कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ।   स्थानीयवासीको सहयोगमा घट...

  पोखरा:  राजनीतिमा निष्ठापूर्वक निरन्तर लाग्यो भन्ने एक दिन अवश्य मुल्यांकन हुन्छ भन्ने उदाहरण हुन् दुर्गादत्त भण्डारी । स्वयम भण्डारीलाई पनि लागेको थिएन कि यसपटक पार्टीले निर्वाचनमा उम्मेदवार बनाउला भन्ने । तर भण्डारीलाई उनको पार्टीले प्रदेशसभाको उम्मेदवार बनायो र उनको राजनीतिक योगदानको कदर गरेको छ । आफ्नो चार दशकको राजनीतिक आवद्धतापछि भण्डारीको पार्टी नेकपा(माओवादी केन्द्र)ले उनलाई विश्वास गरेर आसन्न निर्वाचनमा कास्की क्षेत्र नं.३(१)मा प्रदेशसभाको उम्मेदवार बनाएको छ । भण्डारी अहिले माओवादीको मात्र उम्मेदवार बनेका छैनन् उनलाई नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा लगायका दलहरुको पनि दरो साथ छ ।  शिक्षण र निजामति सेवामा गरी ३० वर्ष बिताएका भण्डारी वि.सं २०४२ देखी आफ्नो पेशागत कामसँगै राजनीतिमा समेत आवद्ध भएर पार्टीका काममा जोडिएका थिए । निष्ठा र इमानका धनी भण्डारीले २८ वर्ष स्वयंसेवामा पनि आफ्नो समय खर्चिए । मानवीय हितमा क्रियाशील नेपाल रेडक्रस सोसाइटी जस्ता संस्थामा उनले स्वंयमसेवा गरे । कास्की ३ (१) का जनताले उनलाई ‘पार्टी आन्दोलनका तपस्वी, जनताका हितैषी’ को रुपमा पनि चिन्ने गरेका छन् । निरन्तर राजनीति र स्वयंसेवामा क्रियाशील भण्डारी अहिले जनताको अवस्था बदल्ने अठोट सहित चुनावी मैदानमा होमिएका छन् । राजनीतिक व्यवस्था बदलिएपनि जनताको अवस्था ज्यूँकात्युँ रहेको भन्दै भण्डारी जनताबाट चुनिएर अवस्था बदल्ने मिसनमा छन् । उनलाई अहिले जनताको अवस्था बदल्ने हुटहुटीले मात्र उनलाई सताउँछ । त्यसैले त उनी यसपटक उम्मेदवार बनेर जनताको अवस्था बदल्ने योजना सुनाउँदै मत मागिरहेका छन् । जनताका विकास निर्माण लगायतका समस्याहरु टिपोट गर्दै उनले आफू विजयी भएको खण्डमा जनतासँगै जोडिएर ती समस्या समाधानका लागि काम गर्ने भण्डारीको चुनावी प्रतिवद्धता छ । पूर्वाधार, पर्यटन, कृषि क्षेत्रको विकासँगै जनतालाई राहत दिने उनको एजेण्डा छ । सरकार र राज्यका तर्फबाट महंगीका मारमा परेका जनतालाई उनले सरकारबाट राहत दिलाउन लागि पर्ने प्रतिवद्धता जनाएका छन् । शिक्षण पेशामा लामो समय बिताएकाले मसेत आफ्नो निर्वाचन क्षेत्रमा धेरैसँग परिचित छन्, उनी । सबै जातजाति, भाषा, धर्म, संस्कृतिको समानताबाटनै राष्ट्रिय एकता बलियो हुन्छ भन्नेमा उनी दृढ छन् । सोझा र ईमान्दारिताका प्रतिमूर्ति भण्डारी पार्टीभित्र  (निर्भिक) उपनामले समेत चिनिन्छन् ।  कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ का स्थायी बासिन्दा हुन् । २०१२ साल कात्तिक १२ गते जन्मिएका भण्डारीले शिक्षा शास्त्रमा स्नातक उत्तिर्ण गरेका छन् । ०४२ सालमा ने.क.पा. (मशाल)बाट राजनीतिक यात्रा शुरु गरेका उनी पार्टीको संस्थापन पक्षमा सदैव सतिसाल झैं उभिदै आएका छन् । उनी मशाल पुनः नामाकरण हुँदै ने.क.पा.(माओवादी केन्द्र) सम्म आईपुग्दा पनि यहि पार्टीका ईमान्दार सिपाही बनेर देश र जनताको सेवामा लागिरहेका छन् । नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य रहेका भण्डारी अन्नपूर्ण गाउँपालिकाका ईञ्चार्जसमेत हुन् । उनी माओवादी निकट बुद्धिजीवी संगठनको केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संयोजकपनि छन् । जनताको अवस्था बदल्ने भिजन र मिसन लिएर चुनावी मैदानमा होमिएका भण्डारीले त्यसका लागि केहि योजना बनाएका छन् । उनी जनताको अवस्था बदल्ने हो भने उद्यमशिलताको विकास गर्दै स्वरोजगार सिर्जना गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, “हुँदा खाने र हुनेखाने बीचको खाडल तोड्नुपर्ने माओवादीको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्नका लागि म चुनावी मैदानमा छु । जनताको अवस्था बदल्नेनै मेरो मुख्य एजेण्डा हो ।” भण्डारीले शिक्षा, स्वास्थ्य, तालिम, अनुसन्धान लगायतलाई निःशुल्क बनाउने अभियानको थालनी गर्ने दृढ संकल्प लिएर चुनावी घरदैलोमा रहेका भण्डारीले दैनिक उपभोग्य वस्तु तथा साधनको व्यवस्थापनमा जोड दिएका छन् । देशको समृद्धि उर्जा र पर्यटनबाट सम्भव देखेका उनी यसको विकास, बिस्तार र प्रवद्र्धन गर्नुपर्ने बताउँछन् । त्यसका लागि राज्यले नै स्पष्ट नीति, योजना र कार्यक्रम बनाउनुपर्ने भन्दै यसमा आफूले भूमिका खेल्ने उनको भनाई छ । उनले जनताको सुविधाका लागि सुइखेत खोलामा तटबन्ध निर्माण गर्ने, सुईखेतहुँदै पोखरा–२४ जोड्ने बाटो कालोपत्रे गर्ने, अन्नपूर्ण–१, घट्टेखोला र लखनेजादे–धम्पुस देउराली मोटरबाटो कालोपत्रे गर्ने, सेदीदेखी ग्यारजाती सडकको स्तरोन्नती गर्ने । पोखरा–१८ मा पर्ने कृषि सडकलाई कालोपत्रे गर्नेलगायतका योजनापनि अघि सारेका छन् । त्यस्तै, लामाचौर–बाटुलेचौरहुँदै छहरेपानी पुग्ने बाटो कालोपत्रे गर्ने, लामाचौर–भुनपहरे–चितेपानी–चुरुङ सडकको स्तरोन्नती गर्ने, तल्लाकोट–भुजुङ सडक काल्पत्रे गर्ने, मिलनचोक–लाहाचोक– घाचोक–माछापुछ्रे सडक खण्ड कालोपत्रे गर्ने, मिलनचोक–खोराकोमुख–संदीघट्ट–ल्वाङघलेल खण्ड कालोपत्रे गर्ने, खोराकोमुख–रिभान मोटरबाटो स्तरोन्नती गर्ने लगायतका योजनापनि ल्याएका छन् । उम्मेदवार भण्डारीले विध्यवासिनी–सराङ्कोट–कास्कीकोट सडकखण्ड चक्ल्याउने, विन्ध्यवासिनी–पोखरा बेसी सडक कालोपत्रे गर्नेलगायतका महत्वकांक्षी योजना यसअघि नै सार्वजनिक गरिसकेका छन् । कास्की क्षेत्र नं ३(१)को विकासमा मुख्य गरी पर्यटन र कृषिमा जोड दिनुपर्ने उनी बताउँछन् । यसका साथै सेती, मर्दी, इदी लगायतका नदीनालाहरुबाट प्रशस्त विद्युत उत्पादनको सम्भावना रहेकाले जलविद्युत उत्पादनलाई समेत उनले समृद्धिको आधारका रुपमा लिएका छन् ।   

  पोखरा:   विप्लव नेतृत्वको नेकपा माओवादी पार्टीले पोखरामा आयोजना गरेको आसन्न निर्वाचनलक्षित संसदीय चुनावको भण्डाफोर तथा सडक सभा कार्यक्रममा बालबालिका प्रयोग भएको पाइएको छ । पोखरामा आज (बुधबार) भएको सडक सभामा लेखनाथस्थित बेलचौतारा लगायत स्थानका बालबालिकाहरुलाई र्यालीमा सहभागी गराइएको थियो । विहान १० बजे घरदेखि निस्केका बालबालिकाहरुलाई कार्यक्रम अवधिभर राखिएको थियो ।  उनीहरुलाई सो कार्यक्रमको नाचगानमासमेत प्रयोग गरिएको थियो । कुनैपनि पार्टीले बालबालिकालाई प्रयोग गर्न नपाउने कानूनी प्रावधान रहेको छ । पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड)को प्रमुख वक्ताका रुपमा सम्बोधन गरेका थिए ।

पोखराः  निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका तीन गन्तव्यमा उडान सुरु गर्ने भएको छ ।   बुद्ध एयरका अनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका बनारस, दिल्ली र देहरादुनमा उडान गर्न लागिएको हो ।    “नागरिक उड्डयन प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ को जनवरीदेखि सञ्चालनमा आउने जानकारी दिएको छ”, कम्पनीले भनेको छ, “त्यहाँबाट हुने पहिलो उडानका रुपमा बुद्ध एयरले पोखरा–बनारस–पोखरा उडान गर्नेछ ।” पोखरा–बनारस–पोखराको उडान सातामा तीन दिन आइतबार, मङ्गलबार र बिहीबार हुने कम्पनीको भनाइ छ ।    एयर ट्राफिक रुटका लागि नेपाल सरकारले भारत सरकारसमक्ष पहल गरिरहेको भन्दै भारत सरकारबाट रुट र स्लट प्राप्त भएपछि पोखरा–दिल्ली–पोखरा रुटमा दैनिक दुई उडान गरिने कम्पनीको भनाइ छ । कम्पनीले पोखरा–देहरादुन–पोखरा रुटमा सातामा तीन वडा उडान गर्ने जानकारी दिएको छ । हाल बुद्ध एयरले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको बनारसमा उडान गर्दै आएको छ ।

पोखराः  मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको कास्कीमा सम्पूर्ण तयारी पूरा भएको छ ।    प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार निर्वाचन सामग्री र कर्मचारी व्यवस्थापनको सम्पूर्ण तयारी पूरा छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख हुमबहादुर पराजुलीले चुनावका लागि आवश्यक सामग्री व्यवस्थापन र कर्मचारी व्यवस्थापनको काम पूरा भएको कात्तिक ३० गतेदेखि मतदान अधिकृतलाई सामग्री बुझाएपछि मङ्सिर १ गते साँझसम्ममा सम्पूर्ण मतदानस्थलमा सामग्री पुगिसक्ने बताउनुभयो ।    उहाँले निर्वाचनका लागि आवश्यक ७० थरिका सामग्रीलाई मतदान केन्द्रमा पठाउनका लागि प्याकिङ गरेर तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो  ।    त्यसैगरी कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा खटिने सम्पूर्ण मतदान अधिकृत, सहायक अधिकृतलाई मतदान पूर्व र मतदानपश्चात् गर्नुपर्ने सम्पूर्ण प्रक्रियाका बारेमा अभिमुखीकरणसहितको तालिम सम्पन्न भएको छ ।   कास्कीमा कूल दुई लाख ९१ हजार पाँचसय ६८ मतदाता रहेका छन् । गत स्थानीय निर्वाचनमा भन्दा अहिले १० हजार मतदाता बढेका छन् । तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एक सय ५० मतदानस्थल र तीन सय ४४ मतदान केन्द्र रहेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।    उहाँले कास्कीमा करिब १० हजारको हाराहारीमा कर्मचारी र सुरक्षाकर्मी स्वयंसेवक परिचालन हुनेछ । एक मतदान केन्द्रमा २० देखि २५ जना जनशक्ति खटिने छन् । विगतको अवस्थालाई हेरेर मत बदर नहोस् भनी मतदाता शिक्षालाई विशेष जोड दिइएको न्यौपानेले बताउनुभयो ।     त्यसैगरी आचारसंहिता उल्लङ्घन, विभिन्न कर्मचारी, जनप्रतिनिधिका विरुद्ध परेका उजुरीका सन्दर्भमा पनि निर्वाचन कार्यालयले प्रक्रियागत रुपबाट कारबाही अगाडि बढाएको उहाँको भनाइ छ ।    यसैगरी चुनावलाई स्वच्छ निष्पक्ष र भयरहित तरिकाबाट सम्पन्न गर्न आवश्यक सम्पूर्ण गृहकार्य पूरा भएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मतदान केन्द्र र भौगोलिक र अन्य अवस्थाको विश्लेषण गरेर अतिसंवेदनशील, संवेदनशील र सामान्य गरेर वर्गीकरण गरेका छौँ । यही आधारमा सुरक्षाकर्मीको परिचालन हुनेछ ।”    उहाँले निर्वाचनलाई भयरहित र स्वतन्त्ररुपमा आफ्नो मताधिकारको प्रयोग गर्न आमनागरिकलाई आग्रहसमेत गर्नुभयो । उहाँका अनुसार नेपाल प्रहरी, नेपाली सेना, म्यादी प्रहरी गरेर तीन हजार सुरक्षाकर्मी मतदानस्थलमा खटिनेछन् । उहाँले मतदानपछि मतगणना र मतपरिणामसम्मको अवस्थालाई दृष्टिगत गरी सुरक्षाको प्रबन्ध मिलाइएको जानकारी दिनुभयो । 

पोखराः   नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २  का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले अधिकार दिएमा कर्तव्य पुरा गर्ने बताएकी छन् ।   मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको क्रममा घरदैलो कार्यक्रममा उनले जनताको भोटको कदर गरी आवश्यक नीति निर्माणसंगै आफ्नो क्षेत्रको विकासमा इमान्दरपूर्वक लाग्ने प्रतिवद्धता जनाईन् ।   पोखरामा थपिएका नयाँ वडाहरुमा स्थानीयको पहिलो आवश्यकता सडक निर्माण रहेको उल्लेख गर्दै उनले त्यसका लागि सम्भाव्यता अध्ययन गरेर तीनै तहका सरकारले ध्यान दिनुपर्ने आवश्यकता औल्याईन् ।    नयाँ वडाहरुमा कार्यालयसम्म पुग्ने सडकको अभावमा अहिले पनि जनता सेवा लिन घण्टै खर्चिनु पर्ने अवस्थाको अन्त्यका लागि सडक यातायात आवश्यक रहेको बताउँदै नेत्री भट्टराईले भनिन्, ‘सडकले ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणमा सहयोग पुग्दछ ।’   जुनसुकै सरकारले गरेका विकास निर्माण, राष्ट्र र जनताकै लागि भएको उल्लेख गर्दै वर्तमान पाँच दलिय गठबन्धनको सरकारले रकम कटौती गर्दा जनतामा वितृष्णा पैदा भएकोमा उनको भनाई छ । दुःखको परिस्थितिमा उपनिर्माचनमा उम्मेदवार बनेको बताउँदै उनले कोभिडको महामारीका बाबजुद जनताका केही हदसम्म अपेक्षालाई सम्वोधन गरेको र बाँकी काम सम्पन्न गर्नका लागि पुनः उम्मेदवार भई मतदाता समक्ष आएको बताईन् । नेकपा एमाले केन्द्रीय सदस्य समेत रहेकी उनले समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई सार्थक बनाउन मुलुकका भूमिहीनलाई जग्गाको मालिक बनाउनु पर्नेमा जोड दिईन् ।   घरदैलो कार्यक्रमले स्थानीय आवश्यकता सहितका योजना संकलनमा महत्वपूर्ण सहयोग पुगेको उल्लेख गर्दै उम्मेदवार भट्टराईले समाजका असहाय, गरिव, विपन्न वर्गको उत्थानका लागि युवा रोजगार तथा महिला सशक्तिकरणमा जोड दिनुपर्ने आवश्यकता औल्याईन् ।   नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नं. २ (ख) का उम्मेदवार मिना गुरुङले मतदाताले दिएको सुझावलाई आत्मसाथ गर्दै आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणमा इमान्दारीताका साथ लाग्ने प्रतिवद्धता व्यक्त गरिन् ।   मुलुकको समग्र विकासका लागि स्पष्ट नीति, विचार र सिद्धन्त आवश्यक पर्नेमा जोड दिंदै उनले विकास विरोधी पाँच दलीय गठबन्धदलाई जनताको बलले परास्त गर्ने विश्वास व्यक्त गरिन् । संविधानले व्यवस्था गरे अनुसारका महिला अधिकारलाई सुनिश्चित गर्नका लागि महिला शक्ति संगठित हुनुपर्नेमा उनको जोड छ ।   घरदैलो कार्यक्रममा स्थानीय जनताले निर्वाचनमा गरेका प्रतिवद्धता आश्वसनमा मात्र सिमित नराखी पुरा गर्नेतर्पm उम्मेदवारहरुलाई  सचेत गराउँदै, सडक, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवद्र्धन, खानेपानी, विद्युतीकरण सहित युवा वर्गलाई स्वदेशमै उद्यमशिलताको विकास गरि रोजगार सिर्जना गर्नुपर्ने ध्यानाकर्षण गराएका थिए । यस निर्वाचन क्षेत्रमा पोखरा महानगरपालिका ११ वटा वडा पर्दछन् ।   

पोखराः   दिवङ्गत पर्यटनमन्त्री रविन्द्र अधिकारीको जन्मथलो पोखरा महानगरपालिका वडा नम्वर ३३  भरतपोखरीका जनताले रविन्द्र र उनले गरेको विकास सधैं मन मुटुमा रहेको बताएका छन् ।    कहिल्यै विर्सन नहुने एमाले नेता अधिकारीले देखेका विकासका सपना पूरा गर्न अव एमालेकै उम्मेदवार चाहिएकोले प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई र प्रदेश सभा सदस्यका उम्मेदवार भिम कार्कीलाई अत्याधिक मतले विजयी गराउने भरतपोखरीवासीले प्रतिवद्धता जनाएका छन् ।   मंसिर चार गते सम्पन्न हुने निर्वाचन अभियानमा आफ्नै गृह वडा पोखरा ३३ पुगेका नेकपा ९एमाले०को तर्फबाट कास्की क्षेत्र न २(१) का गण्डकी प्रदेश सभा सदस्य उम्मेदवार भिम बहादुर कार्कीलाई भेटघाटका अवसरमा स्थानियहरूले सो प्रतिवद्धता जनाएका हुन् ।   भेटमा उम्मेदवार कार्कीले विकास र समृद्धिको योजनाबद्ध संवाहक नेकपा एमाले मात्रै भएको बताए । कार्कीले आफु सधैं जनताको साथमा रहेको र सधैं रहने भन्दै जनताको हित र विकासमा इमान्दारितापूर्वक लागिरहने उल्लेख गरे।   दिवङ्गत नेता रविन्द्रको उत्तराधिकारी भएर उनको विकासको सपना पूरा गर्दै थप योजना अघि सारेको कार्कीले जानकारी दिए । विगतमा आफ्नो पार्टीको केपी ओली नेतृत्वको सरकारले विकास अभियानमा उत्कृष्टतापूर्वक काम गरेको र अब पनि त्यस्तै योजना घोषणाापत्र मार्फत आइसकेको हुँदा जनजिविकाका सवाललाई समेट्दै आफू नीति निर्माणमा प्रभावकारी भुमिका सहित अगाडि बढ्ने उल्लेख उनको भनाई छ ।   निर्वाचन अभियानका क्रममा आफ्नो गृह वडा पोखरा महानगरपालिका वडा नम्वर ३३ पुगेका एमाले उम्मेदवार कार्कीले सो क्षेत्रको योजनाबद्ध एकीकृत विकासको अवधारणालाइ साकार  पार्ने बताए ।   सो पार्टीका गण्डकी प्रदेश कमिटीका उप–सचिव रश्मि आचार्यले आचार्यले एमाले नीति र योजनासहित निर्वाचनमा आएको एमालेका उम्मेदवारहरूलाई प्राप्त जनसाथले नै विजय निश्चित भैसकेको भन्दै आफ्नो ठाउँको विकास आफ्नै क्षेत्रका जनप्रतिनिधिले नै गर्ने हुँदा प्राप्त अवसर नगुमाउन भरत पोखरीवासीलाई आग्रह गरे ।   उपसचिव आचार्यले युवा, महिला,जनजाति पिछडिएका बर्गसहित आम नेपालीको समृद्धिको लागि महत्वपूर्ण कार्यक्रम घोषणा पत्र मार्फत एमालेले ल्याएको भन्दै सोको पूर्ण कार्यान्वयन गर्ने बताए ।   पोखरा ३३ का निवर्तमान वडा अध्यक्ष शिवप्रसाद आचार्यले सो वडाको लाम्गादिमा नयाँ मोटरेबल पुल निर्माणको लागि आफ्नो पार्टीका जनप्रतिनिधिको  पहलमा नेपाल सरकार संघीय पूर्वाधार विकास कार्यालय र स्विस सरकार बिच  नयाँ सम्झौता भैसकेको भन्दै अव छिट्टै निर्माण प्रक्रिया शुरु हुने जानकारी दिए ।

पोखराः   कास्की क्षेत्र नं.२ (२) प्रदेश सभाका सदस्य उम्मेदवार विन्दुकुमार थापाले काँहुडाँडाको समस्या समाधान गर्ने बताएका छन् ।    गठबन्धनका साझा उम्मेदवार थापाले शुक्रबार काहुँडाँडामा घरदैलो गर्दै जनताको समस्या सुनेपछि विकासका योजनालाई प्याकेजको रुपमा अघि बढाइने बताए ।    उनले पोखरा बजार क्षेत्रबाट अत्यन्तै नजिक रहेको काहुँ प्राकृतिक हिसाबले निकै रमणीय स्थान भएपनि विकासका हिसाबले पछि परेको सुनाए । उनले काहुँडाँडालाई पर्यटकीय गन्तव्यको रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । ‘हामी सरकारमा जाँदा धेरै काम गर्न सक्छौ । यहाँ खानेपानीको समस्या छ, त्यो समस्या समाधान हुनेछ । काहुँमा प्याकेजको हिसाबबाट विकासका उज्याला किरण लिएर आउने छु’, थापाले भने,‘तपाईंहरुको साथ र सहयोग बोकेर अघि बढ्नेछु । यो निकै रमणीय ठाउँ छ । पर्यटन र कृषिमा जोड दिदैँ तपाईंहरुको समस्या र मनोआकांक्षा बुझेर नै काम गर्नेछु ।’   स्थानीय वामदेव प्रसाद आचार्यले जनताको अड्केको काम पुरा गर्न थापालाई सुझाव दिए । उनले काहुँवासीको अपेक्षा र आशा थापामाथि नै रहेको सुनाउँदै  जनतालाई फर्केर हेर्न आग्रह गरे । ‘जनताको अड्केको काम पुरा गर्नुस् । तपार्इं आजमात्र होइन् सँधै आउनुहुन्छ भन्ने विस्वास हामीलाई छ । जनतालाई फर्केर हेर्नुस अनि विकास गर्नुस् शुभकामना छ’, उनले भने ।    थापाले आफु जनताकै लागि उम्मेदवारी दिएको बताउँदै जनताको सेवामा हिजोका पाँच वर्षमा लागेको र अब पनि निस्वार्थ भावनाले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । थापाले खानेपानीका लागि अब धेरै समय काहँुबासीले खानेपानीको समस्या खेप्नु नपर्ने बताए । उनले पाँच वर्ष प्रदेशको नीति नियमदेखी संरचना बनाउन व्यतित गरेको र अबको पाँच वर्ष विकास र संवृद्धिका लागि खर्च गर्ने बताए । साथै थापाले आफु विजयी भएर गएमा सरकारी सेवा सुविधाबाट प्राप्त रकम सामाजिक कार्यमा खर्च गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।    

पोखराः   कास्की १ (ख) का उमेदवार दीपक गुरुङ माइलालाई पुत्रलाभ भएको छ ।    उमेदवार दीपककी पत्नी अस्मिता गुरुङले बिहिबार छोरालाई जन्म दिएकी हुन । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आमा र बच्चा दुवैको स्वास्थ्य सामान्य छ ।    मंसिर ४ गते हुने प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनमा गुरुङ लोकतान्त्रिक बाम गठबन्धनका साझा उमेदवार हुन । गुरुङले आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने मादी गाउँपालिका र पोखरा महानगरपालिकाका वडाहरुमा घरदैलो तथा भेटघाटलाई तीव्रता दिएका छन ।    चुनावी कार्यक्रममा व्यस्त गुरुङ पर्यटन, उर्जा, कृषि, सडक पूर्वाधार लगायतका एजेण्डा सहित चुनावमा होमिएका छन ।

पोखराः  ईलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरीले लागूऔषधसहित एक युवालाई प्रकाउ गरेको छ ।    पोखरा महानगरपालिका ३० का ३५ वर्षीय हेमन्त थापामगरलाई ९६थान एम्पुल लागूऔषधसहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।    ईलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरीको टोलिले पोखरा २६ अघौंचोक स्थित पृथ्वीराजमार्ग सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा मगरको साथबाट डाईजाम ३२ एम्पुल, फेनेरागन ३२ एम्पुल र नुर्फिन ३२ एम्पुल गरी ९६ थान एम्पुल लागूऔषध , १ थान मोबाईल र १२ हजार रुपैयासहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।    लागूऔषधसहित प्रकाउ परेका मगरलाई लागूऔषध मुद्धामा जिल्ला अदालत कास्कीबाट १६दिनको म्याद गरी अनुसन्धान अगाडी बढाएको छ ।