गण्डकीको अपराजित फाइनल यात्रा: डिफेण्डिङ च्याम्पियन ‘टिपटप हेल्प नेपाल’ पराजित

पाेखरा | जेठ १३, २०८२

गण्डकीको अपराजित फाइनल यात्रा: डिफेण्डिङ च्याम्पियन ‘टिपटप हेल्प नेपाल’ पराजित PHOTO: YOGEN SHRESTHA

पोखरामा जारी नवौं पिएम कप एनभिए लिग भलिबल प्रतियोगितामा गण्डकी प्रदेश अपराजित रहदैं पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।

 

डिफेण्डिङ च्याम्पियन  टिपटप हेल्प नेपाललाई घरेलु मैदानमा प्रतिस्पर्धात्मक ३–२ को सेटले हराउँदै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको हो ।

 

पोखरा रंगशालास्थितको कभर्ड हलमा भएको खेलमा शीर्षस्थानमा रहेको हेल्प नेपाल विरुद्ध गण्डकीले २५–१८, १९–२५, १४–२५, २५–२० र १५–११ ले पराजित गर्याे । 

 

गण्डकीको यो छैटौं खेलसँगै छैटौं जित हो । यो जीतसँगै गण्डकीले २ अंक बटुल्दै १७ अंकसहित लिग तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

 

हेल्प नेपाल भने, छैटौं खेलमा ५ जित र १ हारमा १६ अंकसहित दोस्रो स्थानमा तल झरेको छ ।

 

पुरुषतर्फको विजेताले माल्दिभ्समा हुने जाभा क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ ।
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्