियो । सोमबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन गरेको उपसमितिले दिउँसो विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री, पोखरा मेयर, जनप्रतिनिधि, पर्यटन व्यवसायी लगायत स्थानीयहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो ।  अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य एवम् संसदीय छानबिन उपसमितिका संयोजक राजेन्द्र लिङ्देनले विमानस्थल निर्माणमा त्रुटिसँगै अनियमितता भएको पुष्टि भए कारवाहीको दायरामा ल्याउने बताए ।  ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर उद्घाटन भएपनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन’, लिङ्देनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा त्रुटि र अनियमितता भएको कारण अन्तर्राष्ट्रिय उडान हुन नसकेको भन्ने गुनासोसहित उजुरी लेखा समितिमा परेपछि संसदीय छानबिन उपसमिति गठन भएको छ, छानबिनको क्रममा त्रुटि र अनियमितता भएको पाइए कारवाहीको दायरामा ल्याउँछौं ।’ उनले स्थलगत अध्ययनको पछि तीन विषयलाई निष्कर्षमा पु¥याउन खोजेको बताए ।  ‘यहाँ कुनै अनियमितताहरु भएको रहेछ भने, आगामी दिनमा यस प्रकारका अनियमितताहरु गर्न नपाउने गरी, गर्न नमिल्ने व्यवस्था निर्माण गर्ने र अनियमिततामा संग्लनहरुलाई कारवाही गर्ने’, उनले भने, ‘ यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई कसरी सुचारु गर्न सकिन्छ त्यसको बारेमा काम गर्ने, सोच बनाएका छौं, अवधारणा बनाएका छौं,त्यसको बारेमा सुझाव लिन्छौं ।’ सोही अवसरमा बोल्दै छानबिन समितिलाई पोखरेली व्यवसायीले पोखराबाट अन्तर्राष्ट्रिय उडान कहिले हुन्छ भन्दै प्रश्न गरे ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छानबिन समितिले आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखरेलीको ५० वर्षदेखि विमानस्थलको सपना अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पूरा नभएको बताए ।  काठमाडौंमा अवतरण हुन नसकेका विमान पोखरा र भैरहवा विमानस्थलमा डाइभर्ट किन गर्न सकिदैन भन्दै ?’ उनले प्रश्न गरे ।  यस्तै पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले विमानस्थल उद्घाटन तामझाम रुपमा भएपनि अन्तर्राष्ट्रिय उडान नहुँदा चिन्ता थपिएको उल्लेख गरे ।  ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन तामझामका साथ गरियो, पोखरेलीहरु सपना पूरा भएकोमा हर्षित भए’, अध्यक्ष श्रेष्ठले भने, ‘विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा उद्घाटनको समयमा हषित भएका पोखरेलीमा थप चिन्ता थपिएको छ, यहाँबाट अन्तर्राष्ट्रिय उडान कहिले हुन्छ ?’ पोखरा उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष अशोक पालिखेले भारतले रुट नदिँदा पोखराबाट अन्तर्राष्ट्रिय उडान नभएको गुनासो आएको भन्दै त्यसको जवाफ समितिलाई खोज्न आग्रह गरे ।  उनले भारतले रुट नदिएपनि चीनतीरबाट उडान गर्न सकिने भएकाले त्यसतर्फ पनि छानबिन समितिले ध्यान पु¥याउन आवश्यक रहेको बताए ।

पोखरा:      रोटरी क्लब अफ पोखरा लेकसाइडको नवौं पदस्थापन सम्पन्न भएको छ । रोटरी वर्ष २०२४÷२५ का अध्यक्ष उपेन्द्र अधिकारीको टिमको आइतबार आयोजित समारोहमा पदस्थापन भएको हो ।  रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका गभर्नर इलेक्ट विनोद कोइरालाको प्रमुख आतिथ्यमा भएको पदस्थापनमा कोइरालाले रोटरीले वातावरण, शिक्षा, खानेपानी, स्वास्थ्य लगायत क्षेत्रमा रोटरीले काम गर्दै आएको बताए । रोटरी लेकसाइडका सल्लाहकारसमेत रहेका उनले क्लबको स्थापनादेखि नै विभिन्न सर्भिस प्रोजेक्टमा नजिक रहेको उल्लेख गर्दै क्लबले यस वर्ष प्रशंसनीय कार्य गरेकोमा धन्यवाद दिए ।  कार्यक्रममा रोटरीका पूर्व गभर्नर किरणलाल श्रेष्ठ, असिस्टेन्ट गभर्नर गीता सिग्देल, चार्टर प्रेसिडेन्ट सुन्दरकुमार श्रेष्ठ लगायतले बोलेका थिए । क्लबका आइपिपि शोभाकान्त सिग्देलले एकवर्षे कार्यकालमा भएका गतिविधि प्रस्तुत गर्दै सहयोगी सम्पूर्णलाई धन्यवाद दिए । प्रमुख अतिथि कोइरालाको परिचय दिँदै क्लब पूर्व अध्यक्ष जयराम पौडेलले रोटरी फिस्टेलमा चार्टर सेक्रेटरी हुँदै हाल डिष्ट्रिक्ट गभर्नर हुन लागेकोमा खुसी व्यक्त गरे । वर्ष २०२४÷२५ का अध्यक्ष अधिकारीले आफ्नो कार्यकालका लागि क्लब अफ एक्सन प्रस्तुत गरे भने क्लबका स्मारिका ‘द फेवा’ विमोचन भयो । कार्यक्रममा स्वागत उपाध्यक्ष टोपबहादुर थापा र सञ्चालन सचिव सुभाष मल्लले गरेका थिए । धन्यवाद ज्ञापन प्रेसिडेन्ट इलेक्ट राजेन्द्र लिगलले गरे । यसैबीच, बाबा फाउन्डेसनसँग पोखरा क्षेत्रको साक्षरता, खानेपानी, सरसफाइ र वातावरण अभियानमा सहकार्यका लागि ७ बुँदे सहमति भएको छ । सहमतिपत्रमा क्लब अध्यक्ष अधिकारी र फाउण्डेसनतर्फबाट दिलीपराज श्रेष्ठले हस्ताक्षर गरे ।

पोखरा:     गण्डकी प्रदेशको ७ जिल्लामा मनसुनजन्य विपद्मा परेर २२ जनाको मृत्यु भएको छ ।    गण्डकी प्रदेशको लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, स्याङ्जा र नवलपुरमा पहिरोमा पुरिएर २१ जनाको मृत्यु भएको हो ।    एकजनाको भने चट्याङ लागेर मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्र रेग्मीले बताए ।    उनले पछिल्लो ११ दिनमा ७ जिल्लामा विपद्बाट २२ जनाको मृत्यु भएको जानकारी दिए । बाँकी ४ जिल्ला (मनाङ मुस्ताङ गोरखा म्याग्दी) मा भने मानवीय क्षति भएको छैन ।   गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको तथ्याङ्क अनुसार मनसुनजन्य विपद्मा (बाढी, पहिरो, चट्याङ) परेरर २३  जना घाइते भएका छन् ।     यो पनि पढ्नुहोस   पहिरामा पुरिएर स्याङ्जामा तीनको मृत्यु, पाँचजना घाइते तनहुँ पहिरो अपडेट: बेपत्ता तीनै जनाकाे शव फेला कास्कीमा वर्षाको प्रभाव: सय बढी परिवार विस्थापित पहिरोमा पुरिएर भिरकोटमा वृद्धाको मृत्यु एसएसपी रेग्मीले लमजुङमा विपद्का घटनामा परेर ५ जनाको मृत्यु भएको बताए । उनका अनुसार गत असार १२ गते गएको पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको थियो ।    लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा पहिरो जाँदा ६७ वर्षीय रुद्रमान गुरुङ, ३६ वर्षीय पञ्चकुमारी गुरुङ, ८ वर्षीय इच्छा गुरुङ र निश्मा गुरुङको मृत्यु भएको थियो ।    यस्तै लमजुङको दोर्दी गाउँपालिका–९ धैरेनीमा पहिरोमा घर भत्किदा विकल सुनारको मृत्यु भएको थियो भने विमल सुनार घाइते भएका थिए । लमजुङको क्वहोलासोथार गाउँपालिका–३ बगुममा पहिरोमा पुरिएर भिमबहादुर घले घाइते भएका थिए ।    असार १२ गते नै लमजुङको बेशीशहर नगरपालिका–११ तीनपिल्ले र राईनास नगरपालिकामा चट्याङ लागेर चन्द्रमान श्रेष्ठ र रामचन्द्र अधिकारी घाइते भएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी वरिष्ट उपरीक्षक रेग्मीले बताए ।    यस्तै असार १२ गते नै गएको पहिरोमा पुरिएर कास्कीमा २ जनाको मृत्यु भएको थियो । कास्कीको पोखरा महानगपालिका–२७ मा पहिरोमा पुरिएर ३ वर्षीय बालक अनमोल सुनार र मादी गाउँपालिका–तितेपानीमा पहिरोमा पुरिएर १३ वर्षीय आयुश्मा रानाभाटको मृत्यु भएको थियो । यस्तै पहिरोमा पुरिएर पोखरामा २७ वर्षीय रितु सुनार घाइते भएकी थिइन् ।   यस्तै पोखरा–२७ अघौं खोलाढोकमा पहिरोमा परी माया विक घाइते भएकी थिइन् ।    यस्तै असार २२ गते तनहुँको शुक्लागण्डकी–७ काउरेमा पहिरोमा पुरिएर हिरा नेपाली, अनिशा बास्तोला, श्याम भण्डारीको मृत्यु भयो । पहिरोमा पुरिएर बेपत्ता भएका उनीहरुको शव आइतबार मात्र फेला परेको थियो ।   ऋषिङ गाउँपालिकामा पनि पहिरोमा पुरिएर कृष्ण बहादुर पुलामीको मृत्यु भएयो । तनहुँको शुक्लागण्डकी नगरपालिकामा पहिरोमा परी ९ जना घाइते भए । तनहुँको देवघाट गाउँपालिकामा चट्याङ लागेर २ जना घाइते भएको गण्डकी प्रदेश प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।    यस्तै बागलुङको गलकोट नगरपालिका र पर्वतको फलेवास नगरपालिका–१ कार्कीनेटामा पहिरोमा पुरिएर २÷२ जनाको मृत्यु भएको ।    स्याङ्जाको विरुवा गाउँपालिकामा पहिरोमा परी ५ जना घाइते भएका छन् । स्याङ्जाको भिरकोट नगरपालिका–५ ज्यामिरेमा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ भने, आधिखोला गाउँपालिका–२ उखुबारीमा पहिरोमा परी १ जना घाइते भएका छन् ।    यस्तै नवलपुरको कावासोती नगरपालिका–१४ अग्यौलीमा चट्याङ लागेर दिलकुमारी थरुनीको मृत्यु भएको छ । 

पोखरा:    गुणस्तरीय होटल सम्बन्धी कुकिङ तालिमलाई लक्षित गरी पर्यटन राजधानी पोखराको सिर्जनाचोकमा चार वर्ष अघिदेखि सञ्चालनमा आएको आर.के.हस्पिटालिटी ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लिले अन्तराष्ट्रियस्तरकोे किचन ल्याब सञ्चालनमा ल्याएको छ ।      कुकिङ तालिमको प्रभावकारिता अभिबृद्धि गर्दै स्वदेश एवम् विदेशमा दक्ष जनशक्ति तयार गर्ने लक्ष्यका साथ संस्थाले अन्तराष्ट्रियस्तरको किचन ल्याब सञ्चालनमा ल्याएको हो ।  किचन ल्याबको एक कार्यक्रमका बीच आइतबार होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, बाराही ग्रुपका कर्पोरेट म्यानेजर राजकुमार केसी लगायतले उद्घाटन गर्नुभयो । कार्यक्रममा होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटन राजधानी पोखरामा दक्ष जनशक्तिका लागि पर्याप्त अवसरहरू रहेको बताउँदै उत्पादित जनशक्तिलाई रोजगारीको समस्या नरहेको बताउनुभयो ।  बाराही ग्रुपका कर्पोरेट डाइरेक्टर राजकुमार केसीले कुकिङ तालिम प्राप्त गरेका दक्ष जनशक्तिको भविष्य उज्वल रहेको बताउँदै उच्च मनोबलका साथ तालिम लिएर त्यसलाई ब्यबहारिकतामा उतार्न आग्रह गर्नुभयो । होटेल संघ पोखराका पूर्व अध्यक्ष विकल तुलाचनले आर.के.हस्पिटालिटीले बजारको माग अनुसारको सिकाई गरिरहेको बताउँदै विद्यार्थीहरूले आफ्नो सिकाईलाई लगाबका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो । आर.के.हस्टिालिटी ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक तथा प्रशिक्षक आर.के.लामाले देश तथा विदेशका सामान्य होटल लगायत पाँच तारे होटेलहरूमा रोजगारका लागि योग्य बनाउने तथा शतःप्रतिशत रोजगारीको सुनिश्चितता गर्दै आएको संस्थाले देशैभरका विद्यार्थी तथा अभिभावकको मन जित्न सफल बनेको बताउनुभयो ।       विगत २४ वर्षदेखि होटल र हस्पिटालिटीका क्षेत्रमा काम गरेको आफ्नो अनुुभव सुनाउँदै उहाँले साढे २० वर्ष त होटेल क्षेत्रमा नै काम गरी यस क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोचका साथ चार वर्ष यता आर.के. हस्पिटालिटी ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.सञ्चालनमा ल्याएको बताउनुभयो ।      यस संस्थाबाट हालसम्म करिब १५ हजार जनशक्ति उत्पादन भैसकेको उल्लेख गर्दै उहाँले उत्पादित जनशक्ति कोही पनि बेरोजगार नरहेको बताउनुभयो ।      सिटिइभिटिबाट मान्यताप्राप्त संस्थाले तीन महिनादेखि १० महिना समयावधिका विभिन्न किसिमका तालिम सञ्चालन गर्दै आएको बताउँदै उहाँले, “हामीले विश्व बजारमा फस्टाउँदै गएको होटेल तथा रेष्टुरेन्टलाई दृष्टिगत गरी विद्यार्थीहरूलाई कन्टिनेन्टल, इटालियन, चाइनिज, फ्रेन्च, इन्डियन बेकरी तथा पेष्ट्री खानाका परिकारहरूलाई समावेश गरी अलराउन्डर कुकिङमा विद्यार्थीहरूलाई दक्ष बनाउँदै आएका छौं”, भन्नुभयो ।  “कुकिङ एउटा साधारण सिप मात्र होइन, यो एउटा मूल्यवान कला पनि हो”, उहाँले भन्नुभयो, “राम्रो कुक र सेफ बन्नका लागि समय, धैर्यता, लगनशीलता, मेहेनतका साथै कुशल प्रशिक्षकको आवश्यकता पर्दछ ।” कार्यक्रममा सिनियर सेफ उमेश भुवाइँ लगायतले बधाइ तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।