लमजुङको बेंसीसहर नगरपालिका वडा नम्बर ७ स्थित जनविकास माध्यमिक विद्यालयका विद्यार्थीमा रुघाखोकी र ज्वरोको समस्या देखिएपछि विद्यालय बन्द भएको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीमा रुघाखोकी, ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएकाले विद्यालय दुई दिनका लागि बन्द गरिएको हो। विद्यालयका प्रधानाध्यापक रत्नमान श्रेष्ठका अनुसार विद्यार्थीमा केही समयदेखि स्वास्थ्य समस्या देखिएको थियो। आइतबारदेखि बिरामी हुने विद्यार्थीको संख्या बढ्दै गएपछि मंगलबार विद्यालय बुधबार र बिहीबारका लागि बन्द गरिएको हो। विद्यालयका केही शिक्षकमा पनि रुघाखोकी र ज्वरोको समस्या देखिएको छ। बिरामी विद्यार्थी र शिक्षकको संख्या बढ्नसक्ने जोखिमले विद्यालय बन्द गरिएको उहाँको भनाइ छ। एकबाट अर्कोमा समस्या सर्नसक्ने भएकाले समयमै सचेत भएको विद्यालयका प्रधानाध्यापक श्रेष्ठले बताउनुभयो। कोरोना भाइरस (कोभिड-१९) को चौंथो लहर बढिरहेका बेला विद्यार्थीलाई रुघाखोकी र ज्वरोले सताएपछि थप भयावह अवस्था आउन नदिन विद्यालय बन्द गर्नुपरेको जनाएको छ। दुई दिन बन्द गरेपछिको अवस्था हेरेर सोही अनुसार अघि बढ्ने विद्यालयले जनाएको छ।
पोखरा । रेष्टुरेण्ट तथा बार एसोसियन (रेवान) पोखराले २८ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशनमा पत्रकार सुमन ढुंगनालाई सम्मान गर्ने भएको छ । अध्यक्ष लक्ष्मण बरालका अनुसार रेवानले आफ्नो वार्षिक साधारण सभाका तथा अधिवेनको अवसरमा भाद्र २ गते ढुंगनालाई पुरस्कृत गरिनेछ । पत्रकार ढुंगाना पछिल्लो समय अर्थ न्यूजमा कार्यरत छन् ।
पोखर । २८ औं विश्व आदिवासी दिवसमा तमु धिं नेपालले यसै वर्ष एसईई उतिर्ण तमु विद्यार्थीहरुलाई सम्मानसहित“तमु जातिको शैक्षिक अवस्था र अबको शिक्षा”विषयक अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङले तमुहरुले अब देशमै शासन प्रशासनमा पुग्ने र विश्व जगतमा बिक्ने शिक्षामा जोड दिनुपर्ने मार्गनिर्देशन गर्नुभयो। उहाँले शैक्षिक, प्रशासनिक, राजनीतिक, व्यवसायिक, सामाजिक लगायत विभिन्न क्षेत्रमा नाम कमाएका तमुहरुको उदाहरण प्रस्तुत गर्नुहुदै प्रमाणपत्र थन्किने अर्थात खाडी र मलेशिया दौडनुपर्ने शिक्षा नभई नेपालमै शासन प्रशासन, निति योजना निर्माण गर्ने, नयाँ क्षेत्रहरुलाई सम्बोधन गर्ने र विश्वमा माग भएका शिक्षामा ध्यान दिनुपर्ने बताउनुभयो। यी सबैका मुलभुत विषय भनेको विज्ञान, गणित र अग्रेजी भएको भन्दै उहाँले विज्ञान, प्रविधी, इञ्जिनियरिङसँग सम्बन्धित आइटी, इन्टरप्रेनरशिप, टुरिजम एण्ड मेनेजमेण्ट, माइन्स इञ्जिनियरिङ, टनेल इञ्जिनियरिङ, माउण्टेन एग्रिकल्चर, मेडिकल साइन्स, कानुन, जर्नालिजम जस्ता विषयहरु विद्यार्थीहरुको रोजाई हुनुपर्दछ उहाँको भनाई थियो। विद्यार्थीको रोजाई राम्रो हुनुपर्दछ र अभिभावकले आवाश्यक सहयोग र उचित नियन्त्रण गर्न जरुरी रहेको कुलपति गुरुङको आग्रह थियो। यसरी नै संघ संस्थाहरुले यसरी नै अनुशिक्षण, प्रशिक्षण कार्यक्रम नियमित रुपमा अघि बढाउन आग्रह गर्दै शासन, प्रशासन, शैक्षिक विषयमा कुनै सल्लाह सुझाव चाहिएमा आफ्नो तर्फबाट सक्दो सहयोग हुने उहाँको भनाई थियो। तमु धिं नेपालमा आयोजित कार्यक्रम तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कुलपति प्रा.डा.गणेशमान गुरुङ र डा.चन्द्रबहादुर गुरुङले एसईई उतिर्ण तमु विद्यार्थीहरुलाई बधाई, सम्मान र आर्शिवाद प्रदान गर्नुभएको थियो भने तमु साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङले शुभकामना, तमु धिं नेपालका केन्द्रिय सदस्य एवम शिक्षा विभाग संयोजक श्रीजंग गुरुङले स्वागत, वरिष्ठ उपाध्यक्ष सुमे.श्रीप्रसाद गुरुङले धन्यवाद व्यक्त र सचिव जुमकाजी गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।
कागेश्वरी मनोहरा नगरपालिकाले असहाय गाईबाच्छा उद्धार गरी संरक्षणका लागि एम्बुलेन्स खरिद गर्न रु २३ लाख आर्थिक सहयोग गरेको छ । नगर प्रमुख उपेन्द्र कार्कीले असहाय गाईबाच्छा संरक्षण अभियानका संयोजक उत्तम पुडासैनीलाई सोमबार रु २३ लाखको चेक हस्तान्तरण गर्नुभएको हो । प्राप्त सहयोगले सडक, मठमन्दिर एवं सार्वजनिकस्थलबाट गाईबाच्छा उद्धार गरी संरक्षण स्थलसम्म लैजान पशु एम्बुलेन्स खरिद गरिने भएको छ । अभियानले विसं २०७५ जेठ १ गतेदेखि सडक, मठमन्दिर एवं सार्वजनिक स्थलमा छाडा छोडिएका गाईबाच्छाको उद्धार गरी संरक्षण गर्दै आएको छ । एम्बुलेन्स खरिद गर्न नगरपालिकाबाट सहयोग प्राप्त भएसँगै लामो समयदेखिको सपना साकार भएको संयोजक पुडासैनीले बताउनुभयो । यो धर्ती अबोध प्राणीको पनि भएकाले निरन्तर सहयोग जुटाउँदै अभियानले छाडा छोडिएको गाईबाच्छा संरक्षण गर्दै आएको छ । लक्ष्मीमाताका रूपमा वैदिक सनातन हिन्दू धर्मावलम्बीले पुज्ने गाईबाच्छाले पनि ससम्मान जिउन पाउनुपर्छ भन्ने स्थापित गर्न अभियान सुरु भएको हो । सडकमा अलपत्र गाईबाच्छाको उद्धारमा अहोरात्र क्रियाशील असहाय गाईबाच्छा संरक्षण अभियानको आश्रयस्थलमा हाल करिब दुई सय गाईबाच्छाले संरक्षण पाइरहेका छन् । अभियानअन्तर्गत हरेक दिन सडकमा अलपत्र छाडिएका गाईबाच्छाको उद्धार गरिँदै आएको छ । स्वयंसेवीस्तरमा सञ्चालित अभियानमा व्यापक जनसमर्थन रहँदै आएको छ । समर्थनस्वरूप स्थानीयवासी र टाढाटाढाबाट समेत जन्मदिन मनाउन असहाय गाईबाच्छा संरक्षणस्थलमा सहयोगीको भीड लाग्ने गरेको छ । एम्बुलेन्सको आगमनसँगै अभियानमा नयाँ आयाम थपिने भएको छ । आगामी हप्तादेखि अलपत्र गाईबाच्छाको उद्धार एवं उपचारका लागि पशु एम्बुलेन्स प्रयोगमा आउने छ । अभियानका लागि नगरपालिकाको वडा नं ८ गोठाटारमा पशुपति क्षेत्र विकास कोषले एक सय रोपनी जग्गा उपलब्ध गराएको छ । कोषको गुरुयोजनाअनुसार यो स्थानमा गौशाला स्थापना गर्ने लक्ष्य राखिएको छ ।
पोखरा । नेपाल रेडक्रस सोसाइटीले पोखरा महानगरपालिकालाई ‘पोखरा जलवायु पविर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण सिकाइ केन्द्र’ सञ्चालनका लागि सूचना प्रविधि तथा कार्यालय व्यवस्थापन सामाग्रीहरू हस्तान्तरण गरेको छ । विपद् उत्थानशीलता अभिवृद्धि गर्ने लक्ष्यका साथ एफसिडियोको आर्थिक सहयोग र ब्रिटिस रेडक्रसको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी कास्की मार्फत पोखरा महानगरपालिकालाई ती सामाग्रीहरू हस्तान्तरण गरिएको हो । पोखरा महानगरपालिकाको तर्फबाट सहयोग सामाग्री ग्रहण गर्दै प्रमुख धनराज आचार्यले विपद् व्यवस्थापनको कार्यमा आफूहरू एकीकृत योजना बनाएर लागेको बताउनुभयो । कुनै पनि प्रकारका विपदहरुमा तत्काल रेस्पोन्स सहित राहत तथा उद्धारको काम गर्ने गरी विपद् सम्बन्धी महानगरको संयन्त्रलाई एकै स्थानबाट सञ्चालन गर्ने र त्यसलाई २४ सै घण्टा तयारी हालतमा राख्ने योजनाका साथ काम भइरहेको प्रमुख आचार्यले बताउनुभयो । रेडक्रसको समन्वयमा प्राप्त विपद् जोखिम सिकाइ केन्द्र सञ्चालनका लागि सूचना प्रविधि तथा कार्यालय व्यवस्थापन सामाग्रीहरूको पूर्ण सदुपयोग गर्ने विश्वास समेत दिलाउनुभयो । सूचना केन्द्र तथा सामाग्रीहरू हस्तान्तरण गर्दै नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका कार्यवाहक अध्यक्ष दण्डराज शर्माले विपदमा परेका नागरिकहरूलाई तत्काल उद्धारका लागि व्यवस्थित सूचना प्रणाली सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । शर्माले पोखरा र आसपासका क्षेत्रमा बेलाबखतमा देखिने विपद्का घट्नाहरुलाई तत्काल व्यवस्थापन गर्न आफूहरू महानगरसँग मिलेर काम गर्न तयार रहेको बताउनुभयो । सो अवसरमा मनिन्द्र स्थापितले सूचना केन्द्रका बारेमा जानकारी दिनुभयो । समुदाय स्तरदेखि नै जनचेतना अभिवृद्धि गर्दै विपद् न्यूनीकरण र पूर्व तयारीलाई भरपर्दो बनाई जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्युनिकरणलाई विकास योजनामा प्रवाहीकरण गरी जनसहभागितामा आधारित उत्थानशील समुदाय निर्माण गर्न आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । विपद् जोखिम न्यूनीकरण सिकाइ केन्द्रले समुदायमा आइपर्ने विभिन्न प्रकारका विपद् तथा जलवायु परिवर्तनका असर र तिनका कारक तत्त्वहरूको पहिचान र त्यसबाट सुरक्षित रहन आवश्यक सूचना व्यवस्थापनमा सहयोग गर्नेछ । रेडक्रसले सूचना केन्द्र सञ्चालन सम्बन्धी ६ प्रकार र फर्निचर सम्बन्धी ६ प्रकारका सामाग्रीहरू प्रदान गरेको छ । पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन समितिका संयोजक रुद्रनाथ बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रेडक्रस कास्कीका कार्यक्रम संयोजक देवनारायण पौडेलले गर्नुभएको थियो ।
नेपालको संविधान २०७२ मा जातीय भेद्भाव तथा छुवाछुत अन्त्यको घोषणा गरिएको छ । कानुनमा सबै भेद्भाव अन्त्य भएपनि व्यवहारमा भने अझै ज्यूँका त्यूँ रहेको पाइएको छ । पर्वत सदरमुकाम कुश्मामा दलित समुदायका नागरिकलाई डेरा पाउन मुस्किल भएका उदाहरण धेरै छन् । आइतबार सशस्त्र प्रहरी बल २५ नम्बर बाहिनीका एक जवान कोठा खोज्नको लागि दिनभरि बजारमा भौतारिरहनुभयो । बडागाउँदेखि जिरो हुँदै खरियासम्म पुग्दा कोठा नपाएपछि उहाँ निराश हुँदै फर्किनुभयो । श्रीमती र दुई छोराछोरीसँगै बस्दै आउनुभएका जवान आफू दलित भएकै कारण कोठा नपाएको गुनासो गर्नुहुन्छ । “कोठा खोज्नको लागि दिनभरि बजारमा भौतिरिरहेँ, राम्रो पैसा तिर्छु भन्दा पनि विभिन्न बहाना बनाएर कोठाभाडामा दिँदैनन्”, उहाँले भन्नुभयो । “अधिकांश ठाउँमा डेरा खोज्न जाँदा घरधनीले कोठा त छ, तर जात के होला रु भनेर सोध्छन् । यो प्रश्न सुन्ने वित्तिकै कताकता मनमा नमिठो लाग्छ”, उहाँले भन्नुभयो । सशस्त्र प्रहरीका जवान मात्र होइन मोदी गाउँपालिका-५ बाजुङ घर भएकी इन्दिरा नेपालीले पनि यस्तै समस्या भोगेको बताउँनुहुन्छ । कोठा चाहिएर खोज्न जाँदा प्रत्येकजसो घरमा सुरुमै थर (जात) सोध्ने गरेको उहाँको गुनासो छ । “जहाँ कोठा खोज्न गए पनि सुरुमै घरबेटीले नानी कुन थरको हो, भनेर सोध्छन्, म सार्की हो भन्ने वित्तिकै कोठा त छैन नानी भन्छन्”, उहाँले भन्नुभयो । अध्ययनका लागि कुश्मा आएका फलेवास नगरपालिकाका सुमित परियारले दुई हप्ताको खोजीमा बल्लतल्ल कोठा पाएको बताउँनुभयो । दलित भएकै कारण आफूले सहज रुपमा कोठा नपाएको उहाँको गुनासो छ । धेरै ठाउँमा कोठा खोज्न जाँदा विभिन्न बहाना बनाएर नदिने गरेको उहाँको भनाइ छ । “बजार भन्ने वित्तिकै शिक्षित र सचेत मानिसको बसोबास गर्ने ठाउँलाई बुझिन्छ । तर, यहाँका मानिसको व्यवहार फरक छ”, उहाँले भन्नुभयो । हुन त दलित समुदायका लागि यो नौलो समस्या होइन । आर्थिक, सामाजिक र संस्कृतिरूपमा सदियौँदेखि पछाडि पारिएको उक्त समुदाय पहिलेदेखि नै जातीय भेदभाव तथा छुवाछूतको मारमा पर्दै आएको छ । दलित अधिकारकर्मी जीतबहादुर नेपालीले दलित समुदायले अझैपनि जातकै कारण कोठा नपाउनु लज्जाको कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो,“जातीय विभेद तथा छुवाछुतविरुद्ध सबैले आवाज उठाए मात्र यसको अन्त्य हुनेछ ।” जातीय भेद्भाव गर्न हुँदैन भन्ने कुरा संविधानमानै उल्लेख गरिए पनि जातीय भेद्भाव तथा छुवाछूत सम्बन्धिका घटना उल्लेख्य मात्रामा सार्वजनिक हुनसकेका छैनन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जातीय विभेद्का घटनासम्बन्धी एउटा पनि उजुरी नआएको बताउनुभयो । उहाँले भन्नुभयो,“मेरो कार्यकालमा एउटा पनि उजुरी आएको छैन, मोदी बाजुङबाट एउटा मौखिक उजुरी आएको थियो, हामीले दुवै पक्षलाई बोलाएर छलफल गराएपछि सहमति भएको थियो ।,” बुढाथोकीले जातीय विभेद् र छुवाछुत सम्बन्धिका उजुरी आएमा राज्यले निर्माण गरेको ऐन कानुन अनुसार दायित्व पूरा गर्न प्रहरीले कुनै कञ्जुस्याइँ नगरेको बरु उजुरी नै नआउनु चुनौती रहेको बताउनुभयो । नेपालको संविधानको धार २४ मा छुवाछुत तथा भेद्भावविरुद्धको हकको उल्लेख गरिएको छ । जातीय भेद्भाव तथा छुवाछुत ९कसूर र सजाय० ऐन, २०६८ कार्यान्वयनमा रहेको छ । संविधान तथा कानुनबमोजिम भेद्भाव तथा छुवाछुतविरुद्धका अधिकार स्थापित गरिएका छन् । साथै भेद्भाव तथा छुवाछुत कार्यलाई कसूरको रुपमा परिभाषित गरी दण्डसजायको व्यवस्था समेत गरिएको छ । जातीय भेद्भाव तथा छुवाछुतको कसूर गर्नेलाई अपराधको प्रकृतिबमोजिम अधिकतम तीन महिनादेखि तीन वर्षसम्म कैद वा रु एक हजारदेखि २५ हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ । त्यस्तै सार्वजनिक पद धारण गरेको व्यक्तिले जातीय भेद्भाव तथा छुवाछुतको कसूर गरेमा निजलाई ५० प्रतिशत थप सजाय हुन्छ । जातीय भेद्भाव वा छुवाछुत गर्न मद्दत गर्ने, दुरुत्साहन गर्ने, उक्साउने वा उद्योग गर्ने व्यक्तिलाई कसूरदारलाई हुने सजायको आधा सजाय हुने व्यवस्था छ ।
पाेखरा: २८ औँ अन्तराष्ट्रिय आदिवासी जनजाति दिवस पोखरामा पनि मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको आयोजना र कास्कीको सह आयोजनामा आज (अगस्ट ९) अर्थात २८ औँ अन्तराष्ट्रिय आदिवासी जनजाति दिवस पोखरामा पनि मनाइएको छ । विहान ११ः३० बजे आदिवासी जनजाति समुदायले आफ्नो जातजातिको झाँकी तथा र्यालीसहित पोखराको चिप्लेढुङ्गा, न्यूरोड, सभागृह, पृथ्वीचोक हुँदै मगर संघ कास्कीको सभाहलमा गएर कोणसभामा परिणत भएको थियो । आज देशभर २८ औँ अन्तराष्ट्रिय जनजाति दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरि दिवस मनाइदैं छ । गण्डकी प्रदेशका आदिवासी समुदायहरुले आफ्नो जिल्ला देखि विभिन्न झाकी तथा र्याली प्रस्तुत गरेका थिए । भने नेवार समुदायले पहिलो पटक भक्तपुर देखि घिन्ताङ घिसी घिसी नाँच प्रस्तुत गरिएको थियो । दिवसमा साकेला, सोरठी, घाँटु, सालैजो, चुट्टा लगायतका संस्कृति प्रस्तुत गरिएको थियो । सन् १९८२ डिसेम्वरमा संयुक्त राष्ट्र संघको आदिवासी जनजाति हेर्ने कार्यदलले स्वीजरल्याण्डमा बसेको पहिलो बैठकले हरेक अगष्ट ९ तारिखमा विश्व आदिवासी दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । दुई वर्षसम्म कोरोना भाइरसका कारण औपचारिक रुपमा मनाउन नपाइएको अन्तराष्ट्रिय जनजाति दिवस २ वर्ष पछि पुन: मनाइएको आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशले जनाएको छ । तस्बिरहरू:-
पोखरा । गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले प्रदेश खेलकुद परिषद गण्डकीको प्रशासनिक भवनको उद्घाटन गरेका छन् । पोखरा रंगशालामा नवनिर्मित भवनको मन्त्री गुरुङले एक कार्यक्रमका विच शिलालेख अनावरण गरी उद्घाटन गरेका हुन् । उक्त भवन प्रदेश सरकारले करिव ९६ लाखमा उपभोक्ता समिति मार्फत निर्माण सम्पन्न गरेको हो । मन्त्री गुरुङले भवन निर्माण सम्पन्न गर्न सहयोग गर्ने उपभोक्ता समितिका अध्यक्ष हरि बहादुर बरुवाल, भरत आले, बाल कुमारी गुरुङ, ओम गुरुङ, विश्व तण्डुुकारलाई खादा लगाएर सम्मान गरेका थिए । सो अवसरमा उपभोक्ता समितिका अर्का अध्यक्ष तथा अग्रज खेलाडी स्व.योगेन्द्र बहादुर बस्नेतको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो । सो अवसरमा मन्त्री गुरुङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहेका खेलाडीहरुलाई पौष्टिक आहार समेत वितरण गरेका थिए । नवौंको तयारीका लागि खेलाडीहरुको हौसला बढाउन पौष्टिक आहार वितरण गरिएको र नवौंमा छनोट हुने खेलाडीहरुलाई हाइ अल्टिच्यूड तालिमको लागि व्यवस्था गर्ने उनले जनाए । कार्यक्रममा यूवा तथा खेलकुद मन्त्रालयको तर्फबाट मन्त्री गुरुङले मोदी गाउँ पालिकाका अध्यक्ष हिरा देवी शर्मालाई नगद ५ लाख पुरस्कार सहित सम्मान गरेका थिए । गण्डकी प्रदेशबाट यूवा मैत्री स्थानिय तह प्रोत्सहान कार्यक्रम २०७८ बाट ८५ वटा गाउँ पालिका मध्ये मोदी गाउँ पालिका उत्कृष्ट हुन सफल भए पछि सम्मान गरिएको हो । सम्पन्न कार्यक्रममा मोदी गाउँ पालिकाका अध्यक्ष शर्मा, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, मन्त्रालयका महाशाखा प्रमुख घनश्याम पौडेल लगायतले खेलाडीहरुलाई पौष्टिक आहार वितरण गरेका थिए । प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले भवन निर्माणमा सहयोग गर्ने उपभोक्त समितिलगायत सबैलाई धन्यवाद ज्ञापन गर्दै प्रशासनिक भवनबाट आफ्ना दैनिक कार्यक्रमहरु सूचारु गर्न सहज हुने बताए ।
कैलाली: परिवारका सदस्य मिलेर स्याहार गरेका बालबालिका अन्य बालबालिकाभन्दा स्वस्थ छन् । बच्चा स्याहारमा आमासँगै परिवारका सदस्यले सघाएका बच्चाहरूको उचित स्याहार र खानपानमा सहयोग पुगेकाले स्वस्थ रहेका स्वास्थ्यकर्मी बताउँछन् । टीकापुरकी सविना कार्कीको बच्चा एक वर्षको भयो । सविनाको बच्चा सासु, ससुरा, देवर सबै मिलेर स्याहार गर्नुहुन्छ । बच्चालाई खुवाउने काममा समेत सबैको सहयोग मिलेको छ । “मैले एक्लैले बच्चा स्याहार गर्न सम्भव छैन, बच्चालाई खुवाउने, खेलाउने, सरसफाइका काम परिवारका अन्य सदस्यले गर्नुहुन्छ”, सविना भन्नुहुन्छ, “बच्चाको मात्र होइन, घरको काममा पनि सघाउनुहुन्छ, जसले मलाई बच्चालाई स्तनपान गराउन समय मिल्छ ।” टीकापुरको बन्दीपुरकी खेमा खड्काले घरको काम गर्दा बच्चाको स्याहार श्रीमान् र नन्दले गर्नुहुन्छ । खेमाको घरमा बच्चालाई स्याहार्ने, खुवाउने र बच्चाको सरसफाइको काम सबै मिलेर गर्नुहुन्छ । “म भान्साको काम गर्छु, सरसफाइ, बच्चाको स्याहार श्रीमान् र नन्दले गर्नुहुन्छ”, उहाँ भन्नुहुन्छ, “त्यसैले मेरो बच्चा स्वस्थ छ ।” टीकापुरकै सञ्जना चौधरी र बन्दी चौधरी दुवै जनाको बच्चा अहिले नौ महिनाका छन् । उहाँहरूले बच्चालाई दाल, भात, जाउलोलगायतका खानेकुरा खुवाउनुहुन्छ । उहाँलाई पनि बच्चा स्याहारमा परिवारको साथ मिलेको छ । “बच्चालाई स्वास्थ्यकर्मीले सिकाएअनुसार मेरो दूधसँगै थप खानेकुरा खुवाउने गरेकी छु”, उहाँले भन्नुभयो, “मैले बच्चालाई बढी सयम दिनुपर्छ, बच्चालाई बढी समय दिँदा घरको काम अस्तव्यस्त हुन्छ । घरको काममा अन्य सदस्यले सघाउने गर्नुभएको छ ।” विजयनगरकी सरिता चौधरी र सुस्मिता चौधरीको घरमा समेत बच्चा सबै मिलेर स्याहार्छन् । परिवारका सबै मिलेर स्याहारेका कारण यी महिलाका बच्चा स्वस्थ छन् । “बच्चा स्याहारमात्र होइन, घरको काम, भान्साको काम, खेतबारीको काम सबै मिलेर गर्छौँ सुस्मिताले भन्नुभयो, “सबै मिलेर काम गरेमा बच्चा स्याहारका लागि समय मिल्छ । सबैले बच्चालाई प्राथमिकतामा राखेर काम गर्छौँ, जसले जे देख्यो त्यही काम गर्दा सजिलो भएको छ ।” बच्चा हुर्काउने समयमा महिलालाई बढी कामको बोझ थपिन्छ । यस्तो बेलामा परिवारको साथ महत्वपूर्ण हुन्छ । बच्चाको स्वास्थ्य र आमालाई बच्चाका लागि समय निकाल्न परिवारले सघाएमा बच्चा निरोगी र फुर्तिलो हुने भएकाले परिवार जिम्मेवार बन्नुपर्ने टीकापुर अस्पतालका सिनियर अनमी तारा खरेल बताउनुहुन्छ । “छ महिनासम्म बच्चालाई आमाको दूधमात्र चुसाउनुपर्छ । त्यसपछि थप खानेकुरा खुवाउनुपर्छ । समय–समयमा बच्चालाई खानेकुरा खुवाउनुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने भएकाले परिवारका सबै जिम्मेवार बन्नुपर्छ”, खरेल भन्नुहुन्छ, “परिवारका सदस्यले आमालाई बच्चा स्याहारका लागि समय मिलाउन अन्य काम आफूले गरिदिनुपर्छ । आमाका लागि पोषणयुक्त र झोलिलो खानेकुराको जोहोसमेत गरिदिनुपर्छ ।” अनमी खरेलका अनुसार दुई वर्षमुनिका बच्चालाई आमालाई तनावमुक्त वातावरणमा राख्नुपर्ने सुझाव दिनुहुन्छ । “आमा तनावमा भएमा बच्चाको स्याहारमा असर पर्छ, दूध पनि आउँदैन”, उहाँ भन्नुहुन्छ, “बच्चा सानो हुँदा राम्ररी स्याहारेमा विभिन्न खालका रोग लाग्नबाट बचाउन सकिने र स्वस्थ हुने भएकाले बच्चाको स्याहारका लागि आमाको स्वास्थ्यबारे समेत ध्यान दिनुपर्छ ।” बालबालिका भविष्यका कर्णधार हुन् । चिकित्सकहरू बालबालिकाको दुई वर्षभित्र ८० प्रतिशत मानसिक विकास हुने भएकाले दुई वर्षसम्म राम्रो स्याहार हुनुपर्ने बताउँछन् । हजार दिनका बालबालिका रहेका आमालाई बच्चाको स्याहार, घरको काम धेरै हुन्छ यस्तो बेला बच्चा स्याहारमा परिवारको साथ महत्वपूर्ण हुने चिकित्सकको सुझाव छ ।

