पोखरामा क्रियाशिल त्रिशक्ति समाज सेवा क्लबले तेस्रो संस्करणको सिम्पानी साँझको आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिका १ सिम्पानी चोकमा तिहारको अवसर पारेर (भाइटिकाको अघिल्लो दिन) यही कात्तिक १७ गते साँझको आयोजना गरिने क्लबका सहसचिव प्रविण सुवेदीले जानकारी दिए । उनका अनुसार सो कार्यक्रममा तरेली साँस्कृतिक परिवार र स्थानीय कलाकारबाट विभिन्न जाति समुदायमा प्रचलित नृत्यहरु प्रस्तुत हुनेछन् । भने, ‘मिलन एण्ड द ओभरेप्टर्स’ ब्याण्डको कन्सर्ट हुनेछ । ‘यो वर्ष तरेली साँस्कृतिक परिवारको विशेष नृत्य रहनेछ । यस्तै स्थानीय कलाकारहरुले पनि आफ्नो नृत्य प्रस्तुत गर्नेछन् भने, मिलन एण्ड द ओभरेप्टर्सले लाइभ प्रर्फमेन्स दिनेछ’ उनले भने । उनले उक्त कार्यक्रमबाट बचत हुने रकम सामाजिक कार्यमा खर्चिने बताए । ‘हामीले साँझबाट बचत भएको रकम सामाजिक कार्यमा खर्च गर्ने लक्ष्य छ, उनले भने, ‘क्लबको भवन जीर्ण अवस्थामा छ यसको मर्मत गर्नुपर्नेछ । यस्तै लागुऔषधको विरुद्धमा सचेतनामूलक कार्यक्रम गर्ने योजना छ ।’ सिम्पानी साँझमा प्रवेश निशुल्क रहेको छ भने, सुरक्षाका लागि वडा प्रहरी बगरसँग समन्वय भइरहेको आयोजकले जनाएको छ । सो साँझको होस्ट पत्रकार सुशान्त गाहामगरले गर्नेछन् ।
पोखरा: पोखरामा आज बिहान रोकि राखेको बसलाई टिप्परले ठक्कर दिँदा तीन जना यात्रु घाइते भएका छन् । पोखरा महानगरपालिका–२५ हेमजास्थित बडहरेमा पोखराबाट म्याग्दीतर्फ जाँदै गरेको ग १ ख ७००२ नम्बरको बस रोकि यात्रु चढाउँदै गरेको अवस्थामा सोही दिशातर्फ तर्फ जाँदै गरेको ग १ ख ९१४२ नम्बरको टिप्परले ठक्कर दिएको थियो । बसलाई टिप्परले ठक्कर दिँदा बस चढ्दै गरेका म्याग्दीको धौलागिरी गाउँपालिका–५ बस्ने ८४ वर्षीय हर्कलाल छन्त्याल, टिप्पर चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भएका ३१ वर्षीय मनोज कटुवाल र टिप्परमा सवार नुवाकोट घर भएका २८ वर्षीय बुद्ध घले घाइते भएका हुन् । घाइते छन्त्यालको फिस्टेल अस्पतालमा उपचारमा भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । यस्तै टिप्पर चालक र सोही टिप्परमा सवार घलेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । दुवै जनाको स्वास्थ्य अवस्थामा मध्यम रहेको प्रहरीले जनाएको छ ।
पोखरा: सञ्चारिका समूह गण्डकी प्रदेशले प्रदान गर्दै आएको सञ्चारिका पत्रकारिता पुरस्कार संस्थाका संस्थापक अध्यक्ष दुर्गा भण्डारी र पूर्व अध्यक्ष जमुना वर्षा शर्मालाई प्रदान गरिने भएको छ । सञ्चारिका पत्रकारिता पुरस्कार २०७९ बाट भण्डारी र २०८१ बाट शर्मालाई पुरस्कृत गरिने भएको हो । नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्कीको संयोजकत्वमा, वरिष्ठ सञ्चारकर्मी शान्ति गुरुङ र सञ्चारिकाका पूर्व अध्यक्ष सुष्मा पौडेल सदस्य रहेको छनोट समितिले दुवैलाई पुरस्कारका लागि सिफारिस गरेको हो । विसं २०५३ देखि जनआस्था साप्ताहिकबाट पत्रकारिता सुरु गरेकी भण्डारी यसअघि गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार, ‘प्रेस चौतारी पत्रकारिता पुरस्कारवाट सम्मानित भइसकेकी छिन् । भण्डारी प्रेस काउन्सिलका पूर्व सदस्य हुन् । यस्तै २०५७ सालमा धवलप्रभात मासिकवाट पत्रकारिता सुरु गरेकी वर्षा यसअघि टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार, रासस गण्डकी प्रदेश उत्कृष्ट सम्वाददाता पुरस्कार, पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार जस्ता थुप्रै पुरस्कारवाट सम्मानित भइसकेकी छिन् । शर्मा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष हुन् । पोखरा किन्डर गार्डेनका संस्थापक प्रधानाध्यापक कमला प्रधानले २ लाख रुपैंयाको अक्षयकोष राखी यो पुरस्कार स्थापना गरेकी हुन् । पुरस्कारको राशि २० हजार रुपैयाँ र सम्मानपत्र छ । यस्तै, गुरुङ ब्युटी एकेडेमी जर्नालिज्म अर्वाड म्याग्दीकी देवी जिसीलाई प्रदान गरिने भएको छ । सोही छनोट समितिले सञ्चारिका समूह गण्डकीले प्रदान गर्दै आएको यो पुरस्कारका लागि जिसीलाई सिफारिस गरेको थियो । जिसी सञ्चारिका समुह नेपाल जिल्ला शाखा, म्याग्दीकी अध्यक्ष हुन् । सौन्दर्य व्यवसायी चिनु गुरुङले गुरुङ ब्युटी एकेडेमीको नाममा यो पुरस्कार स्थापना गरेकी हुन् । पुरस्कारको राशि १० हजार रुपैयाँ र सम्मानपत्र छ ।
गण्डकी: पोखरा महानगरपालिका वडा नं २१ रामदीस्थित एकहाते देवी मन्दिरमा १७औँ शताब्दीदेखि नै पूजाआजा हुँदै आएको छ । साविक कृस्ती नाच्ने चौर गाउँ विकास समिति वडा नं ४ स्थित रामदीमा रहेको यो मन्दिर मट्टीखान कालिका कोट स्थापना भएपछि विसं १७५९ मा स्थापना गरिएको उल्लेख छ । पहिले आसपासका सर्वसाधारणले मात्र पूजाआजा गर्दै आएको यस मन्दिरमा अहिले भने टाढाटाढाबाट दर्शनार्थीहरू आउने गरेको मन्दिरका प्रमुख संरक्षक एवम् सल्लाहकार विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । किंवदन्ती अनुसार प्राचीन कालमा पोखरा जलमग्न भएको समयमा यस मन्दिर रहेको ठाउँ एक हात मात्र जमिन बाँकी रहेकाले त्यसलाई आधार मानेर यस ठाउँको नाम नै एकहाते भनिएको हो । एकहातेमा स्थापित भएका कारण यहाँस्थित देवीलाई एकहाते देवीका रुपमा पूआजा गरिएको हुनसक्ने उहाँले बताउनुभयो । मन्दिरमा श्रद्धाभक्तिपूर्वक पूजाआजा गरेमा मनले चिताएको पुुग्ने विश्वासका कारण पनि यहाँको महिमा र गरिमा चुलिएको उहाँको भनाइ छ । मन्दिरमा बराह र देवीको पूजाआजा हुने गरेको छ । तत्कालीन समयमा स्थानीयले ढुङ्गा र माटोको प्रयोगबाट मन्दिर निर्माण गरी खरले छाएको र पछि सामान्य जस्तापाताले छाइएको थियो । अहिले भने प्यागोडाशैलीको मन्दिर निर्माण गरिएको छ । मन्दिर स्थापना यता विभिन्न समयमा मन्दिर जीर्णोद्धार हुँदै वर्तमान अवस्थामा आइपुुगेको रामदी एकहाते टोल विकास संस्थाका अध्यक्ष कृष्ण देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार १९९० सालको भूूकम्पपछि जीर्णेद्धार गरिएको मन्दिर त्यस यता पनि जीर्णेद्धार एवम् मर्मत सम्भार गरिदै आइएको थियो । विसं २०७२ को भूकम्पबाट पनि क्षतिग्रस्त भएपछि हालै प्यागोडा शैलीको पक्की मन्दिर निर्माण गरिएको छ । हालको मन्दिर निर्माणका लागि मन्दिरका प्रमुख संरक्षक विष्णुुप्रसाद पौडेलले रु पाँच लाख ५५ हजार ५५ सहित मन्दिरको अगाडि बाघको दुुईवटा मूर्ति समेत निर्माणमा सहयोग गर्नुुभएको देवकोटाले जानकारी दिनुभयो । मन्दिर निर्माणमा महानगरपालिका, समाजसेवी, चन्दादाताआदिबाट सहयोग प्राप्त भएको उहाँको भनाइ छ । मन्दिरमा शीलामा कुदेर बनाइएको शीलाको मूर्ति छ । प्रत्येक वर्षको बडा दसैँ र चैते दसैँका समयमा मन्दिरमा विशेष पूजाआजा हुँदै आएको छ । यस समयमा श्रद्धालु भक्तजनले चढाएको भेटी सङ्कलनबाटै पूजाआजा सञ्चालन गर्ने गरिएको छ । देवकोटाका अनुसार मन्दिरको संरक्षणका निम्ति विसं २०७९ सालमा मन्दिर व्यवस्थापन समिति गठन गरी जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता गरिएको छ । मन्दिर परिसरमा रहेको छ आना एक पैसा जग्गा २०३२ सालको नापीमा व्यक्तिका नाममा दर्ता भएपनि उहाँहरूबाट स्वतस्फूर्त मन्दिरलाई नै फिर्ता भएको देवकोटाले जानकारी दिनुभयो । पर्यटकीय रुपमा पनि उत्तिकै महत्वपूर्ण एकहाते देवी मन्दिर पर्यटकीय रुपमा पनि उत्तिकै सम्भावना भएको स्थानमा रहेका कारण यस तीर्थस्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सक्ने देखिएको छ । पर्यटन राजधानी पोखराको मनमोहक स्थानमा अवस्थित यहाँबाट उत्तरतर्फ लहरै देखिने चाँदी जस्तै टलक्क टल्कने हिम शृङ्खला, पूर्वतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसहितको पोखरा बजार, बायाँतर्फ विश्व शान्ति स्तूप, पुम्दीकोटस्थित विशाल महादेव मूर्ति ९भूमेश्वर महादेव० लगायतका दृश्यले जोकोहीलाई लोभ्याउने गरेको छ । मन्दिरको इतिहास, यहाँको भूबनोटसँगै पर्यटकीय सम्भावनालाई जोड्न सकेमा यसलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्न सकिने स्वतन्त्र पत्रकार सङ्घ कास्कीका अध्यक्ष कृष्ण रानाभाटले बताउनुभयो । “हामी यस्ता ऐतिहासिक सम्पदाको प्रवद्र्धन गर्न नसक्दा पछाडि परिरहेका छौँ”, उहाँले भन्नुुभयो, “इतिहास, संस्कृति र पर्यटकीय सम्भाबनालाई उजागर गर्न सकेमा यो स्थल पोखरामा आउने जोकोहीका लागि पुग्नैपर्ने गन्तव्यका रुपमा स्थापित बन्ने पक्का छ ।” यस्ता ऐतिहासिक सम्पदाको संरक्षण र विकाससँगै पर्यटकीय उपयोग हुनु अपरिहार्य भएको बताउँदै उहाँले यसका लागि सरोकारवाला सबैको सामुहिक प्रयास आवश्यक हुनेमा जोड दिनुभयो ।
पोखरामा राँगाले हानेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका ३३ स्थायी घर भएका ३७ वर्षे धनञ्जय आचार्यको मृत्यु रहेका छन् । आचार्यको आफ्नै माइला दाजुको सुरौदीस्थित भैंसी फारममा पालो दिन गएका बेला राँगोको आक्रमणमा परी मृत्यु भएको बताइएको छ । उनका जेठा दाजु शिव आचार्य पोखरा ३३ का पूर्व वडाध्यक्ष हुन् ।
पोखरा महानगरपालिका भित्रका मुख्य चोकहरुमा जडित टाफिक लाइट सञ्चालनमा ल्याइएको छ । लाइट जडान भएको झण्डै एक वर्ष पुग्न लाग्दाजिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डेयले नेतृत्व गर्दै मंगलबारबाट सञ्चालनमा ल्याइएको हो । पाण्डेयले भर्खरै मात्र कास्की ट्राफिकको जिम्मेवारी सम्हालेकी आएकी हुन् । उनले पैदलयात्री र सवारी चालकलाई अभ्यस्त बनाउनका लागि दर्जनौ ट्राफिक प्रहरी फिल्डमा खटिएको बताइन् । ‘अभ्यास होइन यो अब सिस्टम र प्रविधिले जतिसम्म धान्छ यसको प्रयोग निरन्तर नै हुन्छ ।’ उनले सुनगाभा न्यूजसँग भनिन्, । अहिले पैदल यात्री र सवारी चालकलाई अभ्यस्त बनाउनका लागि सकस परिरहेको छ । त्यसकारण ट्राफिक प्रहरी जेब्रा क्रसिङको लाइनमा बसेर निर्देश गरिरहेका छन् । पोखराको मुख्यचोक लखनचोक, सृजनाचोक, महेन्द्रपुल, सभागृह लगायतका चोकहरुमा गत वर्ष सडक विभागले ट्राफिक लाइट जडान गरेको थियो । यद्यपी यसलाई प्रयोगमा ल्याउन पहल गरिएपनि सवारी साधनको सन्तुलन र अप्रेशन गर्ने सफ्टवेरका कारण सञ्चालनमा आउन सकेको थिएन । थप तस्बिरहरु:
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले बडा दशैंको दिन विभिन्न स्थानमा बस सेवा उपलब्ध गराउने भएको छ । कास्कीको विभिन्न ७ रुटमा कुल १८ वटा निशुल्क बस सेवा सञ्चालन गर्ने सहायक प्रमुख जिल्ला अधिकारी तथा सूच्ना अधिकारी शिव लम्सालले जानकारी दिए । उनका अनुसार पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी अन्तरगत फोदी, हेमजा, हरिचोक र पृथ्वीचोक रुटमा ३ वटा, स्थानीय यातायात कम्पनी अन्तरगत कोत्रेदेखि पृथ्वीचोक, चिप्लेढुंगा हुँदै बागलुङ बसपार्कसम्म २ वटा बस सञ्चालन हुनेछ । यस्तै पोखरा यातायात प्रालिको लामाचौर, बगर, महेन्द्रपुल,विरौटा हुदैं छोरेपाटनसम्म ३ वटा बस,महेन्द्रगुफा, महेन्द्रपुल चिप्लेढुंगा हुदैं लेकसाइड ३ वटा र काहुँखोला, पृथ्वीचोक हुदै हल्लनचोकसम्म ३ वटा बस सेवा सञ्चालन हुनेछ । यसैगरी बेगनास पोखार यातायात प्रालि अन्तरगत बेगनासताल, तालचोक, पृथ्वीचोक हुँदै बागलुङ बसपर्का २ वटा बस र राजाको चौतारा, सातमुहाने, खुदी हुँदैं बागलुङ बसपार्कसम्म २ वटा बस सेवा प्रदान हुनेछ ।
तोकिएको अधिकतम खुद्रा मूल्य रु २० को पानीको बोतल रु १ सयमा बेचेपछि जिल्ला प्रशासन कार्यालयले पोखरा–६ बैदामस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एण्ड बारलाई रु २ लाख जरिवाना गरेको छ । पानी प्रशोधक कम्पनीले तोकेको अधिकतम मूल्यभन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐनबमोजिम कारबाही उक्त रेस्टुरेन्टलाई गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताउनुभयो । सोही स्थानका एक ग्राहकले रु २० पर्ने एक बोतल मिनरल वाटर रु एक सय तिरेको बिलसहित प्रशासनमा सिकायत गरेका थिए । स्थानीय प्रशासनले सो रेष्टुरेष्टलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ८ बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड (ख) बमोजिम जरिवाना गरिएको जनाएको छ ।