पोखरा: नेपाल परिवार नियोजन संघ कास्की शाखाले शुक्रबार पोखरा महानगरपालिका वडा नं २ स्थित विन्ध्यवासिनी माविमा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान संचालन गरेको छ । संघले किशोर किशोरी तथा युवालाई लक्षित...

पोखरा:    पोखरा महानगरपालिका १३ का बासिन्दाले पोखराको फिस्टेल हस्पिटलमा उपचार गर्दा छुट पाउने भएका छन् ।  वडा कार्यालय र अस्पालबिच सोमबार भएको सम्झौता अनुसार अस्तापलबाट प्रदान गरिने विभिन्न शिर्षकको सेवामा ५ प्रतिशत छुट दिइने भएको हो ।  पोखरा महानगरपालिका १३ का वडाध्यक्ष किरण बराल र फिस्टेल हस्पिटल एण्ड रिसर्च सेण्टर प्रालिका अध्यक्ष डा. भोला श्रेष्ठ र मेडिकल डाइरेक्टर दिपेश कार्कीबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।  उक्त सम्झौतामा वडाबासीका लागि ओपिडी टिकट, यूसिजी, यूजिआई इन्डोस्कोपी, इसिजी, एक्सरे, सिटी स्क्यान, बेड शुल्क, ल्याब टेष्ट, हेल्थ प्याकेज, फार्मेसीलगायत सेवामा ५ प्रतिशत छुट दिइने उल्लेख गरिएको वडाध्यक्ष किरण बरालले जानकारी दिए ।  अस्पतालसँग छुट दिने गरी पोखराका ३३ वडामध्ये पोखरा १३ ले सुरुवात गरेको वडाध्यक्ष बरालले बताए । उनले भने, ‘३३ वडा मध्ये यो पहिलो हो । यो सम्झौतापछि वडाबासी राहत पाउन अपेक्षा लिएको छु ।’  

पोखरा:   पोखरामा पार्किङ गरेर राखेको मोटरसाइकल चोरी गरेको आरोपमा सुवास तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।  पोखरा महानगरपालिका–१४ सितलटोलमा पार्किङ गरेर राखेको ग १५ प ३१९ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले सुवासलाई पक्राउ गरेको हो ।  पार्किङमा रोकी राखेको मोटरसाइकलमा नक्कली चावी प्रयोग गरेर चोरी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:    पोखरामा विद्यार्थीलाई कुटपिट गरेर घाइते बनाएको आरोपमा प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ ।  पोखरा महानगरपालिका–३२स्थित युनिभर्स ईङ्लिस बोर्डिङ कक्षा ५ मा अध्ययनरत विद्यार्थीलाई कुटपिट गरेर घाइते बनाएको आरोपमा शिक्षक सुदिप अधिकारीलाई हिजो (आइतबार)पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  कास्कीको रुपा गाउँपालिका–६ घर भई युनिभर्स इङ्लिस बोर्डिङ स्कुलमा कार्यरत शिक्षक सुदिप अधिकारीले विद्यार्थीले होमवर्क नगरेको अक्षर नराम्रो भएको भन्दै जेठ १३ विद्यार्थीलाई कुटपिट गरि घाइते बनाएको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।  पक्राउ परेका शिक्षक अधिकारीलाई जिल्ला अदालत कास्कीबाट बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ अन्तर्गतको कसुरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।  उक्त कसुरमा १ वर्ष सम्म कैद र ५० हजार जरिवाना हुने कानूनी व्यवस्था रहेको छ ।   

पोखरा:     नेकपा एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा जीवन आचार्य निर्वाचित भएका छन् ।   सोमबार सम्पन्न भएको मतगणनामा आचार्यले  २ सय ७७ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी दीपक पौडेलले २ सय १० मत पाए ।  यस्तै उपाध्यक्षमा २सय ८४ मतसहित नरेन्द्र ढुङ्गाना निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी मोहन गुरुङले २ सय ३ मत प्राप्त गरे ।   सचिवमा २ सय ७० मतसहित सुशिल बस्नेत निर्वाचित भए । उपसचिवमा विष्णुप्रसाद गौतम र महिला उपसचिवमा हरिमाया विश्वकर्मा निवाचित भए ।    बिहान ८ बजेपछि सुरु भएको मतदान साढे १२ बजेतिर सकिएको थियो । मतदानका लागि २४ वटा विद्युतीय मतदान मेसिन राखिएको थियो । ४ सय ९८ मतदाता रहेका ४ सय ८८ मत खसेको निर्वाचन समितले जनाएको छ । महानगरमा हुने १ सय १ पदमध्ये निर्वाचन हुने ८७ मध्ये २२ जना सदस्य निर्विरोध भइसकेका छन् ।

पोखरा:     गण्डकी प्रदेशमा आजदेखि श्रमाधान रोजगार मेला सुरु भएको छ ।  भोलि सकिने मेला पोखरा इभेन्ट सेन्टरमा आजदेखि सुरु भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा होटल संघ नेपाल (हान) को संयोजन र सह–आयोजकमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका सरोकारवाला संस्थाहरु रहेका छन् । मेलाको उद्घाटन श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्याल तथा गण्डकी प्रदेशका मुख्यमन्त्री शुरेन्द्रराज पाण्डेले संयुक्तरूपमा गरे ।    मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका यूवाहरुको सम्वन्धमा डाटाबेस निर्माणमा योगदान गर्ने मेलको लक्ष्य छ । मेलामा विभिन्न प्रकारका बुथ तथा स्टलहरु राखिनेछन् । जसमा बायोडाटा निर्माण सिकाइ बुथ, विभिन्न रोजगारदातासँग सम्बन्धित बुथ, वैदेशिक रोजगार बुथ, कल सेन्टर बुथ, लगायतका तीन दर्जन वटा स्टल तथा बुथहरु रहेका छन् ।   तस्बिर सौजन्य:प्रेम थापा/इभेन्ट पोखरा            

पोखरा:    पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।    कास्की प्रहरीका अनुसार आज (सोमबार) बिहान पोखरा महानगरपालिका–१३ गौडाकोमुखस्थित लामाचौरतर्फ जाँदै गरेको ग १ ख ६३९४ नम्बरको टिप्परलाई सोही दिशातर्फ जाँदै गरेको लु ८७ प ९५२० नम्बरको मोटरसाइकलले   ओभरटेक गर्दा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी मीनबहादुर खड्काले जानकारी दिए ।    उनका अनुसार सो दुर्घटनामा परि मोटरसाइकल चालक पोखरा महानगरपालिका–१४ चाउथे बस्ने २९ वर्षीय कमल थापा क्षेत्री र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका घर भई पोखरा १३ काँहुखोला बस्ने बबिता रिमाल घाइते भएकी थिइन् ।   घाइते मध्ये गम्भीर भएकी रिमालको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो  अहिले मोटरसाइकल चालक थापाको भने उपचार भइरहेको छ ।   दुर्घटनापछि टिप्पर र चालकलाई नियन्त्रणमा लिइएको  कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:    गण्डकी प्रदेशमा आजदेखि श्रमाधान रोजगार मेला सुरु हुँदै छ। पोखराको ईभेन्ट सेन्टरमा हुन लागेको मेलाको सम्पूर्ण तयारी पूरा भएको श्रम तथा रोजगार कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले जानकारी दिए।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा होटल संघ नेपाल (हान)को संयोजन र सह–आयोजकमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका सरोकारवाला संस्थाहरु रहेका छन् । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्याल तथा गण्डकी प्रदेशका मुख्यमन्त्री शुरेन्द्रराज पाण्डेले संयुक्तरूपमा उद्घाटन गर्ने कार्यक्रम छ।   मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका यूवाहरुको सम्वन्धमा डाटाबेश निर्माणमा योगदान गर्ने उनको भनाइ छ । मेलामा रोजगारदाताहरुको सूचीकरण र रोजगारीका अबसरको पहिचान गरिने बताए । मेलामा विभिन्न प्रकारका बुथ तथा स्टलहरु राखिनेछन् । जसमा बायोडाटा निर्माण सिकाइ बुथ, विभिन्न रोजगारदातासँग सम्बन्धित बुथ, बैदेशिक रोजगार बुथ, कल सेन्टर बुथ, लगायतका कम्तिमा ३५ वटा स्टल तथा बुथहरु हुनेछन् । मेलामा श्रमाधानका बहुआयामीक पक्षबारे सम्वाद समेत हुनेछ। सीप विकास तथा क्षमता अभिवृद्धि, सामाजिक सुरक्षा, सुरक्षित आप्रवासन, श्रम कानून र रोजगारदाता तथा रोजगार खोजी गर्नेको आवश्यकता सम्बन्धि अन्तरक्रिया हुनेछ । त्यस्तै स्थानीय संस्कृति झल्किने खालका सांस्कृतिक कार्यक्रम समेत हुनेछन् ।

कास्की:   पोखरा महानगरपालिका वडा नम्बर १ विद्यालयस्तरीय छात्र÷छात्रा बास्केटबल प्रतियोगिताको उपाधि स्पाइरल ग्यालेक्सी मावि र विन्ध्यश्वरी आदर्श बोर्डिङ स्कुलले जितेको छ ।   पोखरा महानगरपालिका १ खेलकुद विकास समितिको आयोजनामा टुडिखेलमा भएको फाइनल खेलमा छात्रतर्फ करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) लाई स्पाइरल ग्यालेक्सी माविले २५–२३ ले हराउँदै च्याम्पियन बनेको हो ।    यस्तै छात्रातर्फ विन्ध्यश्वरी आदर्शले राष्ट्रिय माविलाई १७–३ ले हराउँदै उपाधि उपाधि जितेको हो ।  छात्रतर्फ राष्ट्रिय मावि र छात्रातर्फ करुणानिधी एजुकेशन फाउण्डेशन (केफ) तृतीय स्थान हाँसिल गरेको संस्थाका सचिव अनिश गुरुङले जानकारी दिए । (छात्रतर्फको विजेता स्पाइरल ग्यालेक्सी)   उनका अनुसार छात्रतर्फ उपाधि जितेको स्पाइरल ग्यालेक्सीले नगद रु १५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे भने उपविजेता बनेको केफले नगद रु १२ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।    यस्तै तृतीय बनेको राष्ट्रिय माविले नगद रु ८ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।    छात्रातर्फ च्याम्पियन बनेको विन्ध्यश्वरीले नगद रु १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । (छात्रातर्फको विजेता विन्ध्यश्वरी आदर्श)   यस्तै द्वित्तीय बनेको राष्ट्रिय मावि र तृतीय बनेको केफले क्रमश नगद रु  ८ हजार र ५ हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।   सो प्रतियोगितामा छात्रतर्फ स्पाइरलका प्रवेश तिवारी र छात्रातर्फ विन्ध्यश्वरीकी साइना बुद्धचार्य सर्वाेत्कृष्ट खेलाडीका रुपमा ट्रफिद्वारा पुरस्कृत भइन् । यस्तै छात्रातर्फ हाइस्कोररका रुपमा विन्ध्यश्वरीकी प्रशंसा कार्की र छात्रतर्फ केफका विशेष धिताल ट्रफि र प्रमाणपत्रसहित पुरस्कृत भए ।   सो प्रतियोगितामा कुल १३ वटा विद्यालयबाट छात्रातर्फ ४ टिमको सहभागिता रहेको थियो भने छात्रतर्फ ८ टिमको सहभागिता रहेको थियो ।    राष्ट्रिय माविलाई रनिङ शिल्ड   विद्यालयस्तरीय बास्केटबलमा छात्रातर्फ उपविजेता र छात्रतर्फ सान्त्वना स्थान हाँसिल गरेपनि राष्ट्रिय माविले रनिङ शिल्ड जितेको छ ।   राष्ट्रिय माविले १ वटा स्वर्ण, २ वटा रजत र ३ वटा कास्य पदक जित्दै रनिङ शिल्ड जितेको हो ।   राष्ट्रिय माविले ५ किलोमिटर दौडमा छात्रतर्फ उमेश विक (स्वर्ण) र सोही स्कुलकै सन्देश राईले रजत पदक जितेको संस्थाका अध्यक्ष विष्णु गुरुङले जानकारी दिए । उनका अनुसार कास्य पदक भने संस्कृत माविका आशिष सुनारले जिते  ।  यस्तै छात्रतर्फ रत्न आधारभूतकी भिममाया गुरुङले स्वर्ण, केफकी वर्षा कुँवरले रजत र राष्ट्रिय माविकी भूमिका सुनारले कास्य पदक जितेकी थिइन् ।   उनीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष, तथा पोखरा महानगरपालिकाका सल्लाहकार तेज गुरुङ, पोखरा महानगपालिका १ का वडाध्यक्ष साहारा प्रधान, नेपाल बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष जुम प्रसाद गुरुङ, पोखरा महानगरपालिका १ का जनप्रतिनिधिहरु, राष्ट्रिय मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणा, आयोजक संस्थाका अध्यक्ष विष्णु गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

पोखरा:    “हाम्रो सदिक्षाः युवालाई रोजगारी, बालबालिकालाई शिक्षा” भन्ने मुल नाराका साथ सञ्चालीत हाम्रो नयाँ अवसर सामुदायीक संस्था–(ओनो) नेपालले शनिबार कास्की र म्याग्दीमा छात्रवृत्ति वितरण गरेको छ । कन्या मावि पोखरा नदिपुरमा आयोजित कार्यक्रमा सामुदायिक विद्मालयमा अध्यनरत गरिब तथा जेहेनदार विद्मार्थीलाइ नगद तथा जिन्सीसहित छात्रवृत्ति प्रदान गरको हो । कार्यक्रममा कन्या मावि ,अम्बिका मावि ,भुमेश्वर मावि , फुम्रो खौ मावि, सरस्वती टीका, जनता आधारभुत साथै ज्ञानज्योतिका गरि सात विद्मालयका ४६ जना विद्मार्थीलाई अभिभावकको उपस्थितिमा छात्रवृत्ति प्रदान गरेको छ ।  कन्या मावि व्यवस्थापन समिति अध्यक्ष चिरञ्जिबी द्धवले छोटो समयमा कास्की, म्याग्दी ,लमजुङ्ग,चितवनमा क्षेत्र विस्तार गरि उल्लेखनीय कार्य गरेकामा विषेश धन्यवाद दिदै यस्ता परोपकारी संस्थालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।  कार्यक्रममा सल्लाहकार डिल्लिराम आर्चाय, कन्या मा.वि प्रचार्य  यम ब। बुढाथोकी, जानज्योतिका प्र.अ यम कार्की, फुम्रो खौ माविका शिक्षक खगराज भण्डारी साथै भुमेश्वर आ.वि माछापुच्छे« शि.अ.स.अध्यक्ष बसन्त अधिकारीले धारण राखेका थिए ।  विद्मार्थीको तर्फबाट कन्याका आरती तिलिजा,अम्विका बाट निश्चल रानामगर,भुमेश्वर आ.वि बाट यूनिका तामाङ्ग लगायतले ओनो परिवारलाई शिक्षाको यौ सुनौलो  अवसर प्रदान गरेकोमा हार्दिक धन्यवाद दिएका थिए ।    संस्थाका अध्यक्ष देवीलाल शर्मा दाहालले आज पोखरामा ४६ र म्याग्दीको रितुङ्गा मा.वि, अमर मा.वि चिमखोला,जनसुन्दर आ.वि रघुगंगा, रघुगंगा आ.वि साथै जनसेवा  आ।विमा गरि थप २५ विद्मार्थीलाई छात्रवृत्ति प्रदान गरेको स्पष्ट पार्दै लमजुङ र चितवनका विद्मार्थीलाइ छिटै प्रदान गर्ने तयारी रहेको उल्लेख गरे  ।