काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू निलो रिबन गलामा भिरेर संसद् भवन पुगेका छन्।  भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन र उनको राजीनामा माग गर्दै आएको रास्वपाका सांसदहरू आज निलो र...

पोखराः  कास्की क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेका उम्मेदवार खगराज अधिकारीले मतान्तरको अग्रता कायमै राखेका छन् ।  उम्मेदवार अधिकारीले सत्ता गठबन्धनका उम्मेदवार दीपक कोइरालालाई १ हजार ४ सय ६ मतले पछि पारेका छन् ।  उनले ६ हजार ३ सय २२ मत पाउँदा उनका निकटम प्रतिद्धन्दी सत्ता गठबन्धन तथा नेकपा माओवादी केन्द्रका उम्मेदवार दीपक कोइरालाले ४ हजार ९ सय १६ मत प्राप्त गरेका छन् । अहिले मतगणना भइरहेको छ ।   

पोखराः   कास्की क्षेत्र नम्बर २ बाट  प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी शिरिष गुरुङले नयाँ अनुभव लिने अवसर मिलेको धारणा व्यक्त गरेकी छिन् ।  कास्की २ बाट राजनीति पार्टीसँगै स्वतन्त्र उम्मेदवारी दिएकी गुरुङले बिहिबार फेसबुकमा स्टाटस लेख्दै स्वतन्त्र उम्मेदवारीबाट निर्वाचनमा होमिदा नयाँ अनुभव र शिक्षा लिने अवसर पाएको बताएकी छिन् । ‘यो निर्वाचनमा प्रतिस्पर्धा हुँदैगर्दा मैले नयाँ अनुभव बटुल्ने र शिक्षा लिने अवसर प्राप्त गरे, उनले लेखेकी छिन्, ‘यस क्षेत्रबाट प्रतिनिधि सभातर्फ महिला नेतृ विद्या भट्टराई विजयी हुनुभएको छ । नेतृत्वमा महिला उम्मेदवार विजयी हुँदा गर्वावानवित भएको छु । महिलाको समस्या र उत्पीडनको बारेमा सदनमा विशेष आवाज उठाउनु हुन्छ भन्ने आशा गरेको छु ।’  निर्वाचनको अभियानका दौरान अहोरात्र स्वतन्त्र रुपमा खट्नुहने समस्त साथीहरु र आम मतदाताहरुलाई धन्यवादसहित आभार प्रकट गरेकी छिन् । सो क्षेत्रबाट विद्या भट्टराई निर्वाचित भएकी छिन् भने गुरुङ सातौ स्थानमा सिमित भइन् ।   

पोखरा:  गत मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको अन्तिम मतपरिणाम देशका विभिन्न स्थानमा धामाधम घोषणा भइरहेको छ । यसैबीच कास्कीको क्षेत्र नम्बर १ (ख) र ३ (क) को मतगणना जारी छ । यद्यपी क्षेत्र नम्बर २ को र १(क) तथा ३(ख) को सार्वजनिक भइसकेको छ ।    कास्की २ (क) मा सोही नेकपा एमालेका भीमबहादुर कार्की र २ (ख) मा नेपाली कांग्रेसका विन्दु थापा दोस्रो पटक निर्वाचित भएका छन् भने प्रतिनिधि सभा तर्फ कास्की २ बाट नेकपा एमालेकी विद्या भट्टराई यसपटक पनि निर्वाचित भएकी छिन् ।   स्वर्गीय रवीन्द्र अधिकारीको उत्तराधिकारीको रुपमा राजनीतिमा कमब्याक गरेकी भट्टराई दोस्रो पटक चुनावी मैदानमा उभिएकै कारण यस क्षेत्र विशेष चाँसोको क्षेत्र बनेको थियो ।   उनले निकटतम प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका  माधव प्रसाद कँडेललाई ४ हजार ५ सय ३ मतान्तरले पराजित गर्दै पतिको विरासतलाई मात्रै जोगाइनन् आफ्नै इतिहास् कोर्न सफल रहिन् ।  विद्याले दोस्रोपटक जीत हाँसिल गर्नु उनका स्वर्गीय पति मात्रै कारण होइन ।   उनको योग्यता, लोकप्रियता, क्षमता, इमान्दारिता, व्यवहारिक घोषणापत्र र गत कार्यकालको कार्यसम्पादन हो ।  भट्टराईले उपनिर्वाचानबाट आफूलाई जनप्रतिनिधिका रुपमा स्थापित गराई पुनः दोस्रो पटक चुनाव जित्नुले साँच्चिकै जनताको मन रिझाउन अब्बल रहेको पुष्टि गर्छ  ।    यस पटकको चुनावमा पाँच दलीय गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवाराई पराजित गर्दै दोस्रो पटक सांसद बन्ने उनको लक्ष्य पुरा भएको छ । अब जनतमाझ व्यक्त गरेका प्रतिवद्धतालाई उनले पूर्ण रुपमा कार्यान्वयन गर्नैपर्ने देखिन्छ । अन्यथा उनको सांसदमा ह्याट्रिक हान्ने रहर तुहिन सक्छ ।  त्यसैले उनले काममार्फत जनतालाई फकाउन सक्नैपर्छ ।   विद्याको कमब्याक   उदीयमान महिला नेतृको रुपमा देखिएकी भट्टराई विद्यार्थीकालदेखि नै वाम राजनीतिमा सक्रिय थिइन् ।  उनी पद्मकन्या क्याम्पसमा अध्ययनरत रहँदा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व सम्हालेकी थिइन् । शालिन व्यवहार, मेहनती स्वभाव, अध्ययनमा रुचि, नरम बोली, अति मिलनसार र कसैसँग पनि वैरभाव नगर्ने चरित्रले विद्यार्थी कालमा सबैमाझ वाहवाही थिइन् ।   यतिमात्र नभएर त्यहीसमयदेखि उनको भाषणकला पनि उत्तिकै राम्रो थियो । यही स्वभाव र क्षमताकै कारण नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रिय नेतृत्व पङ्तिमा पुग्न सफल भइन् ।    सोही समयमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेपछि उनको भूमिका बद्लियो । त्यही समयको अन्तरालमा अर्का बहुचर्चित नेता स्वर्गीय रवीन्द्र अधिकारीसँग उनको दाम्पत्य जीवन गाँसियो ।   विवाह पश्चात् उनले सफल गृहिणीको रुपमा र वैचारिक परामर्शसहित रवीन्द्रको पूर्णकालीन राजनीतिलाई सघाइन् ।  र सोही समयमै त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवामा प्रवेश गरि रत्नराज्य क्याम्पसमा शिक्षाको ज्याति फैलाइन् ।    अध्ययन, अध्यापन र अनुसन्धानात्मक कार्यलाई अगाडि बढाउँदै जादाँ समय र परिस्थितिले बाटो फेर्याे र भूमिका बद्लियो र राजनीतिमा फेरि कमब्याक भइन् । त्यसपछि उनका स्वर्गीय पति रवीन्द्रको राजनीतिक उत्तराधिकार उनीमाथि सर्यो । नेकपा एमालेले रवीन्द्रको अप्रत्यासित र असामयिक निधनले सिर्जना गरेको रिक्तताकाबीचमा उनलाई उपनिर्वाचनमा उतार्ने निर्णय गर्याे ।   त्यसपछि शोकलाई शक्तिमा बदलेर २०७६ सालमा उनी कास्की २ बाट उपनिर्वाचन जितेर पहिलो पटक संसदमा प्रवेश गरिन् । उनले स्वर्गीय रवीन्द्रको विरासत मात्र जोगाइनन् आफ्नो बौद्धिक र रचनात्मक क्षमता प्रदर्शन गर्दै अहिलेको निर्वाचनमा विजयी हुदैछुट्टै छबी बनाएकी छिन् ।   निर्वाचित भएपछि भट्टराईले दोस्रो पटक मतदाताले दिएको अवसरलाई पूर्णरुपमा सदुपयोग गर्ने बताइन् । उनले घोषणा पत्रमा उल्लेख गरेका जनमुखी कार्यक्रमलाई कार्यान्वयन गर्ने बताइन् । उनले संसदमा आवजविहिनको आवाजलाई बलियो रुपमा प्रस्तुत गर्ने, युवा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको पक्षमा काम गर्ने जनएकी छिन् ।     

पोखराः   कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले विद्या भट्टराईलाई बधाई ज्ञापन गरेका छन् । सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका बरालले सूनगाभा न्युजसँग धारणा राख्दै मतपरिमाणको समिक्षा गरेर मात्र आफ्नो विस्तृत धारणा प्रस्तुत गर्ने बताए । ‘मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष रुपमा मतदान गर्नुहुने सबै मतदातामा हार्दिक आभार, उनले भने, ‘मत सोचेजस्तो मेरो पक्षमा आएन, किन आएन भनेर मैले समिक्षा गर्न बाँकी छ । समिक्षा गरेर पुनः आफ्नो धारणा राख्नेछु ।’ विजयी उम्मेदवार विद्या भट्टराईलाई  शुभकामना व्यक्त गर्दै बरालले जनताको जनअपेक्षा अनुसार काम गर्न आग्रह गरे । कास्की २ बाट उम्मेदवार बनेका बरालले ९ हजार ६ सय ५९ मत प्राप्त गरेका थिए ।  विजयी भएका भट्टराईले १६ हजार ९ सय ९८ मत प्राप्त गरिन भने राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४ सय ९५ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका थिए ।  

पोखरा:  कास्की क्षेत्र नम्बर २ (ख) का नेकपा एमालेकी उम्मेदवार मिना गुरुङले नयाँ अनुभव बटुल्न अवसर मिलेको बताएकी छिन् ।   मतपरिणाम सार्वजनिक भएपछि सुनगाभा न्यूजसँग कुरा गर्दै गुरुङले भनिन्, ‘निर्वाचन भनेको हार र जीत नै हुन्छ । यसले गर्दा खेरी ठुलो आशा भनेको जित्ने नै हुन्छ तर हार भनेको सेकेन्ड अप्सन हो । त्यसलाई पनि स्वीकार्नुपर्छ । र आगामी दिनमा कसरी काम गर्नुपर्ने रहेछ भनेर नयाँ अनुभव बटुलेको छु ।’   उनले आफु जनप्रतिनिधिको रुपमा निर्वाचित नभएतापनि सदैब आम नागरिक, महिला तथा युवाको पक्षमा काम गर्ने बताइन् । ‘त्यो ठाउँ कानून बनाउने र विकासको काम गर्ने ठाउँ हो । त्यहाँ नभएपनि पहिले जस्तै सामाजिक अभियन्ताको रुपमा काम गर्नेछु, उनले भनिन् ‘महिला तथा युवाहरुको व्यक्तित्व विकास, सीप तथा रोजगारको व्यवस्था र हक अधिकारको क्षेत्रमा काम गर्दै आएको मान्छे हुँ । त्यसैले त्यही भूमीकाबाट सशक्त रुपमा अगाडि बढ्छु भन्ने मेरो आफ्नो संकल्प र प्रतिज्ञा छ ।’   उनले मतदाताहरुप्रति आभार प्रकट गर्दै निर्वाचित विन्दु थापालाई व्यक्तिगत स्वार्थमा लिप्त नभइकन राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा काम गर्न आग्रह गरिन् । ‘मेरो प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार विन्दु थापा ज्यूलाई विजेता हुनुभएकोमा हार्दिक बधाई छ । जनप्रतिनिधि भएपछि कुनै पार्टीको भइदैन, उनले भनिन्, ‘त्यसैले शुद्ध जनप्रतिनिधिका रुपमा इमान्दार भएर मेरो र अर्काको नभइकन । कसैको स्वार्थमा लिप्त नभई राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा आफ्नो भूमिका निर्वाह गरिदिनुहुन अनुरोध छ ।’    निर्वाचन आयोगको तथ्याङ्क अनुसार गुरुङले ७ हजार ९ सय ७१ मत प्राप्त गरेकी थिइन् भने निर्वाचित भएका नेपाली कांग्रेसका उम्मेदवार विन्दु थापाले ९ हजार २ सय ८० मत प्राप्त गरेका थिए ।    मिना गुरुङ गण्डकी प्रदेश सभाको संस्थापक सदस्य हुन् ।  

रौतहट:   रौतहटबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । उनले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गरेका हुन् । नेपालले ३३ हजार ५२२  मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ५२२ मत प्राप्त गरेका छन् ।

 चितवन:   चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् । लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याए । श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत ल्याउँदै तेस्रो स्थानमा रहे । २०७४ सालको निर्वाचनमा चितवन २ बाट एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए ।

पर्वत:  पर्वतमा प्रतिनिधिसभामा एक र प्रदेश सभामा दुई गरी तीनै सिटमा एमालेका उममेदवार विजयी भएका छन्। बिहीबार बिहान सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार प्रतिनिधि सभामा एमालेका उम्मेदवार पदम गिरीले सत्तारुढ गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई २ हजार २६३ मतान्तरले पराजित गरेका छन्। खसेका कुल मत ६६ हजार २२६ मध्ये गिरीले २९ हजार ८७२ मत पाउँदा जोशीले २७ हजार ६०९ मत पाएका छन्।  जीतसँगै एमालेका केन्द्रीय सदस्य समेत रहेका गिरीले दोस्रो पटक संसदीय यात्रा तय गरेका छन्। २०७४ सालको निर्वाचनमा पनि गिरी र जोशी नै आमनेसामने भएका थिए। गिरीले जोशीलाई १२ हजार ४५६ मतको अन्तरमा पराजित गरेका थिए। गिरीले ३९ हजार २७५ मत प्राप्त गर्दा जोशीले २६ हजार ८१९ मत प्राप्त गरेका थिए। पहिलो पटक २०५६ सालको संसदीय निर्वाचनमा पर्वत क्षेत्र नं १ बाट विजयी बनेका जोशी संविधानसभा निर्वाचन २०६४ मा तत्कालीन नेकपा माओवादीकी उम्मेदवार मनरूपा सुवेदी र २०७० मा माओवादीकै उम्मेदवार नेत्र अधिकारीलाई पराजित गर्दै लगातार तीन पटक संसदीय निर्वाचनमा विजयी भएका थिए। २०७४ सालको निर्वाचनमा चौथो र अहिले पाँचौँपटक संसदीय निर्वाचनमा होमिएका जोशीले दोस्रोपटक संसदीय निर्वाचन लडेका गिरीसँग फेरि पनि पराजित हुनु परेको हो। को हुन् गिरी ? २०३३ साल २८ फागुनमा पर्वतको दुर्लुङमा जन्मिएका पदम गिरीले समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । २०४७ मा अखिल पाँचौंमा संगठित उनी स्वतन्त्र विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पसको सदस्य, उपसभापति हुँदै सभापति भए । २०५४ मा नेकपा (एमाले) दुर्लुङ गाउँ कमिटी सचिवबाट पार्टी राजनीति सुरु गरेका गिरी २०६७ मा पर्वत जिल्ला सचिवालय सदस्य हुँदै २०७२ मा आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

काठमाडौं:   मोरङ ६ को प्रदेशसभा ‘क’बाट जीवन आचार्य  निर्वाचित भएका छन् । उनले १९ हजार ४५४ मत ल्‍याएर जित हात पारेका हुन् । उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको ज्वाइँ हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी रिता न्यौपानेले १७ हजार ५७२ मत पाएकी छन् ।