रौतहटमा गोली लागेर शेखको मृत्यु
रौतहट | जेठ ११, २०८०
SOURCE/PHOTO: ABC NEWS TELEVISION
रौतहट: रौतहटमा गोली लागेर एक वृद्धको हत्या भएको छ ।
देवाही गोनाही नगरपालिका १ करुनियाका ७० बर्षीय शेख तैयब गोली लागेर मृत अवस्थामा आज (बिहीबार) फेला परेको हो ।
उनको टाउकोमा गोली लागेको बताइएको छ ।
शेख पारिवारिक श्रोतका अनुसार बुधबार राति १२ बजे सम्म घरमै रहेका तैयबको शव घर भन्दा १ किलोमिटर टाढा भेटिदा शंका उब्जिएको छ ।
टाउकोमा गोली लागेका शेखलाई कस्ले किन गोली चलायो भन्नेबारे प्रहरीले अहिलेसम्म केही पुष्टि गरेको छैन ।
रौतहट प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।
काठमाडौं: सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठ...
काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको ...
पोखरा: यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्...

