काठमाडौं:  गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ ।  आज बजार खुल्दा मङ्गलबारको तुलनामा सुन तोलामा रु। ९०० र चाँदीे रु। ६५ ले बढेको हो ।  नेपाल सुनच...

भैरहवा, चैत २७ गते । भैरहवा–बुटवल औद्योगिक कोरिडोरमा सञ्चालित उद्योगहरूमा विद्युत् ट्रिपिङका कारण उत्पादन लागत बढ्न थालेको छ । उत्पादन लागत बढ्दा बजारमा प्रतिस्पर्धा गर्न कठिन भएको उद्योगीले बताएका छन् । भैरहवा–बुटवल कोरिडोरमा रहेका उद्योगमा केही दिनयता अनियमित विद्युत् कटौती, भोल्टेज घटबढ हुने र ट्रिपिङ हुने गरेको छ । लामो समयसम्म कोभिड–१९ को महामारीबाट थलिएर भर्खरै उठ्दै गरेका बेला फेरि विद्युत् ट्रिपिङको समस्या भोग्नुपरेको गुनासो उद्योगीको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार बढ्दो गर्मी, उच्च माग र भारतबाट आउने विद्युत् अनियमित भएका कारण ट्रिपिङको समस्या आएको हो । विद्युत् ट्रिपिङका कारण उद्योगमा औद्योगिक मेसिनरी सामान बिग्रिनुका साथै उत्पादन लागतसमेत बढेकाले बजारमा प्रतिस्पर्धा गर्न अप्ठ्यारो परेको उद्योगीको गुनासो छ । एक सातादेखि विद्युत् ट्रिपिङ बढेको भैरहवा–बुटवल औद्योगिक कोरिडोरमा रहेको एसआर फुड्सका सञ्चालक सुमन भुसालले बताउनुभयो । “पटकपटक बिजुली जाँदा उत्पादन लागत बढेको छ, जसका कारण बजारमा प्रतिष्पर्धा गर्न कठिन भएको छ,” उहाँले भन्नुभयो । विद्युत् ट्रिपिङले जेनेरेटर चलाएर उद्योग सञ्चालन गर्नुपर्ने र डिजलको मूल्य आकाशिएका कारण औद्योगिक उत्पादन लागत बढेको भुसालले बताउनुभयो । उद्योगीहरूले नेपाल विद्युत् प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालय र भैरहवा वितरण केन्द्रमा बिजुलीको समस्या समाधानका विषयमा छलफलसमेत गरेका छन् । गोयन्का स्टिल्सका सञ्चालक अमित गोयन्काले दैनिक रूपमा १७–१८ पटकसम्म हुने बिजुलीको ट्रिपिङका कारण उद्योग नै बन्द गर्ने अवस्था आउन लागेको बताउनुभयो । उहाँले ट्रिपिङ समस्या समाधानका लागि उद्योगले एक दिन उद्योग बन्द गराएर भए पनि लोड मिलान गर्न प्राधिकरणलाई आग्रह गर्नुभयो । घराना फुड्सका प्रबन्ध निर्देशक विकासकुमार गोयन्काले विद्युत् ट्रिपिङले निकै समस्या पारेको बताउनुभयो । ट्रिपिङको समयमा पाइपलाइनमा रहेको कच्चा पदार्थ खेर जाने गरेको बताउँदै उहाँले स्वदेशी उद्योगसँग पनि प्रतिस्पर्धा गर्न नसकिएको गुनासो गर्नुभयो । एक पटक ट्रिपिङ हुँदा कच्चा पदार्थका साथै १५ मिनेट मेसिनले काम गर्न खर्चिनुपर्ने गोयन्काको भनाइ छ । लुम्बिनी प्रदेश सभाले दाङलाई प्रदेशको स्थायी राजधानी बनाउने घोषणा गर्दा रुपन्देहीलाई औद्योगिक राजधानी बनाउने भनेर घोषणा गरिएको थियो । उद्योगीले बिजुलीकै कारण औद्योगिक राजधानी बनाउने लक्ष्यमा बाधा पुगेको उद्योगीको भनाइ छ । ट्रिपिङका कारण भैरहवा–लुम्बिनी, बुटवल–भैरहवा, भैरहवा–परासी औद्योगिक कोरिडोर तथा भैरहवा आसपास क्षेत्रका उद्योग समस्यामा परेका छन् । त्यसमा पनि सबैभन्दा बढी ३३ केभीए फिडरअन्तर्गतका १७ वटा उद्योग मारमा परेका छन् । यस क्षेत्रमा पुरानो, न्यु वान र न्यु टु गरी तीनबटा ३३ केभीए फिडर रहेका छन् । प्राधिकरणको भैरहवा वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुवेले मागअनुसारको आपूर्ति नहुँदा ओभरलोड हुने र ड्रप कन्ट्रोलमा समस्या आएको बताउनुभयो । एकातिर माग बढेर आपूर्ति कम भएको छ भने अर्कोतर्फ आयातित बिजुली कम भोल्टको भइदिँदा ट्रिपिङ, भोल्टेज अपडाउनजस्ता समस्या देखिएको बताउँदै उद्योगीहरुसँग समन्वय गरेर समस्या समाधान गरिने उहाँले बताउनुभयो । उहाँले उद्योगी सबैले एकैपटक उद्योग चलाउँदा समस्या आएको भन्दै केही दिनभित्रमा सम्पूर्ण समस्या समाधान गर्ने बताउनुभयो ।  

काठमाडौं, चैत २७ गते । बुध्द एयर चढ्नेले अन्नपूर्ण केबलकारको १२ प्रतिशत छुट पाउने भएको छ । बुध्द एयरको बोर्डिङ पासमा पोखराको अन्नपूर्ण केबलकारमा छुटको व्यवस्था गरिएकाे जनाएको छ । बुध्द एयर र अन्नपूर्ण केबलकारबीच भएको सम्झौतामा बुध्द एयरबाट पोखरा यात्रा गर्ने यात्रुहरुलाई प्रत्येक बोर्डिङ पासमा केबल कार आउजाउमा आकर्षक छुटको प्याकेज ल्याएको छ । बोर्डिङ पास जारी गरिएको ५ दिनभित्र अन्नपूर्ण केबलकारको प्रयोगमा मात्र यो सुविधा उपलब्ध हुने बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिनुभयो । बुध्द एयरले काठमाडौंबाट दैनिक १० भन्दा बढी पोखराको उडान भर्दै आएको छ । त्यसैगरी, धनगढी, नेपालगञ्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुरबाट पनि पोखराको सिधा उडान गर्दै आएको छ । नववर्ष २०७९ वैशाख २ गतेबाट भद्रपुरबाट पोखरा सिधा उडान गर्ने घोषणा पनि गरिसकेको छ । यी गन्तव्यहरुबाट पोखरा सिधा उडान भर्ने सबै यात्रु यो योजनाबाट लाभान्वित हुनेछन् । बुध्द एयरसँग ७२ सिटे एटीआर–७२ जहाज ११ वटा, ४२ सिटे एटीआर–४२ जहाज तीन वटा र दुईवटा बीचक्राफ्ट जहाजहरु छन् ।

काठमाडौँ, चैत २७ गते । काठमाडौँ घोषणापत्र जारी गर्दै काठमाडौँमा सञ्चालन भएको दुई दिने ‘सहकारी उद्यमशीलता राष्ट्रिय युवा सम्मेलन २०७८’ सम्पन्न भएको छ । सहकारीमार्फत युवाको उद्यमशीलता विकास गर्दै उत्पादन वृद्धि र आयात प्रतिस्थापन गरी सहकारीलाई अर्थतन्त्रको एक सबल खम्बाका रूपमा स्थापित गर्ने मुख्य उद्देश्यका साथ राष्ट्रिय सहकारी महासङ्घको आयोजनामा सम्मेलन आयोजना भएको थियो । सहकारीमा युवाको अर्थपूर्ण सहभागिता तथा उद्यमशीलता वृद्धिका लागि विद्यमान कानुनको संशोधन र विनियम तथा आन्तरिक कार्यविधिको परिमार्जन गरी अनुकूल वातावरण निर्माणका लागि संयुक्त पहलकदमी गर्ने सम्मेलनले जारी गरेको घोषणापत्रमा उल्लेख छ । युवालाई उद्यमशीलताका लागि प्रेरित गर्न सम्पूर्ण सहकारी सङ्घसंस्थामा युवा समन्वय उपसमिति गठन गरी युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने तथा सहकारीमार्फत उत्पादित वस्तु तथा सेवाको मूल्य तथा आपूर्ति शृङ्खला विकास गरी सहकारी ब्रान्ड प्रवद्र्धन गर्ने घोषणापत्रमा उल्लेख छ । यसैगरी घोषणापत्रमा युवाको नवीनतम सोच र सिर्जनात्मक क्षमतालाई पूर्ण उपयोग हुनेगरी सहकारी सङ्घसंस्थाको पुँजीलाई सहकारी उद्यम विकासमा अधिकतम परिचालन गर्ने, सहकारी सङ्घसंस्थाको वस्तु तथा सेवालाई प्रतिस्पर्धी बनाउन सहकारी शिक्षा तथा नवीनतम प्रविधिको प्रयोगमा व्यापकता ल्याउने तथा सहकारीमा युवा उद्यमशीताका नतिजाको तथ्याङ्क एकीकृत गरी सहकारीको सक्षमता प्रदर्शन गर्ने उल्लेख छ । सहकारी युवा उद्यमशीलतालाई व्यापक बनाउन र उत्पादन तथा उत्पादकत्व वृद्धि एवं रोजगारी सिर्जना गर्न सार्वजनिक, निजी र सहकारी साझेदारी मोडेललाई प्रभावकारी बनाउने सम्मेलनले घोषणा गरेको छ । 

काठमाडौँ – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले उद्योगी, व्यवसायीहरुलाई सधैं प्रोत्साहित गर्ने नीति लिन सरकारसँग आग्रह गर्नु भएको छ । सभामुख सापकोटाले कुनै पनि राज्य व्यवसायबाट उन्नति र प्रगतिमा मात्रै जाने गरेको उल्लेख गर्दै राज्यले उनीहरुलाई सधैं प्रोत्साहित गर्ने नीति लिनुपर्ने स्पष्ट पार्नु भयो । नेपाल चेम्बर कमर्शले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकारले सबैलाई अभिभावकत्व दिने हो भने देशभक्तिको भावना सबैमा पलाउने र मुलुक समृद्ध हुने विश्वास समेत व्यक्त गर्नु भयो । सभामुख सापकोटाले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्न पनि सबैलाई आह्वान गर्नु भयो । कार्यक्रममा बोल्दै नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले मुलुकको अर्थतन्त्र बाहिर छापामा आएजस्तो डरलाग्ने नभएको स्पष्ट पार्नु भयो । मुख्य सचिव बैरागीले मुलुकको अर्थतन्त्रलाई सबल बनाउनका लागि सरकारले ऊर्जा क्षेत्रको विकास, पर्यटन क्षेत्रको विकासमा बढि जोड दिएको पनि स्मरण गराउनु भयो ।

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२१ रुपैयाँ १४ पैसा र बिक्रीदर १२१ रुपैयाँ ७४ पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३१ पैसा रहेको छ। सँगै बेलायती पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।   Currency Unit Buy Sell INR (Indian Rupee) 100 160.00 160.15 Open Market Exchange Rates (For the purpose of Nepal Rastra Bank) Note: Under the present system the open market exchange rates quoted by different banks may differ. Currency Unit Buy Sell USD (U.S. Dollar) 1 121.14 121.74 EUR (European Euro) 1 131.65 132.31 GBP (UK Pound Sterling) 1 157.99 158.77 CHF (Swiss Franc) 1 129.51 130.15 AUD (Australian Dollar) 1 90.33 90.78 CAD (Canadian Dollar) 1 96.20 96.67 SGD (Singapore Dollar) 1 88.87 89.31 JPY (Japanese Yen) 10 9.76 9.81 CNY (Chinese Yuan) 1 19.04 19.13 SAR (Saudi Arabian Riyal) 1 32.30 32.46 QAR (Qatari Riyal) 1 33.19 33.36 THB (Thai Baht) 1 3.60 3.62 AED (UAE Dirham) 1 32.98 33.14 MYR (Malaysian Ringgit) 1 28.70 28.84 KRW (South Korean Won) 100 9.87 9.92 SEK (Swedish Kroner) 1 12.79 12.85 DKK (Danish Kroner) 1 17.70 17.79 HKD (Hong Kong Dollar) 1 15.46 15.53 KWD (Kuwaity Dinar) 1 397.30 399.27 BHD (Bahrain Dinar)

सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख ३०० पुगेको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार ५०० मा कारोबार भएको सुन आज प्रतितोला रु ८०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८०० कायम भएको छ । यसको मूल्य शुक्रबार प्रतितोला रु ९९ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर एक हजार ३६५पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ महासङ्घले दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस रु एक हजार ९४७ डलर आसपास कारोबार भइरहेको छ ।

काठमाण्डाै‌ः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशको अर्थतन्त्र प्रवद्र्धन गर्नका लागि आयातित संस्कारलाई प्रवद्र्धन नगर्न आग्रह गर्नुभएको छ । सिँचाइ दिवस तथा ६९औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “स्वदेशमै उत्पादन हुने वस्तु पनि आयात भइरहेका छन्, त्यसो नगरौँ, आयातित संस्कार प्रवद्र्धन नगरौँ, स्वदेशमै उत्पादित खाद्यान्नको प्रयोग गरौँ, हाम्रो व्यवहारमा परिवर्तन गरौँ र हाम्रो अर्थतन्त्र प्रवद्र्धन गरौँ ।” व्यापार घाटा चुलिँदा अर्थतन्त्रमा नै चुनौती सिर्जना हुने भएकाले स्वदेशी उत्पादन प्रवद्र्धन गर्न र स्थानीय उत्पादनको उपभोगमा विशेष जोड दिनुपर्ने आवश्यकता औल्याउँदै मन्त्री भुसालले भन्नुभयो, “सिँचाइ विभागको तथ्याङ्कमा सन् २०१९÷२०२० मा नेपालको कृषि व्यापार घाटा लगभग रु दुई खर्ब ५० अर्ब रहेकामा र सन् २०२१÷२२ मा ३० प्रतिशतले वृद्धि भएर रु तीन खर्ब २५ अर्ब पुगेको छ, यो अत्यन्त चुनौतिको विषय भएको छ । अब थप व्यापार घाटा बढ्न नदिन पनि हामीले आयातलाई निरुत्साहित गर्नुपर्छ र स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नुपर्छ ।” हालै सम्पन्न जनगणनाको प्रारम्भिक तथ्याङ्कले बसोबासको अवस्थामा फेरबदल ल्याएको उल्लेख गर्दै मन्त्री भुसालले देशको हिमाल र पहाडका कृषियोग्य जमिन बाँझो रहने र तराईको उर्वराभूमि खण्डीकरण भएर बसोबासमा परिणत हुने देखिएको बताउनुभयो । उहाँले बसाइँसराइको चुनौतीलाई सम्बोधन गर्नेगरी नीति विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । देशको मुख्य आर्थिक आधार भनेको कृषि, जलविद्युत् र पर्यटन क्षेत्र भएकाले यी क्षेत्रको प्रवद्र्धनका लागि एकीकृत नीति तय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले आगामी दिनमा सबै स्थानको कृषियोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई र जल तथा ऊर्जा आयोगका सचिव दिनेश घिमिरेले देशको सिँचाइ क्षेत्रसँग सम्बन्धित नीति तथा कार्यक्रमको कार्यान्वयनमा विभागले सक्रियतापूर्वक लगेको बताउनुभयो । उहाँहरूले देशको कृषि आयातलाई निरुत्साहित गर्नका लागि पनि साधनस्रोत तथा नीतिगतरूपमा विभागलाई सबल बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । विभागका पूर्वमहानिर्देशक तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा सिँचाइ विभागमा महानिर्देशक सुशीलचन्द्र आचार्यले सिँचाइ विभागले अगाडि बढाएका कार्यक्रम कार्यान्वयन सबैको सहयोग आवश्यकपर्ने बताउनुभयो ।

काठमाडौं, २४ चैत । होटल संघ पोखरा नेपालले फेवा किनारमा आयोजना हुने १७ औं नव बर्ष महोत्सवमा सहभागिताका लागि काठमाडौंवासीलाई निमन्त्रणा प्रदान गरेको छ । संघले विहीबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी यही चैत ३० देखि आगामी बैशाख १ गतेसम्म लेकसाइडको तीन किलोमिटर सडकमा अयोजना हुने महोत्सवको निम्ता बाँडेको हो ।   पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष लक्ष्मण सुवेदीले महोत्सवका पाहुनलाई होटलको विलमा ३० प्रतिशत छुट प्रदान गरिएको जानकारी गराउँदै अन्य पर्यटकीय सेवामा समेत सम्बन्धित व्यवसायीहरुले छुटको प्रतिबद्धता प्रकट गरेको जानकारी गराए । कोभिड– १९ का कारण दुई बर्ष स्थगित भएको फेवा नव बर्ष महोत्सव यसपटक भव्य रुपमा सम्पन्न हुन लागेको जानकारी गराउँदै उनले महोत्सवमा स्थानीय, आन्तरिक तथा बाह्य पर्यटक गरी एक लाख भन्दा बढीले सहभागिता जनाउने अनुमान पनि सुनाए ।   दोहोरी गीत, नृत्यका कार्यक्रम, सांस्कृतिक झाँकी, पप कन्सर्ट र हाँस्यव्यंग्यका कार्यक्रम तथा मौलिक नेपाली संस्कृति संरक्षण गर्ने खालका गतिविधि महोत्सवले समेट्ने उनले बताए । महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था पनि गरिएको छ । यसैगरी महोत्सवका अवसरमा ३५ लाख रुपैयाँ खर्च हुने र आम्दानी ३० लाख रुपैयाँ हुने तथा बाँकी खर्चका लागि प्रायोजकहरुसँग छलफल चलिरहेको महोत्सवका संयोजक समेत रहेका सुवेदीले जानकारी दिए । अन्नपूर्ण केवलकार प्रालि महोत्सवको मुख्य प्रायोजक रहेको छ भने गोर्खा ब्रुअरीले पनि महोत्सवमा प्रायोजन गरेको छ । नेपाल पर्यटन बोर्डले महोत्सवको प्रबद्र्धन गर्ने छ ।   कार्यक्रममा बोल्दै होटल संघ नेपालका केन्द्रिय कार्यबाहक अध्यक्ष विनायक शाहले देशमा पर्यटक संख्या बढाएर आर्थिक गतिविधि बढाउन जरुरी भएको भनाई राखे । सरकारले मारमा परेका पर्यटन व्यवसायीलाई वजेटमा दिने भनेका राहातका कार्यक्रम प्रतिबद्धता अनुसार प्रदान गर्न नसेको गुनासो गर्दै उनले फ्रि भिसाको प्रावधान समेत घोषणामा सीमित भएको स्मरण गराए । पर्यटकलाई आबश्य पर्ने कतिपय महंगा मदिरा र अन्य पर्यटकीय सेवा सुविधाका सामग्रीहरु विलासिताका वस्तुको नाममा आयात रोक्न नहुने भनाई पनि उनको थियो । देशमा पर्यटक आए विदेशी मुद्रा समेत बढ्ने भन्दै उनले विजनेस कन्फिडेन्स बढाउने खालको वातावरण सृजना गर्न सरकारसँग आग्रह गरे । सोही अवसरमा उनले पोखरामा अयोजना हुने नव बर्ष महोत्सव भव्यताका साथ सफल पार्न केन्द्रिय होटल संघको सहयोग रहने भन्दै उक्त महोत्सव पुग्न काठमाडौंवासीसँग आग्रह गरे ।   कार्यक्रममा होटल संघ नेपालका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपालका सल्लाहकार भरतराज पराजुलीले पोखरा प्राकृतिक रुपमा सुन्दर रहेको स्मरण गराउँदै यो शहर उत्सव र महोत्सवको पनि शहर भएको भनाई राखे । पोखरा र वरपरका क्षेत्रमा पछिल्ला बर्षहरुमा विशाल शिव मुर्ति, केवल कार, बञ्जी जम्प, जिपलाइन जस्ता नयाँ पर्यटकीय सेवा र सुविधा समेत थपिन पुगेको भन्दै उनले यी गन्तव्यले समेत पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने विचार राखे । फेवा नव बर्ष महोत्सव मुख्य गरी खाना, संस्कृति र संगीतलाई जोड दिएर मनाउन लागेको स्मरण पनि उनले सो अवसरमा गराए । कार्यक्रमको संचालन संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए । कार्यक्रममा संघका सल्लाहकार, पदाधिकारी तथा केन्द्रिय होटल संघका अन्य पदाधिकारीको समेत उपस्थिति रहेको थियो ।