खैरो हिरोइनसहित १ भारतीय नागरिकसहित ३ जना पक्राउ
काठमाडाैं | चैत ११, २०८२
काठमाडौं: प्रहरी वृत्त लैनचौरले ३ जनालाई लागुऔधष खैरो हिरोइनसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका ९ घर भई जिल्ला काठमाडौं महानगरपालिका १६ बालाजु गंगाजमुना मार्ग बस्ने १९ वर्षीय आदित्य मण्डल, सिन्धुलीको दुधौली नगरपालिका ५ का ४१ वर्षीय उत्तर बहादुर कार्की भन्ने शम्भु कार्की र भारतको सितामडीका २७ वर्षीय जितु कुमार राय रहेका छन् ।
यसअघि शम्भु कार्कीविरुद्ध २०७० साल पुष ३० गते डाँका र २०७७ भदौ ४ गते हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको देखिएको छ ।
हाल पक्राउ परेका उनीहरुको साथबाट लागुऔषध खैरो हेरोइन १८ ग्राम, मोबाइल थान ३, नेपाली नगद ५६ हजार ८ सय ९५ रुपैयाँ र भारतीय नगद २ हजार ८ सय बरामत गरिएको छ ।
पक्राउ परेका उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट दिन ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी वृत्त लैनचौरले जनाएको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

