काठमाडौं:   सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ प्रतिनिधि सभामा पेश गरिएको छ । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले उक्त प्रतिवेदनमा संसद्‌मा पेश गरेका हुन्&...

बुटवल:  लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोेपनियताको शपथ लिएका छन् । प्रदेश राजधानी दाङको देउखुरीस्थित प्रदेश प्रमुखको सम्पर्क कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई शपथ दिलाएका हुन् । लगत्तै शेरनले २ जना बिना विभागीय मन्त्रीलाई पनि शपथ गराएका छन् । मुख्यमन्त्री गिरीले नेकपा एमालेबाट अर्घाखाँचीका चेतनारायण आचार्य र सत्ता साझेदार माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसीलाई मन्त्री नियुक्त गरेका थिए । यसअघि माओवादी केन्द्रबाट संसदीय दलका नेता जोखबहादुर महरा मन्त्री नियुक्त हुने चर्चा भए पनि मन्त्रालय टुंगो नलागेपछि उनले बिना विभागीय मन्त्री बन्न इन्कार गरेका छन् । रुपन्देही २ को प्रदेश सभा १ बाट निर्वाचित नेकपा एमालेका गिरी प्रदेश सभाका १० मध्ये ७ दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा संविधानको धारा १६८ को २ अनुसार बुधबार मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री गिरीले मन्त्री परिषद विस्तार गर्न थप समय लाग्ने बताएका छन् ।

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्सले भेट गर्नुभएको छ । राजदूत प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगी प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो । भेटमा प्रधानमन्त्रीले जर्मन सरकारको सहयोगमा सञ्चालित आयोजनाहरूले देशको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो । प्रधानमन्त्रीले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो सरकारको प्राथमिकता रहेको बताउँदै विगतझैँ अन्तर्राष्ट्रिय समुदायको पूर्ण सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको र अन्तर्राष्ट्रिय समुदायसँग समान कुटनीतिकसम्बन्ध रहने बताउँदै यसलाई आफूले प्रो–नेपाल पोसिली’को नाम दिएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले नयाँ सरकार शान्ति प्रक्रियाको पूर्णता, दिगो आर्थिक विकास र सामाजिक सुरक्षा लागू गर्न प्रभावकारी रूपमा लागि पर्ने बताउनुभयो । भेटमा राजदूत प्रिन्सले संसदबाट झण्डै शतप्रतिशत मतका साथ विश्वासको मत प्राप्त गर्नुभएकोमा प्रधानमन्त्रीलाई बधाइ दिनुहुँदै नेपालको पूर्वाधार विकास र समृद्धिका क्षेत्रमा जर्मन सरकारको सहयोग पूर्ण रहने बताउनुभयो ।

काठमाडौं:   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुसँग नेपालका लागि जर्मन राजदूत थ‍ोमस प्रिन्सले भेट गरेका छन्। प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार पुगी प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन्। भेटमा प्रधानमन्त्रीले जर्मन सरकारको सहयोगमा सञ्चालित आयोजनाहरूले देशको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए। प्रधानमन्त्रीले सामाजिक न्याय,सुशासन र समृद्धि आफ्नो सरकारको प्राथमिकता रहेको बताउँदै विगतझैं अन्तर्राष्ट्रिय समुदायको पूर्ण सहयोग रहने विश्वास व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको र अन्तर्राष्ट्रिय समुदायसँग समान कुटनीतिक सम्बन्ध रहने बताउँदै यसलाई आफूले प्रो९नेपाल पोलिसीको नाम दिएको बताए। प्रधानमन्त्री प्रचण्डले नयाँ सरकार शान्ति प्रक्रियाको पूर्णता,दिगो आर्थिक विकास र सामाजिक सुरक्षा लागू गर्न प्रभावकारी रूपमा लागिपर्ने बताए। भेटमा राजदूत प्रिन्सले संसदबाट झण्डै शतप्रतिशत मतका साथ विश्वासको मत प्राप्त गरेको भन्दै प्रधानमन्त्रीलाई बधाइ दिँदै नेपालको पूर्वाधार विकास र समृद्धिका क्षेत्रमा जर्मन सरकारको सहयोग पूर्ण रहने बताए।

काठमाडौँ:  नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले औपचारिक रूपमा एकीकृत कारोबार सुरु गरेका छ । नेपाल इन्भेस्टमेन्ट बैङ्क र मेगा बैङ्क आपसमा गाभिएर बनेको नेपाल इन्भेस्टमेन्ट बैङ्कले ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नाराका साथ बुधबारदेखि एकीकृत कारोबार सुरु गरेको हो । काठमाडौँमा बुधबार आयोजित कार्यक्रममा नेपाल इन्भेस्टमेन्ट बैङ्कका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैङ्क नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रूपमा एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गर्नुभयो । नेपाल इन्भेस्टमेन्ट र मेगा बैङ्कबीच सेयर स्वाप अनुपात १००ः९० रहने गरी मर्जर भएको हो । नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कको चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपियाँ, कुल सम्पत्ति चार खर्ब ७१ अर्ब रुपियाँ र कुल पुँजी ५८ अर्ब रुपियाँ पुगेको छ । त्यस्तै कुल निक्षेप तीन खर्ब ६० अर्ब र कुल कर्जा तीन खर्ब २९ अर्ब रुपियाँ रहेको सो बैङ्कले जनाएको छ ।  मर्जरपछि यो बैङ्कको शाखा सञ्जाल २९६, एक्सटेन्सन काउन्टर ५९, एटीएम २७९ र ग्राहक सङ्ख्या ३० लाखभन्दा बढी रहेको पनि बैङ्कले जनाएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कको अध्यक्षमा साबिक इन्भेस्टमेन्ट बैङ्कका अध्यक्ष पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहनुभएको छ । नयाँ सञ्चालक समितिमा दुवै बैङ्कका सञ्चालकको प्रतिनिधित्व रहनेछ । 

काठमाडौँ:  बागमती  प्रदेशका मुख्यमन्त्री  सालिकराम जमरकट्टेल लाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड द्वारा बधाई दिनुभएको छ ।   बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालले मुख्यमन्त्री जमरकट्टेललाई बधाई दिनु भएको हो । 

सुर्खेत:  कर्णाली प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ । एमाले पार्टी कार्यालय वीरेन्द्रनगरमा बिहानैदेखि छलफलमा जुटेका नेकपा माओवादी केन्द्र र एमालेका नेताहरुबीच यस्तो सहमति भएको हो । प्रदेश सरकारको नेतृत्व पाँचै वर्ष नेकपा माओवादी केन्द्रलाई दिने शीर्ष नेतृत्वले निर्णय गरे पनि प्रदेशमा त्यसलाई उल्ट्याइएको छ ।   ‘केन्द्रकै निर्णय अनुसार अघि बढ्न धेरै प्रयास गर्‍यौं । तर मान्दै नमानेपछि आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका छौं,’ माओवादीका एक नेताले भने ।   सहमति पछि पहिलो कार्यकालमा नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री बन्ने छन् र उनले आजै दाबी पेश गर्दै छन् ।   देश प्रमुख तिलक परियारले सरकार गठनका लागि आज ५ बजे भित्र दावी पेश गर्ने समय दिएका छन् ।

काठमाडौं:  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन राजा पुथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणमा महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो छ । बुधबार पुथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा शुभकामना वक्तव्य जारी गर्नुहुँदै सभापति देउवाले सो कुरा बताउनुभएको हो । शाहले अवलम्वन गर्नुभएका स्वावलम्वी र आत्भनिर्भर अर्थतन्त्र, परराष्ट्र लगायतका कतिपय नीतिहरु आज पनि उत्तिकै सान्दर्भिक  रहेको सभापतिको भनाइ छ । वक्तव्यमा भनिएको छ, ‘‘तत्कालीन समयमा छरिएर रहेका स–साना राज्यहरुलाई एकीकरण गरी सबैमा एकता कायम गर्दै आधुनिक नेपाल निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउनु भएका शाहले अवलम्वन गर्नु भएका स्वावलम्वी र आत्भनिर्भर अर्थतन्त्र, परराष्ट्र लगायतका कतिपय नीतिहरु आज पनि उत्तिकै सान्दर्भिक रहेका छन् ।’’ सभापति देउवाले राष्ट्रिय एकता दिवसले पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन प्रेरणा प्रदान गर्न सकोस् भन्नुहुँदै सुख, शान्ति र समृद्धिको शुभकामना समेत व्यक्त गर्नुभयो ।  

काठमाडौँ:  स्ववियु परिषद्ले स्ववियु निर्वाचन गर्ने निर्णय छिटो गर्न त्रिभुवन विश्वविद्यालयसँग माग गरेको छ । परिषद्ले बुधबार एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि विभिन्न बहानामा स्ववियु निर्वाचनको मिति घोषणा गर्न आलटाल भएका भन्दै यस्ता गतिविधिले त्रिभुवन विश्वविद्यालयको चरित्र र नैतिकतामाथि प्रश्न उठेको जनाएको हो ।  परिषद्का अध्यक्ष निराजन नेपालद्वारा जारी विज्ञप्तिमा स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपाल, स्ववियु निर्वाचनका लागि सदैव तयार रहेको भन्दै विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकेर गरेको पत्राचारको अक्षरंश पालना गर्न त्रिविलाई ध्यानाकर्षण गराएको  छ ।    स्ववियु चुनावको कार्यतालिका जारी अगावै स्नातक तहको परीक्षाको नतिजा प्रकाशित गर्न पनि परिषद्ले माग गरेको छ । स्ववियु निर्वाचनको कार्यतालिका यथाशीघ्र निकाल्न र निर्वाचन भव्य, सभ्य तरिकाले  सम्पन्न गर्न पनि परिषद्ले त्रिविलाई आग्रह गरेको छ । त्रिवि शैक्षिक क्यालेन्डरमा २र२ वर्षमा स्ववियु निर्वाचन गर्ने कार्यतालिका छ । तर, चैत २०६५ यता त्रिविमा नियमित रूपमा स्ववियु निर्वाचन हुन सकेको छैन । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद परिषद्ले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु )को निर्वाचन गर्न प्रस्ताव गरेको छ । कार्यकारी परिषद्ले निर्वाचन मिति घोषणा गरेपछि क्याम्पस प्रमुखले निर्वाचन अधिकृत र सहयोगी तोकेर निर्वाचन सम्पन्न गराउने व्यवस्था छ । २०७५ मा स्ववियु निर्वाचन तयारी थालिए पनि  अन्तिम समयमा स्थगित हुन पुगेको थियो । २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणाली लागू भएदेखि स्ववियु निर्वाचन बिथोलिँदै आएको छ । 

गोरखा:   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएको चुनौती हल गर्न नीजि क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन्। नेपाल उद्योग वाणिज्य संघ गोरखाले आयोजना गरेको गोरखा महोत्सवमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रलाई गति दिन सार्वजनिक–नीजि क्षेत्रको सहकार्य अनिवार्य रहेकोमा जोड दिए। प्रधानमन्त्री भएपछि क्याबिनेटको पहिलो बैठकबाट नै अर्थतन्त्रमा सुधारका निम्ति लिनुपर्ने नीति र उपायका बारेमा गम्भीर छलफल भएको बताउँदै प्रचण्डले अर्थतन्त्रको विकासका लागि नीजि क्षेत्रको प्रगति र योगदान आवश्यक भएको बताए।  आर्थिक विकासका चुनौती हल गर्दै सामाजिक न्यायको प्रत्याभूति,सुशासन र समृद्धि हासिल गर्न सम्मानित संसदमा समेत प्रतिबद्धता व्यक्त गरेको उनले स्मरण गरे। गोरखाका जनताले दिएको मतले प्रधानमन्त्री बन्न सफल भएकोमा आभार व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले चुनावी प्रतिबद्धताअनुरूप जिल्लाको विकासका लागि प्रतिबद्ध रहनेसमेत बताए।  कृषिको आधुनिकीकरण,भौतिक पूर्वाधारको विकास,पर्यटन,कला संस्कृतिको संरक्षण,साना घरेलु उद्योगको प्रवद्र्धन र ठूला उद्योग निर्माण र बुढीगण्डकी जलविद्युत आयोजना,बेनीघाट–आरुघाट–लार्के सडक,पालुङटार विमानस्थललगायतका ठूला आयोजना अघि बढाउँदै रोजगारी सिर्जनामार्फत गोरखा जिल्लालाई सिंगो देशको समृद्धिका लागि नमुना जिल्ला बनाउने प्रतिबद्धता पूरा गर्न आफू लागिपर्ने उनको भनाइ थियो। सिंगो संसदको विश्वास पाएर प्रधानमन्त्री बन्न सफल भएको बताउँदै उनले संसदमा प्राप्त विश्वासले नेपाल राष्ट्रको नेपाली जनताको र गोर्खाली जनताको समेत सम्मान भएको उल्लेख गरे।