दुर्गादत्त भण्डारी: पार्टीका तपस्वी, जनताका हितैषी

पाेखरा | मंसिर १, २०७९

दुर्गादत्त भण्डारी: पार्टीका तपस्वी, जनताका हितैषी

 

पोखरा:  राजनीतिमा निष्ठापूर्वक निरन्तर लाग्यो भन्ने एक दिन अवश्य मुल्यांकन हुन्छ भन्ने उदाहरण हुन् दुर्गादत्त भण्डारी । स्वयम भण्डारीलाई पनि लागेको थिएन कि यसपटक पार्टीले निर्वाचनमा उम्मेदवार बनाउला भन्ने । तर भण्डारीलाई उनको पार्टीले प्रदेशसभाको उम्मेदवार बनायो र उनको राजनीतिक योगदानको कदर गरेको छ ।


आफ्नो चार दशकको राजनीतिक आवद्धतापछि भण्डारीको पार्टी नेकपा(माओवादी केन्द्र)ले उनलाई विश्वास गरेर आसन्न निर्वाचनमा कास्की क्षेत्र नं.३(१)मा प्रदेशसभाको उम्मेदवार बनाएको छ ।


भण्डारी अहिले माओवादीको मात्र उम्मेदवार बनेका छैनन् उनलाई नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा लगायका दलहरुको पनि दरो साथ छ ।  शिक्षण र निजामति सेवामा गरी ३० वर्ष बिताएका भण्डारी वि.सं २०४२ देखी आफ्नो पेशागत कामसँगै राजनीतिमा समेत आवद्ध भएर पार्टीका काममा जोडिएका थिए ।


निष्ठा र इमानका धनी भण्डारीले २८ वर्ष स्वयंसेवामा पनि आफ्नो समय खर्चिए । मानवीय हितमा क्रियाशील नेपाल रेडक्रस सोसाइटी जस्ता संस्थामा उनले स्वंयमसेवा गरे ।

कास्की ३ (१) का जनताले उनलाई ‘पार्टी आन्दोलनका तपस्वी, जनताका हितैषी’ को रुपमा पनि चिन्ने गरेका छन् ।


निरन्तर राजनीति र स्वयंसेवामा क्रियाशील भण्डारी अहिले जनताको अवस्था बदल्ने अठोट सहित चुनावी मैदानमा होमिएका छन् । राजनीतिक व्यवस्था बदलिएपनि जनताको अवस्था ज्यूँकात्युँ रहेको भन्दै भण्डारी जनताबाट चुनिएर अवस्था बदल्ने मिसनमा छन् । उनलाई अहिले जनताको अवस्था बदल्ने हुटहुटीले मात्र उनलाई सताउँछ ।


त्यसैले त उनी यसपटक उम्मेदवार बनेर जनताको अवस्था बदल्ने योजना सुनाउँदै मत मागिरहेका छन् । जनताका विकास निर्माण लगायतका समस्याहरु टिपोट गर्दै उनले आफू विजयी भएको खण्डमा जनतासँगै जोडिएर ती समस्या समाधानका लागि काम गर्ने भण्डारीको चुनावी प्रतिवद्धता छ । पूर्वाधार, पर्यटन, कृषि क्षेत्रको विकासँगै जनतालाई राहत दिने उनको एजेण्डा छ ।


सरकार र राज्यका तर्फबाट महंगीका मारमा परेका जनतालाई उनले सरकारबाट राहत दिलाउन लागि पर्ने प्रतिवद्धता जनाएका छन् । शिक्षण पेशामा लामो समय बिताएकाले मसेत आफ्नो निर्वाचन क्षेत्रमा धेरैसँग परिचित छन्, उनी । सबै जातजाति, भाषा, धर्म, संस्कृतिको समानताबाटनै राष्ट्रिय एकता बलियो हुन्छ भन्नेमा उनी दृढ छन् ।


सोझा र ईमान्दारिताका प्रतिमूर्ति भण्डारी पार्टीभित्र  (निर्भिक) उपनामले समेत चिनिन्छन् ।  कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ का स्थायी बासिन्दा हुन् । २०१२ साल कात्तिक १२ गते जन्मिएका भण्डारीले शिक्षा शास्त्रमा स्नातक उत्तिर्ण गरेका छन् ।


०४२ सालमा ने.क.पा. (मशाल)बाट राजनीतिक यात्रा शुरु गरेका उनी पार्टीको संस्थापन पक्षमा सदैव सतिसाल झैं उभिदै आएका छन् । उनी मशाल पुनः नामाकरण हुँदै ने.क.पा.(माओवादी केन्द्र) सम्म आईपुग्दा पनि यहि पार्टीका ईमान्दार सिपाही बनेर देश र जनताको सेवामा लागिरहेका छन् ।


नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य रहेका भण्डारी अन्नपूर्ण गाउँपालिकाका ईञ्चार्जसमेत हुन् । उनी माओवादी निकट बुद्धिजीवी संगठनको केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश संयोजकपनि छन् ।


जनताको अवस्था बदल्ने भिजन र मिसन लिएर चुनावी मैदानमा होमिएका भण्डारीले त्यसका लागि केहि योजना बनाएका छन् । उनी जनताको अवस्था बदल्ने हो भने उद्यमशिलताको विकास गर्दै स्वरोजगार सिर्जना गर्नुपर्ने बताउँछन् ।


उनी भन्छन्, “हुँदा खाने र हुनेखाने बीचको खाडल तोड्नुपर्ने माओवादीको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्नका लागि म चुनावी मैदानमा छु । जनताको अवस्था बदल्नेनै मेरो मुख्य एजेण्डा हो ।”


भण्डारीले शिक्षा, स्वास्थ्य, तालिम, अनुसन्धान लगायतलाई निःशुल्क बनाउने अभियानको थालनी गर्ने दृढ संकल्प लिएर चुनावी घरदैलोमा रहेका भण्डारीले दैनिक उपभोग्य वस्तु तथा साधनको व्यवस्थापनमा जोड दिएका छन् ।


देशको समृद्धि उर्जा र पर्यटनबाट सम्भव देखेका उनी यसको विकास, बिस्तार र प्रवद्र्धन गर्नुपर्ने बताउँछन् । त्यसका लागि राज्यले नै स्पष्ट नीति, योजना र कार्यक्रम बनाउनुपर्ने भन्दै यसमा आफूले भूमिका खेल्ने उनको भनाई छ ।


उनले जनताको सुविधाका लागि सुइखेत खोलामा तटबन्ध निर्माण गर्ने, सुईखेतहुँदै पोखरा–२४ जोड्ने बाटो कालोपत्रे गर्ने, अन्नपूर्ण–१, घट्टेखोला र लखनेजादे–धम्पुस देउराली मोटरबाटो कालोपत्रे गर्ने, सेदीदेखी ग्यारजाती सडकको स्तरोन्नती गर्ने । पोखरा–१८ मा पर्ने कृषि सडकलाई कालोपत्रे गर्नेलगायतका योजनापनि अघि सारेका छन् ।


त्यस्तै, लामाचौर–बाटुलेचौरहुँदै छहरेपानी पुग्ने बाटो कालोपत्रे गर्ने, लामाचौर–भुनपहरे–चितेपानी–चुरुङ सडकको स्तरोन्नती गर्ने, तल्लाकोट–भुजुङ सडक काल्पत्रे गर्ने, मिलनचोक–लाहाचोक– घाचोक–माछापुछ्रे सडक खण्ड कालोपत्रे गर्ने, मिलनचोक–खोराकोमुख–संदीघट्ट–ल्वाङघलेल खण्ड कालोपत्रे गर्ने, खोराकोमुख–रिभान मोटरबाटो स्तरोन्नती गर्ने लगायतका योजनापनि ल्याएका छन् ।


उम्मेदवार भण्डारीले विध्यवासिनी–सराङ्कोट–कास्कीकोट सडकखण्ड चक्ल्याउने, विन्ध्यवासिनी–पोखरा बेसी सडक कालोपत्रे गर्नेलगायतका महत्वकांक्षी योजना यसअघि नै सार्वजनिक गरिसकेका छन् ।


कास्की क्षेत्र नं ३(१)को विकासमा मुख्य गरी पर्यटन र कृषिमा जोड दिनुपर्ने उनी बताउँछन् । यसका साथै सेती, मर्दी, इदी लगायतका नदीनालाहरुबाट प्रशस्त विद्युत उत्पादनको सम्भावना रहेकाले जलविद्युत उत्पादनलाई समेत उनले समृद्धिको आधारका रुपमा लिएका छन् । 
 

रूपन्देही:   जिल्ला प्रहरी कार्यालय रुपेन्देहीले सुद्धोधन गाउँपालिका–६ वेलहिया घर भई सियारी गाउँपालिका–७ राम जानकी चोक बस्ने ७० वर्षीया उजेली लोधको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ...

थप पढ्नुहोस्

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले आज सेती नदीको ड्याम खोलिने बताउदै सतर्क रहन आग्रह गरेको छ ।   विगत २७ दिनदेखि सेती नदीमामा हाम फालेर बेपत्ता भएका पोखरा–१६ का सुगम बास्तोल...

थप पढ्नुहोस्

काठमाडौं:     यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ । परीक्षा २७ गतेसम्म चल्ने छ । आज पहिलो दिन परीक्षार्थीहरुले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् । बिहान ८ बजेदेखि सुर...

थप पढ्नुहोस्