विद्यार्थीलाई ज्वरो, रघाखोकीः विद्यालय बन्द

लमजुङ | साउन २५, २०७९

विद्यार्थीलाई ज्वरो, रघाखोकीः विद्यालय बन्द तस्बिर साभार


लमजुङको बेंसीसहर नगरपालिका वडा नम्बर ७ स्थित जनविकास माध्यमिक विद्यालयका विद्यार्थीमा रुघाखोकी र ज्वरोको समस्या देखिएपछि विद्यालय बन्द भएको छ। 

 

विद्यालयमा अध्ययनरत विद्यार्थीमा रुघाखोकी, ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएकाले विद्यालय दुई दिनका लागि बन्द गरिएको हो। विद्यालयका प्रधानाध्यापक रत्नमान श्रेष्ठका अनुसार विद्यार्थीमा केही समयदेखि स्वास्थ्य समस्या देखिएको थियो। 

 

आइतबारदेखि बिरामी हुने विद्यार्थीको संख्या बढ्दै गएपछि मंगलबार विद्यालय बुधबार र बिहीबारका लागि बन्द गरिएको हो। 

 

विद्यालयका केही शिक्षकमा पनि रुघाखोकी र ज्वरोको समस्या देखिएको छ। बिरामी विद्यार्थी र शिक्षकको संख्या बढ्नसक्ने जोखिमले विद्यालय बन्द गरिएको उहाँको भनाइ छ। एकबाट अर्कोमा समस्या सर्नसक्ने भएकाले समयमै सचेत भएको विद्यालयका प्रधानाध्यापक श्रेष्ठले बताउनुभयो। 

 

कोरोना भाइरस (कोभिड-१९) को चौंथो लहर बढिरहेका बेला विद्यार्थीलाई रुघाखोकी र ज्वरोले सताएपछि थप भयावह अवस्था आउन नदिन विद्यालय बन्द गर्नुपरेको जनाएको छ। दुई दिन बन्द गरेपछिको अवस्था हेरेर सोही अनुसार अघि बढ्ने विद्यालयले जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्