पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

काठमाडौँ:  मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार दिउँसो १ बजेका लागि आकस्मिक बैठक बोलाइएको हो ।   आकस्मिक रुपमा राखिएको बैठकको एजेण्डा सार्वजनिक भएको छैन ।

नेपाल फोटो पत्रकार संघ, कास्कीले मादी गाउँपालिका–३ याङ्जाकोटमा ‘मादी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा फोटो पत्रकार भूमिका’ विषयक अन्तरक्रिया गरेको छ ।   मादी गाउँपालिकाको सहयोगमा मंगलबार र बुधबार भएको कार्यक्रममा मादी गाउँपालिकाले सहयोग गरेको हो । कार्यक्रममा फोटोको माध्यमबाट कसरी ग्रामिण पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने विषयमा चर्चा गरिएको थियो ।   मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले मादी गाउँपालिकाको प्रकृति र संस्कृति फोटो माध्यमबाट विश्वमाझ चिनिएको बताए । पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा समाचार र फोटोमा महत्वपूर्ण भूमिका रहेको उनले सुनाए ।   मादीको सम्पति भनेकै प्रकृति र संस्कृति भएकाले फोटो पत्रकारले तस्बिरका माध्यमबाट प्रचारप्रसार गर्न आवश्यक रहेको बताए ।   ‘हामीसँग बेच्ने २ वटा चिज छ । एउटा प्रकृति अर्को संस्कृति हो । अनि अर्को भनेको कृषि पनि हो । त्यसैले माथिल्लो भेगमा पर्यटन र तल्लो भेगमा कृषि योग्य जमिनमा परिण गरेर प्रवद्र्धन गरिरहेका छौं,’ उनले भने, ‘माथिल्लो भेगको कोरी, क्हपुचे, क्रपुलगायत सिक्लेस, ताङतिङमा पर्यटकीय क्षेत्र हुन् । विस्तारै याङ्जाकोट, भाचोक, वार्चोकलगायत ठाउँमा होमस्टे विस्तार भइरहेको अवस्था छ ।’   पालिकाले मादीको पर्यटनलाई कृषिलाई प्रवद्र्धन गरिरहँदा केही प्रचार भएपछि पनि फोटो पत्रकारहरुको क्यामेराले विश्वमाझ पु¥याउन सहयोग पुग्ने अध्यक्ष गुरुङले बताए ।   पछिल्लो समय ७० प्रतिशत जनसंख्या पोखरा, काठमाडौंसहित विदेशमा भएकाले केही समस्या हुने उनको आंकलन छ । ‘मादीका क्षमतावान युवाहरु कम नै छ । त्यसैले हामीले दक्ष जनशक्तिलाई गाउँमै टिकाउन सहयोग गरिरहेका छौं,’ उनले भने, ‘कृषिमा अनुदानदेखि संस्कृति संरक्षणका लागि घाटु, कृष्णचरित्र, बालन नाच संरक्षणका लागि साथ दिइरहेका छौं ।’     मादीको पर्यटन प्रवद्र्धनका लागि यो वर्ष १५ लाख रुपैयाँ बराबरको रकम ५०/५० को कार्यक्रममा सहायता दिइने गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए ।   पालिकाको ५ सय ६३ वर्गकिलोमिटरको क्षेत्रफलमा ४ सय ६३ वर्गकिलोमिटर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा पर्ने भएकाले एक्यापसँग मिलेर पनि पर्यटन क्षेत्रको प्रवद्र्धन र स्थायी बसोबासका कार्यक्रम गरिरहेको उनले बताए । तर, माथिल्लो भेगमा बनाइएको होटल, चियाघर दर्तामा समस्या भएको उनको भनाइ थियो ।   मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न पालिकाले अझ नयाँ कार्यक्रम बनाउँदै जाने बताए ।   कोरी, क्हपुचे, क्रपुलगायत सिक्लेस, ताङतिङ जस्तै गरी अन्य पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि काम गरिरहेकाले त्यसमा फोटो पत्रकारको क्यामेरा र कलम अझै शसक्त हुने उनको भनाइ थियो ।   सिक्लेस, ताङतिङले आन्तरिक तथा बाह्य पर्यटक तथ्यांक राख्न सुरु गरिसकेकाले अन्य गाउँहरुले पनि त्यसको सुरुआत गर्नुपर्नेमा उनको जोड थियो ।   केही ठाउँ र गाउँहरु प्रचारप्रसारको पर्खाइमा रहेकाले पत्रकारको नजर पुग्नुपर्ने उनले बताए । ‘फोटोले प्रचारप्रसार पु¥याउने महत्व, त्यसले हामीलाई बनाउने भावुकपना र गौरवगर्ने अवस्थाले फोटो पत्रकारिताको महत्व झल्काउँछ,’ उनले भने ।   नेपाल पत्रकार महासंघ, गण्डकीका अध्यक्ष रमेश पौडेलले सूचना प्रविधिको युगमा प्रचारप्रसारमा खेल्ने भूमिका अतुलनीय रहेको बताए । विशेष गरी ग्रामिण पर्यटन प्रवद्र्धनमा पत्रकारले सधैं सकरात्मक भूमिका खेलेकाले आगामी दिनमा यसलाई निरन्तरता दिन अति आवश्यक रहेको उनले सुनाए । मादीमा धेरै पर्यटकीय क्षेत्र भएकाले त्यसमा पत्रकारको ध्यान जाने उनले विश्वास दिलाए ।   कार्यक्रममा मादी गाउँपालिका–३ का अध्यक्ष विकास गुरुङले याङ्जाकोट गाउँ प्राकृतिक र सांस्कृतिक हिसाबमा महत्वपूर्ण रहेको बताए । याङ्जाकोटमा आन्तरिक पर्यटक बढेपनि बाह्य पर्यटक कम जाने भएकाले प्रचासप्रसारको आवश्यकता रहेको उनले सुनाए । यसमा फोटो र समाचारको महत्वपूर्ण भूमिका हुने भएकाले फोटो पत्रकारले आयोजना गरेको अन्तरक्रिया फलदायी हुने उनको विश्वास थियो ।     याङ्जाकोट सामुदायिक होमस्टेका अध्यक्ष रोशन गुरुङले पाहुना सत्कारका लागि अहिले १० घर होमस्टे स्थापना गरिएको जानकारी दिए ।   २०६७ सालदेखि होमस्टे सञ्चालनमा आएदेखि गाउँ पुग्ने पर्यटकलाई सहज भइरहेको उनले बताए । यहाँ ढुंगाले छाएको घर, गाउँबाट देखिने हिमाल डाँडाकाडा, बीच गाउँमा रहेको ऐतिहासिक पोखरी, गुरुङ मन्दिर, कोट याङ्जाकोटको आकर्षण रहेको जानकारी दिए । गाउँ पुग्ने पाहुनालाई गाउँकै अग्र्यानिक खानाको स्वाद पस्किने गरेको उनले बताए ।   कार्यक्रममा नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङले ग्रामिण पर्यटन प्रवद्र्धनमा संघले स्थापनाकाल देखि नै भूमिका खेल्दै आएकाले यसलाई निरन्तरता दिदैं जाने बताए । यसमा पालिका, वडा, स्थानीय समुदाय र फोटो पत्रकारको समन्वय अपरिहार्य रहेको उनको भनाइ थियो ।   संघकी सह–सचिव दुर्गा रानामगरले फोटो र पर्यटन एकअर्काको परिपुरक भएको बताइन् । सोही कारण मादीको पर्यटकीय गाउँ याङ्जाकोटमा अन्तरक्रिया आयोजना गरिएको उनको भनाइ थियो ।   संघकी उपाध्यक्ष राधिका कंडलले संयोजन गरेको अन्तरक्रिया कार्यक्रम पत्रकार, स्थानीय, जनप्रतिनिधिसहित ६० जनाको सहभागिता रहेको थियो ।  

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न निर्देशन दिनुभएको हो ।   मन्त्री गुरुङले ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्तको पनि निरीक्षण गर्नुभएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।   गृहमन्त्री गुरुङले आजै रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको पनि निरीक्षण गर्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।   कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।   उनका अनुसार गत ९ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पोखरामा विभिन्न स्थानहरुमा चर्को आवाजमा ध्वनी प्रदुषण गर्दै हिड्ने र शान्ति सु -व्यवस्थामा खलल पार्दै हिडेको सूचनाका आधारमा ति १० वटा मोटरसाईकललाई नियन्त्रणमा लिई कानूनी कारवाही प्रकृया अगाडी बढाइएको छ ।    कास्की प्रहरीले हालसम्म ‘अप्रेसन–३६५’ अन्तर्गत ४ सय १४ वटा सवारीसाधन र ३६ जनालाई नियन्त्रणमा लिई कारवाही गरिसकेको छ  ।   कास्की प्रहरीले सवारी धनिले आफ्नो सवारी साधन मोडिफाई नगरी पुर्ववत असली स्वरुपमा सवारी साधन चलाउन आग्रह गर्दै मोडिफाई गर्ने कार्यमा संलग्न ग्यारेज, वर्कसप, रिकन्डिसन हाउस संचालकहरुलाई कानून बमोजिम कारवाही हुने जनाएको छ ।  

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।   संघीय उड्डयन प्रशासन (एफएए) ले सो घटनापछि विमानस्थलमा हुने उडान र अवतरणमा रोक लगाउँदै ‘ग्राउन्ड स्टप’ जारी गरेको छ।   न्यूयोर्क सिटी दमकल विभागका अनुसार स्थानीय समय अनुसार राति करिब ११:३८ बजे धावनमार्गमा विमान र ट्रक ठोक्किएको सूचना प्राप्त भएलगत्तै उद्धार टोली परिचालन गरिएको थियो।   उक्त विमान एयर क्यानडाको उडान नम्बर ८६४६ रहेको र यसलाई क्षेत्रीय वाहक ज्याजले सञ्चालन गरिरहेको उडान ट्र्याकिङ साइट ‘फ्लाइट राडार २४’ ले जनाएको छ। ७६ सिट क्षमताको मित्सुबिसी सीआरजे-९०० मोडलको उक्त विमान मोन्ट्रियल ट्रुडो अन्तर्राष्ट्रिय विमानस्थलबाट राति साढे १० बजे उडेको थियो।   विमानस्थलको एयर ट्राफिक कन्ट्रोल (एटीसी) बाट प्राप्त अडियो रेकर्डिङमा दुर्घटनाको भयावह क्षण कैद भएको छ। रेकर्डिङमा कन्ट्रोलरले एउटा अपरेसन ट्रकलाई धावनमार्ग पार गर्ने अनुमति दिएको केही सेकेन्डमै ‘रोक’ भन्दै कराएको सुनिन्छ। तर त्यतिन्जेल विमान र ट्रक ठोक्किसकेका थिए।    सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा विमानको ककपिटको अघिल्लो भागमा ठूलो क्षति भएको र आपतकालीन सवारी साधनहरूले विमानलाई घेरेको देखिन्छ।   दुर्घटनाको समयमा विमानस्थल आसपासको क्षेत्रमा हल्का वर्षा र कुहिरो लागेका कारण दृश्यता कम भएको र मौसम खराब रहेको बताइएको छ। 

गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र बनाउन प्रारम्भिक विवरण दर्ता गर्नुपर्ने व्यवस्था हटाएको छ। सेवाग्राहीहरूले छुट्टै आवेदन फाराम भर्नु नपरी सिधै बायोमेट्रिक विवरण दिन सक्ने भएका छन्।   केन्द्रीकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तर–आबद्धता भएपछि यस्तो सुविधा सुरु गरिएको मन्त्रालयले जनाएको छ।   आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित जिल्ला प्रशासन कार्यालयको निरीक्षण गर्दै दोहोरो प्रक्रिया हटाएर सेवा सरल बनाउने नीति अघि बढाइएको बताए।   मन्त्रालयका अनुसार नयाँ व्यवस्थाले सेवा प्रवाह छिटो, खर्च घटाउने र सुशासन कायम गर्न सहयोग पुग्नेछ। हाल दैनिक ६–८ हजार राष्ट्रिय परिचयपत्र बनिरहेका छन्।

मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ ।   अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा उहाँको प्रशासन यस क्षेत्रको सैन्य अभियानलाई क्रमशः घटाउने विकल्पमा विचार गरिरहेको बताउनुभएको छ । तेलको मूल्यमा वृद्धि र अमेरिकी शेयर बजारमा गिरावट आएपछि यस्तो मिश्रित सन्देश आएको हो ।   यसैबिच, इजरायलले  इरानले शनिबार बिहान पुनः मिसाइल आक्रमण जारी राखेको छ भने साउदी अरेबियाले केही घण्टाभित्रै २० ड्रोन निश्क्रिय पारिएको जनाएको छ । त्यस क्षेत्रमा मुख्य तेल प्रतिष्ठानहरू रहेका छन्। कुनै मानव क्षति वा संरचनागत हानि भने भएको छैन।   इरानले आक्रमणलाई बढाउँदै आफ्नो खाडी छिमेकीमा असर पुर्‍याइरहेको छ, जबकि हर्मुज जलमार्गमा व्यापार नियन्त्रण जारी राखेको छ । यो मार्ग विश्वको तेल र अन्य महत्त्वपूर्ण वस्तुहरूको लगभग पाँचौँ हिस्सा बोक्ने मार्ग हो ।   इरानी सर्वोच्च नेता मोज्तबा खामेनीले नवरोज पर्वको अवसरमा राष्ट्रलाई सम्बोधन गर्दै अमेरिकी र इजरायली आक्रमणहरू असफल भएको बताउनुभयो । उहाँले इरानी जनताको दृढतामा प्रशंसा गर्नुभयो ।   इरानी सेनाका उच्च अधिकारीहरूले ‘विश्वका पार्क, मनोरञ्जन क्षेत्र र पर्यटन स्थलहरू’ देशका शत्रुका लागि सुरक्षित नहुने चेतावनी दिएका छन् । यसले इरानले मध्यपूर्व बाहिर पनि आक्रमण गर्ने सम्भावना कायम राखेको देखाउँछ ।   अमेरिकाले इरानी तेलमा केही प्रतिबन्ध हटाउने घोषणा पनि गरेको छ, जसले मूल्य नियन्त्रण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । तर उत्पादनमा वृद्धि नभएपछि तेलको आपूर्ति र मूल्यमा ठुलो असर नपर्ने देखिन्छ ।

मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सकिएका थिए, जब देशका सैनिकहरूले इरानबाट आउने मिसाइल र ड्रोनलाई निशाना बनाउने प्रयास गरे।   इरानी आगोका दुई शृङ्खला चलाइएपछि इजरायल सेनाले तेहरानमा व्यापक हवाई आक्रमण सुरु गरेको र लेबननमा इरान समर्थित समूहलाई लक्षित गर्दै आक्रमण बढाएको जनाएको छ। यस क्रममा इजरायलले दुई रकेट इरानबाट टेल अविभ र गालिली समुद्र दक्षिण क्षेत्रमा आएको पनि रिपोर्ट गरेको छ, तर कुनै घाइतेको सूचना छैन।   संयुक्त अरब इमिरेट्सले विमान उडान रोकेको अवस्था छिट्टै स्थिर भएको भन्दै उड्डयन पुनः सञ्चालन गरिएको छ। तर दुबईमा ड्रोन आक्रमणका कारण इन्धन ट्याङ्कीमा आगो लागेको थियो। यस आक्रमणमा कुनै मानिस घाइते नभएको बताइएको छ।   तेहरान र इजरायल–अमेरिकी आक्रमणको प्रभावले स्ट्रेट अफ होर्मुजमा ढुवानीमा ठुलो बाधा आएको छ। यसले तेलको मूल्य बढाएको र विश्वव्यापी ऊर्जा सङ्कटको जोखिम सिर्जना गरेको छ।   तेलको मूल्य हाल प्रति ब्यारेल १०० डलरभन्दा माथि रहेको छ। अमेरिकी राष्ट्रपतिले केही देशलाई स्ट्रेट अफ होर्मुजको सुरक्षा गर्न आग्रह गरेका छन्, तर तत्काल कुनै स्पष्ट सहयोगको प्रतिबद्धता प्राप्त भएको छैन।   इजरायलले तेहरानमा धेरै आक्रमण गरेको र इरानी हवाई रक्षा प्रणाली र मिसाइल लन्चर नष्ट गरेको सैनिक प्रवक्ताले बताएका छन्। यसैबिच, लेबननमा यस द्वन्द्वका कारण १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।   इरानका अनुसार यस द्वन्द्वमा एक हजार ३०० भन्दा बढी नागरिकको मृत्यु भएको छ। अबुधाबीमा पनि इरानी मिसाइल आक्रमणमा एक व्यक्ति मृत्यु भएको रिपोर्ट छ, र दुई तेल सुविधामा आगो लागेको छ।   यो घटनाले मध्यपूर्वमा युद्धको तीव्रता, क्षेत्रीय असुरक्षा र ऊर्जा आपूर्ति सङ्कट झन् बढाएको देखाएको छ।

पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।   पोखरा महानगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै थापाको असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एक दिन शोक मनाउने र महानगरपालिका तथा मातहतका कार्यालय बन्द रहने जनाएको हो।   महानगरपालिकाले जारी सूचनामा ‘स्वर्गीय थापाको सम्मानमा चैत १ गते आइतबारका दिन महानगरपालिका कार्यालय र अन्तर्गतका सबै कार्यालय बन्द रहने’ उल्लेख गरेको छ।   सूचनाअनुसार स्वास्थ्य संस्था, फोहोरमैला व्यवस्थापनजस्ता अत्यावश्यक सेवा भने सञ्चालन हुनेछन्। विद्यालयका पूर्वनिर्धारित परीक्षा कार्यक्रम भने यथावत सञ्चालन हुने महानगरपालिकाले जनाएको छ। सेवाग्राहीमा पर्न जाने असुविधाप्रति महानगरपालिकाले क्षमायाचना पनि गरेको छ।   महानगरपालिकाले थापाको निधनलाई पोखराका लागि ठूलो क्षति भएको उल्लेख गर्दै नगर विकास र समृद्धिमा उनले पुर्‍याएको योगदानको उच्च कदर गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।   सूचनामा ‘नगर प्रमुखको हैसियतमा उनले महानगरपालिकाको विकास र समृद्धिमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै पोखरा महानगरपालिका भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ’ भनिएको छ। साथै महानगरका जनप्रतिनिधि र कर्मचारी परिवारले शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको पनि उल्लेख गरिएको छ।   थापा तत्कालीन पोखरा उपमहानगरपालिकाको नगर प्रमुखका रूपमा २०५४ देखि २०५९ सालसम्म निर्वाचित भएर काम गरेका थिए। प्रजातन्त्र पुनःस्थापनापछिको स्थानीय तहको नेतृत्व सम्हालेका उनी पोखराको शहरी विकास, पूर्वाधार विस्तार र नगर व्यवस्थापनमा सक्रिय नेताका रूपमा चिनिन्थे।   दीर्घ समय कम्युनिस्ट आन्दोलनमा सक्रिय थापा नेकपा एमाले कास्कीका प्रभावशाली नेता पनि थिए।   उनी जीवनको अन्तिम समयसम्म पार्टी गतिविधिमा सक्रिय रहेको बताइन्छ। बिहीबार फागुन २८ गते पार्टी कार्यालयमा भएको छलफलमा सहभागी भइरहेका बेला उनी अचानक अस्वस्थ बनेका थिए। पार्टीका नेताहरूबीच अनौपचारिक कुराकानी भइरहेका बेला उनले पार्टीले व्यहोरेको हारको जिम्मेवारी लिनुपर्ने र ‘एक मुठी सास रहुन्जेल एमालेका लागि लागिरहने’ बताएका थिए। त्यसको केही समयपछि उनलाई हृदयघात भएको थियो ।   पार्टी कार्यालयबाट ९ मिनेटभित्रै मणिपाल अस्पताल पुर्‍याउँदा चिकित्सकले भने उनको सास नरहेको घोषणा गरेका थिए ।