पोखरा: कास्कीको पोखरा महानगरपालिका वडा नं. १७ ले वडाभित्रका जेष्ठनागरिकलाई तिर्थयात्रा गराएको छ ।  चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम अनुसार वडाबाट छनोट भएका ७० जना जेष्ठनागरिकलाई बागलुङकालीका र...

पोखरा:   युवा पुस्तामाझ लोकप्रिय गायक सज्जनराज वैद्य नेपाल टुर अन्तर्गत शुक्रबार हुने कार्यक्रमका लागि पोखरा आइपुगेका छन् ।   इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकको मुख्य प्रायोजनमा जारी ‘एकादेशमा नेपाल टुर २०२४’को पूर्वनिर्धारित सेड्युलअनुसार शुक्रबार पोखराको बाराही घाटमा वैद्यले लाइभ प्रस्तुति दिँदै छन् ।   उनको टिम बुधबार पोखरा आइपुगेको छ । आर्बिटरी इभेन्ट्स र एम.एन प्रोडक्सनको आयोजनामा भइरहेको टुरको पोखराको व्यवस्थापकीय जिम्मा ‘प्रचार नेपाल’ले पाएको छ ।   पोखरामा हुने कार्यक्रमका लागि बिहीबार बिहानसम्म करिब ३ हजार टिकट बिक्री भइसकेको प्रचार नेपालका संचालक आशिष पुरीले जानकारी दिए । ‘पोखरा भनेको म्युजिक, कल्चर निकै रूचाउने सहर हो । ​डोर सेलसहित गरेर पाँच हजारभन्दा बढीको उपस्थिति रहने अपेक्षा हाम्रो छ,’ उनले भने ।   यो कार्यक्रमका लागि रत्नचोक र लेकसाइडको हिमालयन जाभा, शान्तिनगरको बराल पेट्रोल पम्प, बाराही चोकको होटल ल्याण्डमार्कअगाडि शुक्रबार दिउँसो एक बजेसम्म टिकट खरिद गर्न सकिने संचालक पुरीले जानकारी दिए ।   मोबाइल वालेट एप खल्तीबाट पनि यो कार्यक्रमको टिकट खरिद गर्न सकिन्छ ।   टिकटको मूल्य एक हजार पाँच सयदेखि तीन हजार रूपैयाँसम्म रहेको छ । दुई हजार पाँच सयको फ्यान पिट र तीन हजार रूपैयाँको भीआइपी टिकट खरिद गर्नेले नाडीमा लगाउने एल.ई.डी ब्याण्ड पाउने छन् ।   कार्यक्रमको सम्पूर्ण तयारी सकिएको र शुक्रबार दिउँसो तीन बजे गेट खुल्ने कार्यक्रम संयोजक महेश्वर भण्डारीले बताए ।   सज्जनको प्रस्तुति भने पाँच बजेपछि सुरु हुने उनले जानकारी दिए ।   ‘एकादेशमा नेपाल टुर २०२४’ पोखरामा हुन लागेको कार्यक्रम तेस्रो हो । यसअघि चितवन र बुटवलमा कार्यक्रम भइसकेको छ । पोखरापछि कार्तिक २४ गते (नोभेम्बर ९) मा इटहरी र मंसिर १ (नोभेम्बर १६) मा काठमाडौंमा कन्सर्ट गर्ने तयारी रहेको आर्बिटरी इभेन्ट्सका संचालक विपीन नकर्मीले जानकारी दिए । सज्जनका ‘हवाइजहाज’, ‘चिठ्ठी भित्र’, ‘मायालु’, ‘सस्तो मुटु’लगायत गीत नेपाली युवापुस्ताले अत्यन्तै मन पराएको छ ।     युट्युबमा मात्र नभई अडिओ स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाईमा पनि वैद्य रूचाइएका छन् । स्पोटिफाईमा उनका मासिक साढे तीन लाखभन्दा बढी स्रोता छन् ।

पोखरा:  नेपालीहरुको दोस्रो महान पर्वको रुपमा मानिने तिहारको अवसरमा पोखराका विभिन्न चोक चोकमा देउसी भैलोको रौनक देखिएको छ ।   बालबालिकादेखि पाका उमेर समूहका टोलीहरु पोखराको हरिचोक, ट्याक्सीचोक, जिरो, लखनचोक, दीप, छोरेपाटन, अमरसिंहचोक लगायतका क्षेत्रमा मौलिक तथा आधुनिक किसिमबाट देउसी भैलो खेलिरहेका छन् ।   कतै ठुला, कर्कश आवाजमा भड्किलो पाराले देउसी खेलिरहेका छन् भने, कतै मौलिक रुपमा मादल, पञ्जेबाजा बजाएर देउसी खेलिरहेका छन् ।     पोखरा क्षेत्रमा भाइटिकाको दोस्रो दिनसम्म देउसी खेल्ने प्रचलन भएपनि बुटवल क्षेत्रमा भने हरिबोधनी एकादशीको दिनसम्मै भैलो खेल्ने गरिन्छ ।   पछिल्लो समय लोकसंस्कृति झल्कने देउसी भैलो भन्दा भड्किलो देउसी भैलो मौलाएको छ । यसले संस्कृतिमा संरक्षणको सट्टा विकृती बढ्दै जाने प्रष्ट देखिन्छ ।   थप तस्बिरः-                            

पोखरा:   पोखरामा स्वरुप परिवर्तन (मोडिफाइड) गरिएका ३५ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।  मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइड) गरिएका ३५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एव्म सूचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए ।  मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइड)गरेर  ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको देखेमा जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक कार्यालयमा सूचना दिन समेत अनुरोध गरेको छ ।   

पोखरा:   दशरथ रंगाशालामा आज हुने साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) वुमेन्स च्याम्पियनसिपको फाइनल खेल लखनचोक (पृथ्वीचोक) को डिस्प्लेमा देखाइने भएको छ ।   पोखरा महानगरपालिकाले आज बेलुकी हुने साढे ६ बजे नेपाल र बंगलादेशबीच हुने फाइन खेल परिचय एड्भरटाइजिङको सहयोगमा उक्त खेल गण्डकी प्रदेशको सबैभन्दा ठुलो डिस्प्लेमा देखाइने भएको हो ।   त्यसका लागि साउण्ड सिस्टमका लागि एसके साउड सिस्टम र सवारी व्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग महानगरले समन्वय गरेको छ ।   जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा भारत पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बङ्गलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ ।   यसअघिका छ मध्ये पाँच संस्करणमा नेपाल उपविजेतामा सीमित भएको थियो । जसमा भारतसँग चार पटक र बङ्गलादेशसँग एकपटक पराजित भएको थियो । एउटा संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो ।    बङ्गलादेशमा भएको पहिलो संस्करणमा नेपाल उपविजेता बनेको थियो । तत्कालीन समयमा फाइनलमा नेपाल भारतसँग ०–१ गोलअन्तरले पराजित भएको थियो । सन् २०१२ मा श्रीलङ्कामा आयोजना भएको दोस्रो संस्करणमा पनि नेपाल फाइनलमा भारतसँग ३–१ गोलअन्तरले पराजित हुँदै दोस्रो स्थानमा रह्यो ।    सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो संस्करणमा पनि उपाधि चुम्ने नेपालको लक्ष्यमा भारत बाधक बनेको थियो ।   त्यतिबेला नेपाल भारतसँग ६–० गोलअन्तरले स्तब्ध भएको थियो ।   सोही संस्करणबाट सावित्री भण्डारी (साम्बा) ले राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिइन् । त्यसयता उनले नेपाली टोलीबाट उत्कृष्ट खेल पस्कदै नेपाली खेलप्रेमीको मन जित्न सफल भएकी छिन् ।       साम्बाले यसपटक साफ च्याम्पियनसिपको उपाधि जित्दै आम नेपालीलाई खुसी प्रदान गर्ने लक्ष्यका साथ मैदानमा उत्रने बताइन् ।   साम्बालाई फाइनलमा गोलको कीर्तिमान बनाउने अवसरसमेत छ ।   उनले सेमिफाइनलमा भारतविरुद्ध बराबरी गोल गर्दै साफ च्याम्पियनसिपमा नेपालबाट सर्वाधिक २१ गोल गर्ने नेपाली राष्ट्रिय टोलीकी पूर्वकप्तान अनु लामाको कीर्तिमान बराबरी गरेकी थिइन् ।   युरोपका प्रतियोगितामा खेल्ने पहिलो नेपाली महिला खेलाडी समेत रहेकी साम्बा फ्रेन्च क्लब इए अभान्ट गुइग्याम्पमा खेलेर नेपाल आएकी हुन् ।   उनले यस संस्करणको साफ च्याम्पियनसिपमा समूह चरणको पहिलो खेल गुमाएकी थिइन् भने माल्दिभ्सविरुद्धको खेलमा बेञ्चमा बसेकी थिइन् । उनले समूह चरणको अन्तिम खेल श्रीलङ्काविरुद्ध भने खेलेकी थिएन । साम्बाले नेपालका लागि ४८ खेलमा सर्वाधिक ५५ गोल गरिसकेकी छन् ।       सन् २०२२ मा नेपालमा नै आयोजना भएको गत संस्करणको फाइनलमा नेपाल बङ्गलादेशसँग १–३ गोलअन्तरले पराजित भएको थियो ।      सोही संस्करणमा बङ्गलादेशले पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि उचालेको थियो । सन् २०१६ मा भारतमा भएको चौथो संस्ककरणमा नेपाल सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।   त्यसैगरी सन् २०१९ मा नेपालमा नै आयोजना भएको पाँचाँै संस्करणको साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ३–१ गोलअन्तरले पराजित हुँदै दोस्रो स्थानमा रहेको थियो ।       जारी प्रतियोगितामा नेपालले भारत र बङ्गलादेशले भुटानलाई हराउँदै फाइनल यात्रा तय गरेका हुन् । साफ च्याम्पियनसिपको फाइनल खेल बुधबार साँझ ६ः३० बजे दशरथ रङ्गशालामा हुनेछ ।       नेपालले समूह चरणको खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्सलाई ११–० गोलअन्तरले हराएको थियो । त्यसैगरी नेपालले श्रीलङ्कालाई ६–० ले पराजित गरेको गरेको थियो ।      बङ्गलादेशले समूहको पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा भारतलाई ३–१ ले पराजित गरेको थियो ।

नेकपा (एमाले) पोखरा ७ वडा कमिटीले चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।    पोखरा ७  स्थित झपेन्द्र स्मृति पार्कमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।   कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले नेपालका मौलिक चाडपर्वले हाम्रो समाजको स्वरुप सृजना गरेको बताउदै यी चाडपर्व कुनै धर्म जाति विषेश नभई सबै नेपालीको साझा पर्व रहेको बताए ।   जनताको विकास र सुशासनको चाहना पूरा गर्न देशको दुई ठूला दल एक ठाउँमा उभिएको धारणा राखे ।   पछिल्लो समय पुराना पार्टीलाई भिडमार्फत विस्तापित गर्न सकिन्छ कि भनेर दुस्प्रयास भएको भन्दै राजतिक दल पुरानो नहुने जनताको विश्वासले अनुमोदित हुने बताए ।    कार्यक्रममा एमाले प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, एमाले कास्कीका अध्यक्ष बैन बहादुर अधिकारी, महानगर अध्यक्ष जीवन आचार्य, नेपाली कांग्रेस पोखरा ७ का सभापति नविन राज बराल, पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्य, समाजसेवी डण्डराज शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।   कार्यक्रममा पोखरा ७ भित्रका विभिन्न राजनीतिक पार्टीका नेता , सामाजिक संस्थाका अध्यक्ष तथा प्रतिनिधि, समाजसेवी लगायतको उपस्थित थियो ।    नेकपा एमाले पोखरा ७ का अध्यक्ष किशोर बरालको अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन सचिव दिपक कार्कीले गरेका थिए ।    

पोखरा महानगरपालिकाले प्लाष्टिकजन्य माला, फूलका गुच्छाको आयात तथा विक्री वितरण गर्न रोक लगाएको छ ।    महानगरपालिका उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा  पोखराका प्लाष्टिकजन्य फूलका माला र फूलका गुच्छा विक्री गर्ने ८ वटा पसलहरुमा अनुगमन गरेको हो ।   नेपाल सरकार वन तथा वातावरण मन्त्रालय अन्र्तगत वातावरण विभागले प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन आयात, विक्री वितरण वा भण्डारण गर्न प्रतिबन्ध गरेको छ ।    वि.स. २०७९ साउन १२ गतेबाट राजपत्रमा सुचना प्रकाशन गरी सोही मितिदेखि प्लाष्टिकजन्य फूलगुुच्छाको उत्पादन, आयात र विक्री वितरणमा पूर्णरुपमा रोक लगाउने निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्दै पोखरा महानगरले विगत तीन वर्षदेखि पोखरामा प्लाष्टिकजन्य फूलगुुच्छा,माला विक्री वितरणमा रोक लगाएको हो ।    नेपालीहरुको दोश्रो ठूलो चाड तिहारमा प्लाष्टिकका पूूmल र माला बढी आयात हुने र विक्री वितरण हुने भएकाले अनुगमन गरिएको पोखरा महानगरपालिका सहकारी तथा उद्योग शाखा प्रमुख एवं अनुगमन समितिका सदस्यसचिव अनिल कार्कीले जानकारी दिए ।   ८ वटा पसलबाट प्लाष्टिकजन्य फूलका समाग्री जफत   अनुगमनका क्रममा ८ पसलबाट ३० हजार मुल्य बराबरको प्लाष्टिकजन्य फूलका गुच्छा र माला जफत गरिएको छ भने, संचालकहरुलाई एक साताभित्र पोखरा महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ ।    पोखरा ९ मा रहेको पुष्पराज प्लावर एण्ड ब्याडिङ्ग सप, सृष्टि फ्लावर, गढीमाई टेण्ट हाउस, पोखरा ४ मा रहेको एनएस फोटो फ्रेम एण्ड गिफ्ट कलेक्सन, गणेश पुजा सामग्री भण्डार, महाकाली पुर्जा सामग्री भण्डार र पोखरा ८ को एभरग्रिन फलावर सपमा अनुगमन गरिएको सहकारी उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए ।   के हुन्छ कारबाही ?   वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४) को खण्ड (क) वा (ख) बमोजिम वातावरण निरीक्षकबाट रु १५ हजारदेखि २० हजारसम्म जरिवाना हुने र सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम विभागका महानिर्देशकबाट १ लाखसम्म जरिवाना हुन सक्ने व्यवस्था ऐनमा रहेको छ ।   महानगरले गत वर्ष १ लाख ९ हजार ९ सय १० रुपैयाँ बराबरको फूलका माला जफत गरिएको सहकारी उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए ।   अनुगमनमा पोखरा महानगर आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरिया, महानगरका प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारी, पोखरा महानगर सहकारी तथा उद्योग शाखा प्रमुख अनिल कार्की, सहकारी तथा उद्योग शाखा अधिकृत ऋषिराम सापकोटा, सहकारी तथा उद्योग शाखाका राजु सुवेदी, राष्ट्रिय उपभोक्ता मञ्च पोखरा महानगरस्तरीय समितिका उपाध्यक्ष हुमनाथ अधिकारी, नगर प्रहरी लगायतको सहभागीता थियो ।  

पोखरा महानगरपालिका ६ लेकसाइडस्थित सेन्टर प्वाइन्टमा क्लब आइभीवाई सञ्चालनमा आउने भएको छ ।   चर्चित व्याण्ड ‘एमटी ८८४८’ को विशेष प्रस्तुतीसँगै भोलि (बुधबार) क्लबको ग्राण्ड ओपनिङ हुने प्रमोटर राकेश गुरुङले जानकारी दिए ।   उनका अनुसार सो व्याण्डले ४ वर्षपछि पोखरामा प्रस्तुती दिदैंछ ।    गुरुङले बेलुकी १० बजेबाट ‘एमटी ८८४८’ ले विशेष सांगीतिक प्रस्तुती दिने बताउदैं प्रवेश निशुल्क रहेको जानकारी दिए ।    उनका अनुसार भोलि (बुधबार) देखि क्लबको औपचारिक सेवा शुभारम्भ हुनेछ ।   उक्त कार्यक्रमको सुरुवातमा निष्कर्ष व्याण्डले प्रस्तुती दिनेछ । सो इभेन्टको व्यवस्थापन लाइअप नेपालले गरको छ ।

पोखरा महानगरपालिका -९ प्रदर्शनी केन्द्रमा यतिबेला आठौं गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौ गण्डकी प्रादेशीक पुष्प मेला जारी छ ।    हरेक वर्ष तिहारको संघारमा हुने पुष्प मेलामा विभिन्न प्रकारका फूल तथा विरुवाहरु उपलब्ध हुँदैं आएको छ ।   मेलामा फूलको विक्री वितरण मात्रै नभएर व्यवसायीहरुले पुष्प तथा सजावट गर्ने प्लान्ट र विरुवाहरुको प्रवद्र्धन गर्दै आएका छन् ।   घर तथा परिसर सिंगार्न लोभिनेहरुका लागि यो मेला विशेष छ ।    सोमबारदेखि सुरु भएको उक्त मेला यही १६ गतेसम्म सञ्चालन हुनेछ । मेलामा दुई दर्जन बढी स्टल छन् ।   जहाँ विभिन्न प्रजातीका फूल तथा प्लान्टले आफ्नो जवानी देखाइरहेका छन् । पुष्प मेलामा फक्रिरहेका फूलहरु घर–घरमा सजिन तयार छन् ।   हेर्नुहोस् तस्बिर:–                          

पोखरा:  गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जि.सी श्रेष्ठले स्वदेशी उत्पादन प्रयोगमा जोड दिन आग्रह गरेकी छिन् ।  स्वदेशी उत्पादनको प्रयोगले व्यवसायी, उद्योगी, श्रमजीविसँगै देशको अर्थतन्त्रलाई समेत उत्साह दिने भएकाले उपलब्ध भएसम्म स्वदेशमै उत्पादित सामाग्रीहरु प्रयोग गर्न जोड दिएकी हुन् । सोमबार देखि पोखरामा सुरु भएको आठौं गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौं गण्डकी प्रादेशीक पुष्प मेला २०८१ को उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भनिन्,‘उपलब्ध भएसम्म हामीले अब स्वदेशी उत्पादन प्रयोगमा जोड दिनुपर्छ । यसले उत्पादनमा जोडिनुहुनेलाई उत्साह त मिल्छ नै, सँगै देशको अर्थतन्त्रलाई पनि टेवा पुर्याउँछ ।’ नजिकिदै गरेको फूलहरु समेतको पर्व तिहारमा पनि देशमा उत्पादीत फूलको प्रयोग गर्न उनको सुझाव छ ।  ‘देशको उत्पादनले मात्रै फूलको माग धान्न सक्ने अवस्था अहिले छैन । केहि समय अघिको वर्षाले पनि यसको खेतीमा असर गरेको छ । तर मिलेसम्म, उपलब्ध भएसम्म तिहारमा देशमै फूलेका फूलले शुभकामना र आशिष दिऔँ’ मन्त्री श्रेष्ठले भनिन् । आज कात्तिक १२ देखि पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सुरु भएको प्रर्दशनी तथा मेला कात्तिक १६ गतेसम्म सञ्चालन हुनेछ ।