पोखरा : गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा स्थानीय उत्पादनलाई बढवा दिँदै स्वरोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालन भएको कपडाको चप्पल बनाउने तालिम सम्पन्न भएको छ । पोखरा महानगरपालिकाको समन्वयमा शिक्षालयको स्वीकृत पाठ्यक्रममा आधारित रहेर ६० घण्टाको उक्त तालिममा स्थानीय २० महिलाको सहभागिता थियो । शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले आर्थिक सशक्तीकरणका लागि सीपमूलक तालिमको आवश्यता औँल्याउँदै शिक्षालयले बजारमा माग भएबमोजिमको दक्ष जनशक्ति र उत्पादनमा जोड दिन तालिम प्रदान गर्दै आइरहेको बताउनुभयो । उहाँका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को स्वीकृत बजेट तथा कार्यक्रम र पोखरा महानगरपालिकाको संयुक्त साझेदारीमा तीनमहिने मोटरसाइकल रिपेयरिङ तालिम, इसिडी सहजकर्ता तालिम, सिलाइकटाइ तालिम, स्थानीय बाजा बजाउने तालिम, प्लमबिङ तह एकका तालिम सञ्चालन भइरहेका छन् । तालिममा छनोट भएका सहभागीलाई कुनै शुल्क लाग्ने छैन भने तालिममा प्रयोग हुने सामग्री पूर्ण व्यवस्थापन गरिने छ । तीन सय ९० घण्टे तालिमका लागि भने सीप परीक्षण परीक्षा अनिवार्य गरिएको छ । पोखरा महानगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउन उपप्रमुखसँग महिला कार्यक्रम, पोखरा उद्योग वाणिज्य सङ्घ, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशन, बुटिक एशोसिएशनलगायतका सङ्घ सस्थासँग समझदारी गरिएको कार्यक्रम व्यवस्थापक सन्तोष शर्माले जानकारी दिनुभयो । उहाँले टोलसँग समन्वय गरेर तालिम प्रदान गरिएको हो । कार्यक्रममा पोखरा महानगरपालिका नगरसभा सदस्य तनुजा थापाले स्थानीयस्तरमा बनेका चप्पल उचित बजार व्यवस्थापनका लागि पोखरा –१४ ले सहजीकरण गर्ने बताउनुभयो । तालिममा भवानी टोल महिला समूहका अध्यक्ष कल्पना कार्की, पोखरा महानगरपालिका नगरसभा सदस्य दिलकुमारी गुरुङ, गण्डकी बहुप्राविधिक शिक्षालयका शैक्षिक प्रमुख सरोज अधिकारी, शिक्षालय कर्मचारी अस्मिता खनाल र सहभागीहरू जानुका केसी, लक्ष्मी रानाभाटलगायतले तालिमका बारेमा आफ्नो धारणा एवं अनुभव राख्नुभएको थियो ।
कास्की: पोखराको मुख्य चोक महेन्द्रपुलबाट एक महिला लुटिएकी छिन् । आफ्नो छोरीलाई भेट्न आएकी तनहुँ खैरेनीकी ६७ वर्षिया जिमाया गुरुङ आज (बिहिबार) दिउँसो करिब २ बजे पोखरा ९ महेन्द्रपुलबाट लुटिएकी हुन् । प्रहरी स्रोतका अनुसार दुई अज्ञात व्यक्तिको समुहले नक्कली सुनको धातु देखाएर गुरुङको १ तोलाको सुनको सिक्री चोरी फरार भएका थिए । अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको टोली फरार द्वयको खोजीकार्य तिब्र पारेको बताइएको छ । फुटपाथमा भेट गल्लीमा लुट दिउँसो २ बजे महेन्द्रपुलको फुटफाटमा लुटेराहरुले जिमायालाई भेटे र फकाउँदै साँघुकोमुख भित्रको गल्लीमा पुर्याए । नक्कली सुनको धातुसहित चोर्ने उद्देश्यसहित बजार घुमेका उनीहरुले गुरुङलाई आफुहरुसँग गुरुङले लागाएको सिक्रीभन्दा बढिको सुन रहेको बताए । त्यसपछि उनीहरुले गुरुङले लगाएको सुनको सिक्रीभन्दा बढिको सुन दिने भन्दै प्रलोभनमा पारि नक्कली सुनको धातु भिडाएर फरार भएको बताइएको छ । त्यसपछि उनले कास्की प्रहरीलाई जानकारी गराएकी थिइन् । तनहुँकी जिमाया अन्नपूर्ण सुपरमार्केटमा कार्यरत आफ्नी छोरीलाई भेट्न पोखरा आएकी थिइन् ।
पोखरा : जबरजस्ती करणी उद्योगको मुद्धा झेलीरहेका श्याम मल्लको अनुसन्धान अन्तिम चरणमा पुगेको कास्की प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता तथा प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काका अनुसार केही दिनमै अनुसन्धान सकिने छ । ‘त्यो केसको अनुसन्धान अन्तिम चरणमा पुगेको छ, इन्सपेक्टर खड्काले सुनगाभा न्यूजसँग भने, ‘अनुसन्धान सकिएलगत्तै आवश्यक प्रमाण सहित मल्ललाई वकिल कार्यालय हुदै अदालतमा पेश हुन्छ । र मुद्धाको छिनोफानो हुन्छ ।’ पोखरा महानगरपालिका ८ स्थित मल्ल फर्निचरका सञ्चालक मल्लले एक किशोरीलाई करणीको प्रयास गरेको आरोपमा प्रकाउ परेका थिए । पोखराको न्यूरोडस्थित मल्ल फर्निचरका सञ्चालक श्याम मल्ललाई जिल्ला प्रहरी कार्यालय कास्कीले १८ वर्षकी एक किशोरीलाई करणीको प्रयास गरेको आरोपमा प्रकाउ गरेको थियो । स्रोतका अनुसार थुनामा रहेका मल्लले गत कार्तिक फिल्ममा खेलाउने भन्दै किशोरीलाई होटलमा लगेर करणी प्रयास गरेका थिए । त्यसपछि मल्लले किशोरीलाई सामाजिक सञ्जालमा एसएमएस गर्ने र फोनमार्फत प्रलोभन देखाउँदै आएको बताइएको छ ।
पोखरा : नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ को तयारी पुरा भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बिहिबार पोखरामा पत्रकार सम्मेलन गरेर अवार्डको तयारी पुरा भएको जनाएको हो । पत्रकार सम्मेलन मार्फत अवार्ड कार्यक्रममा वितरण गरिने ट्रफी समेत सार्वजनिक गरिएको छ । मञ्चका अध्यक्ष दीननाथ बराल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिम्सिना पंगेनी, मञ्चका पूर्व अध्यक्ष विनोद लामिछाने, निवर्तमान अध्यक्ष एकराज गिरी, नेपाल पत्रकार महासंघ गण्डकीका सचिव यदुनाथ बञ्जरा लगायतले ट्रफी सार्वजनिक गरेका थिए । अवार्ड समारोह यहीं असार १८ गते दिउँसो ठिक ३ बजेदेखि पोखरा सभागृह हलमा हुँदैछ । स्पोर्टस् अवार्डमा कुल ७ वटा अवार्ड वितरण गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । यसरी वितरण गरिने अवार्डको विधामा लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार विधा रहेको पौडेलको भनाई छ । वर्ष खेलाडी पुरुष विधामा ब्याडमिन्टनका विधान अधिकारी, करातेका बुद्ध लामा र टेनिसका प्रदिप खड्का, वर्ष खेलाडी महिलामा भलिवलकी अरुणा शाही, क्रिकेटकी मनिषा उपाध्याय र करातेकी सरगम कुमाल, उदियमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटका श्रृष्टि जैशी र बक्सिङका शाहिल लिम्बु, उत्कृष्ट प्रशिक्षक विधामा क्रिकेटका रिजन प्रजु, तेक्वान्दोकी रेकमाया गुरुङ र टेनिसका निरज थापा मनोनयन सूचिमा परेका छन् । तीमध्ये छनोट समितिले गरेको निर्णयको आधारमा उत्कृष्ट १ जनालाई अवार्ड वितरण हुनेछ । लाइफ टाइम अचिभमेन्ट अवार्ड अग्रज खेलाडी गणेश बहादुर भट्टराईलाई प्रदान गरिनेछ । उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार विधाको भने घोषणा हुन बाँकी रहेको मञ्चले जनाएको छ । पोखरा स्पोर्टस् अर्वाड अन्र्तगत वर्ष खेलाडी पुरुष र महिलाले टेल जी ब्राण्डको टाइगर मोडलको इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, उत्कृष्ट खेल पत्रकारलाई नगद पैतिस हजार रुँपैयाको साथमा ट्रफी प्रदान गरिने मञ्च अध्यक्ष दीननाथ बरालले बताए । यसैगरी लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने व्यक्तिलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, एम ए कस्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपुर्व खेलाडी मञ्च, तमु धिं युके, आभ्या क्लब, युनाइटेड नेसनको वातावरण पार्टनर टेल जी ब्राण्डको टाइगर मोडलको इलेक्ट्रिक स्कुटर, होटल पौवा लेकसाइड, जु जु वेर्यस, सिटीवान टेलिभिजन, पोखरेली मञ्च युके, परिचय एड्भर्टाइजिङ, चिल्लिबार एण्ड रेष्टुरेन्ट, टाइगर गुप्र अफ पोखरा, साइमन पार्टी प्यालेस, वल्डलिंक, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, अमेरिकाबाट सरिता गुरुङ, जापानबाट पूर्व अध्यक्ष मोहन घले, पूर्व अध्यक्ष प्रेमनारायण न्यौपाने, मनकामना पेट्रोलपम्प, शितलज्योती युवा क्लब, लाइफकेयर डाईग्नोस्टिक्स एण्ड रिर्सच सेन्टर, सुनगाभा न्युज, स्टेशन गैह्रापाटन, सिटीजन फर्निचर, जिल्ला खेलकुद विकास समिति कास्की लगायत सहयोगीको रुपमा जोडिएको मञ्चले जनाएको छ । अवार्ड कार्यक्रमको थप आर्कषणको रुपमा गायक विनोद वाँनिया, हाँस्यकलाकार युवराज भण्डारी, गायक सन्तोष बस्याल, गायिका प्राप्ति तुलाचन, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीको लाइभ दोहोरी, गण्डकी प्रज्ञा प्रतिष्ठानको कल्चरल नृत्य, गण्डकी बिव्वाइजको बिबोइङ नृत्य, गजल वाचन र डेमोस्ट्रेशन रहनेछ । मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा पोखरा १७ घारिपाटनमा रहेको आभ्या क्लबमा भएको पत्रकार सम्मेलन तथा ट्रफी सार्वजनिक कार्यक्रममा उपाध्यक्ष सुरज श्रेष्ठले स्वागत र महासचिव राजाराम पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
पोखरा : पोखरा १७ घारीपाटनमा रहेको एसओएस हर्मन माइनर स्कुलमा विद्यार्थी परिषद्को एक कार्यक्रबीच पुनर्गठनसँगै पदस्थापन भएको छ । हरेक वर्ष विद्यार्थीको शैक्षिक गतिविधिलाई चुस्त, दुरुस्त र प्रभावकारी राख्न परिषद्को गठन गरिएको विद्यालयका प्राचार्य फूर्वू ठिन्लेले जानकारी दिनुभयो । विद्यार्थीमैत्री वातावरणमा अध्ययन अध्यापन हुँदै आएको विद्यालयमा विद्यार्थीको चौतर्फी विकास गर्न विद्यार्थीलाई नै क्रियाशील हुने गरी हरेक वर्ष परिषद्को गठन गरिएको उहाँले जानकारी दिनुभयो । काउन्सिलमा विद्यालय नायकमा ढुन्डुप छिरिड. र तेन्जिन छेतेन चयन भएका छन् । मतदानबाट भएको चयनमा प्रक्रियामा विद्यार्थी प्रिफेक्टहरु छात्रतर्फ कर्म टासी, टासी फुन्चोक, छिरिड. शेर्पा र रिन्जिन ढुन्डुप चयन भएका छन् ।छात्रातर्फ छिरिड युडोन, डोल्मा तामाङ, पासाङ डोल्मा र अनिता गुरुङ चयन भएको चपरिषद्ले शैक्षिक वर्ष सन् २०२२ र २०२३ का लागि काम गर्ने छ । सिनियरतर्फ दीपेन गुरुङ र पेमा डोल्मा चयन भएका छन् । पदस्थापनसँगै विद्यार्थी नेतृत्वहरुलाई खादा र व्याच प्रदान गरिएको थियो । सो अवसरमा उर्गेन दावा, गोविन केसी लगायतका शिक्षकहरुले आफ्नो मन्तव्य राख्नुभएको थियो । सो अवसरमा बोल्दै विद्यार्थी नायक ढुन्डुप छिरिड.ले विद्यार्थीहरुको अनुशासनलाई कायम राख्दै सिर्जनशील बन्न प्रेरित गर्ने बताए । छात्रा नायक तेन्जिन छेतेनले विद्यार्थीहरुलाई कर्तव्यनिष्ठ र अनुशासित बनाउन आफ्नो नेतृत्व क्रियकाशील रहनेमा जोड दिइन् । सो अवसरमा प्रिफेक्ट र छात्रछात्रा नायकहरुले सपथ खाएर शैक्षिक गुस्तर कायम राख्न नवगठित परिषद् सदैव लागि पर्ने प्रतिबद्धता जनाएको शिक्षक अमृत घिमिरेले जानकारी दिनुभयो ।
पोखरा : जग्गा अधिग्रहण भएको झण्डै ४७ वर्ष पछि पोखरा बसपार्कको रुप फेरिँदैछ । नाला निर्माण र ग्राबेल भरेर सम्याउने काम अगाडि बढेसंगै बसपार्कको रुप फेरिएको हो । अहिले बसपार्कको आधा भागमा ग्रावेल हालेर सम्माउने काम भएको छ भने पश्चिम भागमा नाला निर्माण भएको छ । पोखरा ९का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्क अब हिलो र धुलो मुक्त बन्न लागेको जानकारी दिए । ‘नाला निर्माण र ग्रावेल भरेर सम्याउने काम भएसंगै बसपार्क अब हिलो र धुलो मुक्त हुँदैछ ।’ उनले भने, ‘पोखरा महानगरपालिका र प्रदेश सरकारको समेत सहयोगमा बसपार्कले अब रुप फेर्दैछ ।’ आधा भाग ग्राबेल हालेर पुर्ने काम भएको र बाँकी आधा भागमा पनि निरन्तर काम गरेर पुर्न मेयर धनराज आचार्यले सहजिकरण गरिरहेको उनले बताए । यसैबीच पोखरा बसपार्कको बुधबार मेयर आचार्यले निरीक्षण गरेका छन् । पार्किङ गर्ने सबै भागमा ग्रावेल भरेर सम्याउने कामलाई सक्न र तत्कालका लागि धुलो र हिलो मुक्त बनाउन उनले निर्देशन दिए । त्यसपछि छिट्टै समस्या सल्ट्याएर डिपिआर तयार पार्दै सिटी बसपार्कको रुपमा निर्माण गर्न महानगर लाग्ने उनले बताए । बसपार्क निरीक्षणका क्रममा बसपार्क टोल सुधार समितिका अध्यक्ष केशवबहादुर थापा र पोखरा बसपार्क सुधार उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर श्रेष्ठ लगायतको उपस्थिति थियो । गत २५ जेठमा एक कार्यक्रमका बीच बसपार्कको नाला निर्माण कार्यको गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का र पोखरा महानगरका मेयर धनराज आचार्यले शिलान्यास गरेका थिए । पोखरा बसपार्कको जग्गा पोखरा उपत्यका नगरविकास समितिको स्वामित्वमा छ । फरक अस्थित्वको उपत्यका नगरविकास समिति अहिले मेयरकै नेतृत्वमा छ । झण्डै ४७ बर्ष अगाडि अर्थात १८ फागुन २०३२ सालमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर बसपार्कका लागि अधिग्रहण गरिएको उक्त जग्गामा अहिलेसम्म पूर्वाधार बनाइएको छैन । पूर्वमा सेती नदी, पश्चिम ढिकैढिक भएर बैरागी बन जानेबाटो, दक्षिण एयरपोर्टको तारबार र उत्तरमा पृथ्वी राजमार्ग भित्रको अधिग्रहण गरिएको २०५ रोपनी जग्गा अहिले जम्मा ८१ रोपनीमा खुम्चिएको छ ।
पोखरा : स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । वर्षाका कारण डुबिन्डाँडाका ढाकाराम भट्टराईको घर नजिकै रहेको कच्ची धन्सार भत्किँदा सोही धन्सारमा सुतिरहेकी १२ वर्षीया रेखा भट्टराईको मृत्यु भएको हो । गम्भीर घाइते उनको गल्याङ नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो । सोही धन्सारमा सुतेका मृतकका दाजु १६ वर्षीय लक्ष्मणको चोट लागेको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
पोखरा : छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ को वर्ष उत्कृष्ट प्रशिक्षक विधाको मनोनयनमा टेनिसका निरज थापा, क्रिकेटका रिजन प्रजु र तेक्वान्दो तथा फेन्सिङकी रेकमाया गुरुङ परेका छन् । उनीहरुमध्ये अवार्ड कसको पोल्टामा पर्छ शनिबारसम्म कुर्नुपर्ने भएको छ । यो अवार्ड विजेताले नगद पैतिस हजार रुँपैयाको साथमा ट्रफी हात पार्नेछन् । अवार्ड कार्यक्रम नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले खेल क्षेत्रमा अगाडि बढेका खेलाडी, प्रशिक्षक, खेलसंघ र खेल पत्रकारलाई थप क्रियाशिल बन्न हौसला प्रदान गर्ने उद्धेश्यले गर्ने गरेको हो । पोखरा सभागृह हलमा यहीं असार १८ गते शनिबार आयोजना हुने अवार्ड वितरण कार्यक्रममा कुल ७ विधामा अवार्ड वितरण गरिने मञ्चका महासचिव राजाराम पौडेलले जनाए । निरज थापा (टेनिस) निरज थापा २३ वर्ष अघि काठमाण्डौबाट पोखरा आउँदा यहाँ टेनिस खेल्नेको संख्या औलामा गन्न मिल्ने थियो । २०५९ सालमा रत्नश्री जिमहलमा उनले टेनिस सिकाउँदा पोखरामा मात्र १०÷१५ जनाले टेनिस खेल्थे । त्यो पनि भेट्रान्स मात्रै । एक दशक अघि नेपालको शिर्ष वरियतामा रहेका कुमार अधिकारीले निरजसंगबाट टेनिस र्याकेट समात्न सिकेका हुन् । त्यसपछि पोखरा च्याम्पियन खेलाडीहरु महेश्वर तिवारी, अनिल शाही, शक्ति सर्मा लगायतले पनि निरजसंगै टेनिस सिके । महेश्वर अहिले दुवईमा व्यवसायिक रुपमा टेनिस खेल्ने खेलाउने गर्दछन् । अनिल, शक्ति लगायत अहिले पोखरामा प्रशिक्षकका रुपमा टेनिस खेलाउने गर्दछन् । निरज थापाले अहिले सम्म सयौ चेलाहरु बनाइसकेका छन् । ति मध्ये अहिले नेपालका शिर्ष वरियता खेलाडी प्रदिप खड्का उनकै चेला हुन् । पोखरालाई टेनिस शरहका रुपमा चिनाउन निरजको ठूलो योगदान छ । अहिले उनी ‘सबैका गुरु निरज गुरु’ भनेर चिनिन्छन् । टेनिसलाईनै व्यवसाय बनाएका निरजले अहिले श्रीमति र दुई छोरा सहित पोखरामै घरजम जमाएका छन् । रिजन प्रजु ( क्रिकेट) क्रिकेट खेलाडी हुँदै प्रशिक्षक बनेका रिजन प्रजुले वर्ष २०७८ मा गण्डकी प्रदेशको महिला क्रिकेट टिम हेरिरहेका छन् । उनकै प्रशिक्षणमा गण्डकीको महिला टोलिले धनगढीमा वाई वाई महिला क्रिकेट प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्दै ऐतिहाँसिक सफलता हाँसिल ग¥यो । गण्डकी प्रदेश सरकारले पनि विजयी टोलीका खेलाडीहरुलाई जनही पचास पचास हजार रुपैयाँले सम्मानित गर्याे । वर्ष २०७८ मा मलेशियामा भएको एसिया वल्र्ड कप क्वालिफिकेसनमा महिला टोलीले तेश्रो, गैंडाकोटमा भएको मेयरकपमा प्रथम स्थान हाँसिल गरेको थियो । त्यस्तै, पिएम कपमा पनि सहभागिता जनायो । सन् २००६ मा पोखरा आएका रिजन शुरुमा पोखरा टिमबाट क्रिकेट खेल्थे । सन् २००८ देखि उनले गण्डकीको टिमको क्याप्टेनसी गरे । सन् २०१३ बाट उनले महिला टिम सम्हालेका हुन् । उनी दृष्टीविहिन महिला क्रिकेट टिमको पनि प्रशिक्षक हुन् । उनको प्रशिक्षणमा टोलीले सन् २०१९ मा पाकिस्तान र सन् २०१७ मा भारतमा भएको वल्र्डकप क्रिकेटमा सहभागिता जनाएको थियो । नेपालले पाकिस्तानमा साउथ अफ्रिका र न्यूजिल्याण्डलाई तथा पाकिस्तानमा अष्टे«लियालाई पराजित गरेको थियो । रेकमाया गुरुङ्ग (तेक्वान्दो, फेन्सिङ) रेकमाया गुरुङ अहिले भारतको पटियालामा फेन्सिङको प्रशिक्षणमा छिन् । फेन्सिङ संघ नेपालकी केन्द्रिय सदस्य समेत रहेकी रेकमायाले नेताजी सुभाष नेशनल इन्स्टीच्युट अफ स्पोटर््समा ६ हप्ता लामो सर्टिफिकेट कोर्स अफ स्पोर्टस कोचिङमा फेन्सीङ खेलको प्रशिक्षण लिएकी हुन् । पोखरा नयाँगाउँकी रेकमायाले तेक्वान्दोका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय विभिन्न प्रतियोगितामा पदक जितिसकेकी छन् । त्यस्तै उनी राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका रजत पदक धारी खेलाडी पनि हुन् । पाँच डान प्राप्त उनले पोखरामा आफ्नै ‘एप्सुलुट डोजाङ्ग’ सञ्चालन गरिरहेकी छन् । पछिल्लो समय उनले फेन्सिङ प्रशिक्षणलाई समेत अघि बढाएकी हुन् । फेन्सिङमा प्रथम बीर गणेशमान सिंह फेन्सिङ च्याम्पियन्सिपमा गण्डकी प्रदेशले टिम ईभेन्ट तर्फ ३ कास्य पदक जितेको थियो । उनकै प्रशिक्षणमा रहेका पोखराका सुबान गुरुङ र मनमायाँ गुरुङले २०७८ सालमा कोरियन एम्वासडर वर्ल्ड तेक्वान्दो च्याम्पियनसिप २०२१ मा पदक जितेका छन् । प्रतियोगितामा सुबानले स्वर्ण तथा मनमायाँले कास्य जितेकी हुन् । विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर मञ्च गण्डकीले आयोजनागर्ने अवार्ड कार्यक्रममा उत्कृष्ट प्रशिक्षक सहित लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उत्कृष्ट खेल संघ, उत्कृष्ट उदियमान खेलाडी र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने महासचिव पौडेलले प्रष्टाए । अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, एम ए कस्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपुर्व खेलाडी मञ्च, तमु धिं युके, आव्या क्लब, होटल पौवा लेकसाइड, जु जु वेर्यस, सिटीवान टेलिभिजन, पोखरेली मञ्च युके, चिल्लिबार एण्ड रेष्टुरेन्ट, टाइगर गुप्र अफ पोखरा, साइमन पार्टी प्यालेस, वल्डलिंक, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, अमेरिकाबाट सरिता गुरुङ, जापानबाट पूर्व अध्यक्ष मोहन घले, पूर्व अध्यक्ष प्रेमनारायण न्यौपाने, मनकामना पेट्रोलपम्प, सिटीजन फर्निचर, जिल्ला खेलकुद विकास समिति कास्की लगायतले सहयोग गरेका छन् । अवार्ड कार्यक्रमको थप आर्कषणको रुपमा गायक विनोद वानिया, हाँस्यकलाकार युवराज भण्डारी, गायक सन्तोष बस्याल, गायिका प्राप्ति तुलाचन, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीको लाइभ दोहोरी, गण्डकी प्रज्ञा प्रतिष्ठानको कल्चरल नृत्य, गण्डकी बिव्वाइजको बिबोइङ नृत्य, मन क्षेत्रीको गजल वाचन तथा दीपक गोदारको संयोजकत्वमा डेमोस्ट्रेशन रहनेछ । दिउँसो ३ बजे सुरु हुने कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ । अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमिति मार्फत कामलाई तिव्रता दिएको छ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ । गर्यो
पोखरा : पोखरामा आयोजना हुने छैटौं सस्करणको पोखरा स्पोर्टस अवार्डलाई अमेरिकाबाट समाजसेवी तथा अभियान्ता सरिता गुरुङले साथ दिएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यहीं असार १८ गते शनिबार हुने अवार्डलाई उनले नगद सहयोग गर्ने भएकी हुन् । अवार्डका लागि गठित अन्तर्राष्ट्रिय समन्वय समितिका सह–संयोजक एवम अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितका अनुसार सरिताले अवार्ड सफल बनाउन नगद १५ हजार रुपैयाँ सहयोग गरेकी छन् । पोखरा घर भई हाल अमेरिका बस्दै आएकी सरिता विभिन्न सामाजिक क्रियाकलापमा संलग्न छन् । यसैगरी हाल जापानमा रहनुभएका मञ्चका पूर्व अध्यक्षद्धय मोहन घले र प्रेम नारायण न्यौपानले समेत अवार्डलाई साथ दिएका छन् । उनीहरु दुवै जनाले जनही १५ हजार रुपैयाँ सहयोग गरेको अन्तर्राष्ट्रिय समन्वय समितिका सह–संयोजक रञ्जितले बताए । पूर्व अध्यक्ष घले नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष समेत हुन् । विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर मञ्च गण्डकीले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट उदियमान खेलाडी र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने मञ्च गण्डकीका महासचिव राजाराम पौडेलको भनाई छ । कार्यक्रमको थप आर्कषर्णको रुपमा साँस्कृतिक कार्यक्रम समेत रहने छ । अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, एम ए कस्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपुर्व खेलाडी मञ्च, तमु धिं युके, आव्या क्लब, होटल पौवा लेकसाइड, जु जु वेर्यस, सिटीवान टेलिभिजन, पोखरेली मञ्च युके, चिल्लिबार एण्ड रेष्टुरेन्ट, साइमन पार्टी प्यालेस, वल्डलिंक, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, मनकामना पेट्रोलपम्प, सिटीजन फर्निचर लगायतले समेत सहयोग गरेका छन् । अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमिति मार्फत कामलाई तिव्रता दिएको छ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।

