एसओएस पोखरामा विद्यार्थी परिषद् पदस्थापन

पाेखरा | असार १६, २०७९

एसओएस पोखरामा विद्यार्थी परिषद् पदस्थापन

 

पोखरा :     पोखरा १७ घारीपाटनमा रहेको एसओएस हर्मन माइनर स्कुलमा विद्यार्थी परिषद्को  एक कार्यक्रबीच पुनर्गठनसँगै पदस्थापन भएको छ । 

 

हरेक वर्ष विद्यार्थीको शैक्षिक गतिविधिलाई चुस्त, दुरुस्त र प्रभावकारी राख्न परिषद्को गठन गरिएको विद्यालयका प्राचार्य फूर्वू ठिन्लेले जानकारी दिनुभयो । 

 

विद्यार्थीमैत्री वातावरणमा अध्ययन अध्यापन हुँदै आएको विद्यालयमा विद्यार्थीको चौतर्फी विकास गर्न विद्यार्थीलाई नै क्रियाशील हुने गरी हरेक वर्ष परिषद्को गठन गरिएको उहाँले जानकारी दिनुभयो । काउन्सिलमा विद्यालय नायकमा ढुन्डुप छिरिड. र तेन्जिन छेतेन चयन भएका  छन् । 

 

मतदानबाट भएको चयनमा प्रक्रियामा विद्यार्थी प्रिफेक्टहरु छात्रतर्फ कर्म टासी, टासी फुन्चोक, छिरिड. शेर्पा र रिन्जिन ढुन्डुप चयन भएका छन् ।​छात्रातर्फ छिरिड युडोन, डोल्मा तामाङ, पासाङ​  डोल्मा र अनिता गुरुङ चयन भएको चपरिषद्ले शैक्षिक वर्ष सन् २०२२ र २०२३ का लागि काम गर्ने छ । 

 

सिनियरतर्फ दीपेन गुरुङ र पेमा डोल्मा चयन भएका छन् ।  पदस्थापनसँगै विद्यार्थी नेतृत्वहरुलाई खादा र व्याच प्रदान गरिएको थियो । सो अवसरमा उर्गेन दावा, गोविन केसी लगायतका शिक्षकहरुले आफ्नो मन्तव्य राख्नुभएको थियो । सो अवसरमा बोल्दै विद्यार्थी नायक ढुन्डुप छिरिड.ले विद्यार्थीहरुको अनुशासनलाई कायम राख्दै सिर्जनशील बन्न प्रेरित गर्ने बताए ।

 

छात्रा नायक तेन्जिन छेतेनले विद्यार्थीहरुलाई कर्तव्यनिष्ठ  र अनुशासित बनाउन आफ्नो नेतृत्व क्रियकाशील रहनेमा जोड दिइन् । सो अवसरमा प्रिफेक्ट र छात्रछात्रा नायकहरुले सपथ खाएर शैक्षिक गुस्तर कायम राख्न नवगठित परिषद् सदैव लागि पर्ने प्रतिबद्धता जनाएको शिक्षक अमृत घिमिरेले जानकारी दिनुभयो । 
 

पोखरा:   सहदेव अधिकारी नेपाल लाइफको उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका छन् ।  उनी लगातार तेस्रोपटक उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका हुन् । भने, गण्डकी प्रदेश लगातार दुईप...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य एवं वडा नम्बर ९ का वडा सदस्यसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार न्यायिक समिति स...

थप पढ्नुहोस्

पोखरा:   नातेदारलाई बलात्कार र बालिकालाई यौन दुर्व्यवहार गरी भिडियो बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले साउन ३० गते उनलाई बाल यौन दुर्व्यवहार सामग्...

थप पढ्नुहोस्