काठमाडौं: राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिएका छन् ।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायण...

काठमाडौं:  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नागरिकस्तरसम्म विकासको अनुभूति गराउन प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । उनले प्रदेश सरकारसँगसँगै स्थानीय तहलाई हिँडाउनुपर्ने समेत जोड दिएका छन् । मङ्सिर २८ गते बेलायती सरकारको सहयोगमा निर्मित ६७ किलोमिटर मुगु गमगढी–हुम्ला चङ्खेली गाउँपालिकाको देउलीसम्मको ग्रामीण सडक अवलोकनमा मुगु पुगेका मुख्यमन्त्री शाहीले जनताको चुल्हो नजिकको स्थानीय तह र आँगन नजिकको प्रदेश सरकारको समन्वय र सहकार्यबाट मात्र जनताको आवश्यकता अनुरुपको विकास हुने उनले बताए । “हामीले यो तीन दिनसम्म मुगुका ४५ वडाअध्यक्षलाई राखेर सुशासनसम्बन्धी कार्यक्रम गरेका छौँ”, मुख्यमन्त्री शाहीले भने, “त्यसमा प्रदेश सरकारले गरेका विशेष कार्यक्रमका विषयमा पनि आवश्यक छलफल भएको छ ।” स्थानीय सरकारलाई साथमै लिएर मात्र प्रदेश सरकारका कार्यक्रमहरूलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने उनले बताए । उनका अनुसार नेपालकै आकर्षक पर्यटकीय गन्तव्यस्थल राराको साइकल ट्रेलको अनुगमन भएको र तत्काल काम अगाडि बढाउने निर्देशन दिइएको छ । त्यस्तै, प्रदेश सरकार अन्तर्गत सञ्चालन भएका विभिन्न योजना तथा कार्यक्रमको निरीक्षण गरिएको बताउँदै उनले कार्यालय प्रमुखलाई बेलैमा योजना सम्पन्न गर्ने गरी काम गर्न निर्देशन दिइएको बताए ।

काठमाडौं:  आम निर्वाचन ०७९ अन्तर्गत प्रतिनिधिसभातर्फ समानुपातिकमा ४० वटा राजनीतिक दलको जमानत जफत भएको छ । समानुपातिकतर्फ कम्तीमा एक सिट जित्न नसकेका दलहरूको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ । यसपटक प्रतिनिधिसभामा ४७ दल सहभागी थिए ।  राजनीतिक दलसम्बन्धी ऐन, ०७३ को दफा ५२ मा प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने व्यवस्था बमोजिम यस निर्वाचनबाट सात वटा राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन् ।

काठमाडौं:  काठमाडौं–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले चुनावमा ३ लाख ७१ हजार रुपैयाँ खर्च गरेको विवरण बुझाएकी छन् । उनले जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा बुझाएको विवरणमा सबैभन्दा धेरै खर्च गोष्ठी र कार्यकर्ता परिचालनमा ८० हजार ९९५ रुपैयाँ भएको उल्लेख छ । १३ दिनसम्म गाडी रिजर्ब गर्दा ७८ हजार, पेट्रोल÷डिजल खरिदमा ६२ हजार ५०५, घोषणापत्र र नमुना मतपत्र छपाइमा ४६ हजार ५०० रुपैयाँ खर्च भएको उनले बुझाएको विवरणमा उल्लेख छ । त्यस्तै मतदाता नामावली खरिदमा ३ हजार, कार्यालय स्थापनामा ५ हजार, कार्यालयको भाडा, कर्मचारी, स्टेशनरी पानी र बत्तीको गरी ३५ हजार, फ्लेक्समा प्रचार सामग्री बनाएको २० हजार, प्रतिनिधि परिचालनमा १५ हजार र विविधमा २५ हजार खर्च भएको भन्द उनले कुल ३ लाख ७१ हजार खर्च भएको विवरण पेश गरेकी छन् । काठमाडौं–२ मा उनले नेकपा एमालेका मणिराम फुयाल र नेकपा माओवादी केन्द्रकी ओनसरी घर्तीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।  

पोखरा:  पोखरामा आयोजना हुने दशौं संस्करणको नेपाल लिटरेचर फेस्टिभलमा यस वर्ष कांग्रेस महामन्त्री गगन थापा आउने भएका छन् । फेस्टिभलका दुई सत्रमा उनी वक्ताका रुपमा रहने आयोजक बुकवर्म फाउन्डेसनले जनाएको छ ।  महामन्त्री थापाले ‘काठमान्डु कथा’ शीर्षक सत्रमा लेखक बुद्धिसागरसँग संवाद गर्नेछन् । यस सत्रमा बाहिरी जिल्लाबाट काठमाडौं गएका र काठमाडौंमै बसेका व्यक्तिले भोगेको काठमाडौंको समाज एवं यहाँको जनजीवनबारे छलफल हुने फाउन्डेसनले बताएको छ ।  साथै ‘समाजअनुसारका नेता कि नेताअनुसारको समाज ?’ शीर्षक सत्रमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र थापासँग लेखक एवं पत्रकार बसन्त बस्नेतले संवाद गर्ने पनि फाउन्डेसनको भनाइ छ ।  फेस्टिभलमै नेकपा एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि आउनेछन् । उनले आफ्नो गैरराजनीतिक जीवनबारे पत्रकार अखण्ड भण्डारीसँग चर्चा गर्नेछन् । पुस ६ देखि ११ सम्म पोखराको बाराहीघाट, लेकसाइडमा फेस्टिभल आयोजना हुँदै छ ।   

काठमाडौं:   निर्वाचन आयोगले निर्वाचन अन्तिम परिणामको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज बुझाउने भएको छ।  प्रमुख आयुक्त दिनेश कुमार थपलियाले  प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन  परिणामको अन्तिम प्रतिवेदन आज राष्ट्रपतिसमक्ष पेश गर्ने बताएका हुन् ।  आयोगका पदाधिकारीले राष्ट्रपति भण्डारीलाई आज बिहान १० बजे भेटेर प्रतिवेदन बुझाउन लागेको हो। बुधबार पत्रकार सम्मेलनमा थपलियाले भने, ‘आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधानबमोजिम २०७९ मंसिर २९ गते सम्माननीय राष्ट्रपतिज्यूसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। ’ निर्वाचन आयोगले निर्वाचनको अन्तिम नतिजाको परिणाम राष्ट्रपतिसमक्ष बुझाएपछि नयाँ सरकार गठनको बाटो खुल्नेछ। यसैगरी पुस २ गते प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउने कार्यक्रम छ। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिने आयोगले जनाएको छ।  प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा ८ सय २५ जना निर्वाचित भएका छन्।  निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको अन्तिम परिणामअनुसार प्रतिनिधिसभातर्फ २ सय ७५ र प्रदेशसभातर्फ ५ सय ५० जना उम्मेदवार निर्वाचित भएका हुन्।   प्रतिनिधिसभातर्फ पुरुष १ सय ८४ र महिला ९१ जना निर्वाचित भए।  प्रतिशतका आधारमा यो पुरुष ६६.९० र महिला ३३.१० प्रतिशत हो।  प्रदेशसभातर्फ भने पुरुष ३ सय ५० र महिला २ सय जना निर्वाचित भएको आयोगको तथ्यांकमा उल्लेख छ।

कास्की:  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्नपूर्ण गाउँपालिकाका प्रमुख तथा जनप्रतिनिधहरुलाई नयाँ सरकार बनेपछि काठमाडौमा निम्तो दिएका छन् ।   कास्कीको अन्नपूर्ण गाउँपालिका १ स्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्तीलाई सम्बोधन गर्दै उनले नयाँ सरकारको नेतृत्व आफुले गर्न सक्ने बताउदै विकास योजनाका लागि निम्तो दिएका हुन् । ‘म अन्नपूर्ण गाउँपालिका तथा यो विद्यालयको प्राध्यापक, शिक्षक साथीहरु र अन्य जनप्रतिनिधिहरुलाई नयाँ सरकार बनिसकेपछि काठमाडौं आउन र यहाँको विकासका निम्ति लिस्ट बनाएर ल्याउन तपाइहरुलाई अनुरोध गर्न चाहान्छु, उनले भने ‘ताकी तपाइहरुले ल्याएको लिस्ट अनुसार मैले सहयोग गर्न सकुँ ।’    उनले अन्नपूर्ण गाउँपालिकाको फरक विकास निर्माण गर्ने प्रतिवद्धता समेत जनाए ।  ‘यो पटक मैले देशको नेतृत्व गर्ने अवसर पाउँदा अन्नपूर्णमा मैले हामी नरहदा पनि  आउने पिढीले देख्ने, बुझ्ने र सिक्नेगरि विकासका केही परियोजनाहरु अगाडि बढाउने म तपाइहरुसमक्ष प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।’   उनले आफू नेतृत्वमा पुगे भ्रष्टाचार नियन्त्रण गरेर देशको आर्थिक विकासमा लाग्ने समेत धारणा राखेका थिए ।  

पोखरा:  नेकपा एमालेका महासचिव शकंर पोखरेलले मुलुकलाई बलियो राजनीतिक शक्तिको आवश्यकता भएको बताएका छन्  ।  प्रेस चौतारीद्वारा आज (बुधबार) आयोजित पत्रकार भेटघाटमा बोल्दै पोखरेलले यस्तो धारणा राखेका हुन् ।  उनले गठबन्धनको सरकार लक्ष्यविहिन भएको बताउदै सो समुह मुलुकको हीतविपरित रहेको बताए । उनले फरक प्रसंगमा बोल्दै भर्खरै सम्पन्न निर्वाचनबाट अपेक्षित मतपरिणाम नआएको उल्लेख गरे । ‘निर्वाचनको अभियानमा एमाले देशकै ठुलो पार्टीको रुपमा बहुमत प्राप्त गर्ने हिसाबले अगाडि बढेको थियो तर मत परिणाम सोचेजस्तो आएन, उनले भने, ‘हामीले जनताको मनोविज्ञान बुझ्नमा गल्ती गर्यो की भन्ने लागेको छ ।’  उनले राष्ट्रिय पार्टीहरु असफल भएको सन्देश गएको बताउदै सकारात्मक सन्देशका लागि मात्रै एमाले र कांग्रेस मिल्नुपर्ने तर्क राखे । ‘अहिले जुन राष्ट्रिय पार्टीहरु असफल भएको सन्देश गएको बेला त्यसको लागि मात्रै हो कांग्रेस र एमाले मिल्ने भनेको, उनले भने, ‘नत्र दिर्घकालिन हिसाबले हेर्ने हो भने नेपाली कांग्रेस र नेकपा एमाले स्वस्थ्य लोकतान्त्रिक प्रतिस्पर्धाका लागि तयार हुनुपर्छ । किनभने कांग्रेसको नीति र एमालेको नीतिमा भिन्नता छ ।’    

काठमाडौं: मंसिर ४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबाट जनता समाजवादी पार्टी नेपाल (जसपा) मा ३२ जना निर्वाचित भएका छन् । प्रतिनिधिसभातर्फ ७ जना प्रत्यक्षमा निर्वाचित भएका छन् भने समानुपातिकबाट ५ जनाको नाम सिफारिस भएको जसपाले जनाएको छ ।  यस्तै प्रदेश १ बाट समनुपातिकतर्फ १ जना चयन भएका छन् भने मधेस प्रदेशमा ७ जना चयन भएका छन् । यस्तै मधेस प्रदेशमा प्रत्यक्षबाट ९ जना निर्वाचित भएका छन् । यसैगरी लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ २ जना निर्वाचित हुँदा समानुपातिकबाट १ जना चयन भएको केन्द्रीय सूचना, सञ्चार प्रकाशन तथा प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।  पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरु  १. अशोककुमार राई, सुनसरी १ २. राजकिशोर यादव, सिराहा २ ३. रामसहायप्रसाद यादव, बारा २ ४. नवलकिशोर साह, सप्तरी १ ५. विरेन्द्र महतो, सिराहा ४ ६. दीपक कार्की, धनुषा १  ७. प्रदीप यादव, पर्सा १  समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरु   १. प्रकाश अधिकारी (सिराहा) २. सुशिला श्रेष्ठ (उदयपुर) ३. रेखा यादव थापा (मोरङ) ४. रञ्जु कुमारी झा (सप्तरी)  ५. सहनाज रहमान (झापा) प्रदेश नं १ समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्य १. निर्मला लिम्बु (ताप्लेजुङ) मधेश प्रदेश  पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्यहरु  १. मो. लालबाबु राउत, पर्सा १ (ख) २. सरोजकुमार यादव, बारा १(ख) ३. राजकुमार गुप्ता, सिराहा १(ख) ४. सरोजकुमार सिंह महोत्तरी ४ (ख) ५. राम आशिष यादव, धनुषा २ (ख) ६. बच्चा राउत अहिर, बारा २ (ख)  ७. सञ्जय कुमार यादव, सर्लाही ३ (ख) ८. सिहासन सा कलवार, पर्सा ४ (क) ९. शेख अबुलकलाम आजाद, रौतहट ४ (ख) मधेश प्रदेश समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्यहरु ​ १. मनिस कुमार सुमन (सप्तरी)  २. विन्दुकुमारी यादव (सर्लाही) ३. किरणकुमारी साह (सप्तरी) ४. शोभा देवी (रौतहट) ५. ललिता दास (सिराहा) ६. साहिदा खातुन (सिराहा) ७. ममता देवी मण्डल (धनुषा) लुम्बिनी प्रदेश  पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्यहरु १. आदेशकुमार अग्रवाल, बाँके २ (क) २. भण्डारीलाल अहिर, बाँके २ (ख) लुम्बिनी प्रदेश  समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्य १. अम्बीका काफ्ले(बर्दिया)  

काठमाडौं:   नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले तत्काल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन घोषणा गर्न त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेको छ । मंगलबार अध्यक्ष सुनीता बरालसहितको टोलीले त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटालाई ज्ञापनपत्र बुझाउँदै तत्काल स्ववियु चुनावको मिति घोषणा गर्न माग गरेको हो । ‘अब कुनै पनि बहानामा स्ववियु निर्वाचन नगराउने छुट विश्वविद्यालयलाई हुने छैन’ अध्यक्ष बरालले विज्ञप्तिमा भनेकी छन् । विश्वविद्यालयमा स्ववियु नहुँदा शैक्षिक माफिया मौलाउने र विद्यार्थीका नाममा अराजक गतिविधि बढेको पनि अनेरास्ववियुले बताएको छ । ‘जब विश्वविद्यालय स्ववियुविहीन हुन्छ त्यहाँ एकातिर शैक्षिक माफियाहरु मौलाउने र अर्कातिर विद्यार्थीका नाममा अराजकता र अपराधिकरण चुलिँदै जान्छ भन्ने तथ्य पनि प्रश्नपत्र सम्बन्धी मुद्दा, विश्वविद्यादलयमा भएका निरन्तरको तालाबन्दी र प्रँध्यापकमाथिको सांघातिक आक्रमणले थप पुष्टि गरेका छन्’ अनेरास्ववियुको विज्ञप्तिमा भनिएको छ । उपकुलपति बाँस्कोटाले यस वर्ष स्ववियुको चुनाव हुने भन्दै तयारीमा लाग्न आग्रह गरेका अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य मदन विष्टले जानकारी दिए । त्रिभुवन विश्वविद्यालयले हरेक २ वर्षमा फागुनमा स्ववियु चुनाव गर्दै आएको थियो । तर १४ वर्षदेखि स्ववियु चुनाव हुन सकेको छैन ।