पोखरामा लागूऔषधसहित तीन युवा प्रकाउ

पाेखरा | जेठ ११, २०८०

पोखरामा लागूऔषधसहित तीन युवा प्रकाउ

पोखरा:  पोखरामा लागूऔषधसहित तीन युवा प्रकाउ परेका छन् । 


वडा प्रहरी कार्यालय रामबजार र लागू औषध ब्यूरोले पोखरा महानगरपालिका १० बुद्धचोकबाट तीन युवाहरुलाई लागूसहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ । 


स्याङजाको भिरकोट नगरपालिका घर भइ पोखरा १० बस्ने ३२ वर्षीय अनिल खत्री, स्याङ्जाको वालिङ नगरपालिकाका घर भई पोखरा ८ सिर्जनाचोक बस्ने सुवास काफ्ले र पोखरा १०  अमरसिँहचोक बस्ने ३२ वर्षीय सुदिप गुरुङलाई २९ एम्पुल डाईजापाम, २७ एम्पुल नुर्फिन र २८ एम्पुल फेनेरागन गरी ८३ एम्पुल लागूऔषधसहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


लागूऔषधसहित प्रकाउ परेका तीन जनालाई जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढेको कास्की प्रहरीले जनाएको छ । 

काठमाडौं:  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत हुन नेपाली कांग्रेसले देशका ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई परिपत्र गरेको छ । विशेष महाधिवेशनमा सहभागी भएका सबैला...

थप पढ्नुहोस्

काठमाडौं:  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा सा...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैंकले एक पत्रमार्फत बैंक खाता खोल्ने ...

थप पढ्नुहोस्