कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

पोखरा:    पोखरामा भोलिदेखि सुन्दर ढोका साथी सेवाको आयोजनामा विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिता प्रतियोगिता हुने भएको छ ।  सुन्दर ढोका साथी सेवाका निर्देशक स्वर्गीय विकास अधिकारीको दोस्रो स्मृति दिवसको अवसरमा पोखरामा राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिता हुन लागेको हो ।  आइतबार र सोमबार पोखरा रंगशालाको बास्केटबल कोर्ट र पुन समाज रामघाटको बास्केटबल कोर्टमा सञ्चालन हुने प्रतियोगितामा १५ टिमको सहभागिता रहेको सुन्दर ढोका साथी सेवाका कार्यकारी निर्देशक विजता अधिकारी लुईटेलले जानकारी दिईन ।  ‘पर्यटकीय शहर पोखरामा भोलि र पर्सी विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिता सञ्चालन गर्दै छौं’, कार्यकारी निर्देशक लुईटेलले भनिन्, ‘दुईदिनसम्म सञ्चालन हुने राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगितामा महिला÷पुरुषतर्फ गरेर १५ टिमको सहभागिता रहने छ ।’ उनका अनुसार विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिताको महिला÷पुरुषतर्फको विजेताले ५० हजार, उपविजेताले ४० हजार र तेस्रो हुने समूहले ३० हजारसहित पुरस्कारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  प्रतियोगिताको उत्कृष्ट खेलाडी र हाई स्कोररलाई जनही ५÷५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् । दुईदिनसम्म सञ्चालन हुने प्रतियोगितामा करिव ६२ लाख रुपैयाँ खर्च अनुमान गरिएको कार्यकारी निर्देशक लुईटेलले बताईन ।  प्रतियोगितामा महिला तर्फ गण्डकी प्रदेशसहित ६ वटा प्रदेशको सहभागिता रहनेछ भने पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबसहित ७ प्रदेशको सहभागिता रहनेछ ।  को हुन् स्वर्गीय विकास अधिकारी ? स्वर्गीय विकास अधिकारी सुन्दर ढोका साथी सेवाका संस्थापक निर्देशक हुन् । अपाङ्गताको क्षेत्रमा क्रियाशिल संंस्थाका संस्थापक निर्देशक स्व. अधिकारीले अपाङ्गता भएका व्यक्ति तथा परिवारहरुको लागि नेपाली समाजका सीमान्तकृत व्यक्तिहरुका लागि पहुँचयोग्य बनाउन निरन्तर लागिरहेका व्यक्ति ुहन् ।  अपाङ्गताको क्षेत्रमा क्रियाशिल संस्था सुन्दर ढोका सेवाका संस्थापक स्व. विकास अधिकारीले समाजमा अपाङ्गता भएका व्यक्तिहरुका लागि समान हक, अधिकारसँगै अपाङ्गमैत्री सुशासन समाजका निर्माणका लागि काम गर्दै आएका थिए ।  उनको विश्वभर फैलिएको कोरोना भाइरसको सक्रमणपछि उपचारको क्रममा दुईवर्ष अगाडि मृत्यु भएको थियो । सुन्दर ढोका साथी सेवाले उनै स्व. विकास अधिकारीको दोस्रो स्मृति दिवसमा पोखरामा विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिता च्याम्पियनसिप नेपाल २०८० सञ्चालन गर्न लागेको छ । 

काठमाडौं:     माझी समुदायको महान प्रकृतिक चाड लदि पर्व तथा घाट पुजाको अवसरमा माझी राष्ट्रिय गीतको लोकार्पण गरिएको छ ।  माझी चलचित्र कर्मी संघले शनिबार काठमाडौंको चाबहिल स्थित चलचित्र बिकास बोर्डमा आयोजित शुभकामना तथा बृहत साँस्कृतिक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री सुसिला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यतामा उक्त गीत लोकार्पण गरिएको हो ।    सो राट्रिय गितलाई माझी समुदायका एक बौद्धिक व्यक्तित्व, लेखक तथा चलचित्र निर्देशक, माझी गित, सगिंत र साहित्यका पिता, माझी भाषा र इतिहासका ज्ञाता, सोम कुस्कुमाझीले लेखेका हुन भने माझी किंगले सुपरिचित दर्जनौ माझी तथा नेपाली गितमा स्वर तथा संगित भरिसकेका गायक एंव  नायक यमन माझीले संगित गरेका हुन । सो गीतमा माझी चलचित्र जगतका पहिलो नायक, गायक तथा माझी चलचित्र कर्मी संघका उपाध्यक्ष बिबस कुमार माझीका साथै बाबुराम माझी, बिसाल माझी, सोम बहादुर माझी, रोहन माझी, पुरुसोत्तम माझी, महेस माझी, अमृता माझी, रिता माझी, सरिता माझी, अनिसा माझी, यमन माझी लगायतले स्वर दिएका छन । सो गीतलाई लक्षु प्रकास मल्लले एरेन्ज गरेका हुन भने मनोज डंगोलले ध्वनी सम्पादन गरेका हुन । उत्त कार्यक्रम जनजाति चलचित्र महासंघकी महासचिब तथा माझी चलचित्र कर्मी संघकी अध्यक्ष होम कुमारी माझी (सिजिका)को अध्यक्षता सम्पन्न भएको हो । 

म्याग्दी:      म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक चार घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहजरुपमा गति दिन आजदेखि यही फागुन २४ गतेसम्म बिहान ११ देखि अपराह्न ३ बजेसम्म सवारी साधन आवतजावत बन्द गरिएको हो ।  बेनी(जोमसोम(कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले मालढुङ्गामा पहाड काटेर सडक विस्तार गर्नका लागि सवारी साधन आवतजावत बन्द गरेर डोजर परिचालन गर्न थालिएको जानकारी दिनुभयो । सवारी साधनको चापले सडक विस्तारको काम प्रभावित र दुर्घटनाको जोखिम बढेपछि बेनी–जोमसोम(कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स(खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालयमा समय व्यवस्थापनको प्रस्ताव गरेको थियो ।  बेनी–मालढुङ्गा सडक बन्द हुने समयमा बेनी–रत्नेचौर–बागलुङ हुँदै मालढुङ्गा जोड्ने वैकल्पिक सडक प्रयोग गर्न सकिनेछ । कुश्मा नगरपालिका(१ मा पर्ने मालढुङ्गादेखि जलजला गाउँपालिका–८, ७, ४ र ३ हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार, सुधार गरी दुई लेनको बनाउन काम भइरहेको छ । मालढुङ्गा–बेनी सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ ।  वि।सं।२०७७ चैतमा ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले विभिन्न खण्डमा मजदुर र उपकरण परिचालन गरेर सडक विस्तार, पर्खाल र नाली निर्माणको काम गरिरहेको छ । हाल कालोपत्रसहित करिब छ मिटरको हाराहारीमा रहेको सडकलाई नौ मिटर चाक्लो बनाएर एक मिटरको नाली र दुई लेनमा आठ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न लागिएको हो ।  वि।सं.२०४८ ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु गरेर २०५२ मा सो मार्ग खुलेको र २०६८ मा कालोपत्र भएको मालढुङ्गा(बेनी सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो । सहायक सडक र पाखोबाट खस्ने पहिरो तथा खोलामा आउने बाढीले सवारी साधन आवतजावत प्रभावित हुने गरेका छन् । बर्खामा पहिराले दैनिकजसो अवरुद्ध हुने सडकमा यात्रा गर्दा धेरै समय लाग्ने, गाडी परिवर्तन गर्दा झन्झट हुने, दुर्घटनाको जोखिम र सास्ती भएको छ । म्याग्दी र मुस्ताङका साथै पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने मालढुङ्गा(बेनी सडक पर्यटकीय, व्यापारिक र धार्मिक हिसाबले सम्भावनायुक्त छ । 

पोखरा:   पोखरामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा २ जना को मृत्यु भएको छ । पोखरा महानगरपालिका– ७ बुलौदीमा आज बिहान अन्दाजी ३ः४५ बजेको समयमा मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाइते भएका दुईजनाको उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।  हल्लनचोकबाट जिरोकिलोमिटरतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–३४ प ५६२१ नम्बरको मोटरसाइकल सडकको डिभाईडरमा ठोक्किदा गम्भिर घाइते भएका कैलाली सोरहनपुर ३ घर भएका २८ वर्षीय महेश आचार्य र ३० वर्षीय सैलेन्द्र कुमार उपाध्यायको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।    उनीहरुको शवलाई पोष्टमार्टमको लागि अहिले अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । दुर्घटनाको विषयमा अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

पोखरा:    पोखरा लेकसाईडमा मादक पदार्थ सेवन गरेर हामीहरु प्रहरीको ठुलै व्यक्ति हौ भन्दै धम्की दिने २ जनालाई प्रहरीले प्रकाउ गरेको छ ।  लेकसाईडमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्दै प्रहरीको ठुलै व्यक्ति हौ भन्दै धम्की दिदै हिडेको आरोपमा पोखराका ३२ वर्षीय नारायण गिरी र सप्तरी डाक्लेश्वरीका २१ वर्षीय विवेक ठाकुरलाई प्रहरीले प्रकाउ गरेको हो ।  प्रकाउ परेका दुईजनाको साथबाट रेडियो सेट (वाकिटाकी ) समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुर्य रानामगरले जानकारी दिए ।  ‘लेकसाईडमा मादक पदार्थ सेवन गरेर होहल्ला गर्दै हामीहरु प्रहरीको ठुलै व्यक्ति हौं भन्दै रेडियो सेट (वाकीटाकी)देखाएर धम्की दिइरहेको सूचना आएको थियो’, निरीक्षक रानामगरले भने, ‘सूचना आएपछि डिउटीमा खटिएका प्रहरीलाई अपशब्द बोल्दै अभद्र व्यवहार गरेपछि नियन्त्रणमा लिएका हौं, अहिले म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको छ ।’ प्रकाउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट अभद्र व्यवहार सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 

पोखरा:  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं वार्षिक साधारण सभा एवम् अधिवेशन काठमाडौंमा हुने भएको छ ।  महासंघको दशौं साधारणसभा एवम् अधिवेशन काठमाडौं चैत २ र ३ गते हुने महासचिव किसान सुनारले जानकारी दिए । उनका अनुसार महासंघको दशौं वार्षिक साधारण सभा एवम् अधिवेशनमा देशभरबाट ४ सय बढी प्रतिनिधिहरुको सहभागिता रहनेछ ।  ‘नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं वार्षिक साधारण सभा एवम् अधिवेशन काठमाडौंमा चैत २ र ३ गते गर्दै छौं, महासचिव सुनारले भने, ‘चैत २÷३ गते हुने साधारण सभा एवम् अधिवेशनको तयारी तीव्र पारेका छौं, देशभरबाट ४ सय बढी प्रतिनिधि काठमाडौं आउँदै हुनुहुन्छ ।’ उनले संघीयता कार्यान्वयनसँगै आभुषण महासंघको प्रथम प्रादेशिक विधान संसोधनपछि पहिलो अधिवेशन हुन लागेको बताए । ‘मुलुकले अख्तियार गरेको संघीय प्रणालीलाई आत्मसाथ गर्दै महासंघले नगर, उप–महानगर, जिल्ला, प्रदेश र संघीय गरी सबै तहमा सांगठनिक संचरना निर्माण गरी कार्य सम्पादन गरिरहेका छौं ।’ उनले भने ।  वि.स.२०३९ माघ २७ गते स्थापना भएको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ मुलुकभर गहना व्यवसायीहरुको प्रतिनिधिहरुको अग्रज संघीय संस्था हो ।  नयाँ नेतृत्वको तयारी नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं वार्षिक साधारण सभा एवम् अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने छ ।  अधिवेशनबाट ४१ सदस्यीय कार्यसमिति चयन हुनेछ । दशौं अधिवेशनबाट अध्यक्ष, विशिष्ट सदस्य, प्रथम उपाध्यक्ष, द्धितीय उपाध्यक्ष, तृतीय उपाध्यक्ष, महासचिव, सचिव,कोषाध्यक्ष सह–कोषाध्यक्ष १÷१ जना निर्वाचित हुनेछन् ।  यस्तै साधारणसभा एवम् अधिवेशनबाट १९ जना, एशोसिएटबाट ३ जना, महिला समूहबाट ३ जना र सात प्रदेशबाट १÷१ जना निर्वाचित हुनेछन् ।  निर्वाचन तालिका प्रकाशित नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं वार्षिक साधारण सभा एवम् अधिवेशनका लागि निर्वाचन तालिका प्रकाशित भएको छ ।  निर्वाचन समिति संयोजक बद्री प्रसाद कोइरालाका अनुसार फागुन २२ गते मतदाता नामावली प्रकाशन, मतदाताउपर दाबी विरोध २३ गते, अन्तिम मतदाता नामावली प्रकाशन फागुन २४ गते, उम्मेदवारी मनोनयन दर्ता फागुन २७ गते, उम्मेदवारको प्रथम नामावली प्रकाशन फागुन १९गते, उम्मेदवारी मनोनयन पत्र माथि दावी विरोध फागुन ३० गते, दावी विरोध माथि छानविन गर्ने निर्णय फागुन ३० गते नै हुनेछ ।  यस्तै इच्छुक उम्मेदवारहरुले मनोनयन पत्र फिर्ता चैत १ गते लिन सक्नेछन् भने चैत १ नै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुनेछ ।  आभुषण महासंघको चैत २ गते बन्द सत्रसँगै दिउँसो २ बजेपछि मात्र उद्घाटन सत्र सञ्चालन हुनेछ । महासंघको नयाँ नेतृत्व सर्वसम्मत नभए चैत ३ गते निर्वाचन हुने जनाइएको छ ।   

पोखरा:    सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका सार्की लामा तामाङ (मानबहादुर) चारदिनपछि मृत फेला परेका छन् । आइतबार बेलुका देखि नदीमा बेपत्ता भएका तामाङलाई शुक्रबार बिहान पोखरा–१५ पट्नेरीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  गएको आइतबार पोखरा–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा उनीसँगै २ जना बेपत्ता भएका थिए । नदीमा बेपत्ता भएका मंगा तामाङलाई भने सोही दिन प्रहरीले मृत फेला पारेको थियो ।  प्रहरीले नदीमा बेपत्ता भएका तामाङलाई बिहीबार सेती नदीको ड्याम खोलेर समेत खोजतलाज गर्दा भेटाउन सकेको थिएन । आइतबार बेलुका सेती नदीमा माछा मार्न गएका ५ जना मध्ये मंगा तामाङ र सार्की लामा तामाङ बेपत्ता भएका थिए ।   नदीमा मृत भेटिएका तामाङको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । माछा मार्न गएका कुमार तामाङ, शम्शेर तामाङ लामा र रोहित कुँवर भने सकुशल रहेको कास्की प्रहरीले जनाएको छ ।    

नवलपुर:  इलाका प्रहरी कार्यालय दुम्किबासले १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा विनयी त्रिवेणी गाउँपालिका–१ बस्ने ६२ वर्षीय सुक बहादुर विक रहेका छन् ।   प्रहरीका अनुसार गत सोमबार ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरी दिएका थिए । सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले उनलाई हिजो (बिहीबार) दिउँसो पक्राउ गरेको हो ।   सुकबहादुरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ।