दुई सय ६९ मा सङ्क्रमण
काठमाडाैं | भदौ १६, २०७९
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज दुई सय ६९ मा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा तीन हजार पाँच सय ५७ परीक्षणमध्ये दुई सय ६९ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । आज दुई सय १५ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.५ प्रतिशत छ । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार एक सय ५८ पुगेको छ ।
यस्तै आज कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको निधन भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर छन् । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, जुम्ला र मुगु छन् ।
यस्तै होम आइसोलेसनमा तीन हजार चार, संस्थागत आइसोलेसनमा एक सय ५४, सघन उपचार कक्ष (आइसियु)मा ४६ र भेन्टिलेटरमा सात जनाको उपचार भइरहेको छ । आज कसैले पनि कोरोना भाइरसविरुद्धको खोप लगाएका छैनन् ।
फिफा विश्वकप- २०५८ को फाइनलमा ब्राजिलका महान् फुटबल खेलाडी पेलेले लगाएको जर्सी ४९ लाख अमेरिकी डलरमा बिक्री भएको छ। अमेरिकाको न्युयोर्कमा आयोजित सोथेबीजको लिलामीमा ४९ लाख अमेरिकी डलरमा ज...
नेपालमा पहिलो पटक आयोजना हुन लागेको नेपाल भलिबल लिग (एनभिएल) को लागि ६ मार्की खेलाडी चयन गरिएको छ। अन्नपूर्ण स्पाइकर किंग्सका मार्की हिमाल सुनारी, कर्णाली शिवराजको पहल गहतराज, काठ...
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

