नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं अधिवेशन काठमाडौंमा हुने

नयाँ नेतृत्वको तयारी

पाेखरा | फागुन १८, २०८०

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं अधिवेशन काठमाडौंमा हुने

पोखरा:  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं वार्षिक साधारण सभा एवम् अधिवेशन काठमाडौंमा हुने भएको छ । 


महासंघको दशौं साधारणसभा एवम् अधिवेशन काठमाडौं चैत २ र ३ गते हुने महासचिव किसान सुनारले जानकारी दिए । उनका अनुसार महासंघको दशौं वार्षिक साधारण सभा एवम् अधिवेशनमा देशभरबाट ४ सय बढी प्रतिनिधिहरुको सहभागिता रहनेछ । 


‘नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं वार्षिक साधारण सभा एवम् अधिवेशन काठमाडौंमा चैत २ र ३ गते गर्दै छौं, महासचिव सुनारले भने, ‘चैत २÷३ गते हुने साधारण सभा एवम् अधिवेशनको तयारी तीव्र पारेका छौं, देशभरबाट ४ सय बढी प्रतिनिधि काठमाडौं आउँदै हुनुहुन्छ ।’


उनले संघीयता कार्यान्वयनसँगै आभुषण महासंघको प्रथम प्रादेशिक विधान संसोधनपछि पहिलो अधिवेशन हुन लागेको बताए । ‘मुलुकले अख्तियार गरेको संघीय प्रणालीलाई आत्मसाथ गर्दै महासंघले नगर, उप–महानगर, जिल्ला, प्रदेश र संघीय गरी सबै तहमा सांगठनिक संचरना निर्माण गरी कार्य सम्पादन गरिरहेका छौं ।’ उनले भने । 


वि.स.२०३९ माघ २७ गते स्थापना भएको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ मुलुकभर गहना व्यवसायीहरुको प्रतिनिधिहरुको अग्रज संघीय संस्था हो । 


नयाँ नेतृत्वको तयारी


नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं वार्षिक साधारण सभा एवम् अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने छ । 


अधिवेशनबाट ४१ सदस्यीय कार्यसमिति चयन हुनेछ । दशौं अधिवेशनबाट अध्यक्ष, विशिष्ट सदस्य, प्रथम उपाध्यक्ष, द्धितीय उपाध्यक्ष, तृतीय उपाध्यक्ष, महासचिव, सचिव,कोषाध्यक्ष सह–कोषाध्यक्ष १÷१ जना निर्वाचित हुनेछन् । 


यस्तै साधारणसभा एवम् अधिवेशनबाट १९ जना, एशोसिएटबाट ३ जना, महिला समूहबाट ३ जना र सात प्रदेशबाट १÷१ जना निर्वाचित हुनेछन् । 


निर्वाचन तालिका प्रकाशित


नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं वार्षिक साधारण सभा एवम् अधिवेशनका लागि निर्वाचन तालिका प्रकाशित भएको छ । 


निर्वाचन समिति संयोजक बद्री प्रसाद कोइरालाका अनुसार फागुन २२ गते मतदाता नामावली प्रकाशन, मतदाताउपर दाबी विरोध २३ गते, अन्तिम मतदाता नामावली प्रकाशन फागुन २४ गते, उम्मेदवारी मनोनयन दर्ता फागुन २७ गते, उम्मेदवारको प्रथम नामावली प्रकाशन फागुन १९गते, उम्मेदवारी मनोनयन पत्र माथि दावी विरोध फागुन ३० गते, दावी विरोध माथि छानविन गर्ने निर्णय फागुन ३० गते नै हुनेछ । 


यस्तै इच्छुक उम्मेदवारहरुले मनोनयन पत्र फिर्ता चैत १ गते लिन सक्नेछन् भने चैत १ नै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुनेछ । 


आभुषण महासंघको चैत २ गते बन्द सत्रसँगै दिउँसो २ बजेपछि मात्र उद्घाटन सत्र सञ्चालन हुनेछ । महासंघको नयाँ नेतृत्व सर्वसम्मत नभए चैत ३ गते निर्वाचन हुने जनाइएको छ । 


 

पोखरा:      ‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत स्याङजा जिल्लामा १० दिने क्रिकेट प्रशिक्षण कार्यक्रम सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रादेशिक क्रिकेट संघको ब्यवस्थ...

थप पढ्नुहोस्

पोखरा:     कास्कीको रूपा गाउँपालिका  पूर्ण खोप सुनिश्चित पालिका घोषणा  भएको छ। आइतबार उक्त पालिकाको स्वास्थ्य शाखाले विशेष कार्यक्रमको आयोजना गरेर सो घोषणा गरिएको  हो। कार्...

थप पढ्नुहोस्

पोखरा:     यूनाइटेड क्लब पोखराले बाग्लुङ नगरपालिका १२ डांडाखेतका अग्निपीडितलाई आर्थिक सहयोग गरेको छ ।  गत बैशाख १९ गते जंगलमा फैलिएको आगो बस्तीमा पस्दा डांडाखेतका यदुनाथ पाध्याको ...

थप पढ्नुहोस्