चालु आवको अन्तिम शेयर कारोबार: नेप्से परिसूचक उकालो यात्रामा
काठमाडाैं | असार ३१, २०७९
काठमाण्डौँ: धितोपत्र बजारमा आज चालु आवको अन्तिम शेयर कारोबार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार शुक्रबारको अन्तिम कारोबारमा नेप्से परिसूचक ७.९३ अङ्कले उकालो लागेर दुई हजार ९.४६ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक २.७७ अङ्कले उकालो लागेर ३८५.९१ मा पुगेको छ । नेप्सेका अनुसार २३१ कम्पनीका ४० लाख ५१ हजार ७७१ कित्ता शेयर रु एक अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३३ मूल्यमा कारोबार भयो । कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य उकालो लाग्यो भने आठ उपसमूहको ओरालो लाग्यो । बैंकिङ १८.५४, विकास बैंक ५.२४, लघुवित्त ६८.६४, जीवन बीमा ३८.०७ र सामूहिक लगानी कोष ०.२२ अङ्कले उकालो लाग्यो ।
त्यस्तै व्यापार १२.१६, होटल तथा पर्यटन २०.७७, जलविद्युत् १७.४, वित्त ७.१५, निर्जीवन बीमा ३.३८, उत्पादन १४.८९, अन्य २५.०५ र लगानी ०.६२ अङ्कले ओरालो लागेको छ । चालु आवको अन्तिम शेयर कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ६९ अर्ब ३४ करोड ४१ लाख ६६ हजार ९६२ बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा माथिल्लो तामाकोसी शीर्ष स्थानमा छ । सो कम्पनीको रु १९ करोड ७२ लाख ५४ हजार ८६४ बराबरको कारोबार भयो ।
यस्तै एभरेष्ट बैंक रु छ करोड ९४ लाख ७१ हजार ५२८, किसान लघुवित्त रु पाँच करोड ५८ लाख २७ हजार, हिमालयन डिस्टिलरी रु चार करोड ४८ लाख १६ लाख ४०० र अरुण काबेली पावर रु चार करोड ३३ लाख २४ हजार ७५७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार नेपाल इन्भेस्ट बैंकको ऋणपत्र र माछापुछ्रे बैंकको ऋणपत्रको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । यस्तै सानिमा बैंकको ऋणपत्र ९.९८, नबिल ब्यालेन्स फन्ड तेस्रो ९.९१ र एनआइसी बैंकको ऋणपत्रका लगानीकर्ताले ९.८८ प्रतिशतले कमाएका छन् । त्यस्तै ग्रिन लाइफ हाइड्रोपावर ५.३१, माउन्टेन हाइड्रो नेपाल ४.७६, रिभर फल्स पावर ४.७२, बोटलर्स नेपाल तराई ३.९२ र युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले ३.६४ प्रतिशतले गुमाए ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...
काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

