पोखरा:   पोखरामा सलाईको काँटी पटका बनाउने क्रममा अचानक पड्किदा १७ वर्षीय असिम परियार घाइते भएका छन् ।  पोखरा महानगरपालिका–२१ फुर्सेखोला रोकरे बस्ने परियारले आज आल्मुनियमको पातामा २० ब...

पोखराः   नेपाली कांग्रेसका महासमिति सदस्य टेकनशोभा गुरुङको  निधन भएको छ । लामो समय देखि क्यान्सर रोगबाट ग्रसित गुरुङको आज (बुधबार) निधन भएको माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारीले जानकारी दिए ।  ‘ग्रामीण भेगमा समाजसेवा र कृषि पेशामा क्रियाशिल महिला नेतृ हुन् गुरुङ,  उपाध्यक्ष अधिकारीले भनिन्, ‘ग्रामिण भेगमा राजनीतिक जागरण देखि ग्रामिणको विकासका लागि अग्रसर नेतृको निधनले दुःखी छौं, उहाँ हामीमाझ नरहेपनि सधै सम्झिरहनेछौं।’ २०७४ को स्थानीय निर्वाचनमा माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्षमा उनी प्रत्यासी हुन् । लामो समय देखि क्यान्सर रोगबाट ग्रसित उनलाई पोखराको एक अस्पतालमा उपचारपछि घरमा लगिएको थियो । 

पोखराः    पोखरामा “१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” दोश्रो दिन पनि जारी रहेको छ ।  कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैकको मुख्य प्रायोजनामा उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस कोर्टमा जारी रहेको हो ।  पौष १५ गते सम्म सञ्चालन भएको उक्त प्रतियोगिताको दोश्रो दिन मेन्स सिंगल्स र भेट्रान्सतर्फका प्रतिस्पर्धाहरु जारी रहे संगै ५५ वर्ष भन्दा माथीको क्वाटर फाइनलका खेलहरु सम्पन्न भएको टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले बताएका छन् ।  मेन्स सिंगल्स ओपन जारी प्रतियोगिता अन्तर्गत दोश्रो दिन मेन्स सिंगल्स ओपनतर्फका खेलहरु सुरु भएका छन् । प्रतियोगितामा पेमा नोर्वुले देवाशिस रेयूललाई ६–१, ६–० ले, निर्मल मगरले मनोज महर्जनलाई ६–०, ६–० को सोझो सेटमा पराजित गर्दा अकि जुवेन रावतले प्रितम परियारलाई ६–०, ६–१ ले पाखा लगाए । त्यस्तै नेहाल जेवी थापाले नवराज शर्मालाई ६–१, ६–१ ले, निजेज महर्जनले प्रशिद्ध मोक्तानलाई २–६, ६–३, ६–३ ले पराजित गरे । त्यसै गरी उग्यान शेर्पाले कुमार जिशीलाई ६–१, ६–० ले, आयुष्मान घलेले बिबेक मगरलाई ६–४, ६–१ ले, अभिनव आचार्यले विष्णु नेपालीलाई ६–२, ७–५ ले, सौगात विकले गोविन्द नेपालीलाई ६–४, ६–२ ले पराजित गरे । त्यस्तै राजविर प्रधान र आशिष खड्का वाक ओभर पाउँदै दोश्रो चरणमा प्रवेश गरेका छन् ।  मेन्स डबल्स ओपन प्रतियोगिता अन्तर्गत मंगलबार मेन्स डबल्स ओपन तर्फका खेलहरु सुरु भएका छन् । प्रतियोगिताको पहिलो दिन सौगात बिक र आशिष खड्कका जोडी, प्रनभ र गोविन्दको जोडी, शक्षम शाह र प्रितमको जोडी, आयूष घले र पेमा नोर्वुको जोडीले आ–आफ्नो खेल जितेका छन् ।  मेन्स ४५ वर्ष माथी सिंंगल्स/डबव्स मेन्स ४५ वर्ष माथी सिंंगल्सतर्फको खेलमा सिजर गुरुङले हुम आलेलाई ६–२, ६–१ ले पराजित गर्दा र प्रदिप शाह वाक ओभर पाउँदै दोश्रो चरणमा प्रवेश गरेका छन् । त्यसै गरी ४५ वर्ष माथी मंगलबार ७ खेलहरु सम्पन्न भएको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत निमा र टिटि सिंहको जोडी, राजु श्रेष्ठ र यज्ञ भण्डारीको जोडी, पदम र हुम आलेको जोडी, आशिष र सिजर गुरुङको जोडी, गोपी भट्टराई र सूर्य भूजेलको जोडी, शरण र विकासको जोडी बिजयी भएको आयोजकले जनाएको छ ।  मेन्स ५५ वर्ष माथी सिंगल्स/डबल्स ५५ वर्ष माथीको सिंगल्सतर्फ स्पर्धामा ध्रुर्व गुरुङले काजी गुरुङलाई २–६, ६–१ र १२–१० को सेटमा संघर्षपूर्ण खेलमा परजित गरे भने अनिल तुलाचनले राजकुमार गुरुङलाई पहिलो सेटमा ६–३ ले जिते पनि तुलाचन रिटयार्ड हर्ट हुँदै खेलबाट बाहिरिएका छन् । त्यस्तै भारतिय खेलाडी एन दिलिपले युकेका खेलाडी वाल्टर स्मिथलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गर्दा बाबु कार्कीले वाक ओभर दिंदा कर्ण तामाङ खेलमा विजयी हुँदै अघि बढेका छन् ।  त्यस्तै समिर शेरचनले राजेन्द्र घिमिरेलाई ६–२, ६–१ ले, कृष्ण राज घलेले सुरेन्द्र माकाजुलाई ६–०, ६–१ ले, उत्तम शेर्पाले डियोनमलाई ५–७, ६–१, १०–४ को सघर्षपूर्ण खेलमा पाखा लगाउँदा प्रदिप शाहले बिनोद कायस्थलाई ६–३, ६–३ को सोझो सेटमा पराजित गर्न सफल रहे ।   प्रतियोगिता अन्तर्गत ५५ वर्ष माथी मेन्स डबल्समा कमल र चाम्वा ढुन्ढुपको जोडीले राजु श्रेष्ठ र उत्तमलामालाई ६–३, ६–५ ले, अनिल तुलाचन र बिनोद कायस्थको जोडीले विदुर विष्ट र काजी गुरुङको जोडीलाई ६–३, ६–२ ले, हिमाल शाह र बिमल गुरुङको जोडीले मनोज र ध्रुर्ब घलेको जोडीलाई ६–०, ६–४ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् ।   ३५ वर्ष माथी डबल्स  जारी प्रतियोगितामा ३५ वर्ष माथी ८ खेलहरु सम्पन्न भएका छन् । जस अन्तर्गत कमल र यज्ञ, अनुज बास्तोला र नविन श्रेष्ठको जोडी, मिन पुन र मलिन गर्वुजाको जोडी, राजन पौडेल र लक्ष्मणको जोडी, समिर र अनिलको जोडी, जितेन्द्र र चेवाङ लामाको जोडी, सञ्जय र अनिलको जोडी, सन्तोष र सिमन्तको जोडीले आ–आफ्नो खेल जित्दै दोश्रो चरणमा प्रवेश गरेका छन् ।  जारी प्रतियोगितामा ६५ वर्ष माथी सिंगल्समा विष्णु गुरुङले इन्द्र कार्कीलाई तेसतेन नोर्गायलले विकाश रानालाई पराजित गरेको जिल्ला टेनिस संघ कास्कीले जनाएको छ ।  प्रतियोगितामा सहभागिता जनाउन भारत, बेलायत र भुटानबाट समेत पोखरा आएको उपाध्यक्ष चालिसे जानकारी दिएका छन् । सहभागि खेलाडी मध्ये ५७ जना पोखराका छन् भने ९३ जना पोखरा खेलाडी बाहिरबाट आएका छन् । प्रतियोगिताको सहभागिता हाल सम्मकै ठूलो सहभागिता हो ।  प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथी गरी विभिन्न उमेर सुमहमा १२ इभेन्टमा प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा मेन्स सिंगल्समा २७ जना, मेन्स डबल्समा १२ जना, उमेन्स सिंगल्समा ८ जना, ३५ वर्ष माथी मेन्स सिंगल्समा ३४ जना, डबल्समा १७ जना, ४५ वर्ष माथी सिंगल्समा ३५ जना, डबल्समा १९ जना, ५५ वर्षमाथी सिंगल्समा २४ जना, डबल्समा १२ जना, ६५ वर्ष माथी सिंगल्समा १२ जना र डबल्समा ३ जना गरी कूल २ सय ३ जना खेलाडीले नाम दर्ता गरेको जानकारी दिएका छन् । प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसले जनाएको छ । प्रतियोगितामा मेन्स तथा उमेन्स डबल्सतर्फ बिजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ३५ वर्ष माथी भेट्रान्स सिंगल्सतर्फको बिजेताले नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमीफाइनालिष्टले नगद १० हजार सहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफी संगै सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ४५ वर्ष भन्दा माथीको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिष्ट नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता अन्तर्गत नै हुने ५५ वर्ष माथीको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिष्टले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै डबल्सतर्फको बिजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमीफाइनालिष्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ६५ वर्ष माथीको सिंगल्सतर्फ बिजेताले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमीफाइनालिष्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । “१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” सम्पन्न गर्न करिव १६ लाख ५० हजार खर्च हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताएका छन् । प्रतियोगितामा पुरस्कार राशीमा ७ लाख ४० हजार खर्च हुने उनको भनाई छ । 

पोखराः   पोखरामा “१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” सुरु भएको छ ।  कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैकको मुख्य प्रायोजनामा उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस कोर्टमा सुरु भएको हो । पौष १५ गते सम्म सञ्चालन भएको उक्त प्रतियोगिताको पहिलो दिन भेट्रान्सतर्फका ५१ स्पर्धाहरु सम्पन्न भएको टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले बताएका छन् ।  सोमबार सुरु भएको प्रतियोगितामा ३५, ४५ र ५५ वर्ष माथी सिंगल्स र डबल्स स्पर्धाहरु सम्पन्न भएका छन् । प्रतियोगितामा ४५ वर्ष माथी सिंगल्समा प्रदिप शाहले विरेन्द्र लामा ६–०, ६–२ ले, सिजर गुरुङले राम बहादुर विकलाई ६–१, ६–४, मिन पुनले पदम गुरुङलाई १–६, ६–१ र १०–३ ले, शरण गुरुङले मनिष श्रेष्ठलाई ६–१, ६–४ ले, आशिष सिग्दलले अनुजा बास्तोलालाई ७–६, ६–४ ले, अमृत रोक्काले देव थापालाई ६–०, ६–१ ले पराजित गरे । त्यस्तै उत्तम वोगोटीले राजेन्द्र चापागाई लाई ६–४,६–१, रोहित सुनुवारले केबी लामालाई ६–१, ६–० ले, ठाकुर खनालले भिष्मराज पौडेललाई ७–६, ५–७, १०–७ ले, सुनिल श्रेष्ठले नारायण पाहारीलाई ६–१, ६–४ ले पराजित गर्दा शिव सुवेदीले एमडी यूनसलाई वाक ओभर दिएका छन् । त्यसै भारतका टि तुलेश्वर सिंहले नेपालका मनोज श्रेष्ठलाई ६–०, ६–१ ले, माधव भण्डारीले अर्जुन गुरुङलाई ६–३, ६–३ ले, महेश श्रेष्ठले युेका वाल्टर स्मिथलाई ६–०, ६–० ले, गोपी भट्टराईले विकाश गुरुङलाई ६–४, ६–२ ले पाखा लगाउँदा बिमल गुरुङले मनोज ढुङ्गानलाई वाक ओभर दिएका छन् ।  प्रतियोगिता अन्तर्गत नै सोमबार भएको ३५ वर्ष माथीको खेलमा सन्तोष खत्रीले दिपराना लाई ६–३, ६–१ ले, माधव भण्डारीले मनोज श्रेष्ठलाई ६–१, ६–१ ले, निरज थापाले प्रकाश राज वाग्लेलाई ७–५, ६–३ ले, जितेन्द्र परियारले नविन श्रेष्ठलाई ६–१, ६–१ ले, कमल भण्डारीले सरिन देउजालाई ६–०, ६–१ ले, देव क्षेत्रीले मिलन गर्वुजालाई ६–२, ६–३ ले, चेवाङ लामाले सविर मियाँलाई ६–०, ६–१ ले, चोम बहादुर शाहीले नवराज शर्मालाई ७–६, ६–१ ले, सम्दुप लामाले अनिल सेञ्चुरीलाई ६–३,  ६–४ ले र सिमन्त गुरुङ लक्ष्मण तामाङलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गरेका छन् ।  ५५ वर्ष माथीको सिंगल्सतर्फ पहिलो चरणको स्पर्धामा काजी गुरुङ, अनिल तुलाचन, एन दिलिप सिंह, कर्ण तामाङ, बिनोद कायस्थ, समिर शेरचन, सुरेन्द्र माकाजु र डियोनम लामाले आ–आफ्नो खेल जितेको टुर्नामेण्ट डाइरेक्टर पौडेलले जानकारी दिए ।  यस अघि प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले पोखराको पर्यटन प्रवद्र्धनमा खेलकुदको महत्व अहम हुने बताए । उनले भने–“खेलकुदले स्वास्थ्य संगै शारिरीक सुगठनका लागि मात्रै नभई पर्यटनका लागि समेत यसको महत्व उत्तिकै छ ।” मेयर आचार्यले कास्की टेनिसले पोखराको खेलकुद संगै पर्यटन प्रवद्र्धनमा समेत उत्तिकै महत्वका साथ अघि बढेको बताउँदै प्रशंसा समेत गरे ।  कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल टेनिस संघका उपाध्यक्ष तथा कास्की टेनिसका संस्थापक बिनोद कायस्थ, कास्की टेनिसका उपाध्यक्ष नविन चालिसे, सचिव नविन श्रेष्ठ, सदस्य मोनिका थापाले समेत कास्की टेनिसलगायत प्रतियोगिताको महत्व माथी प्रकाश पारेका थिए ।  प्रतियोगितामा सहभागिता जनाउन भारत, बेलायत र भुटानबाट समेत पोखरा आएको उपाध्यक्ष चालिसे जानकारी दिएका छन् । सहभागि खेलाडी मध्ये ५७ जना पोखराका छन् भने ९३ जना पोखरा खेलाडी बाहिरबाट आएका छन् । प्रतियोगिताको सहभागिता हाल सम्मकै ठूलो सहभागिता हो ।  प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथी गरी विभिन्न उमेर सुमहमा १२ इभेन्टमा प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा मेन्स सिंगल्समा २७ जना, मेन्स डबल्समा १२ जना, उमेन्स सिंगल्समा ८ जना, ३५ वर्ष माथी मेन्स सिंगल्समा ३४ जना, डबल्समा १७ जना, ४५ वर्ष माथी सिंगल्समा ३५ जना, डबल्समा १९ जना, ५५ वर्षमाथी सिंगल्समा २४ जना, डबल्समा १२ जना, ६५ वर्ष माथी सिंगल्समा १२ जना र डबल्समा ३ जना गरी कूल २ सय ३ जना खेलाडीले नाम दर्ता गरेको जानकारी दिएका छन् । प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसले जनाएको छ । प्रतियोगितामा मेन्स तथा उमेन्स डबल्सतर्फ बिजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ३५ वर्ष माथी भेट्रान्स सिंगल्सतर्फको बिजेताले नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमीफाइनालिष्टले नगद १० हजार सहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफी संगै सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ४५ वर्ष भन्दा माथीको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिष्ट नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता अन्तर्गत नै हुने ५५ वर्ष माथीको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिष्टले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै डबल्सतर्फको बिजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमीफाइनालिष्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ६५ वर्ष माथीको सिंगल्सतर्फ बिजेताले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमीफाइनालिष्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । “१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” सम्पन्न गर्न करिव १६ लाख ५० हजार खर्च हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताएका छन् । प्रतियोगितामा पुरस्कार राशीमा ७ लाख ४० हजार खर्च हुने उनको भनाई छ । 

पोखराः     जिन्दगीको लामो समयसम्म प्रेमका कुरा गरिन । म गाउँले बन्दी जीवन बिताएको मान्छे । गाउँको बन्द समाजमा धेरै कुराहरु बर्जित हुन्छन् । संस्कृति भनेको कृत्रिम चीज हो । संस्कृतिले बन्देजहरु निर्माण गर्छ, बन्चनाहरु निर्माण गर्छ । जीवनमा धरै कर्महरु गरिन्छन्, तर भनिदैनन् ।  जीवनमा प्रेम गर्न बडो गाह्रो छ । गरिएको प्रेमबारे भन्न त्यो भन्दा गाह्रो छ । तपाईंको प्रेमको प्रारम्भ कसरी भयो भनेर प्रश्न गर्दा सबैको जवाफ यस्तो आउला, ‘मेरो प्रेमको प्रारम्भ पत्नीबाट भयो । मेरो प्रेमको उत्कर्ष पनि मेरो पत्नीमै भयो । मेरो प्रेमको अवशान पनि पत्नीमै हुने छ । जीवनमा कुनै महिलालाई स्पर्श गरिन, आँखा पनि जुधाएको छैन ।’ मलाई लामोसम्म डर लागिरह्यो । मैले आफ्नो प्रेम पत्रको कुरा गरेँ भने, प्रेमको पोल खोलेँ भने, भण्डाफोर गरेँ भने मेरो पत्नीको मनमा त्यसको के प्रभाव पर्ला रु मलाई पिरलो लागि रह्यो ।  जीवनमा बन्देजमा राखिएका कुराहरु, निषेध गरिएका कुरालाई साहित्यको माध्यमबाट व्यक्ति गरिन्छ । साहित्य यस्तो शसक्त माध्यम हो, जहाँ संस्कृतिले बन्देज लगाएका कुराहरु र तानाशाहीले बन्देज गरेका कुराहरु प्रतीकको माध्यमले र रुपकको माध्यमले व्यक्त गरिन्छ । मेरो प्रेम पनि साहित्यबाट प्रारम्भ भयो । मेरो जन्म पाँचथरमा भयो । पाँचथर र तेह्रथुमलाई छुट्याउँने बीचमा तमोर नदी छ । मेरो गाउँमा हाइस्कुल थिएन । तेह्रथुम गएर हाइस्कुल पढ्नु पथ्र्यो । ९–१० कक्षा पढ्दा मलाई  कसैप्रति भावुक  अनुराग उत्पन्न भएछ । तर मलाई थाहा थिएन । त्यसबेला साहित्यिक गोष्ठीहरु हुन्थ्यो ।मैले साहित्य गोष्ठीहरु प्रेमबारे कथा लेख्थेँ । अव्यक्त प्रेम, भिजेको रुमाल, एउटा दूरदेशकी परीलाई प्रेमपत्र जस्ता लेख्थेँ । त्यस्ता प्रेमका कथा लेख्दा आम जीवनको भावना व्यक्त गरिरहेको छु जस्तो लाग्थ्यो । अहिले फर्केर हेर्दा के लाग्छ भने, कसैप्रति मेरो अनुराग थियो । भावुक अनुराग थियो । अहिले साहित्यको माध्यमबाट भनेको रहेछु भन्ने लाग्छ ।  स्कुलमा पढ्ने केटीहरुको संख्या धेरै थिएनन् । केटीहरुको संख्या थोरै थिए । त्यो थोरै केटीहरुतिर धेरै केटाहरु आँखा पथ्र्यो । तीनमाथि देख–अदेख, व्यक्त–अव्यक्त अत्यन्त तृष्ण र कठोर प्रतिस्प्रर्धा हुन्थ्यो । त्यो प्रतिस्पर्धामा स्वाभवत् म पनि थिएँ । म अझै पनि कपितय कुरामा अत्यन्त संकोच छु । यद्यपी कतिपय कुरा बहेरमुखी , कता वाकपटु जस्तो पनि देखिन्छु ।  यो समाजको लागि म अभद्र किन देखिने रु  अरुको दृष्टिमा किन गिरौं भन्ने मनाशयले आफूलाई नै ढाँटिरहन्छु । कतिपय यस्ता कुराहरु म भन्न सक्दिन । संस्कृतिले धेरै बर्जिद गरेको छ । मैले प्रेमका कथा लेख्न थालेपछि साथीहरुले खिज्याउँथे । तर मनमा ठूलो उत्साह जग्थ्यो ।  मेरो रुम पार्टनरले प्रेम पत्र लेखिदिए ‘म पुर्याईदिन्छु भन्यो । मलाई डर लाग्यो । म कक्षा सधैं प्रथम हुने हुनाले मसँग एउटा शक्ति पनि थियो । सानोतीनो कसुरमा मुक्त हुन्थेँ, म कुटिन्न थिएँ । प्रेमपत्रको भण्डाफोर नै भएछ भनेपनि मेरो शक्ति र सामाथ्र्यले जोगिन्छु कि भनेर मैले प्रेमपत्र लेखेँ । तर प्रेम पत्र लेख्ने प्रारम्भदेखि नै मलाई डर लागि रह्यो ।  मेरो नोट उसको कापी सरिदिने सर्तमा मेरो प्रेम पत्र मैले मन पराएको केटीलाई दिने । त्यो नोट उसको कापीमा सारिदिन्थेँ । मेरो प्रेमपत्र मैले मन पराएको केटीकहाँ पुर्यादिने सर्त भयो । तर पर्याउँने कसरी । चिठी लेखियो, खाममा पनि हालियो । अर्को फसाद पर्यो । सल्लेरीको नजिबाट त्यो केटी आउँने । उसँग अरुपनि मान्छे पनि हुन्थे । त्यो केटीलाई चिठ्ठी दिन महाभारत भयो । चार–पाँच दिन सल्लेरीमा कुरेपछि चिठ्ठी हात पारिदियो । उसले मलाई आएर भन्यो चिठ्ठी हात पर्यो । मलाई रातभरी निद्रा लागेन । त्यो केटीले हेडसरलाई उजुर गर्ली, त्यसको बाउँ सिस्नु लिएर आउला, मलाई त डर लाग्यो । मलाई कतै भागौं जस्तो लाग्यो । यस्तो ठाउँ होस् जहाँ विलुप्त हौं, हराउँ जस्तो भएँ । उज्यालो भयो, निदहराम भएर आँखा पोलिरहेका छन् । सिताराम प्रसार्इं मेरो साथी थियो, मेरो प्रेम पत्रको हुलाकी थिए । म विहानको स्कुलको प्रर्थनमा गएँ । केटीको अनुहार कुनै परिवर्तन देखिन । कतै मेरो प्रेम पत्रको प्रतिक्षामा त छैन रु उसमा त्यो आँट आएन होला मैले प्रेम पत्र लेखेँ । त्यो दिन केही भएन । धन्य भगवान जोगियो भन्ने लाग्यो ।  पत्रको त प्रतिक्षा हुन्छ । त्यो पत्र व्यर्थ लेखिएछ जस्तो लाग्यो । त्यत्रो जोखिम उठाएर व्यर्थ लेखिएको होइन थियो । दोस्रो चिठ्ठी चाहि कम डरका साथ लेखेँ, सितारमाले चिठ्ठी दियो । त्यसपछि जवाफ आयो । केटीको परिवार मेरो परिवारभन्दा  धनाढ्य थियो । चिठ्ठीमा जवाफ के आयो भने , मेरो विवाह हुने कुरा चलिरहेको छ, यसलाई म काट्न सक्दिन । त्यसैले तिमीसँग विवाह हुन सक्दैन, तिमी भानुभक्त बन भनिन् । पछि फर्केर हेर्दा के लाग्यो भने ठूलो कुरा भनिएको थियो जस्तो लाग्छ । उसको कुनै आरोप थिएन । तिमीसँग विवाह सम्भव छैन । भानुभक्त बन’ मेरो मन खिन्न भयो । मलाइ केको भानुभक्त बन्नु छ । मलाई त केटी चाहिएको थियो । त्यो प्रेमले स्वारुप र आकार ग्रहरण गर्नु पहिले टुंगियो । वास्तवमा त्यो प्रेम थिएन, भावुकता थियो । तथापी केही थियो ।अहिले ७७ वर्ष भएँ, त्यो धेरै पुरानो घटनाको याद अझै छ ।  यदाकदा त्यो केटीसँग भेट हुन्छ । तर अचम्म के भयो भने, स्कुलमा हुँदासम्म उनीसँग एक वचन पनि बोलचाल भएन । एउटै कक्षा केटी भएदेखि नोट  साट्ने वाहना एकदुई बचन बोलिथ्यो होला । त्यो सकियो ।  अस्वीकृति थिएन, बाध्यता थियो । मैले जीवन जहाँदेखि जहाँसम्म यात्रा गरेँ । तीनको उद्दारका कारणले पनि हो ।  तिमी भानुभक्त बन भन्ने केटीले ठूलो उदार गरिन जस्तो लाग्छ । उसको र मेरो प्रेमसम्बन्ध जोडिएर विवाह भएको भए तपाईंहरुसँग भेट हुने थिएन । दाम्पत्य जीवनमा बाधिन्थेँ । परिवारको बोझ शिरमाथि हुन्थ्यो । मेरो जीवन त्यही परिवेशमा हुन्थ्यो । त्यही बिलाउँथेँ । उनको स्वीकार नै उद्दार भयो ।  

पोखराः   रेस्टुरेन्ट एन्ड बार एसोसिएशन (रेवान) पोखराको आयोजनामा फेवाताल किनारमा हुने सडक महोत्सवको तयारी अन्तिम पूरा भएको छ । अंग्रजी नयाँ वर्ष २०२३ लाई स्वागत गर्न आयोजना गरिएको सडक महोत्सवको तयारी पूरा भएको आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।  कार्यक्रमका संयोजक तथा रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले ‘सडकमै खाऔं, सडकमा रमाऔं’ भन्ने मुख्य नारासहित आयोजना हुने २४ औं सडक महोत्सवको सम्पूर्ण तयारी भएको बताए । उनका अनसार महोत्सव आगामी १३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ ।  महोत्सवको प्रतियोगिता अन्तरगत चिल्ली बारमा (डिसेम्बर २९) पुष १४ गते वेटर÷वेट्रेस प्रतियोगिता, (३० तारिख) १५ गते फेवातालमा डुङ्गा दौड प्रतियोगिता, र (डिसेम्बर ३१) १६ गते गौरीघाटमा टग अफ वार प्रतियोगिता आयोजना गरिने संयोजक भट्टराईले जानकारी दिए ।  भट्टराईका अनुसार महोत्सवमा अनुप्रस्था, , सविन राई, आशिष रानामगर (लाहुरे) र लोकल व्याण्डको लाइभ कन्र्सट हुनेछ ।  यस्तै महोत्सवमा दिउँसो प्रजापति पराजुली, चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, सुरेन्द्र गुरुङ, खेम सेन्चुरी, शंकर विरही गुरुङ, निश्चल दवाडी, बद्री पंगेनी, प्रेम राजा महत, बविता बानिया जेरी, कुमार पुन, राजन कार्की, शान्ति श्री परियार, पुरुषोत्तम न्यौपाने, तारापती सुवेदी, सम्झना भण्डारी, श्याम रानामगर, कृष्ण अखेली र पार्वती जिसीको साँगीतिक प्रस्तुती रहनेछ भने हास्य व्यङ्ग्यतर्फ दिपक थापामगर, राजा राजेन्द्र, हास्य तर्फ युवराज भण्डारी, राजेन्द्र नेपाली लगायतको प्रस्तुती रहनेछ ।   

पोखराः   ‘लोककथाबाट चियाउँदा समाजको दर्पण कस्तो देखिन्छ ?’ सहजकर्ता दीपक सापकाटाले कवि तथा संस्कृतिविद् तुलसी दिवसलाई सोधे। १ सय २२ ओटा लोककथाको संगालो ‘लोककथा’बाट प्रचलित मौखिक कथाको संग्रहण गरेका दिवसले लोककथाको महत्वबारे बोले ।  पोखरामा जारी १०औं नेपाल लिट्रेचर फेस्टिभलको  सेसन ‘लोककथाको आलोक’मा वक्ता थिए तुलसी दिवस। र सहजकर्ता थिए पत्रकार सापकोटा । दिवसले भने, ‘नेपाल १ सय ४० भन्दा बढी भाषा बोल्ने जातीहरूको सामूहिक स्थल हो। नेपाली बोल्नेको मात्रै होइन । सबैको सामूहिक स्थल भएका कारण इतिहासको अवधारणा आमूल परिवर्तन आउने देखिएपछि लोकसात्यि, संगीत संकलन मात्र हैन आफ्नो इतिहासलाई पूर्ण रुपमा संकलन गर्न आवश्यक छ ।’  उनी नेपाली लोककथालाई प्रकाशमा ल्याउनका लागि कथा संकलन गरिएको बताउँछन् ।  ‘भूगोल, संस्कृति फरक हुँदा पनि लोककथा किन एकै हुन्छन्?’ सापकोटा सोध्छन्। दिवस संसारका मानिस जहाँ भए पनि समान सोच्ने बताउँछन् । न्याउरी मारी पछुतो लोककथा नेपालमा मात्र नभई आइल्याण्डमा पनि फरक पात्रको रुपमा प्रस्तुत भएको उदाहरण उनी दिन्छन्। ‘हाम्रो न्याउरी मारी पछुतो कथा आइल्याण्डमा पुगेपछि कुकुर मारी पछुतो भयो। किनकि त्यहाँ सर्प नहुँदा, न्याउरीमुसोबाट जे सन्देश दिन खोजेको थियो त्यो पूरा हुन। अनि कुुकुर पात्र राखियो,’ उनी भन्छन्, ‘हरेक लोककथा संसारभरि छन्। पात्र परिवर्तन हुन्छन्। तर कथाको सन्देश एउटै हुन्छ ।’ 

 पोखराः   खेलकुद होस् वा राजनीति दुवैमा हार-जीतको प्रतिस्पर्धा रोचक हुन्छ । दुवैमा प्रायः जित्नेहरुको चर्चा हुन्छ। राम्रै खेल खेलेर हारे पनि उनीहरु विजेताको छायामा पर्छन् ।   तर नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन हार्नेहरुको चर्चा भयो। नेकपा एमाले पार्टी परित्याग गरी पछिल्लो चुनाव लडेका घनश्याम भुसाल र चुनाव लड्ने अवसरबाट वञ्चित नेपाली कांग्रेसका मिनेन्द्र रिजालको हार छलफलको मुख्य विषय बनेको हो ।  लेखक विजय कुमारले सञ्चालन गरेको यो सत्रमा उनले आफ्नो चिरपरिचित शैलीअनुसार सुरुमै घनश्याम भुसाललाई प्वाक्क सोधे,  ‘तपाईं अहिले के पार्टीमा हुनुहुन्छ घनश्यामजी?’ एक चरण दर्शक स्रोता हाँसिसकेपछि भुसालको जवाफ सुनियो, म ‘अहिले नेकपामा छु ।’ अनि विजय कुमारले भने, ‘ए!’ विजय कुमारले अर्का वक्ता मिनेन्द्र रिजाललाई पनि किन छोड्थे !  डा. रिजाललाई कबुल गर्न बाध्य पारे, म पार्टीको निर्वाचनमा महामन्त्रीमा मज्जैले पराजित भएँ। रक्षामन्त्रीबाट राजीनामा गरेँ । तर छलफल वक्ताद्वयलाई होच्याउन नभई हारजीतको बुझाइलाई नयाँ कोणबाट हेर्ने प्रयासका लागि थियो । दुवै नेताले पालैपालो आफ्नो हारलाई संघर्षका रुपमा व्याख्या गर्ने अवसर पनि पाए ।  रिजालले भने, ‘हरेक मान्छे विजेता, हरेक मान्छे हार बेहोर्छ। मैले पटक पटक संसदमा हुँदा ओलीजीको प्रतिपक्षमा हुँदा भनेको थिएँ हारमा शानसाथ हार्न सक्नु भएन भने जीतमा विनयशीलता भएन भने मानिस मानिस हुन्न । आज फेरि भन्छु– ओलीजी प्रचण्डजी विनयशीलता नगुमाउनुस् ।’ उनले राजनीति र चुनावमा जित्नेभन्दा हार्ने धेरै हुने टिप्पणी गरे। एउटा निर्वाचन क्षेत्रबाट फगत एक जनाले जित्ने भन्दै उनले भने, ‘चुनाव लड्न नपाएका पहिल्यै हार्छन्। चुनाव लडिसकेका पनि एक जनाबाहेक सबै हार्छन् ।’  नेता भुसालले हारजीत एकदम वृहद् विषय भन्दै आफ्नो हार्ने स्वतन्त्रताको रक्षा गर्न सफल भएको दाबी गरे । ‘म हार्ने स्वतन्त्रताका लागि खडा भएको थिएँ । यो आज भन्दै छुइनँ। एक वर्ष अगाडि सौराहामा हाम्रो महाधिवेशन भएको थियो। त्यहाँ हाम्रो अध्यक्षले लिस्ट पढेर सुनाउनुभयो र अब यहाँ कसैको कुनै विमति हुन सक्दैन भन्नुभयो,’ भुसालले भने, ‘मैले मञ्चमा गएर उहाँलाई विनम्रतापूर्वक भनेको थिएँ, यहाँबाट हामीले जितेर जान दिनुहुन्न तपाईंले। तर हामीलाई हाम्रो हार्ने स्वतन्त्रता चाहिँ दिनुस् ।’  उनले हार्ने स्वतन्त्रताको रक्षा गर्ने क्रममा आफूले जितेको भन्दै आफूलाई भाग्यमानीसमेत भने ।  छलफलमा राजनीतिमा साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेर जित्नैपर्ने मूल्य स्थापित भएकोमा दुवै नेताले चिन्तासमेत व्यक्त गरे ।  रिजालले यसबारे भने, ‘हामीले एउटा संस्कृति निर्माण गर्यौ त्यहाँ पुग्नै पर्छ । जसले जसलाई जतिबेला झुक्याएर पनि त्यहाँ पुग्नै पर्छ ।  हाम्रो भाष्य के थियो? नमिली जितिन्छ? एक्लै लडेर जितिन्छ? जित अन्तिम सत्य बन्यो हाम्रो । आज कांग्रेससँग जीत पनि छ, हार पनि छ ।’ यही विषयमा नेता भुसालले पैसा, लोकप्रियता र विचारका लागि राजनीति गर्ने तीन थरी अभ्यास रहेको बताए। उनले राजनीतिमा पैसा कमाउन र चर्चा कमाएर शान देखाउनेहरु हाबी भएको टिप्पणी गरे। यसबाहेक विचार र मूल्यमा रहेर, त्यो मूल्यलाई समाजमा सम्प्रेषित गर्न राजनीति गर्नेहरु पनि सानो संख्यामा रहेको उनले बताए ।  हारजीतमा केन्द्रित छलफलमा पछिल्लो राजनीतिक प्रकरणपछि काठमाडौंका नेता भुसालले मेयर बालेन्द्र शाहको ट्विटबारे पनि आफ्नो धारणा पोखे ।  मेयर शाहले नयाँ सत्ता समीकरणबारे ट्विटमा लेखेका थिए- राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने, र , राजा मार्छु भन्ने तीनटै सरकारमा । हामी प्रजा सधै सास्तीमा । ‘बालेनजीले जुन उदाहरण राजालाई नै केन्द्रित भएर त्यो उहाँले किन भन्नुभएको भन्ने कुरा मैले अहिलेसम्म बुझेको छैन। आगामी दिनमा नेपाली राजनीतिका अनेक कौतुहलता क्रमशः अगाडि आउँछन् केही छ भने,’ उनले भने, ‘यदि छैन त्यसै एउटा कविता लेख्नुभयो उहाँले छोटा कविता लेख्नुभएको हो भने सकिएला। यसभित्र केही छ भने यो राजालाई नै केन्द्र गरेर किन यो प्रश्न आयो भन्ने कुरा, मेरो कौतुहलता त्यत्ति हो ।’   

पोखराः  पोखराबारे थुप्रै गीत लेखिएका छन्, गाइएका छन् ।  गीतकै कारण पोखरा मानिसका हृदयहरूमा बसिरहन्छ ।  पोखरा, फेवाताल वा माछापुच्छ«े सर्जकका सिर्जनामा आइरहन्छन् ।  नेपाल लिट्रेचर फेस्टिभलको चौथो दिन ‘हेर्दा राम्रो माछापुच्छ्रे’ सेसनमा सजकर्ता दीपक परिवार कवि तीर्थ श्रेष्ठलाई पहिलो प्रश्न सोध्छन्, ‘काठमाडौंभन्दा बढी गीत पोखराबारे गाइएका छन् । साँच्चै ती गीतले पोखराको वास्तविक प्रतिबिम्बन गरेका छन् ?’ कवि तीर्थ श्रेष्ठ भन्छन्, ‘एउटै गीतमा सिंगो पोखराको प्रतिनिधित्व हुन सक्दैन। कुनै गीतमा पोखराको प्राकृतिक सौन्दर्य र कुनै गीतमा सांस्कृति सौन्दर्य जोडिएको हुन्छ। कुनै गीतले इतिहास पनि जोडिदिएको छ। गीतले जिज्ञासालाई पनि जीवन्त बनाउने रहेछ ।’ कार्यक्रममा कवि तीर्थ श्रेष्ठसँगै गायक धर्मेन्द्र सेवान र गायिका रज्नी ‘रिदम’राई पनि सहभागी थिए । तीर्थ गीतले इतिहासका  कुरालाई कसरी जोड्छ भन्ने प्रसंगमा थप्छन्, ‘एउटा गीतमा ढुंगेसाउँको मेला बाँचेको छ। तर अहिले त्यो त बाँकी छैन नि ।’ तीर्थ गीतले स्रष्टालाई पनि जीवन्त राखेको बताए। यद्यपि, पोखराई अझै लेखिन बाँकी रहेको उनी बताउँछन् ।  धर्मेन्द्र आफूले ०५५ सालमा ‘नेपाली तारा’ रियालिटी शो चल्दा पोखराले निकै माया गरेको सम्झन्छन् ।  ‘भर्खर उदाएका युवा पुस्ताका कलाकारलाई पोखराले सधैं मञ्च प्रदान गरेको छ,’ उनी भन्छन्।  धर्मेन्द्र आफूले ‘हेर्दा राम्रो माछापुच्छ्रे’ गाउँदा ‘पोखरेली कान्छो’भनेर पाउको माया कहिल्यै बिर्सन्नन् ।  तर धर्मेन्द कामको शिलशिलामा काठमाडौं छन्। तर उनलाई बस्ने रहर पोखरामै छ। ‘तर जता लागे पनि संगीतमा भने सधैं रहन्छु,’ उनी भन्छन् । दार्जिलिङबाट आएर पोखरामा कर्मथलो बनाएकी रजनी रिदम राई पोखराबारे गाएका गीतका कारण चर्चित छिन्। उनी आफू पोखरा आउँदा पहिलो पटक पाएको अवसरबारे सझिन्छिन् ।  आफू संघर्षरत् कलाकार हुँदा पहिलो पटक अवसर दिने सर्वज्ञमान शाक्यलाई सम्झन्छिन्। आफूले गाएको पहिलो गीतले नै अवार्ड दिएकोमा फुरुङग भएको उनी सम्झन्छिन् ।  तीर्थलाई दीपक जिज्ञासा राख्छन्, ‘हरिदेवी कोइरालाकै पहिलो रेकर्डेड गीतमा बैदाम ताल सुन्छौं। धेरैलाई बैदाम ताल र फेवातालको सन्दर्भ थाहा छैन। फेवा र बैदामको प्रसंग भनिदिनुस् न ?’ फेवातालको पुरानो नाम हो बैदाम ताल। यहाँ तालनजिकै बदाम खेती हुने हुनाले बैदाम ताल नामाकरण गरिएको प्रसंग उनी कोट्याउँछन् ।   फेवाताल कसरी रहन  गयो भन्ने कुरा अनुसन्धानको विषय रहेको तीर्थ बताउँछन् ।   

पोखराः    चर्चित कांग्रेसी नेता गगन थापा काठमाडौंमा जन्मिएँ, काठमाडौंकै हावापानीमा हुर्कि ए। लेखक बुद्धिसागर कर्णालीमा जन्मिएँ, त्यहीँको माटोमा पले बढे। यस्तो पृष्ठभूमिले काठमाडौंलाई हेर्ने यी दुईको नजर फरक हुने नै भयो ।  नेता थापा र लेखक बुद्धिसागरले नेपाल लिटरेचर फेस्टिभलको चौथो दिन हिजो आइतबार साँझ काठमाडौंसँगको यस्तै फरक अनुभूति साटे ।  कथा काठमाडौं शीर्षकमा भएको कुराकानीमा बुद्धिसागरले आफू पहिलो पटक काठमाडौं सहर प्रवेश गर्दाको समय सम्झिँदै भने, मेरो एसएलसीको मार्कसिटमा एउटा अक्षर छुटेछ। अनि म त्यो चापागाइंमा छुटेको एउटा पि थप्न आएको हुँ। मलाई मेरो त्यो पि छुट्नु नै म यहाँ पुग्नु हो जस्तो लाग्छ। म भन्दा अगाडि मेरो फेमिलीबाट एक जना दाइ काठमाडौं आउनुभएको थियो, उहाँको मेन्टल प्रोवलम भयो। अनि हाम्रो परिवारमा चपाइंहरु काठमाडौं जान हुन्न बौलाउँछन् भन्ने भयो ।  साथै एक जना सुभचिन्तक साथीले आफूलाई नेपाली साहित्यको गगन थापा भनेको र पहिलो पटक थापाको नाम त्यतिवेलै सुनेको पनि उनले बताए ।  आफ्ना बाबुको काठमाडौं आउँदाको कथा र यहाँको भोगाइ बुद्धि सागरसँग बढी मिल्ने बताउँदै गगनले भने, मलाई कसैले घर कहाँ भन्यो भने म काठमाडौं भन्छु। मेरो बाले सोलुखुम्बु भन्नुहुन्छ। घर भनेको एउटा नेटवर्क पनि हो, बाल्यकालको कल्पनाशिलताको परिवेश पनि हो। घर भन्ने बित्तिकै म मेरो बाल्यकाल, खेलेको खेत मेरा आफ्ना कुरा सम्झन्छु। मेरा बासँग त्यो सबै सम्झना सोलुखुम्बुको छ ।  काठमाडौं भनेको एउटा सहरको नाम मात्रै नभएर प्रवृत्तिको रुपमा आफूले बुझ्ने गरेको बुद्धिसागरले बताए ।  काठमाडौंको बारेमा मेले सुनेको तीन चिज मात्रै थियो। एउटा रत्नपार्क, अर्को धरहरा र अर्को असन भन्ने ठाउँ छ। उनले भने, सबै कविहरुले आफ्नो आफ्नो तरिकाले व्याख्या गर्नुहुन्छ मेरो लागि काठमाडौं अवसर चाहिँ हो। काठमाडौं सहरको नाम भए पनि यो प्रवृत्ति हो जस्तो लाग्छ। जुन हामी बाहिरबाट जानेहरुले नै बनाएको हो ।  काठमाडौंकै परिवेशको कथा रहेको बुदिध् सागरको भर्खरै प्रकाशित उपन्यासको प्रसंग सुरु गर्दै गगनले सोधे, यो पढिसकेपछि सहरमा अवसर छैन कि, दुखैदुख मात्रै छ कि जस्तो किन लाग्यो ?  म आफूले पर्सनल नजरियाले देखेको चिजहरु गर्छु ।  जस्तो एक्लोमा कुनै नेवार पात्र छैन। किनभने काठमाडौंमा मेरो संगत नै भएन । गगनको प्रश्नलाई सम्बोधन गर्दै बुद्धिसागरले भने, काठमाडौं त्यस्तो क्रुर छैन। अवसर सबैले पाउँछन् कसैले क्यास गर्छन्, कसैले सक्दैनन्। काठमाडौं एउटा स्प्रिङ जस्तो हो, तपाईंको वजन चाहिँ हुनुपर्यो ।  ग्गनले काठमाडौं मुम्बइ, न्युयोर्क जस्तो बन्न याग्य सहर नरहेको भन्दै मानिसहरुले सपनाको सहर नाम दिएर काठमाडौंलाई भारी बोकाइरहेका त छैनौँ भन्ने जिज्ञासा राखे ।  गगनलाई सम्बोधन गर्दै बुद्धिसागरले भने, काठमाडौंमा अवसर छ जस्तो किन लाग्छ भने सबै चिज यहीँ छ । काठमाडौंमा जे छ त्यो सबै सहरहरुमा फैलिनुपर्छ जस्तो लाग्छ तर त्यो असम्भव छ ।  काठमाडौं भित्र थुप्रै काठमाडौंहरु बनेको र अब काठमाडौं कसको हो ? भन्ने अर्थ राजनीतिक प्रश्न सुरु भएको गगनले बताए । आफ्नो वडामा रहेको स्वास्थ्य केन्द्रको उदाहरण दिँदै उनले भने, मेरो वडाका वडाध्यले प्राप्त गरेको मत २ हजार हो। १०, १२ हजार मतदाता हुनुहुन्छ । तर त्यहाँ बसोबास गर्ने मान्छे एक लाख हाराहारी होला। कहिलेकाहीँ मैले यो सहरी संरचना कसको लागि सञ्चालन गर्ने हो ?  भन्नुहुन्छ, त्यहाँको रजिष्टर जनसंख्या १० हजार छ, जबकी मान्छे त बस्छन ्। त्यो सहरको स्वास्थ्यको सुविधा घर हुनेले मात्र पाउने हो? भाडामा बस्नेले नपाउने हो ? अथवा भाडामा पनि बस्न नपाउनेले पाउने कि नपाउने? सहर कसको हो ? काठमाडौं कसको हो ? तपाईंलाई के लाग्छ ? काठमाडौंमा म यहीँ छु भनेर देखाउने प्रमाण केही छैन। म तीनटा खाले काठमाडौं देख्छु ।  एउटा त्यहीँको स्थानिय जसको घर छ, अर्को पछि गएर घर बनाएका र अर्को पछि गएर घर बनाउने सपना बोकेका। बुद्धि सागरले भने, सामान्य हिसाबमा जसको घर छ काठमाडौं उसैको होला भनिन्छ । समग्रमा काठमाडौं विहानदेखि बेलुकासम्म पसिना बगाउने सबैको हो ।  आफू काठमाडौं आउँदा विशालनगरको हिँड्ने भर्याङ देखेर छक्क परेको प्रसंग जोड्दै बुद्धि सागरले काठमाडौं मै जन्मे हुर्केका गगनलाई केके कुराले चकित बनायो भन्ने जिज्ञासा राखे ।  गगनले भने, सायद पहिलो पटक मोबाइलले छक्क गरायो होला। हाम्रोमा टेलिभिजन हुने घर थियो, टेलिफोन हुने घर थियो। यसरी हेर्दा धेरै पटक सप्र्राइजहरु दियो। साथै आफूले हेर्दा हेर्दैै काठमाडौंका खोली बिग्रेर ध्वस्त भएको पनि उनले बताए ।  आफू काठमाडौं आएपछि हेर्दा हेर्दै भुइँ कुहिरो र रुखहरु पनि हराएको बताउँदै पार्क, रुख, चराहरु, खोला आदिका लागि मानिसहरुले चासो दिने नगरेको बुद्धिसागरले बताए। साथै आवश्यकता तथा पाउनुपर्ने अधिकारका बारेमा धेरैलाई थाहा नभएको हो कि भन्ने जिज्ञासा पनि राखे। जसमा काठमाडौंमा चराको विषय, रुखको विषय आलोचना गर्नुपर्दा उठ्ने तर सार्वजनिक विमर्शको विषय कहिल्यै पनि बन्ने नगरेको कुरा गगनले जोडे ।  पञ्चायत कालमा काठमाडौं उपत्यका संरक्षण्का लागि भएको प्रयास सम्झँदै गगनले भने, काठमाडौंको यो अवस्था हुनु हाम्रो कलेक्टिभ फेलियर हो। कहाँनेर गल्ती भयो जस्तो लाग्छ भने २०३५ सालमा काठमाडौंको सहरीकरणमा ध्यान दिएर अहिले नै व्यवस्थापनका लागि केही गरिएन भने अबको २०, २५ वर्ष पछिको काठमाडौंको हालत वेहाल हुन्छ भन्ने ठानेर डा. प्रकाशचन्द्र लोहनीले काठमाडौं उपत्यका विकास प्राधिकरणको परिकल्पना गरेर त्यसको ऐन पनि पारित भएको रहेछ। त्यतिवेला काठमाडौंको नदि, वन, वातावरण सबै कुरालाई एउटै युनिटको रुपमा हेरे कसरी काठमाडौंको विकास गर्ने भनेर सोचिएको रहेछ ।  तर, २०४६ सालको परिवर्तन पछाडि धेरै अवसरहरु आएको र एउटा सानो समय काठमाडौंले धेरै मानिसलाई तानेको उनले बताए। साथै त्यो वेलामा पञ्चायतका सबै कुरा छोडेर जानुपर्छ भन्ने क्रममा काठमाडौं उपत्यका विकास प्रधिकरणको बनिसकेको ऐन पनि छुट्नु काठमाडौ अहिलेको अवस्थामा आउनुको एउटा मुख्य कारण रहेको पनि उलने बताए। काठमाडौंको खोलानाला, वातवरण सबैलाई सँगै राखेर विकासको मोडल बनाउनुपर्ने र अबको आफ्नो जोड त्यसैमा हुने पनि गगनले बताए ।