पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

पोखराः   पोखराको अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवमा पोखरामा निर्माणाधिन चिडियाखानाको अवलोकनको लागि निःशुल्क बसको ब्यवस्था गरेको छ । महोत्सवमा आउने दर्शकले टिकट काटेर महोत्सवको अवलोकन संगै महोत्सव स्थलबाट दिउसो एकबजे र चार बजे गरी दुई सिफ्टमा निशुल्क बस सेवा उपलब्ध गराइएको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सव प्रवेश टिकटपछि दर्शकले निशुल्क रुपमा बस सेवाको उपलब्ध गराउने र चिडियाखाना पुगेपछि भने दर्शकले टिकट काट्नुपर्नेछ । चिडियाखाना अवलोकनको लागि विद्यार्थीलाई १५  र सर्वसाधारणका लागि २५ रुपैया टिकट लाग्ने समेत प्रचार प्रसार संयोजक सुनारले बताए । युनाइटेड क्लबले महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि पोखरामा खुल्ला चिडियाखाना निर्माणको पहलकदमी थाल्दै आएको र एघारौं संस्करणको पोखरा महोत्सव सम्म आइपुग्दा चिडियाखाना निर्माणको कार्य तीब्र गतिमा बढिरहेको छ । चिडियाखाना अवलोकनमा जाने दर्शकहरुले निलगाइ, हुचिल, इजिप्सियन भल्चर, मृग, बांदर लगायतका जीवजन्तुहरुको अवलोकन गर्न पाउनेछन । महोत्सवको दोश्रो दिन दर्शकहरुको उल्लेख्य सहभागिता रहेको समेत प्रचार प्रसार संयोजक सुनारले जानकारी दिए । महोत्सवमा बिहीबार दर्शकहरुलाइ लोकदोहोरीतर्फ पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, बबिता बानिया (जेरी), शिवहरी ढुंगाना, कृष्ण सुवेदी, जीवन सिग्देल, प्रदिप त्रिपाठी, दुर्गा क्षेत्री, तुलसा जि.सी. नवराज अधिकारी लगायतले लोकदोहोरी मार्फत मनोरन्जन प्रदान गरेका थिएभने हास्य ब्यङ्ग्य तर्फ कमेडियन जादुगर दिपक थापा मगरले दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए । सांझको कन्सर्ट तथा लाईभ ब्याण्ड तर्फ द स्क्रयाच जर्नीको प्रस्तुती बाट युवाहरुले मनोरन्जन लिएका थिए । महोत्सवमा शुक्रबार लोकदोहोरीतर्फ चन्द्र शर्मा, जीवन दाहाल, कुमार पुन, शिवहरी ढुंगाना, लक्ष्मी नेपाली, इन्द्रा गुरुङ, केशव देवकोटा, रचित पौडेल, तुलसा जिसीको प्रस्तुती रहनेछभने सांझको लाईभ ब्याण्ड तर्फ अभय एण्ड द स्टीम इन्जीन्सको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

पोखराः    लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्माण गरेको घान्द्रुकको (कोँड नाश) वृत्तचित्र बेलायतमा प्रदर्शन हुने भएको छ ।  ब्रेजमेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा निर्मित वृत्तचित्र घान्द्रुक समाज बेलायतको आयोजनामा माघ १ (जनवरी १५ तारिख)मा बेलायतको एम्पाएर हल एल्डरशटमा प्रदर्शन हुने लामा अमृत फाउण्डेशनका संस्थापक अमृत गुरुङले जानकारी दिए ।   ‘घान्द्रुकमा पहिलो प्रदर्शन गरेको वृतचित्रलाई देशको प्रमुख शहरहरु पोखरा, काठमाडौं लगायतका स्थानमा प्रर्दशन गरिएको छ, गुरुङले भने, ‘कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुक लगायत विभिन्न क्षेत्रमा निर्माण भएको वृत्तचित्रलाई पहिलो पटक बेलायतमा प्रदर्शन गर्दै छौं, बेलायतपछि हङकङ, जापान लगायतका देशका शहरमा प्रदर्शन गर्ने तयारीमा छौं ।’   लामा अमृत फाउण्डेशन घान्द्रुकका अमृत गुरुङले निर्माण गरेको उक्त वृत्तचित्रमा सन्तोष कोन्मेको निर्देशन, जितेश प्रधान र युनिश गुरुङको लेखन, शिव मुखियाको संगीत र सञ्जय मल्लको आवाजले सिगारिएको छ । भने बार डिजिटल पोखरामा रेकर्ड गरिएको हो ।  उक्त वृत्तचित्रमा तमु समुदायसँग सम्बन्धित संस्कृति त्यसैगरी प्राकृतिक सौन्दर्यता तथा कास्कीको उत्तरी भेगमा रहेको पर्यटकीय गाउँ घान्द्रुक आसपासको रहनसहन भेषभुषा तथा कला संस्कृतिलाई चित्रण गरिएको छ ।  

पोखरा:    पोखरा महानगरपालिका ४ फिर्केपुलमा (बुधबार) मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।  पोखरा बागलुङ सडकखण्ड अन्तरगत पर्ने पोखरा ४ फिर्केपुलमा मोटरसाइकल दुर्घटना हुँदा बागलुङका मनिष नेपाली र बाजुराका सुरज बुढा घाइते भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए ।  ‘बुधबार राति फिर्के खोला पुलमा मोटरसाइकलस अनियन्त्रित हुँदा से ७ प ५२०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते छन्, सूचना अधिकारी पाठकले भने, दुईजना नै सामान्य घाइते छन्, अहिले मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।’ सूचना अधिकारी पाठकका अनुसार मोटरसाइकलका चालक सुरज बुढाले मापसे गरेको खुल्न आएको छ । पोखरा बागलुङ सडकखण्ड अन्तरगत पर्ने फिर्के खोला पुलमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको सूचना अधिकारी पाठकले जानकारी दिए । 

पोखरा:    पोखरा महानगरपालिका वडा नं –१५ ले वडा स्तरीय वृहत खेलकुद महोत्सवको आयोजना गरेको छ । पोखरा १५ स्थित वन विज्ञान अध्ययन संस्थानको खुल्ला चौरमा आजदेखि खेलकुद महोत्सवको आयोजना गरिएको हो । खेलकुद महोत्सवमा महिला तथा पुरुष भलिबल, पुरुष फुटबल, अन्तर विद्यालय स्तरीय फुटबल, महिला, पुरुष दौड, आमा समूह बिच रस्साकस्सी खेल लगायत फरक शारीरिक क्षमता भएका व्यक्तिहरू बिच बास्केटबल र ह्विलचियर दौड प्रतियोगिता सञ्चालन हुनेछ । खेलकुद महोत्सवबारे जानकारी दिँदै वडा अध्यक्ष तोरण बहादुर बानियाँले वडावासी नागरिकमा आपसी मेलमिलाप, भाइचारा, तथा सहयोगको भावना जगाउनुका साथै नागरिकको स्वास्थ्यको लागि खेलकुदले महत्त्व राख्ने हुँदा खेलकुद महोत्सवको आयोजना गरिएको बताए। उनले वडाले लिएको नीति अनुरूप अब भौतिक पूर्वाधारको विकासले मात्र मानवीय विकास नहुने भन्दै त्यसका लागि नागरिकहरू पनि शारीरिक र मानसिक रूपमा स्वस्थ हुन आवश्यक रहेको भन्दै खेलकुदलाई पनि प्राथमिकता दिइएको प्रतिक्रिया दिए। बानियाँले खेलकुद महोत्सवमा सहभागिता जनाउने टिम धेरै भएकाले समयमै सम्पन्न गर्नका लागि आज (बुधवार) देखि प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिए । यस्तै, कार्यक्रम संयोजक आशिष भण्डारीले खेलकुद महोत्सवमा वडावासी नागरिकको उत्साहपूर्ण सहभागिताले आफूहरूलाई पनि खुसी र थप जिम्मेवार बनाएको प्रतिक्रिया दिए। उनले खेलकुद महोत्सवमा झन्डै एक हजार जनाले विभिन्न खेल मार्फत सहभागिता जनाउन लागेको दाबी गर्दै प्रतियोगितालाई सफल र विवादरहित बनाउनका लागि आयोजकको तर्फबाट सम्पूर्ण तयारी चुस्त दुरुस्त पारिएको बताए। भण्डारीका अनुसार अन्तर क्लब फुटबलमा १७ टोली, अन्तर विद्यालय स्तरिय ८,  महिला भलिबलमा ११, पुरुष भलिबलमा ९, रस्साकसीमा १७ टिमले भाग लिएका छन् । त्यस्तै ४० वर्ष माथिका महिला दौडमा ७१ जना, ५० वर्ष माथिको पुरुष दौडमा २६ जना तथा फरक क्षमता भएकाहरूको बास्केट बल प्रतियोगितामा २० जना खेलाडीले सहभागिता जनाउनेछन् । यस्तै, खेलकुद महोत्सव अन्तर्गत आज पुरुष फुटबलमा ६ खेल र भलिबलमा ५ खेल  खेलाइएको छ। आज भएको प्रतिस्पर्धामा पुरुष फुटबल तर्फ ठुली मजुवाले मिलन शान्ति टोललाई १–० गोल, सानी मजुवाले तल्लो सिमल बोट मार्गलाई ३–० गोल, फलेपाटनले निर्मल टोललाई ३–२ गोल, प्रतिभा मार्गले बेलबटोलाई ४–१ गोल, तल्लो नयाँ गाउँले गण्डकी रिभर साइडलाई २–० गोल र जना जागृतिले अलकापुरलाई ३–० गोल अन्तरले पराजित गरेको छ । यस्तै भलिबलतर्फ गलेश्वरले दुई आजै खेल खेल्दै नयाँ गाउँ र जनशक्ति टोललाई पराजित गरेको छ भने, अलकापुरले बेलबोट, तल्लो नयाँ गाउँले प्रतिभा मार्ग र लक्ष्मी टोल विकासले ठुली मजुवालाई पराजित गरेको छ । भोलिको खेलमा पनि पुरुष फुटबल तथा पुरुष महिला भलिबल, आमा समूह दौड, रस्साकस्सी लगायतका प्रतियोगिता सञ्चालन हुनेछन् । खेल पौष ३० गतेसम्म सञ्चालन हुनेछ ।

पोखराः   पोखरा महानगरपालिकाको १२ औं नगरसभा अर्को सूचना नआएसम्म स्थगित भएको छ ।   पोखरा सभागृहमा आजदेखि सुरुभएको नगरसभामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरसभाको उद्घाटनपछि नगरसभाको विषयवस्तु भन्दा बाहिर एमालेले  विषय उठाएको भन्दै नगरसभा बहिष्कार गर्दै बाहिरिएका थिए ।    पोखरा महानगरपालिका २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कारवाहीको माग गर्दै नगरसभामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध गरेका थिए । जातीय विभेदका आरोपित वडाध्यक्षलाई कारवाही माग गर्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले नगर सभामा विरोध गरेका हुन । आरोपित वडाध्यक्ष अधिकारी प्रहरी नियन्त्रणमा रहेका छन् ।  कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु सभाबाट बाहिरिएपछि पोखरा महानगरपालिकाको नगरप्रमुख धनराज आचार्यले अर्को सूचना नआएसम्म नगरसभा स्थगित भएको जानकारी गराएका थिए ।

पोखराः   पोखरा महानगरपालिकाको १२ औं नगरसभा अवरुद्ध भएको छ ।  नगरसभाको उद्घाटनपछि नगरसभाको विषयवस्तु भन्दा बाहिर एमालेले  विषय उठाएको भन्दै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले जारी सभा बहिष्कार गरेको हो ।  उद्घाटनसत्र पछि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सभामा सम्बोधन गरेपछि नगरसभाको उद्घाटन सत्र सकिएको छ । मुख्यमन्त्रीले सम्बोधन गर्ने क्रममा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि बाहिरिएका थिए ।  पोखरा महानगरपालिका २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कारवाहीको माग गर्दै नगरसभामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले विरोध गरेका थिए । जातीय विभेदका आरोपित वडाध्यक्षलाई कारवाही माग गर्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले नगर सभामा विरोध गरेका हुन् । 

पोखराः   एघारौं पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक युनाईटेड क्लबले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुषको २७ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । एघारौं पोखरा महोत्सवको आम्दानीबाट पोखराको बीच भागबाट बग्ने सेनी नदी खोंचलाई एक साहसिक पर्यटकीय गन्तब्य निर्माण र युनाईटेड क्लबको आफ्नै जग्गा पोखरा २६ अर्चलेमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी निशुल्क शिक्षा प्रदान गर्ने गरी आवाशीय छात्राबास निर्मालाई जोड दिइने क्लबका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार क्लबले लिएको शिक्षा, स्वास्थ्य, खेलकुुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणलाई निरन्तरता दिइने छ । महोत्सवमा प्रत्येक टिकटबाट एक रुपैया सेती नदी संरक्षणको लागि छुट्याइने छ ।   १३ दिन सम्म सञ्चालन हुने महोत्सवमा २ सय ५८ स्टल रहने र दुई देखी दुईलाख पचास हजार दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकले जनाएको छ । महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउनेु, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पु¥याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य लिएको क्लबका महासचिव  तथा महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायीक संघ संस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण , पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा  लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचयन एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती संगै कृषिका गतिविधीहरु सञ्चालन हुनेछन । महोत्सवको आकर्षणमा लोकदोहोरी तर्फ बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, पशुपति शर्मा, रामजी खांड प्रिति आले, चोलेन्द्र पौडेल, ज्योती मगर, राजु परियार, चिज गुरुङ, अस्मिता डल्लाकोटी, कृष्ण अखेली, आलिफ खान लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहनेछभने कन्सर्ट तर्फ मन्त्र, लाहुरे, सविन राई एण्ड द फेरोह, छेवाङ लामा, भिटेन, मेलिना राई, दिक्षिता कार्की, झिल्के एण्ड द कम्पनी, अनुप्रस्था, अभय एण्ड द स्टीम इन्जीन्स, एएसएम र लोकल ब्याण्डहरुको प्रस्तुती रहने छ । त्यसैगरी हांस्य ब्यङ्ग्य प्रस्तुती, नेपाली संस्कृति झल्कने प्रस्तुती,  बाल उद्यान, विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता, झांकी प्रदर्शनी लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । त्यसैगरी थप आकर्षणमा घोड सवार, चिडियाखाना अवलोकनको लागि सवारीको ब्यवस्था, भिआर नाइन डी, टिकटक प्रतियोगिता र विभिन्न मनोरन्जनका कार्यक्रमहरु हुनेछन । एघारौं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेट्टर होम एपलाएन्सेस, प्रायोजकहरुमा रारा तयारी चाउचाउ, योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्रेनिङ कन्सल्टेन्सी, वण्डर स्वीच एण्ड एससोरिज, युएनआइ एक्सपर्ट एलईडी लाइटिङ, युनाईटेड युथ सर्कल युएसए, सिजी हार्डवेयर एण्ड सप्लायर्स, स्काईलिंक टेक्नोलोजी, फिस्टेल ड्रिमपार्क रहेको छ ।  त्यसैगरी अफिसियल बैंकमा ग्रीन डेभलपमेन्ट बैंक, अफिसियल पानीमा एक्वा रिउस पानी, अफिसियल इन्टरनेटमा वल्र्डलिंक कम्युनिकेशन प्रा.लि. आफिसियल इन्स्योरेन्समा सगरमाथा इन्स्योरेन्स रहेको छ,भने प्रवद्र्धकमा नेपाल टुरिजम वोर्ड र विशेष सहयोगी संस्थामा पोखरा महानगरपालिका, अमरसिंह मावि रहेको छ । त्यसैगरी सहयोगी संस्थामा युथ कम्युनिटी क्लव रहेको छ । त्यसैगरी मिडिया पार्टनरहरुमा एबीसी न्युज टेलिभिजन, फेवा टेलिभिजन, समाधान राष्ट्रिय दैनिक र एभरेष्ट एफएम ९३ मेघाहर्ज रहेका छ ।   महोत्सवमा शारिरीक अशक्त, बृद्धबृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार, ६ वर्ष मुनिका वालवालिका र सुरक्षाकर्मी (पोषाक सहित) हरुलाइ निः शुल्क प्रवेश गराइने छ । महोत्सवको गण्डकी प्रदेशका नव निर्वाचित गण्डकी प्रदेशको मुख्यमन्त्री खगराज अधिकारीले बुधवार उद्घाटन गर्ने आयोजकले जनाएको छ । 

पोखराः   हार्मोनी पोखराले पुस २९ गते पोखरा सभागृहमा रारा टेस्ट अफ हार्मोनीको चौथो संस्करणमा आयोजना गरेको छ । हार्मोनीको चौथो संस्करणमा पोखरामा दीपानारायण झाका गीतहरु गुञ्जदैछन ।  हार्मोनी पोखराकी अध्यक्ष इतु जोजिजुले दीपानारायण झाको सभागृतमा दीपानारायण झाको स्वर प्रत्यक्षसमेत गुञ्जिनेछ । कार्यक्रममा दीपालाई विशेष सम्मानसमेत गरिनेछ । ‘दीपानारयण झाको विगतको अनुभव हामीले सुन्न पाउनेछौं । उहाँले केही चर्चित गीतहरुमा प्रस्तुती दिनुहुनेछ’, उनले भनिन् ।  दीपाले नेपाली सुगम संगीतसहित सम्झना, कुसुमे रुमाल, मसाल, अन्याय, पिरती, सन्तान, कन्यादान, फेरि भेटौंला, कर्जा, पछ्यौरी, देउकी, ट्रक ड्राइभर, कसम लगायत नेपाली चलचित्रका गीतहरुमा दिएको स्वर यादगार छन् ।  सोही अवसरमा झासँगै पोखरेली गायिकाहरु इतु जोजिजु, शीतल थापा, अजुदा थापा, कौशल्या गुरुङ, मितु पाल सिंह, लक्ष्मी गिरी, प्रतीक्षा देवकोटा, देवी गुरुङ, रजनी ऋदम राई, प्रिया गुरुङ र प्रकृति गुरुङले झासँगै स्टेज शेयर गर्नेछन् । उनीहरुको सहयोगी गायका रुपमा रामभक्त जोजिजु, विनोद बानियाँ, सन्तोष बस्याल, ज्ञान थापा र मिलन तमु पनि सहभागी हुनेछन् । उक्त कार्यक्रमको अवसरमा क्यान्सर पीडित लक्ष्मी भट्टराई र भायोलिन तथा पियानो वादक उपासना पाख्रिनलाई पनि प्रोत्साहन सम्मान गरिने आयोजकले जनाएको छ । २०७३ मा स्थापना भएको हार्माेनी पोखराले टेस्ट अफ हार्माेनीको पहिलो संस्करण लेजेन्डरी हार्माेनियस इभिनिङ गरेको थियो । 

पोखराः   रेडियो अन्नपूर्ण पोखराद्धारा आयोजित गोल्डकप महापण्डितका विजेता पोखरा ११ फूलबारीका बिजय लामिछाने र पोखरा ३२ का बादल बस्नेत बन्न सफल भएका छन् ।   पोखरामा पुस १४ गते देखि २३ गतेसम्म सञ्चालन भएको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०७९ अन्तर्गत यस पटकको उपाधि कस्ले जित्ला ? भन्ने प्रश्नमा अनुमानित सहि उत्तर दिने स्रोताहरुमा गोलाप्रथाबाट लामिछाने र बस्नेत विजेता बन्न सफल भएका हुन् ।   आइतबार रेडियोमा आयोजित एक विशेष कार्यक्रममा उनिहरुलाई रेडियोका अध्यक्ष विश्वशंखर पालिखे, प्रवन्ध निर्देशक विजेश पालिखे, स्टेशन म्यानेजर सञ्जयकुमार मल्ल, सहारा क्लब पोखराका पुर्व अध्यक्षय बिक्रम थकाली, महासचिव रामजीप्रसाद अधिकारी, हिमश्री फुड्स प्रालिका सेल्स म्यानेजर बमबहादुर बराल, कर्मचारी माधव लम्साल, वान स्टप इलेक्ट्रोनिक्सका सञ्चालक रविराज भुर्तेल, बिजि  इलेक्ट्रोनिक्सका भरत केसी, नबिल बैंक गण्डकी प्रदेश प्रमुख सूर्य रोक्का, रेडियोका मार्केटिङ म्यानेजरद्धय नारायण पौडेल र निराजन पौडेलले संयुक्त रुपमा दुबै जनालाई  ३२ इन्चको  वेगा र टिसिएल   कम्पनीको टेलिभिजन र एक, एक काटुर्न रारा चाउचाउ हस्तान्तरण गरेका हुन् ।   प्रतियोगिता अवधिभर रेडियोले हरेक दिन साँझ ७ः४५ देखि ८ः४५ सम्म नबिल बैंक आहा ! रारा  पोखरा गोल्डकप विशेष कार्यक्रम सञ्चालन गरेको  थियो ।   यस्तै हरेक दिनको प्रश्नको सही उत्तर दिने मध्येबाट अनुमानित सहि उत्तर दिने स्रोताहरु मध्येबाट सेभेन बी फोनजोन बुद्ध विशाल बजारको तर्फबाट १ थान मोबाइल सेट र हिमश्री फुड्स प्रालिद्धारा उत्पादित १ कार्टुन रारा चाउचाउ प्रदान गरएिको थियो ।   कार्यक्रममा बोल्दै नबलि बैंक गण्डकी प्रदेशका प्रमुख सूर्य रोकाले काठमाडौं बाहिरको सबैभन्दा उत्कृष्ट प्रतियोगिता आहा ! रारा पोखरा गोल्डकपमा सहकार्य गर्न पाउँदा निकै खुसि लागेको बताए ।   रोकाले यस प्रकारका प्रतियोगिताले बजारलाई चलायमान बनाउन सहयोग गर्ने बताए । उनले आगामी दिनमा पनि रेडियोले गर्ने सामाजिक कार्यमा सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे ।   वान स्टप इलोक्ट्रोनिक्स पोखराका सञ्चालक भुर्तेलले लोकप्रिय रेडियोमार्फत जोडिन पाएकोमा खुशी व्यक्त गरे । उनले भविष्यमा पनि सहकार्य हुने बताए ।   हिमश्री फुड्सका सेल्स म्यानेजर बमबहादुर बरालले आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने बताए ।   बिजि इलेक्ट्रोनिक्सका केसीले रेडियोको कार्यक्रम गोल्डकप महापण्डितसगँ जोडिन पाउँदा खुसि लागेको बताए । उनले सहकार्यलाई निरन्तरता दिने जनाए ।   सहारा क्लब पोखराका पुर्ब अध्यक्ष थकालीले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको र रेडियोको कार्यक्रमले प्रतियोगिताको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरे ।   रेडियोका अध्यक्ष बिश्वशंखर पालिखेले कार्यक्रममा सहकार्य गर्ने सम्पूर्ण आयोजक तथा प्रयोजकहरुलाई धन्यवाद दिए ।   सहारा क्लब पोखराको आयोजनमा पुस १४ गते देखि २३ गतेसम्म सञ्चालन भएको आरा ! रारा पोखरा गोल्डकपमा १० टिमको सहभागिता रहेको थियो ।   संकटा क्लव र भुटनिज युथ क्लवबिचको खेलमा संकटाले ३–२ ले हराउदै उपधि जित्न सफल भएको थियो ।   उपाधिसँगै संकटाले १२ लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको भुटनीजले ६ लाख प्राप्त ग¥यो ।