काठमाडौं:  गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने विषयमा प्रमुख प्रतिपक्षी र सत्ता पक्षले आ–आफ्नो अडान कायम राखेपछि सभामुख देवराज घिमिरेले बोलाएको बैठक निष्कर्ष विहीन भएको छ । संसद् भवन नयाँ...

काठमाडौं:  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति चैत ५ गते तय भइसकेको छ।   त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत प्रा. डा. रमेशकुमार श्रेष्ठका अनुसार त्रिवि स्ववियुका लागि सभापतिदेखि विभिन्न पदाधिकारी एवम् सदस्यसम्ममा ६२ जनाको उम्मेदवारी परेको छ।    त्रिवि अन्तर्गतको सभापति पदमा १२ जनाको उम्मेदवारी छ।  विभिन्न राजनीतिक दल निकट विद्यार्थी सङ्गठनका १४ जनाको उम्मेदवारी परेको भए पनि सोमबार दुई जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।    नेपाली कांग्रेस निकटका नेपाल विद्यार्थी सङ्घको तर्फबाट सभापतिमा राम राज ओझा हुनुहुन्छ। स्ववियु निर्वाचनका सन्दर्भमा कुरा गर्दै उहाँले करिब १५ वर्षपछि हुन गइरहेको यो निर्वाचनले विश्वविद्यालयलाई एउटा लयमा फर्काउने बताउनुभयो।    ओझाले भन्नुभयो, “करिब १४, १५ वर्षपछि स्ववियु निर्वाचन हुँदैछ। विश्वविद्यालयले आफ्नो तिथि बिर्सिसकेको थियो। विश्व विद्यालयले आफैले बनाएको ऐन, कानुन मानेको थिएन। अब विश्व विद्यालय एउटा लयमा फर्कने, विद्यार्थीको सामूहिक शक्ति निर्माण गर्ने छ”, उहाँले भन्नुभयो। उहाँले ‘सिस्टममा सुधार, शैक्षिक गुणस्तरको पहिला आधार’ आफूहरूको मुख्य नारा तय भएको बताउनुभयो।    नेकपा (एमाले) निकट अनेरास्ववियुका तर्फबाट सभापतिमा प्रकाश विष्ट उम्मेदवार हुनुहुन्छ। विष्टले अनेरास्ववियुले एक महिना अगाडि नै त्रिवि कस्तो हुनुपर्छ भनेर टेन–टेन भिजन सार्वजनिक गरेको बताउनुभयो।   विष्टले भन्नुभयो, “केन्द्रीय क्याम्पसमा एक महिना अगाडि नै टेन–टेन भिजन, मातृ पार्टीसँग तादम्यता हुने किसिमको। यो सबैभन्दा सशक्त खालको छ त्रिविभित्र के के गर्ने भन्ने कुरा सार्वजनिक भएको छ।”   यसैगरी, नेकपा (माओवादी केन्द्र) निकटको अखिल क्रान्तिकारीबाट सभापतिमा विपिन विकको उम्मेदवारी परेको छ।  उहाँले स्ववियुबाट विश्वविद्यालय व्यवस्थापनमा के के काम गर्न सकिन्छ भन्ने कुराको प्रतिबद्धता सार्वजनिक भइसकेको बताउनुभयो।    विकले भन्नुभयो, “स्ववियु किन गराउनुपर्छ, के काम गर्न सक्छौँ भन्ने कुरा प्रतिबद्धतामा सार्वजनिक गरिसकेका छौँ। अखिल क्रान्तिकारी नै किन भनेर धारणा सार्वजनिक गरिसकेका छौँ।”   उहाँले शैक्षिक क्यालेन्डर अनुसारको गतिविधि अघि बढ्नुपर्ने, सबै विद्यार्थीको स्वास्थ्य बिमा, विश्व विद्यालय व्यवस्थापन लगायतका मुख्य कामका लागि आफूहरूको नेतृत्व आवश्यक रहेको भनाइ राख्नुभयो।  

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रदेश प्रमुखहरुले भेटवार्ता गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बुधबार बिहान प्रचण्डलाई भेट्न  प्रदेश प्रमुख पुगेका हुन्।   भेटमा उनीहरुले प्रदेश प्रमुख कार्यालयमा भएका समस्या लगायत विविध विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। प्रधानमन्त्री प्रचण्डले प्रदेश प्रमुख कार्यालयमा भएका समस्याका समाधान गर्न प्रयत्न गर्ने आश्वासन दिएका छन्।   नेपालको संविधानमा प्रत्येक प्रदेशमा संघीय सरकारको प्रतिनिधिको रुपमा एक जना प्रदेश प्रमुख रहने व्यवस्था गरेको छ। 

काठमाण्डाै: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेको आरोप लगाउनुभएको छ । माओवादी केन्द्रको नामै नलिई अध्यक्ष ओलीले मानव अधिकार आयोगलाई नै घेराबन्दी गर्ने, तर्साउने, धम्क्याउने काम गरिरहेको बताउनुभयो ।   आज मङ्गलवारदेखि काठमाण्डाैमा सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरूको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले मानव अधिकारको रक्षाका लागि लड्न पार्टी निकट मानव अधिकार एलाइन्सलाई निर्देशनसमेत दिनुभयो । अध्यक्ष ओलीले मानव अधिकारको पक्षमा उभिन सक्ने र रक्षा गर्न सक्ने काममा इमानदार र समर्पित भएर लाग्न पनि एलाइन्सलाई सचेत गराउनुभयो ।   उहाँले भन्नु भयो, ‘मानव अधिकार आयोगलाई घेराबन्दी गर्छन्, तर्साउँछन्, धम्क्याउँछन् । हाम्रा खुकुरीमा खिया लागेको छैन भन्छन् । हाम्रा बन्दुकमा खिया लागेको छैन भन्छन् । हाम्रो बन्दुकको कार्तुस अझै पनि ओसिएको छैन भन्छन् । हाम्रा पाखुरा लाठी चलाउन नसक्ने भएका छैनन् भन्न सक्छन् । खुट्टा याद राख्नुस् भन्न सक्छन् । यो हुँदैन भन्न सकिँदैन । त्यस कारण हाम्रो एलाइन्स मानव अधिकारप्रति समर्पित, इमानदार हुनुपर्दछ ।’   अध्यक्ष ओलीले नेपालीहरू कहिल्यै पनि मृत्यदण्डको पक्षमा जान नहुने बताउनुभयो । मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नभएकाले आफू मृत्यदण्डको पक्षमा नरहेको अध्यक्ष ओलीको तर्क थियो । उहाँले बुद्ध जन्मेको देशका मानिसहरू कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्यदण्डको पक्षमा जान नहुनेसमेत बताउनुभयो । उहाँले संयुक्त राष्ट्र सङ्घले मानवबीच हुने कुनै पनि प्रकारको विभेदलाई स्वीकार गर्न नसक्ने कुरालाई स्पष्ट पारेको उल्लेख गर्नुभयाे ।    उहाँले भन्नुभयो, ‘मृत्यदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन । त्यस कारण हामी हामी नेपालीहरू, बुद्ध जन्मेका देशका बासिन्दाहरू, यहाँका नागरिकहरू कहिल्यै पनि मृत्यदण्डको पक्षमा कुनै आवेश, उत्तेजनामा पनि जानु हुँदैन भन्ने मेरो एकदम दृढ मत हो । कहिल्यै मृत्युदण्डको पक्षमा जानु हुँदैन ।’   अध्यक्ष ओलीले नेपालमा मानव अधिकार उल्लङ्घनकर्ताहरूले नै बढी मानव अधिकारको कुरा गर्ने गरेको भन्दै त्यसबाट सचेत रहनुपर्ने जरुरी रहेको पनि बताउनुभयो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मृत्युदण्ड दिने कानूनको पक्षमा नेपालीहरू जान नहुने बताएका छन्।   मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरूको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै आज अध्यक्ष ओलीले नेपालीहरू कहिल्यै पनि मृत्युदण्डको पक्षमा जान नहुने पक्षमा आफू दृढ रहेको बताए।   मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नहुने पनि उनको भनाइ थियो।   ‘बुद्ध जन्मेको देशका बासिन्दाहरू कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्युदण्डको पक्षमा जान हुँदैन,’ उनले भने, ‘मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन। त्यसकारण हामी स्थायी रूपमा मृत्युदण्डको पक्षमा कुनै आवेश वा उत्तेजनामा पनि जान हुँदैन।’   फरक प्रसंगमा अध्यक्ष ओलीले नेपालमा पनि मानव अधिकार आयोगलाई धम्की दिने राजनीति भइरहेको भन्दै असन्तुष्टिसमेत जनाएका छन्।

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको पाँच वर्ष जनताको अपेक्षा पूरा गर्नका लागि एकीकृत सोचका साथ अघि बढ्नुपर्ने बताएका छन्।   नेपाल ट्रेड युनियन कांग्रेसले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शर्माले पाँच वर्षसम्म संसदलाई बिघटित नहुनेगरी गठबन्धन दलहरु जनताको अपेक्षा पूरा गर्न एकीकृत रुपमा अघि बढ्नुपर्ने बताएका हुन्।   उनले मुलुकलाई स्थीरता राखेर नै मुलुकको विकासको आकांक्षा पूरा हुने जिकिर गर्नुभयो । अहिले राजनीतिमा देखिएका वितृष्णा, अर्थतन्त्रका समस्या,व्यवसायीको पीडालगाय मुलुकमा देखिएका नकारात्मक संकेतलाई राज्यले उचित सम्बोधन गर्नुपर्ने उनको भनाइ  छ। उनले अहिले बाहिर हल्लाचलेजस्तो मुलुकको आर्थिक अवस्था धेरै नराम्रो नरहेको धारणा राखे।   महामन्त्री शर्माले अब मुलुकको आर्थिक अवस्था सुधार गर्नका लागि व्यापार घाटा नियन्त्रणतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए।

काठमाडौँ:  निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरेको हो ।   निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ ।    उक्त आचारसंहिताबमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निषेधको अवधि लागू हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।   निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ । साथै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत÷हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य गर्न नहुने आयोगले स्पष्ट पारेको छ ।   निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयनपत्र दर्ता भई अष्टलक्ष्मी शाक्य (बोहरा), प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव उम्मेदवार रहनुभएको छ । प्रमिला कुमारीले आफ्नो समर्थन यादवलाई रहने घोषणा गरिसक्नुभएको छ ।

पोखरा:    नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले योजनाबद्ध विकास अहिलेको आवश्यकता भएको बताएका छन् । देशको चौतर्फी विकासका लागि आवधिक कार्ययोजना आवश्यक हुने उनको तर्क थियो ।  उनले कार्ययोजना बिनाको कुनै पनि काम सफल नहुने भन्दै हरेक क्षेत्रमा यसको महत्व रहेको दाबी गरे । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको पोखरामा सम्पन्न तेस्रो बैठकलाई सम्बोधन गर्दै गुरुङले संगठनलाई चुस्त राख्नुपर्नेमा पनि जोड दिए । एमालेका जनसंगठनहरुमा रहेका कमजोरीहरुको खोजी र निराकण गर्नुपर्ने उनको धारणा थियो ।  कम्युनिष्ट पार्टीहरुमा सिद्धान्त प्रधान हुने भएकाले संसाररभरका कम्युनिष्टहरुले विधिमा बसेर काम गर्ने गरेको पनि जिकिर गरे । ‘कहिलेकाहिँ पार्टीमा सिद्धान्त र विधिभन्दा व्यक्तिप्रधान भएको देखिन्छ, तर विशिष्ट परिस्थितिमा मात्रै त्यस्तो देखिएको हो’, गुरुङले भने,‘सिद्धान्त र विधिलाई व्यवहारमा लागू गर्नसक्ने, विशिष्ट परिस्थितिको सामना गर्नसक्ने व्यक्ति नै नेता हो ।’ बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटीका उपसचिव तथा प्रचार विभाग प्रमुख रस्मी आचार्यले पत्रकारिता क्षेत्र प्रविधि मैत्री हुनुपर्नेमा जोड दिए । आचार्यले सूचना र सञ्चारको युग भएकाले दिनदिनै परिवर्तन हुने प्रविधिलाई युवा पत्रकारहरुले आत्मसाथ गर्नसक्नुपर्ने बताए ।  बैठकमा नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा प्रेस चौतारी इञ्चार्ज रामकृष्ण ज्ञवाली, केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, महासचिव हिरामान लामा, सचिव शुष्मा पौडेल र कोषाध्यक्ष इन्द्र आचार्यलेलगायतले बोलेका थिए । बैठकले संगठन सुदृढीकरणसहित प्रदेश अध्यक्ष इन्द्रप्रसाद पौडेलले राखेका २१ प्रस्ताव पारित गरेको छ । बैठकबाट विभिन्न विभाग गठन गरिएको महासचिव आश गुरुङले बताए ।  

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पदमा निर्वाचित भएपछि प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिनुभएको छ । उहाँ यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो ।   राष्ट्रपति पौडेलले सभामुखलाई पत्राचार गर्नुहुँदै नेपालको संविधानको धारा ६२ (६) बमोजिम प्रतिनिधि सभा सदस्यको राजनैतिक पद स्वतः रिक्त हुने ब्यहोरा जानकारी गराउनुभएको छ ।   साथै उहाँले सभामुख, सङ्घीय संसद् सचिवालय, तनहुँ निर्वाचन क्षेत्र नं १ का मतदाता, जिल्लावासी तथा शुभेच्छुकहरूबाट आजसम्म प्राप्त साथ र सहयोगप्रति आभार प्रकट गर्नुभएको छ ।  

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिको पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।   सोमबार दिउँसो राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेललाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनुभएको हो ।   यही फागुन २५ गते राष्ट्रपतिका लागि भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार ल्याएर मुलुकको तेस्रो राष्ट्रपति बन्नुभएको हो ।   शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेलले शपथग्रहण गरेलगत्तै शपथ पत्रमा हस्ताक्षर गर्नुभयो ।    त्यसपछि उहाँलाई नेपाली सेनाले राष्ट्रपति सलामी अर्पण गरेको थियो । राष्ट्रपति सलामी सैनिक मञ्च टुँडिखेलबाट गरिएको थियो ।    त्यसको लगत्तै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पौडेललाई बधाइ तथा सफलताको शुभकामना दिनुभयो ।