पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

गलकोट:    एसइई परीक्षाफल प्रकाशनको नतिजाअनुसार बागलुङमा निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा अब्बल देखिएको छ । बिहीबार प्रकाशित एसइई परीक्षाफलअनुसार बागलुङमा चार जिपिए (शतप्रतिशत) अङ्क ल्याउने छ, विद्यार्थीमध्ये चार विद्यार्थी सामुदायिक विद्यालयका रहेका छन् । जिल्लामा चार सामुदायिक र दुई निजी विद्यालयका विद्यार्थीले चार जिपिए ल्याउन सफल भएको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयले जनाएको छ । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको हो । गत वर्ष ५६ जनाले तीन दशमलव छ जिपिएभन्दा माथि अङ्क प्राप्त गरेकामा यस वर्ष बढेर तीन दशमलव छ जिपिएभन्दा माथि अङ्क प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या एक सय ३९ जना पुगेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिनुभयो । जिल्लामा चार जिपिए ल्याउने विद्यालयमा गणेश माविका दुई, चिल्डेन लाइफ बोर्डिङ स्कुललका दुई, रूद्रेपीपल माविका एक विद्यार्थी र भीमगिठे माविका एक विद्यार्थी छन् । जिल्लामा चार हजार सात सय ७४ विद्यार्थी परीक्षामा सम्मिलित भएका थिए । त्यसमध्ये दुई सय ३० प्राविधिक धारतर्फका विद्यार्थी परीक्षामा सहभागी भएका थिए । बागलुङमा तीन दशमलव छदेखि चार जिपिए ल्याउने एक सय ३९, तीन दशमलव तीनदेखि तीन दशमलव ५५ जिपिए ल्याउने तीन सय १३ विद्यार्थी, दुई दशमलव आठदेखि तीन दशमलव १५ जिपिए ल्याउने चार सय ६७, दुई दशमलव चारदेखि दुई दशमलव ७५ जिपिए ल्याउने विद्यार्थी सात सय ४८, दुईदेखि दुई दशमलव ३५ जिपिए अङ्क ल्याउने विद्यार्थीको सङ्ख्या एक हजार एक सय ९२, एक दशमलव छदेखि एक दशमलव ९५ सम्म अङ्क ल्याउने एक हजार दुई सय ८३ र एक दशमलव दुईदेखि एक दशमलव ५५ जिपिए ल्याउने तीन सय ३६ तथा त्यसभन्दा कम अङ्क ल्याउने ६६ विद्यार्थी  छन् 

काठमाण्डौ:  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्खरै सम्पन्न भारत भ्रमणका क्रममा भएका सहमति कार्यान्वयनका लागि आवश्यक तयारी र पहल भइरहेको बताउनुभएको छ ।   बालुवाटारमा आज शुक्रवार स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल ९इपान० का पदाधिकारीसँगको भेटवार्तामा प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो । प्रधानमन्त्रीले भारतसँग भएका सहमति कार्यान्वयनका लागि आवश्यक पत्राचारसमेत भइरहेको र छिट्टै थप विषय स्पष्ट भएर जाने उल्लेख गर्नुभएको इपानका अध्यक्ष गणेश कार्कीले जानकारी दिनुभयो ।   भेटवार्ताका क्रममा प्रचण्डले ऊर्जा उद्यमीले उठाउँदै आएका माग सम्बोधन गर्न सरकारले अधिकतम प्रयास गर्ने जानकारी पनि दिनुभयो । उहाँले बाढी पहिरोबाट क्षति भएका आयोजनालाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारको तर्फबाट प्रयास गरिने बताउनुभयो ।   प्रधानमन्त्रीले ऊर्जा उद्यमीले उठाएका कतिपय नीतिगत तथा विषयगत विषयलाई सम्बोधन गरिने समेत विश्वास दिलाउनुभएको थियो । त्यस अवसरमा इपानले क्षतिग्रस्त आयोजनाको पुनःनिर्माणका लागि नेपाल राष्ट्र बैंकबाट पुनःकर्जा उपलब्ध गराउन, निर्माणाधीन आयोजनाको निर्माण पूरा गरी विद्युत् उत्पादन सुरु गर्नुपर्ने मिति दुई वर्ष थप गर्न, पुनःनिर्माणका लागि आवश्यक मेशिनरी एवम् पाटपुर्जा आयातमा भन्सार तथा मूल्य अभिवृद्धि कर ९भ्याट० मा छुट दिन, क्षतिग्रस्त आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्रको अवधि बढाएर ५० वर्ष कायम गर्न माग गरेको छ ।   ुसर्भेयरु को प्रारम्भिक विवरणका आधारमा बीमाबाट ५० प्रतिशत पेस्की दिनका लागि आवश्यक व्यवस्था गर्न तथा आयोजना पुनःनिर्माणका लागि लिने कर्जा २० वर्षसम्म पुनःतालिका गर्न माग गरेको इपान अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।   ऊर्जा उद्यमीले ऊर्जा दशक घोषणा गरी संसदबाट पारित गरेर ऊर्जा विकासमैत्री वातावरण बनाउने, ऊर्जा क्षेत्रमा बैंकको लगानी १० वर्षमा २५ प्रतिशत बराबर पुर्‍याउने, नेपाल विद्युत् प्राधिरकणमा आवेदन दिएका आयोजनाको तत्काल विद्युत् खरिद सम्झौता गर्नुपर्नेलगायत माग राखेको छ ।   बजेटमा उल्लेख भएअनुसार निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न नियमावली बनाई तत्काल कार्यान्वयन गर्ने, वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा नियमावली बनाई तत्काल सहजीकरण गर्ने, विष्फोटक पदार्थको अभावलाई तत्काल सहजीकरण गर्नुपर्ने र विद्युत् ऐन तत्काल पारित गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

पोखरा:   यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता गण्डकी प्रदेशको टोलीले पूर्व घोषित रकम सहित सम्मान गरिएको छ ।   प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार पोखरा रंगशालमा आयोजित एक कार्यक्रमका विच उनीहरुलाई सम्मानित गरिएको हो । गण्डकी प्रदेश सरकारका मन्त्री सुशिला सिंखडा, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, परिषद उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मा लगायतले उनीहरुलाई सम्मान गरेको हो ।   गण्डकी प्रदेश सरकारले करिव १६ महिना अघि घोषणा गरेको रकम खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी १७ जनाले जनही नगद ५० हजारका दरले प्राप्त गरेका हुन् । उनीहरुले प्राप्त गरेको रकम खेलाडीहरुको व्यक्तिगत बैंक खाता मार्फत पठाइएको मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीले बताएका छन् । उनले भने–“हामीले पहिले नै खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने भनेका थियौं तर सरकार परिवर्तन लगायतका कारण ढिलो हुन पुग्यो । हामी खेलाडीहरुको मनोबल उच्च होस भन्नका लागि कामना गर्दछौं । यो सम्मानले खेलाडीहरुलाई पक्कै हौसला प्राप्त हुनेमा विश्वस्त छु ।”   खेलाडीहरुलाई सम्मान गर्दै मन्त्री सिंखडाले क्रिकेट खेलाडीहरुलाई सम्मान गर्ने विषयमा आफूले संसदमा समेत प्रतिवद्धता जनाएको बताउँदै आफूले प्रतिवद्धता जनाएको विषय पुरा गर्न पाउँदा खुसी लागेको बताइन् । उनले खेलकुद विकासका लागि गण्डकी प्रदेश सरकार प्रतिवद्ध रहेको बताउँदै पोखरा रंगशालामा योगका कार्यक्रमहरु समेत सञ्चालन गर्ने जानकारी दिइन् ।   परिषदका उपाध्यक्ष धोज कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य सचिव श्रीधर शर्माले प्रदेशको खेलकुद विकास संगै खेलाडीहरुको हितका लागि परिषद संधै साथ रहेको बताए । उनले आगामी दिनमा परिषदले विभिन्न जिल्लाहरुमा प्रतियोगिताहरु सञ्चालन गर्नेलगायत खेलकुदका विभिन्न कार्यक्रमहरुलाई जोड्दै दशौ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशलाई उत्कृष्ट बनाउने गरी योजना अघि सार्ने बताए ।   मुख्यमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता नेपाल क्रिकेट संघको आयोजनाका कैलालीको धनगढीमा १७ महिना अघि सम्पन्न भएको थियो । नगद ५० हजार सहित सम्मानित हुने खेलाडीहरुमा अन्जली विश्वकर्मा,, सिमाना के।सी, ज्योत्स्नीका मरासिनी, सोनिया थापा, आकृति तिवारी, कुसुम गोदार, अरबिना अधिकारी, निरु जि।टि।, सेरिना थापा मगर, मनिषा उपाध्याय, सिर्जना पौडेल, जेनिशा खत्री, आङ पेमु ल्याम्बु शेर्पा र प्रीती पराजुली टोलीका प्रशिक्षक रिजन प्रजु, सहायक प्रशिक्षक गोविन प्रधान र टिम व्यबस्थाप एलिशा लामिछाने रहेका छन् ।   यसै विच प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रदेश क्रिकेट संघको समन्वयमा शुक्रबारबाट पोखरामा दुई दिने ओ लेभल क्रिकेट अम्पाएर प्रशिक्षण सुरु भएको छ । सो प्रशिक्षणको समेत मन्त्री सिंखडाले शुभारम्भ गरेकी छन् । 

काठमाडौं:    बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वसहसचिव सुधीर साह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात भने फरार छन् । ललिता निवास प्रकरणमा चारजना पूर्वसचिवविरुद्ध प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको हो । ललिता निवासको एक सय १४ रोपनी जग्गा व्यक्तिको नाममा कीर्ते गरेर किनबेच गर्नेमाथि प्रहरीले फेरि अनुसन्धान सुरु गरेको हो । 

काठमाण्डौ:  काठमाण्डौको ठमेलमा रहेको लर्ड अफ द ड्रिङ्क्स (एलओडी) क्लबका अर्का सञ्चालक रुदिलबल्लव श्रेष्ठलाई प्रहरीले आज पक्राउ गरेको छ ।    एलओडीमा गएकी १६ वर्षकी बालिका बलात्कृत भएको घटना सार्वजनिक भएपछि सञ्चालक श्रेष्ठलाई आज बिहान कुपण्डोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिनुभयो । त्यही मुद्दामा अर्का सञ्चालक राजुसिंह सुवाललाई बिहीवार हिजो बेलुका बालुवाटारबाट पक्राउ गरिएको थियो ।    उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी शाहले जानकारी दिनुभयो ।   जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट क्लबका दुई जना सञ्चालक रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ अनुमति लिएको थियो । प्रहरीले यसअघि बलात्कारको आरोप लागेका सुदन कोइरालालाई पक्राउ गरिसकेको छ ।

पोखरा:    पोखरा महानगरपालिका ५ मालेमाटन बस्दै आएकी २३ वर्षीय राजकुमारी लम्साल २६ दिनदेखि बेपत्ता भएकी छिन ।  गएको जेठ २८ गते छोराछोरीलाई विद्यालय पु¥याउन गएकी लम्साल त्यसदिन देखि बेपत्ता भएको भन्दै कास्की प्रहरीमा उजुरी परेको छ ।  ईलामको माइपोखरी नगरापालिका १ घर भएकी लम्साल विगत केही वर्षयता पोखरामा परिवारसहित बस्दै आएकी थिईन । जेठ २८ गतेदेखि परिवार र आफन्तको सम्पर्कमा नआएपछि परिवारले खोजी गर्नका लागि कास्की प्रहरीमा निवेदन दिएको हो । 

पोखरा:  सातौं प्रधानमन्त्री कप–एन।भि।ए।महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा सहभागि हुन जाने टोलीलाई शुक्रबार एक कार्यक्रमका विच बिदाई गरिएको छ ।   यहि असार २३ गते देखि ३० गते सम्म काठमाण्डौमा आयोजना हुने उक्त प्रतियोगितामा गण्डकीको महिला तथा पुरुष टिमले सहभागिता जनाउने भएको हो । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजित एक कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडा, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मा लगायतले बिदाई गरेका थिए ।   खेलाडीहरुलाई मन्त्री सिंखडाले अक्षता र दुवोसहित फूल दिएर जितको शुभकामना दिंदै बिदाई गरेकी थिइन् । खेलकूदमा दहि र अविरमा मुछिएको अक्षता तथा दुवो दिएर पहिलो पटक बिदाई गरिएको हो ।   बिदाई कार्यक्रममा बोल्दै मन्त्री सिंखडाले भलिबल खेलाडीहरुलाई विजयी हुन शुभकामना दिंदै खेल जिवनको प्रगतीको कामना समेत गरिन् । उनले खेलकुदको समग्र विकासका लागि मन्त्रालयले ध्यान पु¥याउने जनाउँदै समृद्धि प्राप्तीका लागि खेलकुदको विकास अपरिहार्य रहने कुरामा जोड दिइन् ।   महिला टिम अरुणा शाही (कप्तान), पवित्रा सिर्पाली, मनिषा तिलिजा, रेबिना घर्ती मगर, हिरा बुढा, सस्मिता पुन, सजिना बुढाथोकी, सोइङ थापा, लक्ष्मी राना, एलिशा रोका मगर, रोमा महतो र पुजा सेन ठकुरी रहेका छन् । महिला टिमको कुख्य प्रशिक्षकमा मलिन रोका, सहायक प्रशिक्षकमा किरण गुरै र व्यवस्थापकमा कमला श्रीस मगर रहेका छन् ।   पुरुष टिम  खोम प्रसाद ‘हरि’ पाण्डे (कप्तान), राजन दलार्मी मगर, सजन चोखाल, विवस आले मगर, दिपक मल्ल ठकूरी, हिमाल सुनारी, इन्द्र बहादुर विक, रवि केसी, घनश्याम चौधरी, कन्चन नविन मन्जुनाथ, कुमार थरुन ग्वाडा, जोशे इविन रहेका छन् ।   यसै गरी टिमको मुख्य प्रशिक्षकमा रमेश केसी, सहायक प्रशिक्षकमा जीवन भण्डारी र टिम व्यवस्थापकमा कुन्जन शाही रहेका छन् ।  

पोखरा: नेपाल फर्मास्युटिकल एसोसिएसन (एनपिए) गण्डकी प्रदेशको अध्यक्षमा वरिष्ठ फर्मासिस्ट उपप्राध्यापक प्रकाश पौडेल निर्वाचित भएका छन् ।   औषधि विज्ञानको पुरानो संस्थाको रुपमा रहेको एसोसिएसनको पोखरामा सम्पन्न प्रथम अधिवेशनले पौडेललाई अध्यक्षमा निर्वाचित गरेको हो । पोखरा महानगरपालिका २५ हेमजा स्थित सुब्बाथर घर भएका उपप्राध्यापक पौडेल गण्डकी विश्वविद्यालय अन्र्तगत औषधि विज्ञान संकायका संयोजक समेत हुन् ।   एसोसिएसनको विधान अनुरुप देशका सातै प्रदेशमा कार्यसमिति चयन गर्ने कार्यक्रम अनुसार गण्डकीमा चयन भएको कार्यसमितिको उपाध्यक्षमा नवराज बाँस्तोला, सचिवमा विजय त्रिपाठी, कोषाध्यक्षमा कुशल सुवेदी र सदस्यहरुमा शोभित पौडेल, युवराज पौडेल सगै महिला सदस्यमा अमृता अधिकारी निर्वाचित भएकी छिन् । नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा मतदान भएको थियो भने बाँकी अन्य पदहरुमा निविरोध भएको थियो ।   कार्यसमिति चयनका लागि अधिवक्ता नारायण प्रसाद तिवारीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचित कार्यसमितिका पदाधिकारी एंव सदस्यहरुलाई निर्वाचन संयोजक तिवारी सगै नेपाल फर्मास्यूटिकल एसोसिएसनका केन्द्रिय अध्यक्ष ललितमोहन पन्त, महासचिव संजिव कट्टेल, प्रचार सचिव अनिश श्रेष्ठ र नेपाल फार्मेसी फार्मेसी परिषद (एनपिसि) का रजिस्ट्रार संजिव पाण्डे लगायतले  प्रमाणपत्र प्रदान गरेका थिए ।   नेपाल फार्मेसी परिषद्को स्थापना, फर्मास्यूटिकल जर्नलको प्रकाशन, औषधि व्यवस्थापन सम्बन्धी तालिम, हस्पिटल फार्मेसी र कम्युनिटि फार्मली सम्बन्धी कार्यशालाको आयोजना, औषधि विज्ञान विषयका विद्यार्थीलाई व्यवाहारिक तालिम जस्ता औषधि विज्ञानको विषयमा प्राविधिक सेवा पुरयाउनुका साथै फर्मासिष्टको पेशागत हक हितको क्षेत्रमा काम गर्दै आएको औषधी विज्ञानको विभिन्न क्षेत्रमा कार्यरत जनशक्तिको वैधानिक छाता सङ्गठनको स्थापना वि.सं. २०२८ मा भएको थियो ।

गण्डकी प्रदेशका सबै नागरिकको घरमा विद्युत पु¥याउने विषयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबिच छलफल भएको छ । शुक्रवार भएको भेटघाटमा मुख्यमन्त्री पाण्डेले सरकारले लिएको ‘उज्यालो गण्डकी प्रदेश’ घोषणाको कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्राधिकरणको सहयोग आवश्यक भएको बताए ।   गण्डकी प्रदेशका ९९।५ प्रतिशत घरमा विद्युत पुगिसकेकाले बाँकी घरमा विद्युतिकरणकालागि सरकार र प्राधिकरणले मिलेर अघि बढ्नुपर्ने मुख्यमन्त्री पाण्डेले बताए । ग्रिड लाईन, लघु जलविद्युत र शौर्य उर्जा बाटपनि विद्युतिकरण भएको बताउँदै उनले सकेसम्म सबै ठाउँमा ग्रिडलाईन बिस्तार गर्ने गरि अघि बढ्नुपर्ने बताए ।   छलफलमा कार्यकारी निर्देशक घिसिङले तत्काल उज्यालो पु¥याउन दुर्गम ठाउँहरुमा लघु जलविद्युत, शौर्य उर्जा पनि प्रभावकारी हुने बताए । साथै उनले प्राधिकरणले ग्रिड लाईनबाट विद्युत पु¥याउनेगरि काम अघि बढाईरहेको जानकारी गराए ।   उज्यालो गण्डकी प्रदेश कार्यक्रमलाई सहयोग पुग्ने गरी सव स्टेशनहरु निर्माण, ग्रिड लाईन बिस्तारको काम अघि बढीरहेको घिसिङले मुख्यमन्त्रीलाई जानकारी गराए ।   पछिल्लो केही समय यता विद्युत छिनछिनमा अनियमित हुँदा उपभोक्ताले गुनासो गर्ने गरेको, उद्योग, ब्यापार ब्यवशायमा समस्या भएकाले समाधान तर्फ ध्यान दिन मुख्यमन्त्री पाण्डले अनुरोध गरे । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका बारेमा पनि मुख्यमन्त्री पाण्डेले चासो लिएका थिए ।   कार्यकारी निर्देशक घिसिङले बूढीगण्डकी आयोजना नेपालकालागि आवश्यक र गौरवको परियोजना भएकाले छिटो निर्माण गर्ने दिशामा अघि बढ्नुपर्ने र त्यस्तो हुन नसकेको बताए ।    पृथ्वी राजमार्ग, मध्यपहाडी सडक खण्ड लगायत सडक बिस्तार भएका ठाउँमा पोल स्थानान्तरण नहुँदा दुर्घटना हुन सक्ने खतरा रहेको बताउँदै मुख्यमन्त्री पाण्डले त्यसतर्फपनि विद्यूत प्राधिकरणले ध्यान दिनुपर्ने बताए । प्राधिकरणको प्रादेशिक कार्यालय मार्फत ति ठाउँका जोखिम पोलहरु तत्काल स्थानान्तरण गरिने कार्यकारी निर्देशक घिसिङले बताए ।  भेटघाटमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा। कृष्णचन्द्र देवकोटा, नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय पोखराका प्रमुख जगदिशचन्द्र जोशी लगायतको उपस्थिती थियो ।