म्याग्दी: गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको कुल रु २० अर्ब पुँजीगत बजेटको आधाभन्दा बढी बजेटको हिस्सा ओगटेको यो मन्त्रालयले चालु आर्थिक वर्षमा सडक, मोटेरेबल पुल, भवन र झोलुङ्गे पुलसम्बन्धी एक हजार चार सय योजना कार्यान्वयन गर्दैछ । मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठक र पहिलो चौमासिकको समीक्षा कार्यक्रम चालुु आवमा ८० प्रतिशत पुँजीगत बजेट खर्च हुनेगरी योजना कार्यान्वयन गर्ने कार्यायोजना बनाउँदै शनिबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा सम्पन्न भएको प्रवक्ता टीकाराम पौडेलले जानकारी दिनुभयो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, आर्थिक मामिलामन्त्री जितप्रकाश आले, प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारी, प्रदेशको योजना तथा नीति आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटा, भौतिक मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डित, अर्थसचिव बलराम रिजाल र मुुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यमुना प्रधानसहित मन्त्रालय मातहतका निर्देशनालय, महाशाखा, ११ वटै जिल्लाका पूर्वाधार विकास र यातायात व्यवस्था कार्यालयका प्रमुखको सहभागितामा कार्यक्रम भएको थियो । मन्त्रालयका सचिव पण्डितले मङ्सिर मसान्तसम्म १०, पुुसमा १५, माघमा २२, फागुनमा ३३, चैतमा ४५, वैशाखमा ५५, जेठमा ७० र असारमा ८० प्रतिशतभन्दा बढी बजेट खर्च गर्नेगरी योजना कार्यान्वयनको कार्ययोजना बनाइएको जानकारी दिनुभयो । “चालु आव २०८०÷८१ का लागि रु १२ अर्ब आठ करोड ९९ लाख २४ हजार बजेट विनियोजन भएकामा मङ्सिर १५ गतेसम्म आठ दशमलव ११ प्रतिशत अथवा रु ९८ करोड नौ लाख तीन हजार खर्च भएको छ”, उहाँले भन्नुभयो, “मन्त्रालयका एक हजार चार सय ६४ योजनामध्ये एक सय १६ वटाको ठेक्का सम्झौता, दुई सय ८१ वटाको बोलपत्र आह्वान, चार सय आठवटाको लागत अनुमान तयार र बहुवर्षीय ठेक्का लगाउने ४१ वटा योजनाको स्रोत सुनिश्चितता भएको छ ।” सचिव पण्डितका अनुुसार थप ६० वटा योजनाको बहुवर्षीय ठेक्का लगाउन स्रोत सुनिश्चितताको तयारी भएको छ । गत आव २०७९÷८० मा कुुल विनियोजन भएकोमध्ये ५८ प्रतिशतमात्र बजेट खर्च गरेको मन्त्रालयले एक सय ७४ किलोमिटर सडक कालोपत्र, १५ वटा सडक पुल र १२ वटा झोलुङ्गे पुल निर्माण गरेको थियो । यस वर्ष थप तीन सय किलोमिटर सडक कालोपत्र, २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री जुग्जालीले निर्वाचन, दुुईपटक भएको सरकार परिवर्तन तथा अन्तरमन्त्रालय समन्वय अभावमा गत आवको बजेट कार्यान्वयन सन्तोषजनक नरहेको बताउनुभयो । उहाँले यसपालि लक्ष्यानुसार बजेट र योजना कार्यान्वयन गर्न सम्भव रहेको दाबी गर्नुभयो । “यसवर्ष योजनाको सङ्ख्या एक हजार आठ सयबाट घटाएर १४ सयको हाराहारीमा झारेका छौँ । भौतिक, अर्थ र मुख्यमन्त्री कार्यालयबीच प्रभावकारी समन्वय भएको छ”, उहाँले भन्नुभयो, “जनशक्ति व्यवस्थापन र समन्वयको जिम्मेवारी मन्त्रालयले लिन्छ । गलत नियतले बजेट र योजना कार्यान्वयन प्रभावित बनाउने गतिविधि सह्य हुँदैन ।” बजेट खर्च बढाउने दबाबमा कामको गुुणस्तरमा भने सम्झौता नगर्न निर्देशन दिनुभयो । कार्यक्रमको उद्घाटन गर्नुुहुँदै मुुख्यमन्त्री पाण्डेले टुुक्रे योजनामा समय र श्रम खर्च नगर्ने आग्रह परिणाम आउने काममा केन्द्रित हुन मन्त्रालय र मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको थियो । आर्थिक मामिलामन्त्री आलेले प्रदेशले प्राथमिकता दिएका योजनालाई बजेट अभाव हुुन र प्रक्रियागत झन्झट हटाउन सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा मन्त्रालय मातहतका यातायात व्यवस्था कार्यालयका प्रमुखले चालु आवको मङ्सिर १५ गतेसम्म रु ५६ करोड ८४ लाख ८६ हजार ८६ हजार तीन सय ४९ राजस्व सङ्कलन भएको जानकारी गराइएको थियो । पूर्वाधार विकास निर्देशनालयका निर्देशक डा महेन्द्र बानियाँले प्रदेश सरकार स्थापना भएको छ वर्षको अवधिमा कुल एक हजार तीन सय दुई सडक स्तरोन्नति र ८१ वटा सडक पुुल निर्माण भएको जानकारी दिनुुभयो । रु ५६ अर्ब ५९ करोड नौ लाख खर्च गरेर पाँच सय ९९ किलोमिटर सडक ग्राभेल, छ सय ६८ किलोमिटर सडक कालोपत्र गरेको निर्देशक बानियाँले बताउनुभयो । कार्यक्रममा सहभागी मन्त्रालयमातहतका कार्यालय प्रमुुखले जनशक्तिको अभाव, समयमा बजेटको रकमान्तर नहुने, सार्वजनिक खरिद ऐन र वन ऐन विकास आयोजनामैत्री नहुुनुु योजना कार्यान्वयनका चुुनौती रहेका बताएका थिए ।
पोखरा: लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुुरुङले घान्द्रुकका तीन विद्यालयमा शैक्षिक सामग्री र पोशाक वितरण गरेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकका सरस्वती आधारभुत विद्यालय उरी, घुर्जुङ आधारभुत विद्यालय र तालबाराही आधारभुत विद्यालयका ३७ जना विद्यार्थीहरुलाई फाउण्डेशनका संस्थापक गुरुङले शैक्षिक सामग्री र पोशाक वितरण गरेका हुन् । शैक्षिक पोशाक वितरण पछि बोल्दै फाउण्डेशनका संस्थापक गुरुङले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्यले शिक्षासँग जोडिएको बताए । ‘घान्द्रुकको विभिन्न स्थानलाई समेटेर वृत्तचित्र निर्माण गरेको थिए, घान्द्रुक,पोखरा र काठमाडौं लगायतको स्थानपछि बेलायत र हङकङमा वृत्तचित्र प्रर्दशन गर्ने अवसर पाए’, गुरुङले भने, ‘फाउण्डेशन मार्फत विभिन्न क्षेत्रमा जोडिएको छु, सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्यले शिक्षासँग जोडिएको छु ।’ शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउन फाउण्डेशनमार्फत सक्रियता बढाएको फाउण्डेशनका संस्थापक गुरुङले बताए । ‘शिक्षा नै जीवनको महत्वपूर्ण खुड्किलो हो, शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउन फाउण्डेशनमार्फत सक्रियता बढाएको छु’, उनले भने, ‘अबको परिवर्तन शिक्षाले मात्र दिन सक्ने भएकाले सबैलाई शिक्षामा जोड्न आवश्यक छ ।’ हामीले शैक्षिक क्षेत्र बाहेक स्वास्थ्य र खेलकुद क्षेत्रमा पनि सहयोग गर्दै उनले बताए ।‘हामीले यस अगाडि पनि विभिन्न समयमा सहयोग गरिसकेका छौं, शैक्षिक क्षेत्रसँगै यस अगाडि स्वास्थ्य र खेलकुदमा पनि सहयोग गर्दै आएका छौं ।’ उनले भने । लामा अमृत फाउण्डेशनका संस्थापक अमृत गुरुङले तीन विद्यालयका ३७ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री र पोशाक एक कार्यक्रमका बीच वितरण गरेका हुन् । फाउण्डेशनले यस अगाडि लमजुङको एक विद्यालय र घान्द्रुकको तिख्यानस्थित कुर्लङ्ग बराह आधारभुत विद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको थियो ।
काठमाडौं: युद्धविरामपछिको इजरायली आक्रमणमा गाजामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । गाजाको सरकारी मिडिया कार्यालयले इजरायली विमानले गाजा पट्टीका धेरै सहरहरूमा र धेरै बसोबास क्षेत्र तथा भिडभाड भएको ठाउँमा आक्रमण गरेको थियो । इजरायली मिडियाकाअनुसार नोभेम्बर २४ मा इजरायल र हमासले मानवीय युद्धविराम गरेपछि पहिलो पटक शुक्रबार बिहान गाजामा आक्रमण गरेको थियो ।
बुटवल: रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएकाे थियाे । त्यसपछि मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएको हो । बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी २० वर्षीया अप्सरा खातुन गम्भीर घाइते भएकी छन् । घाइतेको भैरहवामा उपचार भइरहेको छ ।
पोखरा: पोखराको पर्यटकीय स्थल बेगनासतालमा केही महिना अगाडि सञ्चालनमा आएको मोटरबोट पोखरा महानगरपालिकाले बन्द गर्ने निर्देशन दिएको छ । पोखरा महानगरपालिकाको प्रशासन महाशाखा प्रमुख कृष्ण प्रसाद तिवारीले शुक्रबार पत्र लेख्दै बेगनासतालमा सञ्चालनमा आएको मोटरबोट बन्द गर्न निर्देशन दिएका हुन् । पत्रमा भनिएको छ, ‘पोखरा महानगरपालिका–३१ स्थित बेगानातालमा समितिबाट मोटरबोट सञ्चालन गर्दा अन्य ढुङ्गा व्यवसायमा असर पु¥याएको, माछा लगायतका चलचरको प्रजनन तथा विकासमा प्रत्यक्ष असर गरेको, ढुङ्गा व्यवसाय गरी जीविकोपार्जन गरिरहेका जलारी जातिको पेशामा प्रभाव पारेको, ध्वनी प्रदुषण भएको तथा विना अनुमति मोटरवोट सञ्चालन गरेको भनी वेगनासताल मत्स्य व्यवसायी समिति र अन्य सरोकारवाल वासिन्दाहरुबाट पटकपटक गुनासो आएकोले वेगनासतालमा मोटरवोट सञ्चालनमा कार्य शिघ्र बन्द गर्नु गराउनुहुन जानकारी गराइन्छ । अन्यथा प्रचलित कानुन बमोजिम हुने व्यहोरा यसै पत्रबाट जानकारी गराइन्छ ।’ बेगनासतालमा मोटरबोट बन्द भएको÷नभएको अनुगमन गरी जानकारी दिन पोखरा महानगरपालिका–३१ वडा कार्यालयलाई समेत निर्देशन दिएको छ । बेगनासतालमा करिव ६ महिना अगाडि बेगनासताल डुंगा व्यवसायी समितिले ५० लाखमा मोटरवोट खरीद गरेर सञ्चालनमा ल्याएका थिए ।
काभ्रेपलाञ्चोक: काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-११ पात्लेखेतस्थित बिपी राजमार्गमा डिआईको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । शनिबार बिहान बिपी राजमार्ग हुँदै भकुन्डेबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश १-०१-००१ च ८५९२ नम्बरको योद्धा नामको डिआईको ठक्करबाट स्थानीय ५० वर्षीय यमुनाप्रसाद धितालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । सडक छेउमा पैदल हिँडिरहनु भएका धिताललाई शनिबार बिहान अन्दाजी ६:१० मा उक्त डिआईएले ठक्कर दिएको थियो । डिआईको ठक्करबाट घाइते धितालको उपचारको क्रममा बिहान ६:५५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने डिआई गाडीका चालक र डिआई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पोखरा: कन्दरा साँगीतिक अभियान–२०८० को पहिलो लाइभ कन्सर्ट पुस २७ गते शुक्रबार पोखरा प्रदर्शनी केन्द्रमा हुने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा हुने कन्दरा साँगीतिक अभियान कार्यक्रमस्थल उपलब्ध नभएका कारण सार्नु परेको परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । ‘पहिला घरदेश अनि परदेश’ गीतसङ्गीत मार्फत् सन्देश प्रवाह गर्ने मूल उद्घोषका साथ आन्तरिक पर्यटन प्रवद्र्धन र पर्यटकलाई प्रोत्साहन गर्न अभियान थालिएको श्रेष्ठको भनाइ छ । कन्दरा व्याण्डको व्यवस्थापक आदि गु्रपका प्रबन्ध निर्देशक आशिष पराजुलीले कन्दरा साँगीतिक अभियानको सम्पूर्ण व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेकाले कन्दरा लाइभ कन्सर्ट भव्य र विशिष्ट हुने विश्वास दिलाएका छन् । गायक विवेक श्रेष्ठले भने पर्यटनको राजधानी पोखरामा नै बसेर कलाकारसँग रियाज गरिरहेको छु, ३० वर्ष पहिले पोखराबाटै स्थापना भएको कन्दरा पुनर्संरचनापछि पर्यटन प्रवद्र्धनका लागि सन्देशमुलक अभियानमा जोडिन पाउँदा उत्साहित भएको जनाए । गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल पर्यटन बोर्डले मुलुकका सातै प्रदेशमा गरिने साँगीतिक अभियानको प्रवर्धन गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।
काठमाडौं: उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार आदेश सुनाएको छ । उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा आज आदेश सुनाएको हो । पूर्व गृहमन्त्री बालकृष्ण खाणका विषयमा न्यायाधीशको राय बाझिएको छ । जनक पाण्डेले ३० लाख धरौटीमा रिहाको आदेश गर्न र अर्का न्यायाधीश प्रकाश खरेल थुनामै राख्न आदेश भएकाले अब तेस्रो न्यायाधीशसमक्ष पेस हुने भएको छ । उच्चले पूर्व गृहससचिव टेकनारायण पाण्डे, डा। इन्द्रजित राई, टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, गोविन्द कुमार चौधरी, सन्देश शर्मा, आङटावा शेर्पाको हकमा जिल्लाकै आदेश सदर गर्दै थुनामै राख्न आदेश गरेको हो । असार १ गते सबैलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश गरेको थियो । नक्कली भूटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री तथा नेकपा ९एमाले० का नेता टोपबहादुर रायमाझीसहित ९ जनालाई थुनामुक्त नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । उच्च अदालत पाटनले पूर्व उपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझीलाई मुद्दा पुर्पक्षको निम्ति थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशलाई सदर गरेको हो । त्यस्तै, गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पनि थुनामुक्त नगर्न आदेश दिएको छ । त्यसैगरी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, सन्देश शर्मा र आङ्टावा शेर्पालाई मुद्दा पुर्पक्षको निमित्त थुनामा राख्नेगरी भएको काठमाडौं जिल्ला अदालतको मिति २०८०÷०३÷०१ को आदेश मिलेकै देखिएकाले परिवर्तन गर्नु नपर्ने आदेश दिएको छ । आदेशको बारेमा जानकारी दिँदै उच्च अदालत पाटनका उपरजिष्ट्रार तीर्थराज भट्टराईले भन्नुभयो, ‘‘निवेदक प्रतिवादीहरु टेकनारायण पाण्डे, डा। इन्द्रजित राई, टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, सन्देश शर्मा, आङ्टावा शेर्पाको हकमा विचार गर्दा यी प्रतिवादीहरु उपरको जाहेरी दरखास्त, प्रतिवादीहरुको एकआपसको पोल बयान, पीडितहरुको घटना विवरण कागजसमेतका तत्काल प्राप्त प्रमाणका आधारमा यी निवेदकहरु टेकनारायण पाण्डे, डा। इन्द्रजित राई, टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, सन्देश शर्मा, आङ्टावा शेर्पालाई मुद्दा पुर्पक्षका निमित्त थुनामा राख्नेगरी भएको काठमाडौं जिल्ला अदालतको मिति २०८०/०३/०१ को आदेश मिलेकै देखिँदा परिवर्तन गरिरहनु परेन ।’’ त्यस्तै, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको सम्बन्धमा भने न्यायाधीशहरुको राय बाझिएको छ । न्यायाधीश जनक पाण्डेले ३० लाख नगद धरौटीमा रिहा गर्ने र न्यायाधीश प्रकाश खरेलले पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश परिवर्तन गर्नु नपर्ने राय राखेपछि दुई न्यायाधीशबीच राय बाझिएको हो । सो मुद्दा अब तेस्रो न्यायाशीश कहाँ पेश गर्नेगरी फैसला गरिएको छ । फैसलाबारे जानकारी दिँदै उच्च अदालत पाटनका उपरजिष्ट्रार भट्टराईले भन्नुभयो, ‘‘हाललाई निवेदक बालकृष्ण खाँणलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ र ७२ बमोजिम रु ३० लाख नगद धरौट वा बैंक जमानत तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नु भन्ने एकजना न्यायाधीशको राय र अर्को न्यायाधीशको राय के रह्यो भने यसमा उपरोक्त अनुसारका प्रतिवादीमध्ये प्रतिवादी बालकृष्ण खाँण बाहेकका अन्य प्रतिवादीहरुका हकमा माननीय न्यायाधीश श्री जनक पाण्डेबाट भएको आदेश, रायसँग सहमत भएको छु । प्रतिवादी बालकृष्ण खाँणका हकमा प्रतिवादी टेकनारायण पाण्डे र केशव दुलालबिचको मोबाइल म्यासेज, प्रतिवादी नरेन्द्र केसीबाट बरामद भएको प्रतिवादी टेकनारायण पाण्डेले प्रतिवादी नरेन्द्र केसीलाई लेखिदिएको कागज प्रतिवादी आङ्टावा शेर्पाको घटना विवरण कागज तथा सहप्रतिवादी टेकनारायण पाण्डेको अधिकारप्राप्त अधिकारीसमक्ष मिति २०८०/०१/२७ को बयान समेतका तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी बालकृष्ण खाँण अभियोग दाबीको कसुरमा अहिले नै निर्दोष रहेछन् भनी विश्वास गर्न मिल्ने मनासिव आधार नदेखिएको हुँदा माननीय न्यायाधीश जनक पाण्डेबाट निज प्रतिवादीलाई मुलुकी फौजदारी संहिता ०७४ को दफा ६८ र ७२ बमोजिम रु। ३० लाख धरौटी लिइ मुद्दाको पुर्पक्ष गर्नेगरी भएको आदेशसँग सहमत हुन सकिएन । प्रतिवादी बालकृष्ण खाणलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नेगरी काठमाडौं जिल्ला अदालतबाट २०८०/०३/०१ मा भएको आदेश मनासिब देखिदाँ परिवर्तन गरिरहनु परेन । कानून बमोजिम गर्नु । प्रतिवादी बालकृष्ण खाणको हकमा आदेश, राय मतक्य हुन नसकेकोले प्रस्तुत फरक रायसहितको निवेदन निवेदक बालकृष्ण खाँण विपक्षी नेपाल सरकार भएको २०८० आर ई ०२८८ को प्रतिवेदन उच्च अदालत नियमावली २०७३ को नियम १२ बमोजिम तेस्रो न्यायाधीस समक्ष पेश गर्नु ।’’ शमशेर मियाँ, आशिष बुढाथोकी, सन्दीप रायमाझी, टेक नारायण रिजाल, टङ्क कुमार गुरुङ, केशव तुलाधर र रामशरण केसीलाई धरौटी तारेकमा राख्न आदेश भएको छ । गोरखापत्र

