काठमाडौं:   रसुवामा आज गएको बाढीमा परेकामध्ये नौ जनाको शव फेला परेको छ । आज राति एकजनाको शव चितवनमा भेटिएसँगै मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ  । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्...

पर्वत:    पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा सोमबार राति एक दम्पती मृत फेला परेका छन् ।  अपरिचित व्यक्तिले ६८ वर्षीय सूर्यबहादुर जिसी र उनकी अन्दाजी ६५ वर्षीया श्रीमती गमला जिसीको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । जिसी दम्पतीको घरभित्रै हत्या गरेको अवस्थामा मङ्गलबार बिहान भेटिएको वडाध्यक्ष प्रकाश जिसीले जानकारी दिए ।  उनका अनुसार घरमा जिसी दम्पती मात्र बस्दै आउनुभएको थियो । घटनाको बारेमा जानकारी पाएसँगै स्थानीय जनप्रतिनिधि र प्रहरीको टोली घटनास्थल पुगेको छन् ।  घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

तनहुँ:    व्यास नगरपालिकाले पृथ्वी राजमार्गअन्तर्गत दमौली बजारमा अनधिकृत रूपमा ठड्याइएका संरचना हटाउन आग्रह गरेको छ ।  केही घरधनी सम्पर्कमा नआएका, केहीले मुआब्जाको पहिलो किस्ता बुझेर पनि संरचना हटाउन ढिलाइ गरेकाले चैतभित्रै त्यस्ता संरचना हटाउन नगरपालिकाले आग्रह गरेको हो ।  नगरप्रमुख वैकुण्ठ न्यौपानेले सोमबार विज्ञप्ति जारी गरी वर्षायाम प्रारम्भ हुन धेरै समय बाँकी नभएकाले सडक निर्माणकार्यलाई तीव्र गतिमा अघि बढाउन यही महिनाभित्र सडक किनारका भौतिक संरचना हटाउन अनुरोध गरेको हो । साथै उनले सडक विस्तार आयोजना कार्यालमा सम्पर्क गरी मुआब्जा रकम लिन आग्रह पनि गरे।  “मुख्य बजार खण्डमा घरटहरा नभत्काउँदा काममा ढिलाइ भइरहेको छ । सडक विस्तार, विद्युत् पोल स्थानान्तरण कार्यमा सहयोग गरिदिनुहुनेछ भन्नेमा नगरपालिका विश्वस्त छ,” विज्ञप्तिमा भनिएको छ ।  मुग्लिन–पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार दमौली बजारका ७४ घर भत्काइनेछ । त्यसभित्र जिल्ला प्रहरी कार्यालयको मूलद्वार, दुर्गा मन्दिरलगायत संरचना परेका छन् । पैतालीस जनाले पहिलो किस्ताबापतको मुआब्जा रकम बुझिसकेका उनले बताए ।

काठमाडौं:     रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सोमबार सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सचेतना अभियानकी अभियन्ता कृतु भण्डारीको नेतृत्वमा सिंहदरबार अगाडि प्रदर्शन गरिरहेका उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।  उनले भने, “सिंहदरबार अगाडि प्रदर्शन गर्ने १० पुरुष र पाँच महिला गरी १५ जनालाई नियन्त्रणमा लिइएको छ ।” नियन्त्रणमा लिइएकाहरुलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । रुसी सेनामा भर्ना भएर मृत्यु भएकाहरुको शव फिर्ता, सम्पर्कविहीन भएकाको खोजी एवम् अलपत्र परेका नेपालीहरुको उद्धारको माग राख्दै उनीहरुले प्रदर्शन गरेका थिए ।

काठमाडौं:    पेट्रोलको मूल्य प्रतिलिटर चार रुपियाँले वृद्धि भएको छ। सोमबारदेखि वृद्धि हुने मूल्यअनुसार  पेट्रोलको प्रतिलिटर मूल्य एक सय ७५ पुगेको हो।  नेपाल आयाल निगम लिमिटेडको सञ्चालक समितिको आजको निर्णयअनुसार सोमबारदेखि नयाँ मूल्य लागू हुनेछ।  निगमले नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर चार रुपियाँ ७६ पैसाले बढेर आएको हो। निगमले अन्य पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् रहेको निगमद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ।      पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको प्रतिलिटर मूल्य रुपियाँ एक सय ७२ रुपियाँ ५० पैसा रहेको छ।  यस्तै, दोस्रो वर्गअन्तर्गतका काठमाडौँ, पोखरा र दिपायल जिल्लामा प्रतिलिटर रु एक सय ७४ मूल्य कायम गरिएको छ।

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा जीप दुर्घटना हुँदा घाइते भएका १२ जना मध्य २ जनाको मृत्यु भएको छ ।    जीप दुर्घटनामा घाइते भएका १० जना मध्य ६ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ५ जना मध्ये १ जनालाई मणिपाल शिक्षण अस्पताल रिफर गरिएको  छ ।  पोखराबाट कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा आइतबार दिउँसो ग १ ज ५५४७ नम्बरको जीप दुर्घटना भएको थियो ।   

पोखरा:   पोखराबाट भदौरे जाँदै गरेको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । आइतबार दिउँसो पोखराबाट कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरे जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जीप दुर्घटना भएको हो ।  जीप दुर्र्घटना हुँदा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइते मध्य ५ जनालाई उद्धार गरी अस्पताल ल्याउँदै गरेको स्थानीय विश्वदल गुरुङले जाननकारी दिए ।  दुर्घटना सम्बन्धि थप विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ ।