काठमाडौंः मुलुकका प्रमुख राजनीतिक शक्ति निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन गठबन्धन गरे तापनि केही निर्वाचन क्षेत्रमा गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार विजयी हुन सफल भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको जारी मतगणनामा हालसम्म प्रतिनिधिसभामा पाँच र प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभातर्फ मोरङ ५ मा योगेन्द्र मण्डल, सर्लाही ४ मा अमरेशकुमार सिंह, रौतहट २ मा किरणकुमार साह, रौतहट ३ मा प्रभु साह र बर्दिया २ मा लालवीर चौधरी निर्वाचित हुनुभएको छ । प्रदेशसभातर्फ मधेस प्रदेशमा सबैभन्दा बढी छ स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ । लुम्बिनीमा तीन, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक/एक स्वतन्त्र उम्मेदवार निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । मधेसको सप्तरी २ मा अनिरुद्रकुमार सिंह, महोत्तरी २ मा सुरिताकुमारी साह, सर्लाही १ मा जवाहरलाल कुशवाहा, रौतहट १ मा केशव राय, बारा १ मा शारदा शङ्करप्रसाद कलवार र पर्सा १ मा प्रमोदकुमार जयसवाल निर्वाचित हुनुभएको छ । गण्डकीको मनाङ २ मा राजिव गुरुङ, लुम्बिनीको रुकुमपूर्व १ मा सुरल पुन, रोल्पा २ मा दीपेन्द्रकुमार पुन मगर, नवलपरासी ९बर्दघाट सुस्तापश्चिम० १ मा खड्ग बस्नेत, कर्णालीको जुम्ला १ मा देवेन्द्रबहादुर शाही तथा सुदूरपश्चिमको डडेलधुरा २ मा ताराप्रसाद जोशी निर्वाचित हुनुभएको छ । विसं २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभामा एक तथा प्रदेशसभामा तीन वटा प्रदेशमा एक÷एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । प्रदेश नं १, मधेस र गण्डकीमा एक÷एक जना स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका थिए । लोकतान्त्रिक मुलुकमा राजनीतिक दल नै निर्णायक शक्ति भए पनि मुलुकको निर्वाचनको इतिहासमा स्वतन्त्र उम्मेदवारको उपस्थित पनि निरन्तर रहेको देखिएको छ । मुलुकमा प्रजातन्त्रको पुनःबहालीपछि आमनिर्वाचन २०४८ देखि हालसम्मका निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारको उपस्थिति रहँदै आएको देखिएको छ । विसं २०४८ को आवधिक निर्वाचनमा २१९ स्वतन्त्रसहित २० राजनीतिक दलका एक हजार तीन सय ४५ उम्मेदवार प्रतिस्पर्धामा थिए । उक्त निर्वाचनमा तीन स्वतन्त्रसहित दुई सय पाँच जना विजयी भएका थिए । सो निर्वाचनमा नेपाली कांग्रेस एक सय १०, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ६९, संयुक्त जनमोर्चा नौ, नेपाल सद्भावना पार्टी छ, राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द) तीन, नेपाल मजदुर किसान पार्टी दुई, नेपाल कम्युनिस्ट पार्टी (प्रजातान्त्रिक) दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा) एक र तीन स्वतन्त्र उम्मेदवार विजयी भएको निर्वाचन आयोगको अभिलेखमा देखिन्छ । विसं २०५१ को मध्यावधि निर्वाचनमा २४ राजनीतिक दलका तर्फबाट एक हजार ५७ र स्वतन्त्र तीन सय ८५ उम्मेदवार थिए । तीमध्ये राजनीतिक दलका तर्फबाट एक सय ९८ र स्वतन्त्र सात जना निर्वाचित भएका थिए । उक्त निर्वाचनमा एमाले ८८, कांग्रेस ८३, राष्ट्रिय प्रजातन्त्र पार्टी २०, नेपाल मजदुर किसान पार्टी चार, नेपाल सद्भावना पार्टी तीन र सात स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका थिए । विसं २०५६ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४० राजनीतिक दलका तर्फबाट एक हजार छ सय पाँच र स्वतन्त्र छ सय ३३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । उक्त निर्वाचनमा भने कुनै पनि स्वतन्त्र उम्मेदवार विजयी भएनन् । २०५ सदस्यीय प्रतिनिधिसभाका सबै सदस्य राजनीतिक दलका तर्पmबाट निर्वाचित भएका थिए । उक्त निर्वाचनमा कांग्रेस एक सय ११, एमाले ७१, राप्रपा ११, नेपाल सद्भावना पार्टी पाँच, राष्ट्रिय जनमोर्चा पाँच, संयुक्त जनमोर्चा एक, र नेपाल मजदुर किसान पार्टीले एक स्थान जितेको थियो । विसं २०६४ को संविधानसभा सदस्य निर्वाचनका लागि ७४ राजनीतिक दल दर्ता भएका थिए । तीमध्ये प्रत्यक्षतर्फ ५४ दलका तीन हजार एक सय ३० उम्मेदवारले भाग लिएका थिए । सो निर्वाचनमा प्रत्यक्षतर्फ नेकपा (माओवादी) १२०, कांग्रेस ३७, एमाले ३३, मधेसी जनअधिकार फोरम नेपाल ३०, तराई मधेस लोकतान्त्रिक पार्टी नौ, सदभावना पार्टी चार, जनमोर्चा नेपाल दुई, नेपाल मजदुर किसान पार्टी दुई, राष्ट्रिय जनमोर्चा एक र स्वतन्त्र उम्मेदवार दुई स्थानमा विजयी भएका थिए । विसं २०७० को दोस्रो संविधानसभामा प्रत्यक्षतर्फ कांग्रेस एक सय पाँच, एमाले ९१, एकीकृत नेकपा (माओवादी) २६, राष्ट्रिय प्रजातन्त्र पार्टी तीन, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) चार, मधेसी जनअधिकार फोरम नेपाल दुई, तराई–मधेस लोकतान्त्रिक पार्टी चार, सद्भावना पार्टी एक, नेपाल मजदुर किसान पार्टी एक, तराई–मधेस सद्भावना पार्टी नेपाल एक र स्वतन्त्र उम्मेदवार दुई स्थानमा विजयी भएका थिए । विसं २०७४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ नौ राजनीतिक दल र एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । सो निर्वाचनमा प्रत्यक्षतर्फ एमाले ८०, कांग्रेस २३, माओवादी केन्द्र ३६, राजपा नेपाल ११, सङ्घीय समाजवादी फोरम नेपाल १०, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र नयाँ शक्ति पार्टी एक÷एक तथा एक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका हुन् ।
लमजुङः गण्डकी प्रदेशका पुर्वमुख्यमन्त्री तथा नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ तेस्रो पटक संसद् प्रवेश गर्ने अवसर प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनबाट माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मत अन्तरले पछि पार्दै विजयी बन्नुभएका एमाले सचिव गुरुङ तेस्रो पटक संसद् प्रवेश गर्न सफलता पाउनु भएको हो । जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार विजयी गुरुङले ३४ हजार नौ सय ६९ मत प्राप्त गर्नुभएको छ भने उपबिजेता माओवादी केन्द्रका महासचिव गुरुङले ३१ हजार सात सय ८१ मत प्राप्त गर्नुभएको छ । कूल एक लाख ३३ हजार पाँच सय ५९ जना मतदाता रहेकामध्ये ८० हजार एक सय ९२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गत विसं २०७४ मा एमालेसँग नेकपा (माओवादी केन्द्र) को तालमेल रहेको थियो । सो बेलामा पृथ्वीसुब्बा लमजुङ प्रदेश (२) बाट उम्मेदवार र देवप्रसाद लमजुङ प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्दै दुवै जनाले जित हासिल गर्नुभएको थियो । पृथ्वीसुब्बा गण्डकी प्रदेशको मुख्यमन्त्री बन्न सफल हुनुभयो भने, देवप्रसाद सांसद मात्र हुनुभएको थियो । अघिल्लो निर्वाचनमा एक अर्काको सहयोगी बनेर कांग्रेसविरुद्ध उभिए पनि यस पटक भने, माओवादी केन्द्र कांग्रेसलगायत गठबन्धनसँग मिलेर एमालेविरुद्ध नै प्रतिस्पर्धामा उत्रिएको थियो । जिल्लामा यी दुई कम्युनिष्ट नेताबीच पहिलो पटक प्रतिस्पर्धा भएको थियो । विजयी एमाले नेता पृथ्वीसुब्बा विसं २०६४ मा तत्कालीन लमजुङ क्षेत्र नं २ बाट कांग्रेसका दिलबहादुर घर्तीलाई ६ हजारको मतान्तरले हराउँदै विजयी हुनुभएको थियो । तत्कालीन गिलुङ गाविस–८, टक्सार हाल क्व्होलासोथर गाउँपालिका–९ गिलुङमा विसं २०१४ गङ्गाप्रसाद र चिनी गुरुङको सन्तानका रुपमा जन्मिनुभयो । उहाँको राजनीतिक यात्रा विसं २०२७ मा इशानेश्वर प्रमोद हाई स्कुल, भोर्लेटारमा अनेरास्ववियुका तर्फबाट स्ववियु सचिव निवार्चित भएसँगै सुरु भएको हो । उहाँले सक्रिय राजनीति भने विसं २०३४ देखि गर्नुभएको थियो । विज्ञानमा स्नातक गर्नुभएका गुरुङ सुरुमा शिक्षण पेसामा समेत आबद्ध हुनुभयो । विसं २०४० मङ्सिरमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको जिल्ला अध्यक्षमा निवार्चित हुनुभएको थियो । उहाँ शिक्षण पेसामै हुँदा आन्दोलनमा उत्रेकाले पटकपटक प्रहरी हिरासतमा समेत पर्नुभएको थियो । विभिन्न पार्टीको पदमा निर्वाचित हुँदै एमाले पार्टीको यसअघि भएको दसँै महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित हुनुभएको थियो । एमालेका गुरुङले विसं २०४८, विसं २०५१, विसं २०५६ र विसंं २०७० को निर्वाचनमा पराजित हुनुभएको थियो । विसं २०६४ मा तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनुभएको थियो । गुरुङले आदिवासी जनजाति महासङ्घको नेतृत्वसमेत गरिसक्नुभएको छ । कूल एक लाख ३३ हजार पाँच सय ५९ जना मतदाता रहेकामध्ये ८० हजार एक सय ९२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचन भएपछि उहाँको अबको प्राथमिककता जिल्लाको आवश्यकताअनुसार पूर्वाधार विकास, सङ्घीयतालाई पूर्णरुपमा कार्यान्वयन गराउन पहल गर्ने बताउनुभयो । वाम शक्तिबीच एकता गर्नका लागि सक्रिया भूमिकासमेत खेल्ने उहाँको भनाइ छ । “सुरुदेखि नै वाम शक्तिबीच एकता हुनुपर्छ । त्यो अभियान फेरि जारी रहन्छ”, उहाँले भन्नुभयो ।
रुपन्देहीः नेकपा (एमाले) का उपाध्यक्ष तथा रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित विष्णुप्रसाद पौडेलले आफूले मत माग्ने क्रममा जनतासँग गरेका वाचा पूरा गर्ने बताउनुभएको छ । प्रतिनिधिसभामा निर्वाचित भएसँगै राससलाई दिनुभएको प्रतिक्रियामा उहाँले भन्नुभयो, “रुपन्देहीका जनताले आफूलाई यसपटक पनि अनुमोदन गरेबाट विकासप्रति यहाँका मतदाताको आकाङ्क्षा झन् प्रकट भएको महसुस गरेको छु, जताका विकासका आकाङ्क्षा पूरा गर्नेछु ।” उहाँले रुपन्देही जिल्लासहित बृहत् लुम्बिनी क्षेत्रको व्यवस्थित र दीर्घकालीन विकासमा जोड दिने प्रतिबद्धता आफूले निर्वाचनका बेला जनतासँग गरेको र आगामी दिनमा अब सोहीबमोजिम नै काम अघि बढाउने पनि बताउनुभयो । आफ्नो निर्वाचन क्षेत्र सँगैसँगै सिङ्गो रुपन्देही जिल्लाको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका पौडेलले रुपन्देहीलाई विकासको नमुनाका रुपमा विकास गर्ने बताउँदै आउनुभएको छ । उहाँले आफू अर्थमन्त्री भएका बेला विविध आयोजनाहरुसहित रुपन्देही जिल्लालाई आर्थिक विकासको केन्द्रका रूपमा अघि बढाइएको र लगानी र विकासको मोडेलको मुख्य गन्तव्य लुम्बिनी भइसकेको पनि उल्लेख गर्नुभयो । “हामी सबैको प्रयासबाट लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आइसकेको छ, विश्वमा लुम्बिनीको आफ्नै गरिमा र आस्था रहेकाले अब विश्वको धार्मिक एवं सांस्कृतिक पर्यटनको एक प्रमुख गन्तव्य नै हामी लुम्बिनीलाई बनाउँदैछौँ”, उहाँले बताउनुभयो । निर्वाचित भएसँगै राससलाई दिनुभएको प्रतिक्रियामा उहाँले भन्नुभयो, “हामीले सुरु गरेका केही ठूला राष्ट्रिय महत्वका आयोजना पूरा गर्नुपर्ने दायित्व छ, केही प्रतिबद्धता गरेअनुसारका आयोजना सुरु गर्नुपर्नेछ । निर्माण भएका भौतिक पूर्वाधारको सञ्चालन र व्यवस्थापनसँगै मानवीय विकास र क्षमता अभिवृद्धिका काम गर्नुपर्नेछ, ती सबै काम गर्ने जिम्मेवारीसहित यहाँका मतदाताले हामीलाई अनुमोदन गरेका छन् ।” हिलो पटक विसं २०५१ को संसदीय चुनावमा पाल्पा क्षेत्र नं नं ३ बाट विजयी उहाँ विसं २०७० को दोस्रो संविधानसभा चुनावमा रुपन्देहीबाट निर्वाचित हुनुभएको थियो । यसअघि विसं २०७४ को संसदीय निर्वाचनमा पनि उहाँ रुपन्देही क्षेत्र नं २ बाट नै निर्वाचचित हुनुभएको थियो । उहाँले अर्थ, गृहलगायतका मन्त्रीको जिम्मेवारीमा रहेर काम गरिसक्नुभएको छ । नेकपा एमालेका तत्कालीन उपमहासचिव रहेका पौडेल २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादीको एकता भई नेकपा बनेपछि नेकपाको महासचिवको जिम्मेवारीमा रहेर पनि काम गर्नुभएको थियो ।
काठमाडौंः मंसिर ४ मा सम्पन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यका १५ र प्रदेशसभाका ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेको छ । प्रदेशमा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमध्ये बाजुरा जिल्लाको नतिजा आउन बाँकी छ । मतदानको दिन उत्पन्न असहज परिस्थितिका कारण रोकिएको बाजुराको एक केन्द्रमा आज मतदान भइरहेको छ । सुदूरपश्चिमको डडेलधुराबाट प्रतिनिधित्व गर्नुहुने प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाल सरकारका दुई मन्त्री प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकाल रहनुभयो । विसं २०४८ यता भएका निर्वाचनमा देउवा विजयी हुँदै आउनुभएको छ । दार्चुलाबाट प्रतिनिधित्व गर्नुहुने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू विजयी हुनुभयो । उहाँले एमालेका नेता गणेशसिंह ठगुन्नालाई पराजित गर्नुभयो । बडू यसअघि विसं २०७४ मा भएको निर्वाचनमा कांग्रेसको समानुपातिक सूचीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । यसैगरी श्रम तथा रोजगारमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का नेता शेरबहादुर कुँवर अछाम–१ बाट निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका झपटबहादुर बोहरा रहनुभयो । नेकपा एमाले र तत्कालीन नेकपामा आएको विभाजनसँगै उहाँ नेकपा ९एकीकृत समाजवादी०मा प्रवेश गर्नुभएको थियो । नेपाली कांग्रेसबाट डडेलधुरामा प्रधानमन्त्री देउवा, कञ्चनपुर ३ बाट रमेश लेखक, कञ्चनपुर २ बाट एनपी साउँद, कैलाली ४ बाट वीरबहादुर बलायर, कैलाली ५ बाट डिल्लीराज पन्त, दार्चुलाबाट उद्योगमन्त्रीसमेत रहेका बडू र अछाम २ बाट पुष्पबहादुर शाहसहित सात जना प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । यस्तै नेकपा (एकीकृत समाजवादी)बाट अछाम १ मा श्रममन्त्रीसमेत रहनुभएका कुँवर, बझाङमा भानुभक्त जोशी र डोटीबाट प्रेमबहादुर आलेमगर निर्वाचित हुनुभएको छ । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली १ मा रञ्जिता श्रेष्ठ चौधरी, क्षेत्र २ मा अरुण चौधरी र क्षेत्र ३ मा गङ्गाराम चौधरी प्रतिनिधिसभामा निर्वाचित हुनुभयो । टीकापुरको हिंसात्मक घटनामा अदालतबाट दोषी ठहर रेशमलाल चौधरीकी पत्नी रञ्जिता नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार रहनुभएका बैतडीका नरेन्द्र कुँवर (विजयसुन्दर) कञ्चनपुर १ का बीना मगर, कैलाली २ का भगत बडुवाल र ३ का कृष्णकुमार चौधरी प्रतिनिधिसभा सदस्यमा पराजय व्यहोर्नुभएको छ । प्रतिनिधिसभा सदस्यमा सुदूरपश्चिमबाट नेकपा माओवादी केन्द्र शून्य भएको छ । नेकपा एमालेका प्रदेश अध्यक्ष दामोदर भण्डारी बैतडीबाट र तारालामा तामाङ कञ्चनपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभयो । तामाङ पार्टी विभाजनका बेला एमालेबाट नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेर निर्वाचनअघि पुनःएमालेमै फर्किनुभएको थियो । एमालेका सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्ट कैलाली ४ मा कांग्रेस नेता वीरबहादुर बलायरसँग पराजित हुनुभयो । प्रदेश सरकारका बहालवाला दुई मन्त्रीले पराजय हुँदा दुई मन्त्री भने विजयी हुनुभएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावल कैलाली क्षेत्र १ को प्रदेशसभा २ बाट पराजित हुनुभएको छ । उहाँ नागरिक उन्मुक्ति पार्टीका प्रत्यासीसँग पराजित हुनुभएको हो । डा रावल पाँच वर्ष अघि प्रत्यक्षतर्फको निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुनुभएको थियो । प्रदेशका सामाजिक विकासमन्त्री एवं कांग्रेस नेता गोविन्दराज बोहरा डडेलधुरा २ को प्रदेशसभा सदस्यमा पराजित हुनुभएको छ । उहाँ स्वतन्त्र उम्मेदवार डा तारा जोशीसँग पराजित हुनुभयो । बोहरा पाँच वर्षअघिको निर्वाचनमा कांग्रेसको समानुपातिक सूचीबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का नेता मानबहादुर धामी दार्चुलाको प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका हरदेव जोशी रहनुभएको छ । प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का नेता दीर्घबहादुर सोडारी कैलाली ४ बाट र सोही पार्टीका नेता एवं आर्थिक मामिलामन्त्री प्रकाश रावल कञ्चनपुर ३ बाट प्रदेशसभामा निर्वाचित हुनुभयो । दोस्रो पटक प्रदेशसभामा निर्वाचित सोडारी र रावलले क्रमशःएमालेका भीमबहादुर देउवा र माओवादी केन्द्रका टेकेन्द्रप्रसाद भट्टलाई पराजित गर्नुभयो । प्रदेशसभाका निवर्तमान सदस्य, नेकपा (एकीकृत समाजवादी)का नेता अमरबहादुर साउद कैलालीबाट र लालबहादुर खड्का कञ्चनपुरबाट प्रदेशसभा सदस्यमा पराजित हुनुभएको छ । नेकपा (माओवादी केन्द्र)का नेता अक्कलबहादुर रावल अछामको प्रदेशसभाबाट दोस्रो पटक निर्वाचित हुँदा सोही पार्टीका नन्दबहादुर साउद भने कैलालीको प्रदेशसभा सदस्यमा पराजित हुनु भयो । प्रदेशसभाका निवर्तमान सदस्य एवं एमालेका नेताद्वय पठानसिंह बोहरा डडेलधुरा र लीलाधर भट्ट बैतडीको प्रदेशसभा सदस्यबाट पराजित हुनुभयो । निर्वाचनअघि एमालेबाट नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेर प्रदेशसभा सदस्यको टिकट पाउनुभएका प्रदेशसभाका निवर्तमान सदस्य रतनबहादुर थापा कैलालीबाट पराजित हुनुभयो । यस्तै प्रदेशसभाका निवर्तमान सदस्य तराई–मधेस लोकतान्त्रिक पार्टीका कृष्णबहादुर चौधरी कैलाली १ को प्रदेशसभा सदस्यमा पराजित हुनुभयो । सुदूरपश्चिम प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसबाट कैलालीका प्रकाशबहादुर देउवा, प्रकाश बम र कमलबहादुर शाह, कञ्चनपुरबाट दिवानसिंह विष्ट, बहादुरसिंह थापा र बेलबहादुर रानामगर, अछामबाट मेघराज खड्का र मानबहादुर रावल, बझाङबाट पृथ्वीबहादुर सिंह, बैतडीबाट शिवराज भट्ट, दार्चुलाबाट विक्रमसिंह धामीसहित ११ जना निर्वाचित हुनुभएको छ । यस्तै प्रदेशसभा सदस्यमा निर्वाचित हुनेमा नेकपा माओवादी केन्द्रबाट रमेश धामी, कैलाली, खगराज भट्ट, डडेलधुरा, शिवसिंह ओली, डोटी, ओमविक्रम भाट, कञ्चनपुर, भीम भण्डारी बझाङ, मानबहादुर धामी, दार्चुला र अछामबाट अक्कलबहादुर रावल र झपटबहादुर साउदसहित आठ जना हुनुहुन्छ । नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा कैलालीबाट रामेश्वर चौधरी, कैलाश चौधरी, लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी र खुशीराम चौधरीसहित पाँच जना र नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी, प्रकाश रावलसहित दुई जना निर्वाचित हुनुभएको छ । यस्तै नेकपा एमालेबाट प्रदेशसभामा निर्वाचित हुने तीन जनामा वीरबहादुर थापा कञ्चनपुर र सुरेन्द्र पाल बैतडी र चक्र मल्ल डोटी हुनुहुन्छ । डडेलधुराबाट स्वतन्त्र उम्मेदवार डा तारा जोशी पनि प्रदेशसभामा विजयी हुनुभएको छ । प्रदेशसभामा ५३ सदस्य रहेका छन् । प्रत्यक्षतर्फको बाजुराको दुई नतिजा र समानुपातिकको २१ सदस्यको नतिजा आउन बाँकी छ ।
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्षबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज उहाँहरुबीच भएको भेटमा निर्वाचनको हालसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रममा केन्द्रित रही छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्र सहित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन गरेको अवस्थामा निर्वाचनको परिणाम आउँदै गर्दा भएको यस भेटघाटलाई आगामी सहकार्यका रुपमा हेरिएको छ । प्राप्त मतपरिणामअनुसार हालसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस ३९ र माओवादी केन्द्र १३ स्थानमा विजयी भएका छन् ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानले चुनावी अवधिमा ११ लाख ८१ हजार ४७२ खर्च भएको बताएका छन् । उनले औपचारिक सपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पूर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेसमेत बताएका छन् । सामाजिक सञ्जालमार्फत जनाकारी दिँदै सभापति लामिछानेले आजदेखि खुसियाली मनाउने दिन सकिएको घोषणा गरेका छन् । लामिछानेले आफ्नो कार्यकालभरि कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने दाबी गर्दै संघसंस्थाको उद्घाटन, आसन ग्रहणमा सहभागी नहुने बताएका छन् । लामिछानेल प्रत्यक चार महिनामा सार्वजनिक सुनुवाइमा आफैं उपस्थित हुने बताए ।
काठमाडौं: मुगुबाट नेपाली कांग्रेसका ऐनबहादुर शाही प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमालेका राजबहादुर कार्कीलाई पराजित गर्दै शाही प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । शाहीले १४ हजार ७०२ मत पाए भने एमालेका कार्कीले १० हजार ७०८ मत पाए ।
काठमाडौं: प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)ले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ । यद्यपि, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस अगाडि छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार बिहान १०ः३० सम्म एमालेले १८ लाख नौ हजार चार सय १७ मत प्राप्त गरेको छ । कांग्रेसले १७ लाख ४४ हजार ६९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ८७ हजार सात सय ४७, नेकपा (माओवादी केन्द्र)ले सात लाख ६७ हजार तीन सय छ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख तीन हजार ७९, जनता समाजवादी पार्टीले दुई लाख १६ हजार नौ सय ४३, नेकपा ९एकीकृत समाजवादी०ले एक लाख ६४ हजार आठ सय ५६, नागरिक उन्मुक्ति पार्टीले एक लाख ५६ हजार पाँच सय ८२ र जनमत पार्टीले एक लाख ४८ हजार चार सय चार मत प्राप्त गरेको छ । प्रदेश नं १ को प्रदेशसभातर्फ पनि एमाले अगाडि देखिएको छ । एमालेले तीन लाख पाँच हजार चार सय आठ मत प्राप्त गरेको छ । कांग्रेसले दुई लाख ७० हजार नौ सय ५७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ९६ हजार छ सय चार, माओवादी केन्द्रले ८६ हजार दुई सय ७५, जनता समाजवादी पार्टीले ३९ हजार २५ र एकीकृत समाजवादीले २४ हजार ५० मत प्राप्त गरेको छ । मधेस प्रदेशमा भने नेपाली कांग्रेस अगाडि छ । मधेसमा कांग्रेसले एक लाख ४२ हजार तीन सय २४ मत पाउँदा एमालेले एक लाख १४ हजार सात सय ७५, जसपा नेपालले ९९ हजार ५६, जनमत पार्टीले ७७ हजार पाँच सय एक, माओवादी केन्द्रले ५१ हजार एक सय ६०, लोसपाले ३८ हजार ४७ र एकीकृत समाजवादीले ३३ हजार एक सय १८ मत प्राप्त गरेको छ । बागमती प्रदेशसभामा एमाले तीन लाख एक सय ६४ मतसहित अगाडि छ । कांग्रेसले दुई लाख ६२ हजार पाँच सय ४४, राप्रपाले एक लाख ५८ हजार २२, माओवादी केन्द्रले एक लाख ४२ हजार एक सय १८, नेपाल मजदुर किसान पार्टीले ५९ हजार पाँच सय ६८ मत प्राप्त गरेको छ । गण्डकी प्रदेशसभामा एमालले दुई लाख ९१ हजार एक सय पाँच मत पाएको छ । कांग्रेसले दुई लाख ६८ हजार आठ सय ८०, माओवादी केन्द्रले एक लाख सात हजार छ सय ५६ र राप्रपाले ५१ हजार आठ मत प्राप्त गरेको छ । लुम्बिनी प्रदेशसभामा एमालेले तीन लाख ८३ हजार सात सय ८९, कांग्रेसले तीन लाख ४६ हजार सात सय आठ, माओवादी केन्द्रले एक लाख ३५ हजार नौ सय चार, राप्रपाले ८३ हजार आठ सय ९३, नागरिक उन्मुक्ति पार्टीले ५० हजार एक सय ४३ र जनता समाजवादी पार्टीले ५० हजार ९० मत पाएका छन् । कर्णालीमा माओवादी केन्द्र अगाडि छ । माओवादीले ८४ हजार दुई सय ९५ मत पाउँदा एमालेले ८३ हजार नौ सय ४९, कांग्रेसले ६६ हजार नौ सय ११, एकीकृत समाजवादीले १९ हजार नौ सय १५ मत प्राप्त गरेको छ । सुदूरपश्चिम प्रदेशसभामा एमालेले एक लाख ९० हजार पाँच सय ७७, कांग्रेसले एक लाख ७९ हजार सात सय २२, माओवादी केन्द्रले ८५ हजार दुई सय ४७, नागरिक उन्मुक्ति पार्टीले ५२ हजार छ सय पाँच र एकीकृत समाजवादीले ३३ हजार तीन सय ७५ मत प्राप्त गरेको छ ।
स्याङ्जा: स्याङ्जा–१ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापा विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनाबाट थापाले नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनीलाई पराजित गर्नुभएको छ । थापाले दुई हजार चार सय ५५ मतान्तरले मरासिनीलाई पराजित गर्नुभयो । थापाले ३१ हजार नौ सय ९९ मत पाउँदा उहाँका प्रतिस्पर्धी मरासिनीले २८ हजार सात सय ४४ मत प्राप्त गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मीले छ हजार ६५ मत प्राप्त गर्नुभएको हो । थापा र मरासिनीबीच तेस्रो पटक प्रतिस्पर्धा भएको हो । स्याङ्जा क्षेत्र नं. १ मा २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका थापा विजयी हुनुभएको थियो । विसं २०७४ को निर्वाचनमा एमाले नेता मरासिनी विजयी हुनुभएको थियो । स्याङ्जा–१ (१) मा नेकपा एमालेका सुधीरकुमार पौडेल विजयी हुनुभएको छ । १ (२) मा नेकपा एमालेकै सीता सुन्दास विजयी हुनुभएको छ ।

