गण्डकी प्रदेशका २१ खेलाडीलाई प्रोत्साहन र सम्मान

पाेखरा | असार २१, २०८१

गण्डकी प्रदेशका २१ खेलाडीलाई प्रोत्साहन र सम्मान

पोखरा:    गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका २१ खेलाडीलाई प्रोत्साहन सहित सम्मान गरेको छ । 


विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भई पदक जितेका खेलाडीलाई शुक्रबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच सम्मान गरिएको हो । 


नगद, माला र सम्मान पत्र सहित सम्मान गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले प्रदेश सरकारले खेलाडीलाई उत्साह थप्ने काम गरेको उल्लेख गर्नुभयो । खेलबाट भविष्य बनाउने बाटो खुुलेको र प्रदेश सरकारले पनि खेलकुदमा थुुप्रै लगानी गरेको भनाई उहाँको छ । 


मन्त्रालयका सचिव प्रकाश पौडेलले प्रोत्साहन तथा सम्मानका लागि सबै सेक्टरका खेलाडीहरुलाई समेट्ने प्रयास गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा मन्त्रालयले मोडालिटी परिवर्तन गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो । खेलकुद प्रतियोगितालाई व्यवस्थित बनाउन प्रदेश सरकार लागि परेको भनाई उहाँको छ । 


प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले पिडा बोकेर खेलाडीले जिविकोपार्जन गर्ने अवस्थाको सिर्जना नहुने गरी नै काम भइरहेको बताउनुभयो । आकस्मिक बिमाको सुरुवात गर्दै खेलाडीलाई प्रोत्साहन थप्ने काम भएको भनाई उहाँको छ । 

 

मन्त्रालयले सम्मान गरेका खेलाडी


बिनिता सार्की–मोर्डन पेन्टाथलन

विशाल बस्नेत–ह्याण्डबल

राजेश बास्कोटा–जिम्न्याष्टिक

पवित्रा गुरुङ–हक्की

योगेन्द्र थापा–उशु

रेखमायाँ गुरुङ– तेक्वान्दो

संदिप बराल–फेन्सिङ

प्रियाङ्का बर्मा–बक्सिङ

विवेक हमाल–बडीविल्डङ्ग

प्रदिप रेग्मी– मेन्स स्पोर्टस फिजिक

मोनिका राना मगर–आर्चरी

रिता श्रेष्ठ थापा–प्याराग्लाइडिङ

विजय महतो–सेपाक ताक्रो

मनोज श्रेष्ठ–कराते

सुरज सुनार–आइटिएफ तेक्वान्दो

ऋषीसरा थापा– एथलेटिक्स

चित्र बहादुर थापा–खोखो

पुनम गुरुङ–व्याडमिन्टन

रुपक नेपाली–फुल कन्ट्याक्ट कराते

मुना थापा–टेबुल टेनिस

पोखरा:    नेकपा एमाले कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रश्मि आचार्यले भूमिहिन र सुकुम्बासीको समस्या समाधानलाई आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् ।   उनले आफू निर्वाचित भए...

थप पढ्नुहोस्

पोखरा:     कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ ।   घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा ब...

थप पढ्नुहोस्

पोखरा:    नेकपा (एमाले)ले नेसनल भोलेन्टियर्स फोर्स गण्डकी प्रदेश र कास्की जिल्लाको युनिफाइड कमाण्ड घोषणा गरेको छ । फोर्सको प्रदेश इञ्चार्जमा सुशिल बस्नेत र फोर्सको प्रदेश प्रमुख कमान्डरमा पानबहादुर जिसी छ...

थप पढ्नुहोस्