हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाममा रहेको जनहित माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा कोभिड-१९ को संक्रमण पुष्टि भएपछि आइतबार सम्मका लागि विद्यालय बन्द गरिएको छ । घरपझोङ गाउँपालिका-४ जोमसोममा रहेको उक्त विद्यालयका विद्यार्थीमा कोभिड-१९ पुष्टि भएपछि कन्ट्रयाक्ट ट्रेसिङमा परेका ५१ जना विद्यार्थीको मंगलबार एन्टिजेन परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । विद्यार्थीमा कोरोना संक्रमण देखिएकोले विद्यालय बन्द गरिएको घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिनुभयो । विद्यालयको छात्राबासमा बस्ने विद्यार्थीमा रुघाखोकी तथा ज्वरो आएर विरामी हुन थालेपछि गाउँपालिकाको स्वास्थ्य शाखाले परीक्षण गर्दा संक्रमण पुष्ति भएपछि बुधबारदेखि प्रारम्भिक चरणमा तीन दिन विद्यालय बन्द गरिएको आचार्यले बताउनुभयो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले कोभिड-१९ विरुद्ध उच्च सतर्कता अपनाइएको बताउनुभयो । भौतिक दुरी व्यवस्थापन एवं स्वास्थ्य मापदण्डमा कडाइ गरिएको शर्माको भनाई छ । कोभिड–१९ बाट जोगिनका लागि सर्वसाधारणलाई सचेत गराइनुका साथै परीक्षणलाई पनि स्वास्थ्य कार्यालय मुस्ताङ तथा स्थानीय तहले तिब्रता दिएको प्रजिअ शर्माको भनाई छ । स्वास्थ्य कार्यालय मुस्ताङका बरिष्ठ जनस्वास्थ्य अधिकृत रामबहादुर नेपालीका अनुसार अहिले मुस्ताङ जिल्लामा ४३ जना सक्रिय संक्रमित रहेका छन् । थासाङ गाउँपालिकामा ६ जना, घरपझोङ गाउँपालिकामा २७, र मुस्ताङ अस्पतालमा १० गरी कूल ४३ जना सक्रिय संक्रमित रहेको नेपालीले बताउनुभयो ।
कोरोना भाइरसको सङ्क्रमण आज आठ सय ४८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा पाँच हजार छ सय १९ परीक्षणमध्ये सो सङ्ख्यामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार दुई सय ५९ पुगेको छ । यस्तै आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई पाँच सय २६ घर फर्किएका छन् । यस अवधिमा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौ सय ९० को सङ्क्रमणबाट निधन भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला कैलाली रहेको छ । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, कालीकोट, मुगु, डोल्पा, जुम्ला र हुम्ला रहेका छन् । यस्तै होम आइसोलेसनमा पाँच हजार ६२, संस्थागत आइसोलेसनमा एक सय ९७, सघन उपचार कक्ष ९आइसियु०मा ६८ र भेन्टिलेटरमा चार जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा ९० हजार चार सय ४७ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
कोरोना भाइरसको सङ्क्रमण आज आठ सय ८८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा पाँच हजार सात सय ३७ परीक्षणमध्ये आठ सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार तीन सय ८७ पुगेको छ । यस्तै आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई चार सय ७४ जना घर फर्किएका छन् । आज कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौ सय ८९ जनाको सङ्क्रमणबाट निधन भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला कैलाली रहेको छ । सङ्क्रमित शून्य भएका जिल्ला मुस्ताङ, कालीकोट, डोल्पा र हुम्ला रहेका छन् । यस्तै होम आइसोलेशनमा पाँच हजार एक सय ८८, संस्थागत आइसोलेशनमा एक सय ९९, सघन उपचार कक्ष(आइसियु)मा ६४ र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा एक लाख ५० हजार ६४ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
कोरोना भाइरसको सङ्क्रमण आज २६३ मा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा तीन हजार एक सय ६५ मा गरिएको परीक्षणमध्ये दुई सय ६३ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार चार सय ३४ पुगेको छ । यस्तै आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई पाँच सय एक जना घर फर्किएका छन् । मन्त्रालयका अनुसार आज कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौ सय ८६ को सङ्क्रमणबाट निधन भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला मोरङ रहेको छ । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, कालीकोट, दार्चुला र हुम्ला रहेका छन् । मन्त्रालयका अनुसार होम आइसोलेसनमा पाँच हजार दुई सय २८, संस्थागत आइसोलेसनमा दुई सय छ, सघन उपचार कक्ष ९आइसियु०मा ६१ र भेन्टिलेटरमा चार जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा एक लाख २७ हजार तीन सय २१ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
कास्की: पोखरा महानगरपालिका १ भित्र रहेका स्वास्थ्य स्वयंसेवीकाहरु र शहरी स्वास्थ्य केन्द्र १ बगरलाई वडा कार्यालयले रक्तचाप (बिपी) जाँच गर्ने मेसिन र डिजिटल थर्माेमिटर वितरण गरेको छ । पोखरा १ भित्र रहेका १४ जना स्वयंसेवीका र शहरी स्वास्थ्य केन्द्र १ बगरलाई ४ गरि कुल १९ वटा बिपी सेट र थर्माेमिटर वितरण गरेको हो । वडाध्यक्ष साहरा प्रधानले शहरी स्वास्थ्य केन्द्र बगरकी इन्चार्ज कमला गौतम तथा स्वयंसेवीकाहरुलाई सो समाग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा बोल्दै वडाध्यक्ष प्रधानले स्वास्थ्य स्वयंसेवीकाहरुलाई सहजता प्रदान गर्ने उदेश्यसहित वितरण गरिएको बताए । उनले स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र भएको बताउदै वडाको चौतर्फी विकासमा टेवा पुग्ने धारणा राखेका थिए । यसैगरि वडा सदस्य शोभा गुरुङले यसअघि सामाजिक क्रियाकलापमा सक्रिय रहदैं आएको वडा नम्बर १ का क्लबहरुलाई खेलकुखका समाग्री प्रदान गरिसकेको बताए । ‘हामीले आफ्नो वडालाई नमुना वडा बनाउँन भनेर लागिरहेका छौं, उनले भनिन्, ‘खेलकुद क्षेत्रमा क्रियाशिल क्लबहरुलाई समाग्री सहयोग गरिसकोका छौं । अहिले स्वास्थ्य स्वयंसेवीकाहरुलाई आवश्यक पर्ने समाग्री हस्तान्तरण गरेका छौं । यो यथेष्ट नभएपनि उहाँहरुलाई केही थप सघाउ पुग्छ भन्ने विश्वास लिएका छौं ।’ उनले गत महिना लागुओषध नियन्त्रण व्यूरोको सहयोगमा युवालक्षित सचेतनामुलक कार्यक्रम सम्पन्न गरिसकेको बताइन् । उनका अनुसार आगामी दिनमा युवाहरुलाई लक्षितगरि विभिन्न रचनात्मक र सचेतनामुलक कार्यक्रम आयोजना गर्ने वडा कार्यालयले लक्ष्य लिएको छ ।
रुपन्देही: रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । गतवर्षको तुलनामा यो वर्ष डेङ्गुका बिरामी धेरै देखिएका छन् । आर्थिक वर्ष २०७८/७९ मा दुई सय ६९ डेङ्गुका बिरामी भेटिएका थिए । गत आवमा ४६ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ शाहले जानकारी दिनुभयो । जिल्लामा २०६७ देखि डेङ्गुको समस्या देखिएको हो । २०६७/६८ मा दुई सय ९० जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । आव २०७६/७७ मा यो सङ्ख्या बढेर दुई हजार नौ सय ३० पुगेको थियो । यो सङ्ख्या गत वर्ष घटेर ४६ मा झरेको थियो । अहिले पुनःबढ्दै गएकाले नियन्त्रण र रोकथामका लागि सबैको सक्रियता आवश्यक रहेको शाह बताउनुहुन्छ । डेङ्गुको रोकथामका लागि लार्भा नष्ट गर्ने अभियान उपयुक्त हुने उहाँको भनाइ छ । डेङ्गुको सङ्क्रमण बढ्दै गए पनि फेयरमेट फाउन्डेसन नेपाल र इन्द्रेणी सामुदायिक केन्द्रको सहयोगमा बुटवल उपमहानगरपालिकाले बुधबार बुटवलमा डेङ्गु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखीकरण कार्यक्रममा डेङ्गुको वस्थाबारे जानकारी गराउँदै शाहले समयमै नियन्त्रण नगरे यसले महामारीको रुप लिनसक्ने बताउनुभयो । “खोप छैन, त्यसैले जोखिम छ । घरमा पानी जम्ने ठाउँ छ भने सफा राख्नुपर्छ । लामखुट्टेको टोकाइबाट बच्नुपर्छ”, उहाँले भन्नुभयो । डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि बुटवल उपमहानगरपालिकले अभियान सुरु गरेको छ । उपमहानगरका सबै वडामा डेङ्गु नियन्त्रणका लागि सचेतनामूलक अभियान थालेको उपमहानगर प्रमुख खेलराज पाण्डेले बताउनुभयो । अभियानअन्तर्गत समूह समूहमा लार्भा खोज र नष्ट गर अभियान, क्लोरिनको झोल स्प्रे गर्ने तथा पर्चा पम्पेटिङ वितरणको काम हुने उहाँको भनाइ छ । विपद् व्यवस्थापन समितिको अगुवाइमा स्वास्थ्यकर्मीको साथ लिएर टोलटोलमा कार्यक्रम चलाउन थालिएको उपप्रमुख सावित्रादेवी अर्याल बताउनुहुन्छ । यो एक सरुवा रोग भएकाले महामारीको रुप लिन नदिननन सबै सचेत हुनुपर्नेमा उहाँको जोड छ । यसको सङ्क्रमणले ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी तथा माँसपेशी दुख्ने, आलस्य हुने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुनेजस्ता लक्षण देखापर्छन् । एक प्रकारको विषाणुबाट डेङ्गु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेङ्गु घातक हुन्छ । डेङ्गु ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेङ्गु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने र विरामी अझै कमजोर हुने गर्दछन् । तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेङ्गु भएको बुझ्नुपर्ने निरीक्षक शाह बताउनुहुन्छ ।
चितवन: पछिल्ला दिन जिल्लामा कोरोना सङ्क्रमण बढ्दो क्रममा रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय आठ पुगेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सङ्क्रमितमध्ये छ अस्पतालमा छन् भने एक सय दुई होम आइसोलेशनमा छन् । सक्रिय सङ्क्रमितमध्य ९० भरतपुर महानगरपालिका, सात खैरहनी नगरपालिकाका छन् । यस्तै माडी नगरपालिकामा एक, रत्ननगर नगरपालिकामा दुई, राप्ती नगरपालिकामा एक, कालिका नगरपालिकामा एक जना सङ्क्रमित रहेको कार्यालयले जनाएको छ । इच्छाकामना गाउँपालिकामा छ जना सक्रिय सङ्क्रमित रहेका छन् । जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार असार २२ गतेदेखि जिल्लामा सङ्क्रमण देखिएको हो । यही साउनमा एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । यससँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या चार सय ५० पुगेको कार्यालयको तथ्याङ्कले देखाएको छ । जिल्लामा हालसम्म ३३ हजार आठ सय १४ मा कोरोना पुष्टि भएको छ । ती मध्ये ३३ हजार दुई सय ५६ निको भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीले कोरोना फैलन सक्ने भएकाले यसबाट बच्नका लागि स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने बताउनुभयो । भीडभाडमा नजाने, नियमित साबुनपानीले हात धुने, मास्कको नियमित प्रयोग गर्ने, सामान्य रुघाखोकी र ज्वरो आएमा चिकित्सकसँग परामर्श लिनुपर्ने उहाँले सुझाव दिनुभयो । अहिले भरतपुर अस्पतालमा दैनिक आउने एक हजार पाँच सय बिरामीमध्ये पाँच सय मेडिसिन विभागका बिरामी रहने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच सयमध्ये दुई सय बिरामी ज्वरोको छन् । तीमध्ये ५० जनालाई कोरोनाको लक्ष्यण देखिएर परीक्षणका लागि पठाउने गरिएको उहाँले बताउनुभयो । रुघाखोकी, ज्वरो, डेँगु, स्क्रफटाइफसका बिरामी अस्पताल आउन थालेका छन् । कतिपयलाई जापानिज इन्सेफ्लाइटिसको लक्षण देखिएपछि परीक्षणका लागि पठाइएको छ ।
लमजुङको बेंसीसहर नगरपालिका वडा नम्बर ७ स्थित जनविकास माध्यमिक विद्यालयका विद्यार्थीमा रुघाखोकी र ज्वरोको समस्या देखिएपछि विद्यालय बन्द भएको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीमा रुघाखोकी, ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएकाले विद्यालय दुई दिनका लागि बन्द गरिएको हो। विद्यालयका प्रधानाध्यापक रत्नमान श्रेष्ठका अनुसार विद्यार्थीमा केही समयदेखि स्वास्थ्य समस्या देखिएको थियो। आइतबारदेखि बिरामी हुने विद्यार्थीको संख्या बढ्दै गएपछि मंगलबार विद्यालय बुधबार र बिहीबारका लागि बन्द गरिएको हो। विद्यालयका केही शिक्षकमा पनि रुघाखोकी र ज्वरोको समस्या देखिएको छ। बिरामी विद्यार्थी र शिक्षकको संख्या बढ्नसक्ने जोखिमले विद्यालय बन्द गरिएको उहाँको भनाइ छ। एकबाट अर्कोमा समस्या सर्नसक्ने भएकाले समयमै सचेत भएको विद्यालयका प्रधानाध्यापक श्रेष्ठले बताउनुभयो। कोरोना भाइरस (कोभिड-१९) को चौंथो लहर बढिरहेका बेला विद्यार्थीलाई रुघाखोकी र ज्वरोले सताएपछि थप भयावह अवस्था आउन नदिन विद्यालय बन्द गर्नुपरेको जनाएको छ। दुई दिन बन्द गरेपछिको अवस्था हेरेर सोही अनुसार अघि बढ्ने विद्यालयले जनाएको छ।
काठमाडौँ: कोरोना भाइरसको सङ्क्रमण आज एक हजारभन्दा बढीमा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा छ हजार तीनसय परीक्षणमध्ये एक हजार ९० मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार आठ सय छ पुगेको छ । यस्तै आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई चार सय ३८ घर फर्किएका छन् । यस्तै आज कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौ सय ७४ को सङ्क्रमणबाट निधन भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला मोरङ रहेको छ । सङ्क्रमित शून्य भएका जिल्ला मुस्ताङ, कालीकोट र हुम्ला रहेका छन् । यस्तै होम आइसोलेसनमा पाँच हजार पाँच सय ९३, संस्थागत आइसोलेसनमा दुई सय १३, सघन उपचार कक्ष (आइसियु)मा ६१ जना र भेन्टिलेटरमा सात जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा एक लाख ७१ हजार आठ सय ३७ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।