स्याङ्जा । अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ । पहिरोले गोठ पुरिँदा दुई चौपायामा समेत क्षति पुगेको छ ।   जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बिहीबार बिहान गल्या...

पोखरा:  पोखरा महानगरपालिकाले कृषिजन्य उत्पादित  वस्तु तथा समाग्री संकलनका लागि कृषि एम्बुलेन्सको व्यवस्था गर्ने जनाएको छ ।    बुधबार पोखरा महानगरपालिकाको एघारौं नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषकले उत्पादन गरेको वस्तु तथा समाग्रीको बजारीकरणको लागि कृषि एम्बुलेन्स सेवा व्यवस्था गर्ने मेयर धनराज आचार्यले बताए ।    मेयर आचार्यले आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि उत्पादनको बजारीकरण, मूल्य श्रृंखला र भण्डारण सहयोगका लागि बारीदेखि बजारसम्मः गोठदेखि ओठसम्म अभियान सञ्चालन गर्ने उल्लेख गरे ।   महानगरले कृषि उपज संकलन केन्द्र, कृषि बजारमार्फत स्थानीय कृषि विक्री वितरण सुचिश्चित गर्ने र कृषि उपजको उचित मुल्य तथा बजार पहुुँचको लागि कृषि व्यवस्थापन प्रणाली सञ्चालन गर्ने बताए ।    महानगरले मुख्यमुख्य कृषि उपजको न्युनतम समर्थन मूल्य ग्यारेन्टी गरि कृषि उत्पादनमा लगानी गर्ने वातावरण सिर्जना गर्दै कृषि उपज संकलनका लागि कृषि एम्बुलेन्स व्यवस्था गरी निममित संकलनको व्यवस्था मिलाउने प्रस्ट पारे ।   यसैगरी महानगरले प्राकृतिक तथा अन्य कारणले बालीमा हुनसक्ने क्षति न्युनिकरणका लागि मौसम पूर्वानुमान सूचनाको व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।   कृषकको प्रोत्साहानका लागि कृषि बीमामा जोड दिइएको छ भने जलवायु अनुकुलन खेती प्रविधिको प्रयोग तथा बालीमा हुने महामारीको पहिचान र नियन्त्रणमा सहयोग गर्ने समेत बताइएको छ । 

काठमाण्डौँ :      नेपाल वायु सेवा सञ्चालक सङ्घले आन्तरिक हवाई सेवाको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सङ्घले आगामी बुधबारदेखि लागू हुनेगरी हवाई भाडा बढाएको हो ।       सङघले आज एक सूचना जारी गर्दै आन्तरिक हवाई उडानको फ्यूल चार्ज न्यूनतम १७० रुपैयाँदेखि अधिकतम ८४० रुपैयाँसम्मले वृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यअनुसार अब सबैभन्दा बढी काठमाडौँ–धनगढी रुटमा ८४० रुपैयाँले भाडा बढ्नेछ । बढेको भाडाअनुसार यो रुटमा हवाई यात्रुले अधिकतम रु १६ हजार ८०५ तिर्नुपर्नेछ । सबैभन्दा कम काठमाडौँ–सिमरामा रु ७० ले भाडा बढेर जम्मा रु ४ हजार १९५ पुगेको छ ।     नेपाल आयाल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टितेलसँगै हवाई इन्धनको मूल्य प्रतिलिटर १९ रुपैयाँले बढाएको थियो ।

पोखरा:  पोखरामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आयोजक क्लब र खुमलटार क्लब भिड्ने भएको छ ।   पोखरा २५ हेमजास्थित गौरीशंकर खेल मैदानमा आज भएको खेलमा बागमती युथ क्लबलाई २–० गोल अन्तरले हराउँदै खुमलटारले सेमिफाइनलमा आयोजकसँगको भेट पक्का गरेको हो ।   यसअघि आयोजक टिम हेमजा युनाइटेड उद्घाटन खेलमा वीरगञ्ज युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरिसकेको छ ।   खुमलटारको जीतमा खेलको दोस्रो र २८ औं मिनेटमा नै आशिष श्रेष्ठले गोल गरे ।    पहिलो हाफमै २ गोलको अग्रता लिएपछि बागमती क्लबलाई केही दबाब रहेको थियो । तर खेलमा फर्कन नसक्दा बागमती क्लबले हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरियो ।   अब खुमलटारले सेमिफाइनलमा हेमजा युनाइटेडसँग आगामी ८ गते भिड्ने क्लबका सचिब सुनिल गायकले जानकारी दिए । उनका अनुसार फाइनल ११ गते शनिबार सम्पन्न हुनेछ ।   बागमती राम्रो टिम हो: प्रशिक्षक गुरुङ    खुमलटारका प्रशिक्षक विष्णु गुरुङले विपक्षी टोलीको प्रशंसा गर्दै टिम निकै राम्रो भएको प्रतिक्रिया दिए ।   उनले आफुहरुले पाएको अवसरको सदुपयोग गर्दा जित हासिल गरेको सुनाए । ‘बाममती नराम्रो टिम होइन् । हामीले सुरुवातमै नतिजा निकाल्दा डिफेन्सलाई ध्यान दियौँ । उ अर्गनाइज टिम हो । पहिलो हाफमा नै हामीले २ को स्कोर निकालेपछि काउन्टरको खोजिमा रह्यौँ’ उनले भने ,‘हामी हाम्रो योजना अनुसार नै खेल्यौ दोस्रो हाफमा हामीलाई दबाब धेरै भयो । अब सेमिफाइनल खेलमा हामी त्यसलाई सुधार गरेर लैजान्छौँ ।’    जितका लागि नतिजा चाहिन्छ: प्रशिक्षक केसी  बागमतीका प्रशिक्षक रोजित केसीले जितका लागि नतिजा नै महत्वपूर्ण रहेको प्रतिक्रिया दिए । उनले आफुहरुको ५ जना नियमित खेलाडीको अभाव टिममा खडकिएको बताए । खेल प्रदर्शनबाट आफु निकै सन्तुष्टि रहेको बताए ।    उनले मोफसलले गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगिताले खेलाडीहरुलाई राहत मिलदै आएको समेत बताए । हेम्जाको आयोेजनामा पहिलो पटक भएको गोल्डकपमा सहभागिता जनाउन पाउँदा निकै खुसी लागेको उनले सुनाए ।  मोफसलले ठुलो लगानीको फुटबल प्रतियोगिता गर्दै आइरहँदा अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहयोग नगरेको गुनासो समेत पोखेँ । ‘हामीले पनि मोफसलमा प्रतियोगिता गर्दै आइरहेका छौँ । तर, एन्फाले कहिल्यै पनि सहयोग गरेन् । यो एक ठाउँको मात्रै होइन् देशभरको मोफसलको समस्या हो’ उनले भने ।  

    पोखरा :    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र भरतपुर महानगर प्रमुख रेनु दाहालबीच भेटवार्ता भएको छ ।    आइतबार भरतपुर महानगरपालिका कार्यालयमा भएको भेटवार्तामा स्थानीय तहमा हुने असल अभ्यासको विषयमा छलफल भएको  प्रशासकीय अधिकृत बलराम रिज्यालले जानकारी दिए । उनका अनुसार दुई महानगरपालिकाका प्रमुखले भेटमा पर्यटन प्रवद्र्धन लगायतका विविध विषयमा मिलेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।    पोखरा महानगरपालिकाका प्रमुख आचार्यले पोखरा र भरतपुर बीच यसअघि नै भगिनी सम्बन्ध कायम भइसकेकाले राम्रा कार्यमा सहकार्य कायम रहने र अनुभवहरु आदानप्रदान गर्नुपर्ने बताए । उनले पोखरा र भरतपुरका बीचमा पर्यटन प्रवद्र्धन र विकास लगायतका विविध पक्षमा सहकार्य अनिवार्य रहेको उल्लेख गर्दै पोखरा आएका पर्यटकलाई भरतपुर र भरतपुर आएका पर्यटकलाई पोखरा आउन प्रेरित गर्नेगरी काम गर्नुपर्नेमा जोड दिए ।    प्रमुख आचार्य नेतृत्वको पोखरा महानगरपालिकाको ६ सदस्यीय टोलीले भरतपुर महानगरबाट हुने सेवा, अनलाईन प्रणाली, खरिद व्यवस्थापन, योजना लगातका विषयमा जिज्ञासा राखेको थियो । भरतपुरका प्रमुख रेनु दाहालले पोखराका मेयरसहितको टोलीलाई स्वागत गर्दै पोखराबाट भरतपुर र भरतपुरबाट पोखराले एक अर्काका लागि सहयोगी भूमिका खेल्नुपर्ने बताइन् ।    उक्त अवसरमा भरतपुर महानगरको तर्फबाट प्रसाशकीय अधिकृत रामबन्धु सुवेदी सहित शाखा महाशाखा प्रमुखहरुले र पोखरा महानगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले सहजिकरण गरेका थिए ।   

कास्की:  पोखरा महानगरपालिका ३ तेर्सापट्टीस्थित सिएम स्विमिङ पुलमा डुबेर एक किशोरको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका छन् ।   मापडण्ड पुरा नभएकै कारण १३ वर्षिय किशोर दिपेश शर्माको स्विमिङ पुलमा डुबेर मृत्यु भएपछि थप अनुसन्धानको माग गर्दै हिजो (आइतबार) आफन्तले जाहेरी दिएका हुन् ।    जाहेरी दर्तापछि उक्त घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीका निमित्त प्रवक्ता तथा प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काले बताए । ‘जाहेरी नदिइकन प्रक्रिया अघि बढ्दैन । उहाँको बुवा आमा दिन सक्ने अवस्थामा हुनुहुन्थेन, प्रहरी निरिक्षक खड्काले सुनगाभा न्यूजसँग भने, ‘हिजो नै जाहेरी दिनुभएको छ । थप अनुसन्धान हुन्छ । सायद दाहसंस्कार पनि गरिसक्नुभयो होला ।’   पर्वत घर भई पोखरा महानगरपालिका ५ मालेपाटन बस्दै आएका १३ वर्षिय दिपेश शर्मा आमासँग गत शनिबार पौडी खेल्न सिएम स्विमिङ पुल पुगेका थिए । सोही क्रममा बेपत्ता भएका शर्मालाई डुबिरहेको अवस्थामा ११ फिट गहिराइमा भेटिएको थियो ।   उद्धार पश्चात थप उपचारका लागि फिस्टेल अस्पताल पुर्याउँदा चिकित्सक टोलीले मृत घोषणा गरेको थियो ।    मृतक दिपेशका आफन्तले कास्की प्रहरीलाई जाहेरी दिदैं स्विमिङ पुलमाथी अनुसन्धान गरि आवश्यक कारवाही गर्नुपर्ने माग राखेको छ । 

काठमाण्डौँ :       नेपाल राष्ट्र बैंकले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गर्दै पाँच वर्षे अवधिका लागि उक्त विकास ऋणपत्र बिक्री हुन लागेको जानकारी दिएको हो ।     बोलकबोलको प्रक्रियाबाट ब्याजदर निर्धारण हुने सो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । सो ऋणपत्रको धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण समेत लिन सकिन्छ ।    इच्छुक खरिदकर्ता अप्रतिस्पर्धामा पनि सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धीले निष्काशित रकमको ८५ प्रतिशत अर्थात् रु १२ अर्ब ७५ करोड र अप्रतिस्पर्धीले १५ प्रतिशत अर्थात् रु दुई अर्ब २५ करोड बराबरको ऋणपत्र खरिद गर्न सक्नेछन् ।    खरिदकर्ताले घटीमा रु ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई रु ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्क बराबर खरिद गर्न पाउनेछ । सो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत हुने सूचनामा उल्लेख छ ।

कास्की:  वडा प्रहरी कार्यालय रामबजारको टोलीले पोखरा १४ विपीमार्गस्थित चुलो सेवा प्रालिको काउण्टरबाट नगद चोरी गर्ने एक जनालाई  पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा पोखरा महानगरपालिका २१ निर्मलपोखरी घर भई पोखरा १० औधोगिक क्षेत्र बस्ने २१ वर्षिय अजित विक रहेका छन् । उनलाई आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजनिक गरेको हो ।   पक्राउ परेका विकको साथबाट नगद ३ लाख ६२ हजार ३ सय ८० रुपैयाँ र १ थान मोबाइल बरामत गरिएको कास्की प्रहरीका निमित्त प्रवक्ता एवम् प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काले बताए । उनका अनुसार चोरी गर्ने विक २ महिना अघि सम्म उक्त प्रालिमा लेखापाल (एकाउन्टेण्ट) का रुपमा कार्यरत थिए ।    औधोगिक क्षेत्रबाट सादा पोशाकमा एम्बुसिङ डिउटीमा खटिएको प्रहरी टोलीले आज (आइतबार) विहान साढे २ बजे विकलाई संकास्पद अवस्थामा झोलाको साथमा उक्त टोलीले नियन्त्रणमा लिएको  निमिक्त प्रवक्ता खड्काले जानकारी दिए ।   उनका अनुसार सोही क्रममा सोधपुछ गर्दा स्रोत खुलाउन नसकेपछि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गैह्रापाटन पठाएको थियो । अहिले विकमाथी चोरी कसुरमा मुद्धा दर्ता गरि थप अनुसन्धान भइरहेको छ ।   विकको साथबाट ३ लाख ६२ हजार ३ सय ८० रुपैयाँ बरामत गरेपनि चुलो सेवा प्रालिका संचालक सन्त बहादुर लामिछानेले भने उक्त काउण्टरमा ७ लाख २५ हजार ३ सय ५० र भारु ९ हजार रहेको प्रहरीलाई जानकारी दिएका थिए । सो बारे पनि अनुसन्धान हुने कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:  हेमजा युनाइटेड क्लबको आयोजनामा जारी ‘छैटौं नेपाल आइस अन्तरराष्ट्रिय हेमजा गोल्डकप–२०७९’ को अन्तिम चारमा चर्च व्याइज क्लब प्रवेश गरेको छ ।    पोखरा महानगरपालिका २५ स्थित गौरी शंकर खेलमैदानमा आज भएको खेलमा कालिका स्पोर्टस् क्लब चितवनलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च व्याइज सेमिफाइनलमा प्रवेश गरेको हो ।   चर्च व्याइजको जीतमा आशिष चौधरीले खेलको ५३ औं मिनेटमा गोल गरे । अशोक खवासको लामो रिलिजलाई आफनो नियन्त्रणमा लिदै चौधरीले बललाई पोष्टको दिशा दिदै निर्णायक गोल गरेका थिए । उक्त निर्णायक गरेका चौधरी म्यान अफ द म्याचको ट्रफिसहित नगद रु ५ हजार प्राप्त गरे ।    अब चर्च व्याइजले सेमिफाइनलमा अफ्रिकन फुटबल टोली  र नेपाल सशत्र प्रहरी बलबीच हुने खेलको विजेता टोलीसँग आगामी ९ गते प्रतिस्पर्धा गर्नेछ ।   यसअघि उद्घाटन खेलमा ३–१ गोल अन्तरले वीरगञ्ज युनाइटेडलाई हराउदै आयोजक हेमजा युनाइटेड सेमिफाइनल प्रवेश गरिसकेको क्लबका सचिव सुनिल गायकले जानकारी दिए ।   उनका अनुसार तेस्रो खेल सोमबार खुमलटार क्लब र बाग्मती क्लब बीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरि अन्तिम क्वाटरफाइनल खेल मंगलबार अफ्रिकन टोली र नेपाल सशत्र प्रहरी बल एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।    प्रतियोगिताको विजेता टोलीले नगद ६ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । भने उपविजेताले नगद ३ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।    यसैगरि सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ तथा उत्कृष्ट डिफेण्डर, मिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले जनही २०/२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

पोखरा:  पोखरा महानगरपालिका १४ स्थित सेती दोभानमा एक युवकको शव फेला परेको छ  । सेती नदी किनारमा आज बिहान करिब ११ बजे  सडेगलेको अवस्थामा शव फेला परेको हो ।   अन्दाजी २५/२६ वर्षको उक्त शवको सनाखत हुन नसकेको कास्की प्रहरीले जनाएको छ ।    वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरिक्षक किरण रावत नेतृत्व टोलीले मुचुल्का गरि उक्त शव पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान पठाइएको बताइएको छ ।