पोखराः उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १५ औं संस्करणको हिसान कास्की स्पोर्टस मिट २०७९ को उपाधि प्रतिभा माविले जितेको छ । पोखरा रंगशालामा गत पुष ६ गतेबाट जारी १५ औं हिसान कास्की स्पोर्टस मिट अन्तर्गत प्रतिभाले ११ अंक बटुल्दै पहिलो पटक उपाधि जितेको हो । यस अघि लगातार पाँच पटक सम्म न्यू ग्यालेक्सीले उक्त उपाधि जितेको थियो । प्लस टु छात्र–छात्रा र विश्विद्यालयतर्फ गरी ६० शिक्षालयहरुको सहभागिता रहेको स्पोर्टस मिट अन्तर्गत सम्पन्न प्रतियोगितामा प्रतिभाले प्लस टु बास्केटबलमा छात्रातर्फ प्रथम, छात्र बास्केटबल तर्फ तेश्रो, भलिबल छात्रतर्फ चौथो हुँदै सर्वाधिक ११ अंकका साथ रनिङ ट्रफी जित्न सफल भएको हो । भलिबल १५ औं हिसान स्पोर्टस मिट प्लस टुतर्फ छात्रा भलिबलमा हिल पोइन्ट मावि पहिलो भएको छ । सम्पन्न फाइनल खेलमा हिल पोइन्टले गुरुकुल माविलाई २५–१५ र २५–१८ ले पराजित गर्दै पहिलो हुन सफल भएको हो । त्यसै गरी पश्चिमाञ्चलले केफलाई २५–२१ र २५–२२ ले पराजित गर्दै तेश्रो स्थान प्राप्त गरेको छ । प्लस टु छात्र भलिबलमा स्पाइरल ग्यालेक्सी पहिलो भएको छ । स्पाइरलले युनिभर्सलाई फाइनलमा पराजित गर्दै पहिलो भएको हो भने प्रतियोगितामा केफ मावि तेश्रो भएको भलिबलका संयोजक किरण सापकोटाले जनाएका छन् । प्रतियोगितामा प्लस टु छात्र भलिबलमा स्पाइरल ग्यालेक्सीका मदन छन्त्याल उत्कृष्ट हुन सफल भए भने छात्रातर्फ हिल पोइन्टकी सोयाङ थापा मगर उत्कृष्ट भइन् । छात्र भलिबलमा उत्कृष्ट स्पाइकर स्पाइरलका शक्ती पुन मगर र छात्रातर्फ हिल पोइन्टकी वर्षा थापा उत्कृष्ट स्पाइकर भइन् । बास्केटबल स्पोर्टस मिट अन्तर्गत प्लस टु छात्र बास्केटबलमा न्यू ग्यालेक्सीले आफ्नो पुरानो दबदबा कायम गर्दै पहिलो हुन सफल भएको छ । सम्पन्न फाइनल खेलमा न्यू ग्यालेक्सीले ६९–५१ को स्कोरले मनकामनालाई पराजित गर्न सफल भएको छ । छात्र बास्केटबलमा न्यू ग्यालेक्सी मिन बहादुर पुन मगर उत्कृष्ट खेलाडी घोषित भए भने सर्वाधिक स्कोररमा मनकामनाका तिजन पुन घोषित भए । छात्र बास्केटबल प्रतिभा माविले तेश्रो स्थान प्राप्त गरेको छ । यता छात्रातर्फ प्रतिभा माविले मेरी गोल्डमाविलाई फाइनलमा पराजित गर्दै पहिलो स्थान प्राप्त गर्न सफल भएको छ भने ग्लोबल कलेजियटले तेश्रो स्थान प्राप्त गरेको छ । छात्रा तर्फ प्रतिभाकी प्रियाङ्का थापा उत्कृष्ट खेलाडी घोषित हुँदा सर्वाधिक स्कोररतर्फ मेरी गोल्डकी तारा विक घोषि भएकाी छन् । यता युनिभर्सिटीतर्फ छात्र बास्केटबलमा लेकसिटीलाई हराउँदै लिंकन पहिलो भएको छ भने पेकलाई हराउँदै पिसिएम तेश्रो भएको छ । छात्रातर्फ पेकलाई हराउँदै लिंकन पहिलो हुँदा, इन्फरमेटिक्सलाई पराजित गर्दै पिसिएमले तेश्रो स्थान प्राप्त गर्न सफल भएको छ । व्याडमिन्टन १५ औं हिसान स्पोर्टस मिट अन्तर्गत ब्याडमिन्टन फाइनलका खेलहरु सम्पन्न भएको व्याडमिन्टनतर्फका संयोजक पुरन कुंवरले बताएका छन् । प्लस टु छात्र सिंगल्सतर्फ प्रगतीका शंसाक अधिकारी प्रथम, प्रगतीका आयुस थापा द्वितिय, सगरमाथाका सौरभ थापा र विनम्र थापा तृतिय भएका छन् । छात्रातर्फ मदरल्याण्डकी आयुष्मा नेपाल पहिलो हुँदा, दोश्रो सगरमाथाकी निर्झरा खड्का र ग्लोबलकी समिक्षा गुरुङ र सगरमाथाकी सविना राना मगर तेश्रो भएका छन् । छात्र डबल्सतर्फ प्रगतीका शंसाक अधिकारी र आयूष थापाको जोडी पहिलो, सगरमाथाका सौरभ थापा र विनम्र थापाको जोडी दोश्रो, पिकेजीका शिद्धार्थ घले र अमन गुरुङ र प्रतिभाका प्रवेश गुरुङ र धिरज विक तेश्रो भएका छन् । छात्रा तर्फ सगरमाथाका निर्झरा खड्का र सविना मगरको जोडी पहिलो, दोश्रो कास्की मोर्डनाइजका उर्मिला सेन्चुरी र शारिका गुरुङको जोडी दोश्रो, गुरुकुल विद्यासदनका अलिशा वरुवाल र ममिता गुरुङको जोडी ज्योती कुञ्जका बबिना राना र कुश्मिला दुराको जोडी तेश्रो भएका छन् । युनिभर्सिटी छात्र सिंगल्सतर्फ पोखरा इन्जिनियरिङका अमित भण्डारी पहिलो, इन्फरमेटिक्सका थमन सिंह थापा दोश्रो, पोखरा लिंकनका रिजन सूर्यवंशी र पेकका निशान थापा तेश्रो भएका छन् । छात्रा सिंगल्सतर्फ पिसिएमकी मेनुका गुरुङ पहिलो, पेककी लिजा गुरुङ दोश्रो, इन्फोमेक्सकी इशा सदाशंकर र पिसिएमकी स्वस्तिका पौडेल तेश्रो भए । छात्र डबल्समा इन्फरमेटिक्स पहिलो, पिसिएम दोश्रो र पेक तेश्रो भएका छन् भने छात्रातर्फ पिसिएम, पेक र इन्फोमेक्स कलेज क्रमश पहिलो, दोश्रो र तेश्रो भएको हिसान कास्कीले जनाएको छ । टेबुल टेनिस प्रतियोगिता अन्तर्गत सम्पन्न टेबुल टेनिसमा प्लस टु छात्र–छात्र तर्फ सिंगल्सतर्फ स्टेप वाई स्टेपका सुलभ केसी पहिलो, टप्सका क्षितिज गुरुङ दोश्रो, प्रतिभाका मनिष भुजेल र ग्लोबलका नयन बस्नेत तेश्रो भएका छन् । छात्रातर्फ डायमण्डकी अंकिता गुरुङ पहिलो, डायमण्डकै अनुषा गौतम दोश्रो, सिर्जनाकी पदमा थापा र न्यू मोडलीक पार्वती श्रेष्ठ तेश्रो भए । छात्रा डबल्सतर्फ ग्लोबल कलेजियटका विपिन श्रेष्ठ र सोनिम गुरुङको जोडी पहिलो, टप्स माविका क्षितिज गुरुङ र मुकेश थापाको जोडी दोश्रो, सिर्जनाका प्रवेश बानिया र मिलन खड्काको जोडी र प्रतिभाका मनिष भुजेल सुवर्ण रुम्वाको जोडी तेश्रो भएका छन् भने छात्रा डबल्समा डायमण्डका अनुषा गौतम र अंकिता गुरुङको जोडी पहिलो, पोखरा आदर्शका अंशु भट्ट र रोडा तामाङको जोडी दोश्रो न्यू ग्यालेक्सीका मन कमारी थापा र सुनामी तामाङ तथा ग्लोबलका बन्दना भुजेल र अमुल्य घलेको जोडी तेश्रो भए । यस अघि बास्केटबल खेल छात्र तर्फ फाइनल खेलको उद्घाटन गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले गरेका थिए । विजेता टिम तथा खेलाडीहरुलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, प्रतियोगिताका संयोजक डा.रामजी शर्मा, हिसान गण्डकीका अध्यक्ष रमाकान्त बराल लगायतले ट्रफी मेडल र प्रमाणपत्र वितरण गरेका थिए । समापन कार्यक्रम हिसान कास्कीका अध्यक्ष याम बहादुर रोक्काको अध्यक्षतामा सम्पन्न भएको थियो । हरेक वर्ष आयोजना हुँदै आएको हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हरु भव्य रुपमा सम्पन्न भएको स्पोर्टस मिटका संयोजक डा.रामजी शर्माले जनाएका छन् । बास्केटबल छात्रतर्फ ४२ टिम र छात्रातर्फ २५ टिमको सहभागिता रहेको थियो भने भलिबल छात्रतर्फ ३४ टिम र छात्रातर्फ २२ टिमको सहभागिता रहेको संयोजक शर्माले जानकारी दिए । विश्वविद्यालयतर्फ बास्केटबल छात्रतर्फ ८ टिमको सहभागिता रहेको थियो । यसै गरी व्याडमिन्टन छात्र–छात्रातर्फ टेबुल टेनिसतर्फ ३४–३४ विद्यालयहरुको सहभागिता रहेको थियो । हिसान कास्की स्पोर्टस मिट सम्पन्न गर्न करिव १५ लाख खर्च भएको आयोजकले जनाएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका ७२ मध्ये ६० शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाएका थिए भने करिव ३ हजार ५ सय खेलाडीहरु प्रत्यक्ष रुपमा विभिन्न ४ खेलमा सहभागिता जनाएका थिए । प्रतियोगितामा ९ बटा विश्वविद्यालयहरुको सहभागिता संगै स्पोर्टस मिटमा २५ हजार भन्दा बढि विद्यार्थी अभिभावकले स्पोर्टस मिट अवलोकन गरेको प्रचार प्रसार संयोजक डिल्लीराम अर्यालले जानकारी दिए ।
पोखरा: पोखरामा जारी दसौँ संस्करणको नेपाल लिटरेचर फेस्टिबलमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सम्भावना र समस्याबारे चर्चा गरिएको छ । ‘संघारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल’ सेसनमा सरकार, अर्थ र पर्यटन क्षेत्रका विज्ञले विमानस्थलबारे बहस गरेका हुन् । उक्त सेसनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, पूर्व अर्थसचिव रामेश्वर खनाल, पूर्वपर्यटन सचिव एवं हवाई विभागका पूर्व महानिर्देशक वीरेन्द्रबहादुर देउजा र पर्यटन व्यवसायी वसन्तराज मिश्र सहभागी थिए । वरिष्ठ पत्रकार प्रतीक प्रधान सेसनका सहजकर्ता थिए । महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पोखराको पर्यटन र यस क्षेत्रलाई मात्र नभई देशकै आर्थिक अवस्थामा योगदान गर्ने दाबी गरे । ‘सुरु गर्दै जाँदा आउने समस्यालाई त्यही तहबाट समाधान गर्दै जानुपर्छ । पोखरालाई पर्यटनको राजधानी भन्छौँ । पोखरा विमानस्थलमा राति उडान हुँदैन,’ उनले भने, ‘त्यो भएकाले यो विमानस्थल आवश्यक थियो । यो विमानस्थलले पोखरामात्रै होइन देशको आर्थिक अवस्थामा पनि योगदान गर्छ भन्ने विश्वास छ । यो पोखरा र देशको लागि गर्व आयोजना हो ।’ कोभिड संक्रमणले गर्दा सन् २०१९ कै जस्तो पर्यटक आउन सन् २०२५ सम्मको समय लाग्ने बताए । पर्यटन क्षेत्रलाई मात्र विमानस्थल चलाएको हो भन्ने भाष्य निर्माण गरे विमानस्थल चल्न सम्भव नहुने उनको भनाइ थियो । पूर्व अर्थसचिव रामेश्वर खनालले पोखरा विमानस्थलका सबै पूर्वाधार नयाँ भएकाले हालसालै बनेका अन्य विमानस्थलको तुलनामा खर्च बढी भएको बताए । पूर्वाधार लामो समयलाई सोचेर बनाइने भएकाले आत्तिन नहुने उनको भनाइ थियो । सोचेअनुसार पर्यटक आए चिनियाँ ऋण ९ वर्षभित्र उठ्ने खनालको दाबी छ । ‘परिकल्पना गरिएअनुसारको पर्यटक संख्या वृद्धि हुन सक्यो भने वर्षमा एक अर्ब जति खुद नाफा गर्छ । २२÷२३ अर्बको लागत ८÷९ वर्षमा उठाउँछ,’ उनले भने । पोखरामा पर्यटकको संख्या बढाउन अहिले चलिरहेकोभन्दा फरक पर्यटक ल्याउनुपर्ने उनले सुझाए । ठूला कम्पनीका सेमिनार, गोष्ठी गर्नुपर्ने खनालको भनाइ थियो । ‘अहिलेसम्म पोखरामा रमाउन, ट्रेकिङ जान आउँछन् । पोखरा अहिलेसम्म नलागेको अर्को क्षेत्र मिटिङ, कन्फेरेन्सतिर हो । त्यसको लागि सरकार हामीसँग हुनुप¥यो । त्यो पर्यटन विकास गरे बढी लगानी भएको होइन,’ उनले भने । विमानस्थल चलाउन सरकारले एक ठाउँबाट अर्को ठाउँसम्मको पूर्वाधारको कनेक्टिभिटी बनाइदिने र निजी क्षेत्रले खोजेको सम्भावना पहिल्यै पहिचान गर्न सक्नुपर्ने बताए । प्रदेश सरकारको पर्यटन मन्त्रालयले पनि विमानस्थलको अपनत्व लिएर विभिन्न देशसँग उडानका लागि पहल गर्नुपर्ने पूर्वसचिव खनालले बताए । पूर्वपर्यटन सचिव वीरेन्द्रबहादुर देउजाले विमानस्थलले पोखराको समृद्धिको ढोका खुलेको दाबी गरे । ‘संसारमा पर्यटन ९० प्रतिशत पर्यटन हवाइ माध्यमबाटै हुन्छ । यसले पोखराको पर्यटनलाई धेरै सहयोग गर्छ,’ उनले भने, ‘पर्यटन क्षेत्रबाट पनि धेरै सहयोग गर्नुपर्छ । विमानस्थलले पोखराको समृद्धिको ढोका खोलेको छ ।’ कुनै पनि देशको विकास हुन प्रभावकारी पूर्वाधार चाहिने भएकाले हवाइ र सडक पूर्वाधार नभई देशको अवस्था विकास नहुने उनको भनाइ थियो । विमानस्थल बनेकाले अब सडक बनाउने, सहर विकास गर्ने काम अन्य सरकारी संयन्त्रले लिनुपर्ने देउजाले बताए । विमानस्थल बनिसकेकाले महँगो भएको भन्ने विषयमा बहस आवश्यक नरहेको उनले सुनाए । ‘पहिला मुआब्जा दिनै पहाड थियो । चिनियाँसँग इपीसी मोडलमा मिलेर बनाउने भएपछि पैसाको समस्या समाधान भयो । इपीसीमा नबनेको भए अझै लम्बिन सक्थ्यो,’ देउजाले थपे, ‘महँगो भयो भन्ने कुरा होइन । महत्वपूर्ण कुरा अब कसरी सञ्चालनमा राम्रोसँग ल्याउने भन्ने हो ।’ पर्यटन व्यवसायी बसन्तराज मिश्रले पनि विमानस्थल गर्वको विषय भएकाले खर्चबारे वादविवाद गर्न सुझाव दिए । ‘एअरपोर्ट गर्वको चिज हो । खर्चबारे वादविवाद नगरौँ । पर्यटनलाई उडान र उडानलाई पर्यटनको साथ भएन भने दुवै बाँच्न सक्दैनन् । हामीले २१६ मिलियन डलर खर्च ग¥यौँ,’ उनले थपे, ‘१३ वर्षमा २६ किस्ता तिर्नुपर्दा १८.२ मिलियन डलर तिर्नुपर्छ । विश्वमा विमानस्थलले १८.४९ प्रति यात्रु कमाइरहेको छ । मिलियन पर्यटक भयो भने हामी बाँच्न सक्छौँ ।’ विमानस्थल र पोखरा आसपास भएका गन्तव्यको प्रचार हुन सके विमानस्थल चल्न सक्ने मिश्रले देखेका छन् । त्यसका लागि विमानस्थलको उद्घाटन विदेशी पाहुना बोलाएर भव्य गर्नुपर्ने बताए ।
पोखरा: पछिल्लो समय सबैभन्दा बढी चर्चामा आएको लिपुलेक, लिम्पियाधुरा र कालापानी भएको पालिका दार्चुलाको ब्यास गाउँपालिका पर्छ । तर, त्यहाँका स्थानीय आफ्नै देशका अन्य ठाउँमा जान पनि भारतीय बाटो भएर जानुपर्छ । आफ्नो देशमा स्तरीय बाटो नहुँदा तेस्रो मुलुकको बाटो प्रयोग गर्नु त्यहाँका स्थानीयलाई पीडा त छ नै, त्यसमाथि भारतीय सुरक्षाकर्मीको हप्कीदप्कीले नेपाली हैरान छन् । उक्त गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द बडू पनि भारतीय बाटो हुँदै पोखरामा जारी नेपाल लिटरेचर फेस्टिबलमा सहभागी हुन आएका छन् । बडू आफूले पनि भारतीय सुरक्षाकर्मीको हप्कीदप्की खाँदै उक्त बाटो प्रयोग गरिरहनुपरेको सुनाउँछन् । दुखेसो पोख्छन्, ‘हाम्रोतिर बाटो नभएकै कारण भारतको बाटो भएर आउनुपर्छ । त्यसमाथि त्यहाँका सुरक्षाकर्मीको हेपाहा प्रवृत्ति सबैले व्यहोर्नुपर्छ ।’ बडू ‘सुदूरका सिंहदरबार’ विषयक सत्रमा सहभागी हुन पोखरा आएका हुन् । पोखरा फेवा किनारमा जारी फेस्टिबलको पाँचौं दिनको उक्त सत्रमा बडूसँगै मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामा र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङबुहाङ सहभागी थिए । भौगोलिक विकटता र सीमित आर्थिक व्यवस्थाले गर्दा पनि नेपालतर्फ बाटोको दीर्घकालीन व्यवस्थापन गर्न नसकिएको बडू सुनाउँछन् । तर, नेपालतर्फ बाटो हुँदै नभएको भने होइन । भएका बाटो बाढी, पहिरोले भत्काउँदा वर्षमा २, ३ पटक नै मर्मत गरिरहनुपर्ने बाध्यता भएको उनले बताए । ‘हाम्रोतिर वर्षमै २ पटकभन्दा बढी बाटो बनाएर बस्नुपर्छ । मनसुनमा नदीको बाढीले बगाइदिन्छ, हिउँदमा हिमपहिरोले खाइदिन्छ,’ बडूले भने, ‘कहिले त बनाउँदाबनाउँदै पनि भत्काइदिन्छ । गएको भदौमा मर्मत गर्दागर्दै दुर्घटना हुँदा केही साथीहरु घाइते पनि हुनुभयो ।’ उस्तै कथा छ, मनाङको नार्पाभूमि गाउँपालिकाको पनि । गण्डकी प्रदेशमा सडक सञ्जालले नछोएका २ पालिकामध्ये एक पालिका हो, नार्पाभूमि । गाउँमा सडक सञ्जाल नभएकै कारण त्यहाँका जनप्रतिनिधिले गाडी होइन, घोडा उपहार पाउँछन् । नेपालकै सबैभन्दा थोरै जनसंख्या भएको नार्पाभूमि गाउँपालिकाले अझै पनि स्थानीयले गाउँमै सिंहदरबारको अनुभूति गर्नैै नपाएको उक्त गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामा बताउँछन् । एउटै वडाबाट अर्को वडामा पुग्न पनि २, ३ दिन लाग्ने भएकाले पालिकाको अस्थायी कार्यालय जिल्ला सदरमुकाम अथवा काठमाडौं राख्नै पर्ने आफूहरुको बाध्यता रहेको उनी सुनाउँछन् । ‘हाम्रो पनि गाउँपालिका सडकले छोएको छैन । यसरी हेर्दा गाउँमा सिंहदरबार त खडा भयो । तर, जति पूर्वाधार संरचना बन्नुपर्ने थियो, त्यति भएन,’ उनले भने, ‘सडक र मौसम प्रतिकुलताले गर्दा पनि हामीले चामे, काठमाडौंमा अस्थायी केन्द्र राख्नुपर्ने हुन्छ । यो हाम्रो बाध्यता हो ।’ नार्पा र ब्याँसभन्दा केही सुगम छ–ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका । भौगोलिक हिसाबले सुगम भए पनि पूर्वाधारको हिसाबले पछि नै रहेको उपाध्यक्ष शान्ताकुमारी आङबुहाङ सुनाउँछिन् । गाउँका केही भागमा सडक सञ्जाल पुगे पनि स्तरीय नहुँदा गाउँलाई सम्भावना हुँदा पनि पर्वद्धन गर्न नसकिएको दुखेसो छ । ‘बाटो बन्छ । बर्खामा भत्काइहाल्छ । पालिकाको बजेटले पूर्वाधार बनाउनै सक्दैनौं,’ उनले भनिन् । उनले स्थानीय तह गठनपछि धेरै काम भएको दाबी गरिन् । उनले जनतासँग प्रत्यक्ष जोडिने भएकाले स्थानीय तहसधैं जनताको साथमा रहने सुनाइन् । ‘गाउँपालिकाहरुले राम्रो पनि काम गरिराखेका छन् । महिला, अपांगताता भएका व्यक्तिको क्षेत्रमा थुप्रै काम भइरहेका छन् । संघ प्रदेश र अधिकार बाझिएका कारणले केहीमा डिबेट हुन्छन्,’ उनले भनिन्, ‘तर, गाउँमा धेरै कामचाहिँ भएका छन् ।’ ‘स्थानीय तहमा कर्मचारी अभाव’ सत्रमा सहभागी तीन वटै वक्ताले स्थानीय तहमा कर्मचारीको अभाव रहेको बताए । उनीहरुले आआफ्नो पालिकाको दृष्टान्त राख्दै कर्मचारी आउँदा पनि सक्षम कर्मचारी नआउने समस्या रहेको उनीहरुले बताए । बडू निमित्त प्रशासकीय अधिकृतका रुपमा रहेको ब्याँस गाउँपालिकामा कुनै पनि कर्मचारी ६ महिना बढी टिक्दैनन् । उनले हिमाली जिल्लाका पालिकामा कर्मचारीहरु आफ्नो नम्बर पु¥याउनमात्रै आउने गरेको सुनाए । ‘यो प्रवृत्ति एकदमै छ । प्रमुख प्रशासकीय अधिकृत जानुहुन्छ । तर, आफ्नो अंक पुगेपछि फर्किहाल्नुहुन्छ,’ बडू अनुभव बाँड्छन्, ‘गएकाहरु पनि काम गर्दागर्दै सरुवा हुनुहुन्छ । अनि काम लथालिंगै हुन्छ । यो प्रवृत्तिलाई निरुत्साहित गर्नै संघीय मामिलामन्त्रालय नै कडा नीति लिनुपर्छ ।’ सत्रमा सहभागी हुन आएका सबै वक्ताले आफ्नो पालिकामा दरबन्दीअनुसार पनि कर्मचारी नहुँदा काम गर्नै समस्या रहेको बताए । आठराई गाउँपालिका उपाध्यक्ष आङबुहाङ्ले पालिकामा कर्मचारी नहुँदा एउटै कर्मचारीले धेरै शाखा व्यहोर्नु परेको सुनाइन् । ‘एउटै व्यत्तिले ४, ५ वटा शाखा हेर्नुैपर्ने बाध्यता छ । काजमा पठाइएकाहरु पनि मन्त्रालयमा पुगिसकेपछि स्थानीय तहमा फर्किनै मान्नुहुन्न,’ आङ्बुहाङ्ले भनिन्, ‘लेखाको अधिकृतले गर्नुपर्ने काम लेखापालले गरिराख्नु परेको छ ।’ नार्पाभूमि गाउँपालिका प्रमुख कोन्जो तेन्जिङ लामा पालिकामा कर्मचारीको ठूलो अभाव रहेको सुनाए । उनले हिमालील जिल्लाका पालिकामा कर्मचारी आउनै नचाहने, आए पनि सक्षम कर्मचारी नआउने सुनाए । ‘यसले हामीलाई धेरै ठूलो समस्यामा पारेको छ,’ उनले भने । राज्यले कानुन तथा अधिकारको सुनिश्चित गरेमा संघीयता सफल हुने तीनवटै वक्ताले आफ्नो धारणा राखे । संघीयतापछि पनि सरकारले अधिकार केन्द्रीकृत गर्दा स्थानीय तथा प्रदेश सरकार खुल्नै नपाएको उनीहरुको भनाइ थियो । ‘प्रदेशकोे बजेट, योजना हेर्दा परिपक्व हुन अझै केही समय लाग्छ कि भन्ने लाग्छ । तर, पनि प्रदेश सरकार चाहिन्छ भन्ने नै लाग्छ,’ नार्पाभूमि गाउँपालिका अध्यक्ष कोन्जोले भने, ‘कार्य क्षमता बढाउँदै लग्यो भने सायद राम्रै हुन्छ होला भन्ने लाग्छ ।’
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न वडा नम्बर १४ बाच्छेबुडुवामा भएको डम्पिङ् साइटले अवरोध गर्ने भएपछि पोखरा महानगरपालिकाले वडा नम्बर ३२ स्थित लामेआहालमा निर्माण सुरु गरेको ल्याण्डफिल साइटमा आज स्थानीयले विरोध गरेका छन् । महानगरले शुक्रबार र शनिबार डोजरमार्फत साइट तयार गर्ने क्रममा आज स्थानीयहरुले उक्त डोजर फर्काइदिएका छन् । स्थानीय टेकबहादुर गुरुङ्का अनुसार लामेआहालमा साइट बनाउँन नदिने स्थानीयवासीको निर्णय विपरित वडाध्यक्षले दशौ नगरसभामा स्वीकृति जनाएपछि विरोध गरिएको हो । ‘हामीले यहाँ पोखराको फोहोर ल्याउन दिँदैनौ भनेर वडाध्यक्ष अक्कलबहादुर कार्कीलाई बाराम्बार जानकारी गराएका थियौं’ गुरुङले भने ‘यता हामीलाइै ढुक्क बनाएर उता निर्णयमा सहमति जनाएर आउनु भएछ ।’ वडाध्यक्षको दोहोरो चरित्रकाकारण वडाबासी मर्कामा परेको सुनाउँदै उनले भने ‘दुइजिब्रे कुरा भयो, वडाध्यक्ष यस्तो गर्न मिल्दैन ।’ यस विषयमा जानकारी माग्दा वडाध्यक्ष कार्कीले मेयरसँग गएर कुरा गर्नु भन्दै जवाफ फर्काएका छन् । अर्का स्थानीय शंकरबहादुर केसीले यस क्षेत्र धार्मिकस्थलकारुपमा चिनिएको, वृद्धाश्रम, राधाकृष्ण मन्दिरलगायत स्थल भएकाले आस्था र धरोहरको संरक्षण गर्न आन्दोलनमा उत्रन परेको सुनाए । त्यस्तै, वृद्धाश्रमकै अगाडीबाट फोहोर बोकेको गाडी लैजादा यसको प्रतिकुल असर पर्ने भएकाले महानगरको गैरजिम्मेवार प्रवृत्तिको विरुद्ध आगामी दिनमा सशक्त प्रतिकारमा उत्रने केसीले प्रष्ट पारे । वडाध्यक्ष केसीले भने अब यसको छिनोफानो स्थानीयले गरुन् भन्ने चाहेका छन् । सुनगाभान्यूजसँग केसीले भने ‘अब स्थानीयवासी नै मेयरसँग गएर आफ्ना कुरा राख्नुपर्छ, उहाँहरुबीच अब जे सहमति हुन्छ, त्यही नै अन्तिम हो ।’ शुक्रबारदेखि नै विरोध जनाउँदै आएका स्थानीयले आज बिहानैदेखि उक्त स्थलमै भेला भएर प्रदर्शन गरिरहेका छन् । स्थानीयवासीसँगै परोपकार आमा समूह र शक्ति युवा क्लबले विज्ञप्ती जारी गर्दै लामेआहालमा निर्माण सुरु गरिएको साइटको काम तत्काल रोक्नुपर्ने बताएका छन् । भिडियाे:
पोखरा: पोखराको लेकसाइडस्थित चर्चित बर पिपल रिसोर्टले अंग्रेजी नयाँ वर्षको स्वागतार्थ ‘न्यू इयर विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । न्यू इयर इभ अर्थात ३१ डिसेम्बरमा लाइभ म्यूजिक विद गाला डिनर कार्यक्रम आयोजना गर्न लागिएको रिसोर्टका प्रबन्ध निर्देशक जितु गुरुङ्गले जानकारी दिनुभयो । साँझदेखि शुरु हुने कार्यक्रममा डिजे मेख गुरुङ्ग, भ्वाइस अफ नेपालमा सहभागिता जनाएर चर्चा बटुल्नुभएकी गायिका रजनी राई र पोखरेलीमाझ चिरपरिचित गायक रामभक्त जोजिजुको सांगेतिक प्रस्तुती रहने गुरुङ्गले बनाउनुभयो । ‘आफ्नों जोडी अथवा परिवारसंगै साँगेतीक माहौलमा नयाँ वर्षको स्वागतका लागि यो कार्यक्रम आयोजना गरेका हौं’–गुरुङ्गले भन्नुभयो । उक्त कार्यक्रमका लागि रिसोर्टले खानाका विशेष परिकारहरुको छुट्टै मेनु तयार पारेको उहाँको भनाई छ ।
पोखराः पोखरामा सहरी विकासमा सामाजिक संस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ पोखरा न्युरोडले आयोजना गरेको कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले सहरको विकासमा सामाजिक संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए । उनले सामाजिक संस्थाले सरकारको कामकारबाही प्रति पैरवी गर्दै विकासका अवधारणाहरुलाई सुचारु गर्न सहयोग गरेको अभिव्यक्ति दिए । ‘सहर विकासमा सामाजिक संस्थाको भूमिका महत्वपूर्ण छ । पूर्वाधार विकास देखि सामाजिक एवम् सांस्कृतिक विकासमा सामाजिक संस्थाहरुले उल्लेखनिय काम गरिरहेका छन् । सामाजिक संस्थाहरु पारदर्शी तरिकाले संचालन भई सरकारका कामकारबाहीहरुमा समेत सहयोग गर्ने हेतुले अगाडि बढ्नुपर्ने आवश्यकता आजको हो ।’, उनले भने । विकासको पथमा सामाजिक संस्थाहरु सँगै प्रदेश सरकार पनि रहेको भनाई उनको छ । प्रदेश सरकार पनि सामाजिक संस्थाहरुसँगै सहकार्य गरेर अगाडि बढिरहेको जानकारी उनले गराएका छन् । कतिपय सामाजिक संस्थाहरु काम भन्दा पनि कुरा बढी गर्ने खालको भएको उल्लेख गर्दै नियमन गरी कारबाहीको दायरामा पनि ल्याउनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । सामाजिक संस्था बिना विकास सम्भव नभएको बताउँदै पूर्वाधार सँगै सोचमा समेत परिवर्तन राखी अगाडि बढ्न उनको सुझाव छ । प्रतिनिधि सभा सांसद विद्या भट्टराईले सहर निर्माणमा सबै नागरिकको दायित्व बराबरी हुने बताइन् । उनले पोखराको विकास आजसम्म काठमाडौंलाई हेरेर गरिएको र अब आवश्यकता मौलिकताको रहेको उल्लेख गरिन् । ‘सहरको विकासका हर नागरिकको जिम्मेबारी उत्तिकै हुन्छ । पोखराको विकास आजसम्म काठमाडौंलाई हेरेर गरिएको थियो । अब मौलिकताको खाँचो छ । भौतिक विकास देखि समावेशी विकासको अवधारणालाई आत्मसात् गर्दै अगाडि बढ्न सके मात्र समृद्धि हासिल गर्न सकिन्छ ।’, उनले भनिन् । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले शंकरराज पाठक लगायतका व्यक्तित्वले पोखराको संरचनाको विषयमा नसोचेको भए अहिलेको पोखरा नहुने बताए । उनले पोखराको विकासमा महानगर सामाजिक संस्थाहरुसँगै मिलेर काम गर्न तयार रहेको अभिव्यक्ति दिए । सांस्कृति, प्राकृतिक रुपमा पोखरा धनी भएता पनि प्रस्तुती राम्रो नहुँदा पोखरा पछाडी पर्नुपरेको भनाई उनको छ । जसका लागि सामाजिक संस्थाहरुले समेत पहलकदमी गर्न आवश्यक रहेको उनले बताए । पर्यटनविद कर्ण शाक्यले सहरको विकास पूर्वाधारले मात्र नहुने र सोचमा परिवर्तनको आवश्यकता रहेको प्रति इंकित गरे । पोखराको प्राकृतिक अवस्थाको बरण गर्दै शाक्यले हाम्रो सोच्ने शैलीमा नै परिवर्तनको आवश्यकता रहेको उल्लेख गरे । सहरको गरिबको सोचका कारण विकासमा फितलोपन आएको अभिव्यक्ति उनको थियो । रोटरी क्लबका डिस्ट्रीक गर्भनर जितेन्द्र राज भण्डारीले रोटरी क्लब एक अन्तराष्ट्रिय संस्था भएको बताए । उनले क्लबले स्वास्थ्य र शिक्षाको क्षेत्रमा महत्वपूर्ण काम गरेको उल्लेख गरे । कार्यक्रम रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष गीता सिग्देलको अध्यक्षतामा भएको थियो भने स्वागत मन्तव्य पूर्व अध्यक्ष सुभाष सिग्देलले राखेका थिए । कार्यक्रममा सहभागीले पोखराको समग्र विकासका लागि प्रश्न एवम् सुझाव प्रस्तुत गरेका थिए ।
पोखराः पाँच दशक भन्दा बढी नेपाली लोक साँस्कृतिक क्षेत्रमा निरन्तर क्रियाशिल ६५ वर्षिय बरिष्ठ नृत्य निर्देशक बुद्धिप्रसाद गुरुङ(गौरी)को शनिवार पोखरा सभागृहमा गौरी गुरुङ एकल साँझ सम्पन्न भएको छ । नेपाली लोक सँस्कृति बचाऔं मुल नाराका साथ क्रियाशिल हिमाली साँस्कृतिक परिवारको रजत जयन्तीको वर्षको सन्दर्भमा संस्थाका वरिष्ठ सल्लाहकार गुरुङको एकल साँझको भव्यताका साथ सम्पन्न भएको हो । आठ वटा नृत्य प्रस्तुत गरेका गौरी गुरुङ हिमाली साँस्कृतिक परिवारका पुराना र नयाँ कलाकारले साथ दिएका थिए भने परिवारका कलाकारहरुको विविध साँस्कृतिक प्रस्तुति गर्दै कार्यक्रममा रौनक भरेका थिए । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गौरी गुरुङ पोखरेली साँस्कृतिक क्षेत्रको इतिहास भएको बताउनुभयो । उहाँले बुद्धिप्रसाद गुरुङ गौरी अझै आफुहरुले विद्यार्थीकालदेखि नै नृत्य निर्देशक, कलाकार गोरे गुरुङको नामबाट चिन्दै आएको भन्दै उहाँको नृत्य क्षेत्रमा योगदानको प्रसंशा गर्नुभयो । कलाकारिता सँस्कृतिसँग समृद्धिको आधार भएकाले आगामी दिनमा महानगरपालिकाले पर्यटकीय शहर पोखरामा कला प्रवद्र्धनका लागि विशेष योजना बनाउने बताउनुहुदै आगामी २ वर्षमा प्रदर्शनी केन्द्र अत्याधुनिक सम्मेलन केन्द्र निर्माण गर्ने योजना रहेको जानकारी गराउनुभयो । नगरप्रमुख आचार्यले पोखरामा निर्माण सम्पन्न भएको अन्र्तराष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्ने अन्तिम तयारीको जुटेको भन्नुहुदै रिठेपानी डाडाकटान गरिएको र फोहोर मैला व्यवस्थापनका लागि वडा नं.३२ मा प्रवन्ध गरिएको बताउनुभयो । उहाँले पृथ्वीराजमार्गमा रहेको पृथ्वीचोकदेखि बिजयपुरसम्मको सडक क्षेत्रलाई व्यवस्थित र सफा गर्नका लागि पुस १३ गते विहान सरसफाई कार्यक्रम आयोजना गरिएकाले सबैको सहभागिताको लागि आग्रह गर्नुभयो । एकल साझँकै क्रममा बरिष्ठ नृत्य निर्देशक बृद्धिप्रसाद गुरुङ गौरीलाई हिमाली साँस्कृतिक परिवारले मानार्थ सदस्यताबाट सम्मान र लिटिस्टेप माविले विगत दुईदशकदेखि विद्यालयमा नृत्यनिर्देशक भई योगदान दिएको भन्दै सम्मान गरेको थियो । एकल साँझ समापनको क्रममा गौरी गुरुङले सहयोगी, शुभेच्छुकहरुलाई धन्यवाद दिनुहुदै जीन्दगी नै नृत्य क्षेत्रमा क्रियाशील रहिरहने क्रममा आफुलाई दर्शकहरुमा आत्मैदेखि सम्मान गरेको अनुभूति भएको भन्दै आभार व्यक्त गर्नुभयो । हिमाली साँस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष एवम कार्यक्रम संयोजक गजबहादुर गुरुङले स्वागत उपाध्यक्ष श्रीजंग गुरुङ र सहसचिव डबिन गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रम सफल बनाउनका लागि मुख्य प्रायोजन नादा तमु समाज, सहयोगी संस्था पोखरा महानगरपालिका, सहप्रायोजक शितलादेवि युवा क्लव, प्रवद्र्धक गण्डकी प्रज्ञाप्रतिष्ठान र पोखरा प्रज्ञाप्रतिष्ठान रहेको थियो ।
पोखराः नेपाल लिट्रेचर फस्टिभलको तेस्रो दिन एउटा सेसन थियो-‘महाभारादेखि कञ्चनजङ्घासम्म ।’ सेसनमा थिए लेखक तथा पत्रकारद्वय मोहन मैनाली र वसन्त बस्नेत । कार्यक्रमको सहजकर्ता थिए पत्रकार विराट अनुपम । अघिल्लो वर्ष पत्रकार बस्नेतले उपन्यास ‘महाभारा’ बजारमा ल्याए । ‘तपाईंले पुस्तकमा ३८ पटकसम्म महाभारा शब्द ल्याउनुभएको छ। यसप्रतिको प्रेम के हो?’ विराटको प्रश्न थियो । वसन्त भन्छन्, ‘महाभारा औपचारिक रुपमा धेरै प्रयोग गरिन्न। यो मान्छेको जीवनशैलीमा भिजेको छ । यो लोकल प्रचलितबाट ल्याएको शब्द हो ।’ पहाडमा बस्ने मान्छेलाई संस्कृतिबाट बढी राम्रो सुनिन्छ । लोकल प्रचलितबाट ल्याउने हो भने । मोहन मैनालीलाई ‘महाभारा’बाट देखिने दृश्यबारे सोध्छन्। मोहन आकाशबाट हेर्दा महाभारा फरक देखिने बताउँछन् । ‘महाभाराबाट सिधा अगाडि देखिने जुन हिमाल छन्, कन्चनजंगादेखि कुम्भकर्णसम्म । त्यो जोडिएजस्तो लाग्थ्यो। तर माथिबाट चाहिँ हेर्दा धेरै ठाउँ खाली देखिँदो रहेछ। तलबाट जस्तो राम्रो दखिने रैनछ ।’ आफूले प्लेनबाट शरत ऋतुको बेलामा महाभारा हेर्दा सुन्दर देखिएको पनि उनी स्मरण गर्छन् । विराट वसन्तलाई प्रश्न गर्छन्, ‘बाँचेको महाभारा र लेखेको महाभारामा के फरक छ ? इलाममा बसेको महाभारा र काठमाडौंबाट हेरेको महाभारमा के फरक?’ वसन्त आफूले किताबमा लेखेको ‘महाभारा’ हिजोआज नपाउने बताउँछन्। ‘म महाभारा क्षेत्रमा पुग्दा कतिपय चिज यस्तो छ, जसलाई महत्व नदिई त्यसको महत्व स्थापित भएको थियो। पात्रबाट हेर्दा डुक्पा कोही थिएन, सुक्मती कोही पनि थिएन । विशुद्ध कल्पना थियो पात्र। कति कुरा देखेको भोगेको, कति कुरा निर्मित यथार्थ हो,’ उनी भन्छन् । मोहन धेरै स्थान पुगिसक्दा पनि कन्चजंगा पुगेका छैनन्। विराट सोध्छन्, ‘तपाईं कन्चनजंगा पुग्न किन भ्याउनुभएन?’ मोहन आफ्ना पुराना यात्राताकाका समयमा पर्कन्छन्। उनलाई करिअरका सुरुवाती दिनमा मनास्लु जाने अवसर आयो। ‘एकजना भरिया टेप बोकाएर लानुपर्यो । मेरा सिनियरहरू १ सय १ तयार थिए। भोज भएको ठाउँमा खान नपाएका मान्छे मुख मिठ्याएर बसेगरी म बसेको थिएँ। धन्न सिनियरले राम्रो काम पाउनुभयो र जान्न भन्नुभयो। त्यसपछि मैले पाएँ । पहिलो पटक त्यहाँ गएर फर्केपछि म नियरहरूभन्दा अगाडि भएँ । मैले छाडेपछि मात्र अरु सिनियर जान पाउनुभयो,’ मोहनले सम्झिए । विस्तारी थुप्रै ठाउँमा आफूले घुम्न पाएको मोहनले बताए। कतिपयले मोहनलाई सोध्छन्, ‘यसरी धेरै घुमेर पैसा कसरी ल्याउँछौं? विदा कसरी लिन्छौ?’ मोहन आफू जहाँ घुमे पनि कामैको शिलशीलामा घुम्ने बताउँछन्। बरु जहाँबाट घुमेको छु त्यहाँबाट पारिश्रमिक पनि लिने उनी सुनाउँछन् ।
डा. भगवान कोइराला पोखराः हामीले कसैको जीवनमा केही न केही सकरात्मक प्रभाव पार्न सक्छौं । कहिले काहीँ असन्तुष्ट पनि हुन सकिन्छ । दुःख त हुन्छ । थकित पनि भइन्छ । प्रत्येक दिन दर्जनौं विरामीहरुको हँसिलो अनुहार देख्न पाउँदा काम गर्ने ऊर्जा मिल्छ । यो भाग्यको कुरा पनि हो । संस्कृतिमा मेरो असाध्यै राम्रो थियो । भाषामा मात्रै दख्खल थियो होला त्यो बेला । अख्यानमा म कमजोर नै थिएँ । साइन्स वायोलोजिमा राम्रो भएकोले म त्यतातिर लागे । पुस्कतमा त्यस्तो फूलबुट्टा भरिएको छैन, मलाई जस्ताको जस्तै प्रस्तुत गरिएको छ । एउटा पुस्तक २५ हजार मूल्यमा बिक्रि गरेर सात प्रदेशमा विशिष्टिकृत बाल अस्पताल खोल्न सम्भव देख्नुहुन्छ ? यो सम्भव छैन भन्ने कुरामा क्लियर छु, त्यो अपेक्षा पनि राखेको छैन । देशका लागि चाहिएको विषय हो । यसको महत्वपूर्ण स्टेप चाहि यो हुन सक्छ । नलेजलाई प्रयोग गरेको हो । यसको लागि प्रकाशकले फ्रिममा पुस्तक छापिदिनु भयो । मैले रोयल्टी नलिने गरी पुस्तक छापिदिनु भयो । सरकारले यस्ता खालका अस्पतला खोल्न सकेको छैन । तर तपाईले यो उमेर आएर यो जोखिम किन मोल्न खोजेको ? बालअस्पताल सरकारको योजनामा नै पर्छ । यो सबैले मिलेर गर्ने काम हो । यसमा हामी सबैले मिलेर काम गर्न चाहान्छौं । अस्पतालको मोडल पनि सरकार र गैरसकारी क्षेत्रबाट हुने हो । यसलाई सरकारले गर्न नसकेको पनि नभनौं । २०÷२२ वर्षअघि गंगालाल अस्पतालमा कार्यकारी निर्देशकको रुपमा भर्खर नियुक्ति भएको थिएँ । त्यसबेलाको स्वास्थ्य मन्त्रीले देशमा मुटुको रोग नै छैन । मुटुको अस्पताल किन चाइयो भनेका थिए । अहिले मुटु अस्पतालको अस्पताल ‘भ्यालु’ सावित भयो । त्यसैले महशुसलाई गाइड गर्दिने काम पनि विज्ञहरुको कै हो । यसमा हामी सबै जिम्मेवारी हुनु पर्छ । यसमा कुनै अन्यथा लिनु पर्दैन । यो ‘मोडल’ बाट गयो भने दिर्घकालिन रुपमा योगदान दिन सकिन्छ भनेर यो योजना बनाएको हो । यसमा प्रदेश सरकार र स्थानीय सरकार हुन्छ । तर यसको नेतृत्व गर्ने काम गैरसकारी क्षेत्रले गर्न खोजेको हो । त्यसैले यसलाई सरकारसँग सहाकार्य गर्ने रुपमा लिएको छु । स्थानीय सरकारको कुरा गर्दा पोखरा महानगरसँग पनि सम्झौता भएको जस्तो लाग्छ । पहिलो विशिष्टिकृत बाल अस्पताल चाहि पोखरामै बन्ने होकी भन्ने आशा पनि गरिएको छ नि । मेरो पोखरासँग पुर्खैली नाता कतिपयलाई थाहा पनि छैन होला । मेरा पुस्ता पोखाराबाट पाल्पा गएका रहेछन् । त्यसकारण मेरो पोखरासँग आत्मीय सम्बन्ध छ । काठमाडौं भन्दा पहिले यही अस्पतलाको खोल्ने भेर योजना बनाएका थियौं । भेनु खाली नभएकोले काम अलि ढिला भयो । ननसरकारी अस्पताल जान मन लाग्दैन । तर मुटु रोग लाग्यो भने मान्छे गंगालालय जान्छन् । यो अस्पतालले जुन विश्वासनीयता हाँसिल गर्याे । सर्वसाधारण नेपालीहरुले उपचार गर्न मिल्ने नमूना बन्यो । यसको कुन फ्याक्टरले गर्दा सफल भयो ? यसको सम्पूर्ण जस मलाई मात्रै दिन मिल्दैन । यसको धेरै फ्याक्टरहरु छन् । लिडरसिप नै यसको लागि बढी महत्वपूर्ण हुन्छ । देशको स्तर हेर्दा, राष्ट्रिय स्तरको संघसंस्थाको रुपमा हेर्दा पनि लिडरसीपबाट धेरै कुराहरु गाइड हुन सक्छन् । चाहानाले मात्रै पुग्दैन । इमान्दारिताको साथ कुनै काम गर्छु भनेर दृढता गर्याे भने धेरै कुरा मिलेर आउने रहेछ । अस्पतालले कुनै भौतिक सामान पनि व्यवस्था गर्नु पर्छ । मुलभूत रुपमा अस्पताल विरामी र विरामीको आफन्तहरु प्रति कति संवेदनशील छन भन्ने कुराको अनुभूति विरामीलाई भयो भने वा विरामीका मान्छेमरुलाई भयो भने आक्रमक हुँदैनन् । विरामी र विरामीको आफन्तको विश्वास जित्ने काम चिकित्सककको हो । तर कपितय अवस्थामा सामाना पनि गर्नु पर्छ । सबै भन्दाबढी जोखिम त मुटु र कार्डियोमा हुन्छ । हृदयघात भएर पनि विरामीको मृत्यु हुन्छ । सबै ठाउँमा मिल्दैन, यस्तोमा म आफै पनि फसेको छु । अपरेसशन पछि कतिपय अवस्थामा मृत्यु हुनसक्छ । ती सबै घटना दुर्घना भने हुँदैन । तर विरामीप्रति कमिटेड हुने, विरामीलाई दिलो ज्यान दिने विरामीका आफन्तले देख्नु पर्छ कि सबै जना खटिरहेका छन् भनेर अनुभूत हुनुपर्छ । कतिपय अवस्थामा गर्दा गर्दै पनि हुँदैन । विज्ञानले पनि सतप्रतिशत दिन सक्दैन । विरामीका परिवारले चिकित्सकले इमान्दार भएर काम गरेका छन् भन्ने भयो भने यस्ता घटनाहरु न्युनीकरण हुन्छ । यसमा धेरै जिम्मेवारी हाम्रो छ । जनता पनि चेतनशील हुनुपर्छ । अनावश्यक भौतिक होहल्लाले जनतालाई हानी पुग्छ । दुवैको जिम्मेवारी एउटै हो भनेर बुझेर गयो भने फाइदा हुन्छ । आफैमा संवेदना हुँदैन, यो सत्य हो । संवेदना ब्रेनको टिप एरियामा हुन्छ । त्यहीबाट एक्प्रेस भएर मुटुलाई ड्राइभ हुने हो । प्रत्येक पटक मुटुलाई खोलेर हेर्दा वा अप्रेशन गरेर ठिक बनाएर फेरि चालु गर्दा अझै पनि एक्साइटमेन्ट आउँछ । मुटुमा एक हिसाबको विशेषता चाहि छ । अरु माशंपेशी भएपनि अरु जस्तो होइन । यसको रिदम हुन्छ । मुटुको बनाउँदा युनिक फिचर मुटुलाई दिएको छ । त्यसैले प्रत्येक मटुलाई टिक गर्दा छुट्टै एक्साइटमेन्ट हुन्छ । अर्काे चुनौती पनि छ । यसअर्थमा हेर्दा धेरै संवेदना भएको महशुस हुन्छ । अस्पतालमा गम्भीर प्रकृतिको रोगले विरामी भएर आउँदा विरामीको इमोसन र विरामीको आफन्तहरुको इमोसन । आत्तिएका हुन्छन् । त्यसमा डाक्टरहरुले विचार पुर्याएन कठिन हुन्छ । रोगको र मानसिक रुपमा पनि उपचार गर्नु पर्ने हुन्छ । चिकित्सकले रोगको मात्रै उपचार गर्ने होइन । विरामी र समग्र रुपलाई हेर्ने हो । पहिले विरामीको आफन्तको इमोसनलाई सम्बोन गर्न सकियो भने समधान हुन्छ । अस्पताल सुध्रदै गयो घरचाहि विग्रदै गयो । भन्ने प्रसंग पनि आयो । कसरी मिलाएर अघि बढ्नु पर्ने रहेछ । आर्थिक हिसाबले गाह्रो हुँदै गएको थियो । सरकारी अस्पतालमा सर्पित भएर काम गर्दा घर चलाउने मामला निकै गाह्रो भएको थियो । त्यो बाहेक अरु सबै ठिक छ । स्वास्थ्य क्षेत्रको संघसंस्थालाई विकास गर्न राजनीतिक नेताहरुले सहयोग गरिदिनु पर्याे ।