सेती नदीमा चार दिनदेखि बेपत्ता तामाङ मृत फेला
पाेखरा | फागुन १८, २०८०
पोखरा: सेती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका सार्की लामा तामाङ (मानबहादुर) चारदिनपछि मृत फेला परेका छन् । आइतबार बेलुका देखि नदीमा बेपत्ता भएका तामाङलाई शुक्रबार बिहान पोखरा–१५ पट्नेरीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
गएको आइतबार पोखरा–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा उनीसँगै २ जना बेपत्ता भएका थिए । नदीमा बेपत्ता भएका मंगा तामाङलाई भने सोही दिन प्रहरीले मृत फेला पारेको थियो ।
प्रहरीले नदीमा बेपत्ता भएका तामाङलाई बिहीबार सेती नदीको ड्याम खोलेर समेत खोजतलाज गर्दा भेटाउन सकेको थिएन । आइतबार बेलुका सेती नदीमा माछा मार्न गएका ५ जना मध्ये मंगा तामाङ र सार्की लामा तामाङ बेपत्ता भएका थिए ।
नदीमा मृत भेटिएका तामाङको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । माछा मार्न गएका कुमार तामाङ, शम्शेर तामाङ लामा र रोहित कुँवर भने सकुशल रहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

