कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

पोखरा:     पोखराको अमरसिंह माविमा कक्षा ११ मा पढ्ने ऋद्धि पोखरेललाई पुस्तक पढ्न खुब रुची लाग्छ ।  पाठ्यक्रमको पुस्तक पढेर निस्किएको फुर्सदमा उनले बाहिरी विषयका पुस्तक पढ्नलाई समय छुट्याउँछिन् ।  बाहिरी पुस्तकमा उनको ध्यान घरमा अभिभावकको पढिरहने बानीले तानेको हो । ‘घरमा ड्याडी ममीले पुस्तक पढ्न एकदमै रुची दिनुहुन्छ । र उहाँहरुले पुस्तक घरमा ल्याउनुहुन्छ । त्यो देखेर यो पुस्तकमा के रहेछ ? कस्तो रहेछ ? पढ्ने ज्ञिजासा जागृती हुन्छ’, उनले भनिन् ।  विद्यालयमा भएको पुस्तकालयले मात्रै बालबालिकामा पठन संस्कृतिको विकास नहुने तर्क उनको छ । ‘विद्यालयमा केबल लाइब्रेरी मात्रै भएर विद्यार्थीहरु पुस्तक पढ्न अभिप्रेरित हुदैनन् । पुस्तक पढ्नुको फाइदाबारे बुझाउन सक्नुपर्छ’, उनले भनिन् । पुस्तकबारे छलफल र अन्तरक्रिया गर्नलाई विद्यालयले वातावरण मिलाइदिनुपर्ने उनको भनाइ छ । ग्लोबल कलेजियट स्कुलको कक्षा–८ मा पढ्ने आर्या हमाललाई पनि पुस्तक पढ्ने बानी अभिभावककै कारणले बसेको हो । उनका बुवाले त झन् छोरीका लागि भनेर हप्तैपिच्छे एउटा नयाँ पुस्तक ल्याइदिन्छन् रे ।  आर्या भन्छिन्, ‘यति धेरै पुस्तक छन् की तिन वटा कोठामा एउटा त पुस्तकले नै भरिएको छ । केही विज्ञानसँग सम्बन्धित छन् त केही सहित्यसँग ।’  पुस्तक पढ्ने माध्यम केबल पुस्तकालय मात्रै नभएको उनको भनाइ थियो । साहित्यिक कार्यक्रमले पनि पठन संस्कृति बसाल्ने उनले बताइन् ।   ‘साहित्यिक कार्यक्रम वर्षमा एक पटक मात्रै नभइ हरेक महिना, अझ भएसम्म त हरेक हप्ता हुनुपर्छ’, उनको सुझाव छ । विद्युत्तिय सञ्चार माध्यमको प्रयोगले पनि पुस्तक पढ्न सकिने हमालको जानकारी दिइन् ।  ‘पुस्तक पढ्न कुनै पनि शुल्क लगाउनु हुदैन  । रुची अनुसारको पढ्न प्रेरित गरेमा उनीहरुले आफ्नो मनबाट पढ्ने जिज्ञासा राख्दछन् । बल्ल साँचो सिकाइ प्राप्त गर्छन्’, उनलाई लाग्छ ।  सैनिक आवासीय महाविद्यालयमा कक्षा १२ मा पढ्ने संसार क्षेत्रीले पाठ्यक्रमभन्दा बाहेक पहिलो पटक नाम सुनेको पुस्तक  हो ‘मुना मदन’ । बाल्यकालमा उनका शिक्षकले मुना मदनको चर्चा गरिरहन्थे । पुस्तक पढ्ने रहर जागेपनि पर्वतको गाउँमा पुस्तकालय नै थिएन  ।  जब गाउँमा कक्षा ५ सम्मको पढाई सकेर पोखरा झरे बल्ल पढ्ने मेसो मिल्यो । विद्यालयको पुस्तकालयले उनको ‘मुना मदन’ पढ्ने रहर पूरा गरिदियो । विद्यालयमा व्यवस्थित पुस्तकालय हुँदा पढ्ने बानीको विकास भएको संसारले सुनाए ।  साथीभाइसँगको भेटवार्तामा पनि नयाँ पुस्तकबारे चर्चा परिचर्चा उनी बताउँछन् । ‘पुस्तक लाइब्रेरीबाट मात्रै लैजानुभन्दा पनि पैसा खर्च गरेर आफैंले किनौं किनौं लाग्छ । अरुमा पैसा गर्नुभन्दा बरु पुस्तकमै खर्च गरौं न भन्ने धारणा बनेको छ’, उनले सुनाए । विद्यालयको पाठ्यक्रमसँगै अन्य पुस्तक पढ्न विद्यार्थीले कसरी समय मिलाउने त एसोएस हर्मन माइनर विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी सहनशीला पौडेलको जवाफ छ, ‘महिनामा एउटा पुस्तक पढ्नुपर्छ भन्ने हिसाबले समय मिलाउने । म विज्ञानको विद्यार्थी समय एकदमै कम हुन्छ । सुत्नुअघि पुस्तकको एउटा च्याप्टर त सक्छु सक्छु भनेर मन बनाउँछु र पढ्छु ।’ विदाको बेलामा पढ्ने हुँदा विद्यालयको पठनपाठनमा कुनै असर नगर्ने सहनशीलाले बताइन् ।  ‘पढेको पुस्तक र प्रभाव’ विषयको सेसनमा विद्यार्थीहरु आर्या हमाल, श्रेया लामिछाने, सुजल केसी, सहनशीला पौडेल, ऋद्धि पौखरेल, समन गुरुङ र संसार क्षेत्रीसँग साहित्यकार दीपक पराजुलीले वार्तालाप गरे ।  पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको अलिमियाँ कक्षमा भएको वार्तालापमा सहभागी विद्यार्थीले पुस्तकालयमा सबैको रुची अनुसारको पुस्तक नपाइनेमा भने दुखेसो सुनाए । पुस्तकले संसार हेर्ने दृष्टिकोण बदल्ने विचार सहभागी विद्यार्थी पाठकको थियो ।   

पोखरा:   पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलमा विद्यार्थीलाई डिजीटल साक्षरता कार्यक्रम भएको छ ।  शब्दहरुको उत्सव, स्रष्टाहरुको महोत्सव लिटरेचर फेस्टिभलमा विद्यार्थीलाई लक्षित गर्दै डिजीटल साक्षरता प्रदान गरिएको हो ।  ग्लोबल आइएमी बैंकका रिलेशनसीप म्यानेजर सागरबहादुर सिंहले विद्यार्थीलाई डिजीटल बैंकिङको बारेमा सहजीकरण गरे ।  सिंहले विद्यार्थीलाई डिजिटल बैंकिङको फाइदाबारे चर्चा गरे । डिजिटल युगमा डिजिटल बैंकिङ सेवाले सेवाग्राहीलाई सहज बनाएको उनको भनाइ थियो । उनले मोबाइल बैंकिङमार्फत विद्यालयको शुल्क तिर्ने व्यवस्था मिलाएको बताए । ‘स्कुलको फि पेमेन्ट सेवा धेरैलाई दिइरहेका छौं । बच्चालाई पैसा दिएर वा बुवाआमालाई भनेर पैसा तिर्ने गर्नुपर्दैन ।  घरमै बसेर मोबाइल बैंकिङमार्फत स्कुलको खातामा फि तिर्न सकिन्छ’, सिंहले भने  । यो सेवाले अभिभावकको समयको बचतसँगै समयमै शुल्न तिर्न सहज हुने उनको विश्वास छ ।  मोबाइल बैंकिङ निकै सुरक्षित भएको उनले बताए । ‘मोबाइल बैंकिङ भएपछि अरुको फ्रड गर्छ की अफ्ठ्याराहरु पर्छ की भन्या जस्तो सोच्नु भएन । बायोम्याट्रिक, युजरनेम, पासवर्ड, ओटिपीबाट सुरक्षा प्रदान गरिरहेका छौं’, सिंहले विश्वस्त बनाए । उनले ओटीपी कोर्ड, पासवर्ड, पीन नम्बर र सुरक्षा प्रश्नहरु अरुमाझ नबाँड्न सिंहले अनुरोध गरे । ग्लोबल आइएमी बैंकले डिजिटल बंैकिङ सेवातर्फ मोबाइल बैंकिङ, इन्टरेट बैंकिङ, क्युआर कोड पेमेन्ट, डेबिट र क्रेडिट कार्ड, ट्राभल कार्ड, इकम कार्ड, मिस्डकल बैंकिङ र भाइबर बैंकिङ सेवा दिदैं आइरहेको छ । ‘क’ वर्गको ग्लोबल आइएमीले ३५६ शाखामार्फत सेवा दिदैं आइरहेको छ । २७८ एटीएमसहित विदेशबाट समेत प्रादेशीक कार्यालयमार्फत सेवा दिएको छ ।  

पोखरा:   पोखरा लाहुरेको सहरको रुपमा परिचत छ । गोरखा शब्दसँग पोखराको निकै पूरानो साइनो गाँसेको पोखरा अहिले पनि उस्तै प्रयत्नशील छ । रिटायर्ड लाहुरे मात्रै होइन भर्ती भएर लाहुरे बन्नेहरुको लर्को पोखरामा देखिन्छ ।  लाहुरेको सहर पोखरामा यतिबेला ११ औं संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिबलको सरगर्मी छ । आइतबार फेस्टिबलमा लाहुेरनीको कथा व्यथा सुनाइयो ।  पहिलो होस् या दोस्रो विश्वयुद्धमा गोरखा लाहुरेले आँट देखाए, वीरताको इतिहास लेखाए ।  इतिहासका पानामा गोरखा लाहुरेका कथा धेरै लेखिएको छ । कतै बहादुरीको कथा त कतै इमानदारीताको । तर, लाहुरेनीको कथा नेपथ्यमै हराइरह्यो ।  गोली, बारुद र खुकुरीको धारमा होमिने लाहुरेका आत्मविश्वास बनेका लाहुरेनीहरु जहिल्यै छायामै परेको लाहुरेनीका कथा सेसनमा सहभागी वक्ताले एकै स्वरमा भने । मिना गुरुङलाई त लाहुरेनीप्रतिको हेर्ने दृष्टिकोणले आत्म दुखाएको छ । विलिन लाहुरेनीको कथा कसैले कोट्याउन नखोजेको उनले बताइन् । ‘यो कथाव्यथा, लाहुरेनीको योगदानलाई उसले निभाएको अहम भूमिकालाई कसैले पनि चासो दिएनन् । समाजका यतिधेरै प्रभुत्व व्यक्ति, इतिहासविद्हरु, राजनीतिकर्मीहरुले, साहित्यकारहरुले ध्यान दिएनन्’, गण्डकी प्रदेश सभाको पूर्व सदस्यसमेत रहेकी गुरुङले गुनासो गरिन् । पुस्तकमा पनि लाहुरेनीको कथा कतैं नलेखिएको उनको भनाइ छ । गोरखा महिलाले वेदनापूर्ण जीवन बिताएको उनले स्मरण गरिन् । आफ्नो सपना निमोठेर बाँच्नुपरेको मिना स्वयमको भोगाइ छ । लाहुरेनीका सुखदुखबारे चित्र कोर्दै आइरहेकी चित्रकार सुजना थापा श्रीष २०७ वर्षपछि बल्ल गोरखा महिलाबारे थोरै भएपनि चर्चा हुन थालेको बताउछिन् । लामो इतिहासमा लाहुरेनी हराएको उनले बताइन् । ‘कथाहरु लाहुरेकै आयो बहादुरीको, विजयको । तर, हामीले भावनात्मक, आर्थिक, अलिकति सामाजिक कुरालाई छाड्यौ’, अनुसन्धानकर्मीसमेत रहेकी सुजनाले भनिन् । गोरखा इतिहासलाई पाठ्यक्रममै समेट्न नसक्दा लाहुरेनी गुमनाम भएको उनको ठम्याइ छ । शब्द र कथाले बुनेको गोरखा इतिहासमाथि गहिरो अनुसन्धानको आवश्यकता सुजनाले औल्याइन् । ‘मुख्य समस्या बौद्धिक फोरममा आएर गोरखा महिलाबारे बुझाउन सकेका छैनौं’, उनले भनिन् । गोरखा भूतपूर्व सैनिक संघ (गेसो)  का संस्थापक महासचिव डा. चन्द्रबहादुर गुरुङ गोरखा महिलाले लडाँइमा श्रीमानको गुमाएर पनि पेन्सन नपाएको सुनाए । गाउँमा एकाथरी नाम पल्टनमा अर्कोथरी नाम हुँदा आर्थिक रुपमा चेपुवामा परेको उनले बताए ।  ‘प्रेमी फर्केर आउँछ भन्दा भन्दै जीवन बित्यो । पेन्सन पनि पाएनन् समाजले पनि नानाथरी लाञ्छना लगायो’, उनले भने । गोरखाका महिलाको पीडा सुनाइसाध्य नरहेको चन्द्रबहादुर बताउँछन् । ‘बाध्यताको देशमा हामी छौं’, उनले सुनाए ।   

पोखरा:  फागुन २४ देखि २६ गतेसम्म चिप्ली महाशिवरात्री मेला हुने भएको छ ।   श्री सिद्ध युवा क्लब मादी गाउँपालिका ६ चिप्लीको आयोजनामा हुने उक्त मेला क्लबको खेल मैदानमा हुने भएको हो ।   मेलाको अवसरमा विविध खेलकुद एवम् साँस्कृतिक कार्यक्रम समावेश गरिएको क्लबका अध्यक्ष नारायण गुरुङले जानकारी दिए  ।    ‘चिप्ली महाशिवरात्री मेला क्लबको वार्षिकत्सवको अवसरमा आयोजना गरिएको हो’, उनले भने,‘कार्यक्रममा भलिबल, छेलो, रस्सी तान्ने र घैटो फुटाई जस्ता खेलकुद कार्यक्रमसहित विविध सांस्कृतिक कार्यक्रम गरिएको छ।’   चिप्लीको विकासमा टेवा पुर्याउने लक्ष्यसहित मेलाको आयोजना गरिएको उनले बताए ।     स्थानीय उत्पादनको प्रवद्र्धन सँगै खेलकुदका माध्यम पर्यटन प्रवद्र्धनमा चिप्लीलाई माथि उठाउन मेला साहयक सिद्ध हुने उनले उल्लेख गरे ।   मेलाकै समयमा मादी गाउँपालिकाको सहयोगमा सिद्ध युवा क्लबले निर्माण गरेको स्टेजसमेत उदघाटन गरिने क्लबका पूर्वअध्यक्ष विशाल गुरुङले जानकारी गराए । मेलाको उदघाटन मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले गर्नेछन् ।   मेलाको समयमा आयोजना गरिएको भलिबल प्रतियोगिता साबिक गाउँस्तरिय हुनेछ । जसमा २० टीमको सहभागिता रहने आयोजकको अपेक्षा छ । भलिबल प्रतियोगितामा प्रथम हुनेले ७० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।   यस्तै द्धितिय हुनेले ४० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गुरुङले बताए ।   छेलो प्रतियोगितामा प्रथम हुनेले १० हजार नगद सहित फेता र प्रमाणपत्र प्राप्त गर्नेछन् । रस्सी तान्ने प्रतियोगितामा प्रथम र द्धितिय हुनेले क्रमश १० हजार र ५ हजार नगद सहित प्रमाण पत्र प्राप्त गर्नेछन् । घैटो फुटाई   प्रतियोगिता महिलाको मात्र हुनेछ जसमा प्रथम हुनेलाई नगद ५ हजार सहित प्रमाण पत्र प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।   भलिबल प्रतियोगिताको सेमिफाइनलबाट बाहिर निस्केको दुई टीमलाई ५ हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।   फागुन २५ गते बेलुका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विविध सांस्कृतिक कार्यक्रम रहने आयोजकले जनाएको छ ।

कास्की: कास्कीको शान्ति सुरक्षा थप मजबुद बनाउन र अपराध अनुसन्धानमा सफलता हासिल गर्न एसपी थापाको योगदान रहेको भन्दै एसपी मोहन थापालाई पुरस्कृत भएका छन् ।   गण्डकी प्रदेश सरकारको छैटौँ स्थापना दिवसको अवसरमा एसपी थापा उत्कृष्ट इन्चार्ज घोषित हुदै पुरस्कृत भएका हुन् ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एसपी थापालाई प्रशंसा पत्र र नगद २५ हजार प्रदान गरे ।    एसपी थापा विगत ५ महिनादेखि जिल्ला प्रहरी कार्यालय कास्कीको इन्चार्जको जिम्मेवारीमा छन् ।    यस्तै प्रदेश सरकारले प्रहरी वरिष्ठ उपरीक्षक अरुण पौडेल र प्रहरी नायव उपरीक्षक भोजराज पाण्डे, सशस्त्र प्रहरी बलतर्फ प्रहरी नायव उपरीक्षक रविन अधिकारी, प्रहरी हवलदार रवीन्द्र थापा र जवान माधव भुसाललाई पनि पुरस्कार प्रदान गरेको थियो ।

म्याग्दी:   जिल्ला प्रहरी कार्यालय म्याग्दीले अवैध लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मालिका गाउँपालिका–२ रूम बस्ने ३४ वर्षीय तिलक बिक रहेका छन् ।   उनलाई बेनी नगरपालिका ८ पिपलचोकबाट करिब ४ किलो ४६ ग्राम चरेशजस्तो देखिने वस्तुसहित प्रहरीले पक्राउ थियो ।    पक्राउ परेका बिकमाथि थप अनुसन्धान भइरहेको म्याग्दी प्रहरीले जनाएको छ ।  

धनुषा:    मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आज तेस्रोपटक विश्वासको मत लिँदै छन् । मधेस सरकारमा सहभागी जनमत पार्टीले गत माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले  विश्वासको मत लिन लागेका हुन् ।  यसका लागि आज आइतबार २ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । यसअघि गत जेठ १ गते मधेस सरकारमा रहेको नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले ३० औँ दिनमा जेठ ३० गते दोस्रोपटक विश्वासको मत लिएका थिए ।  सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । नेपालको संविधान २०७२ को धारा १८८ को २ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले जुनसुकै बेला संसद् बैठक आह्वान गरी विश्वासको मत लिनसक्ने प्रावधान रहेको छ । मधेस प्रदेश सरकारमा एक सय सात प्रदेशसभा सदस्यमध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । प्रदेशसभामा सबैभन्दा ठूलो दलको रूपमा रहेको नेकपा (एमाले)को २३, नेपाली कांग्रेसको २२ र जनता समाजवादी पार्टी नेपालको १८ सिट रहेको छ । सभामा जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको ९, नेकपा (माओवादी केन्द्र)को ९ र नेकपा (एकीकृत समाजवादी) पार्टीको ७, नेपाल सङ्घीय समाजवादी पार्टी एक, नागरिक उन्मुक्ति पार्टी एक, राष्ट्रिय प्रजातन्त्र पार्टी एक सिट र तीन स्वतन्त्र रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता अरुणकुमार झाले बताए ।  मधेस प्रदेश सरकारमा जसपा नेतृत्वको सरकारमा कांग्रेस, लोसपा,  माओवादी केन्द्र र नेकपा एसे रहेका छन् । चार दल मिलाउँदा ६५ जनाको समर्थन देखिएको छ ।

काठमाडौं:    आजको प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग  प्रत्यक्ष प्रश्नोत्तर हुने संसद् सचिवालयले कार्यसूचीमा उल्लेख गरेको छ ।  प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम हुने गरी निर्धारण गरेको संसद् सचिवालयले जानकारी गराएको छ । 

तनहुँ:  तनहुँको आँबुखैरेनी गाउँपालिका-२ नारीघाटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा १६ च ४९१८ नम्बरको बोलेरो जीप गए राति अनियन्त्रित भई सडक छेउमा पल्टिँदा जीपमा सवार चितवनको इच्छाकामना गाउँपालिका–६ का २२ वर्षीय सागर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको हो । घाइतेहरुमध्ये ६ जना चितवनका र एक जना गोरखाका छन् । दुर्घटनामा चितवनको इच्छाकामना–५ का २२ वर्षीय डम्बरबहादुर गुरुङ, सोही ठाउँका २४ वर्षीय कमल गुरुङ, ४६ वर्षीय रुद्रबहादुर चेपाङ, १८ वर्षीय जित गुरुङ घाइते भएका छन् । यसैगरी चितवनको इच्छाकामना–६ बस्ने १९ वर्षीय रुपक गुरुङ र चितवनकै भरतपुर महानगरपालिका(२९ बस्ने टेष्टबहादुर गुरुङ र गोरखाको सहिद लखन गाउँपालिका(३ बस्ने ३० वर्षीय पूर्ण गुरुङ पनि घाइते भएका छन् । घाइतेमध्ये छ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने पूर्ण गुरुङ उपचारपश्चात घर फर्किएको प्रहरीले जनाएको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।