निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

पोखरा:  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन कसरत गर्ने बताएका छन् ।    गण्डकी प्रदेशको चौथो अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको क्षमताले सक्ने गरी कृृषि क्षेत्रमा आत्मनिर्भर बनाउने बताएका हुन् ।    ‘ठुलाठुला उद्योगहरु सञ्चालन गर्ने, रोजगारीको अवसर सिर्जना गर्ने चाहना सबैको छ, प्रदेशबाट केही न केही वस्तुहरु निर्यात गर्ने चाहना छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘प्रदेश सरकारको क्षमता अनुसार कृषि क्षेत्रमा आत्मनिर्भर बनाउछौं,  ।’   प्रदेशलाई कृषि खेतीमा आत्मनिर्भर बनाउन आवश्यक बजेट बिनियोजित गरेको बताए । ‘प्रदेश सरकारले नगदेबाली, फलफुल खेती, हिउँदे खेती र चैते धान, आलु खेती लगायत क्षेत्रमा उत्पादन बढाउन पकेट क्षेत्र घोषणा गर्दैछौं’, उनले भने, ‘ती पकेट क्षेत्रमा ठुला ठुला सामुहिक फार्म बढाउन प्रदेश सरकारले त्यसमा ध्यान दिएको छ ।’   उत्पादनको मात्रा हेरेर मात्र अब प्रदेश सरकारले अनुदानको व्यवस्था गर्ने मुख्यमन्त्री पाण्डेको दाबी छ ।   ‘हिजो हामीले विवरण गरेको अनुदानबाट प्रतिफल प्राप्त गर्न सक्यौ कि सकेनौं त्यसलाई आधार मान्दै अब प्रदेश सरकारले उत्पादनको मात्रा हेरेर मात्र अनुदान दिने व्यवस्था गछौं’, उनले भने, ‘स्थानीय सरकारसँगको समन्वयमा कृषि पकेट क्षेत्रमा अुनदानमा सहजीकरण र उत्पादनको बजारीकरणको लागि हामीले सहजीकरण गर्छौं।’   प्रदेश सरकारले स्मार्ट कृषि प्रणाली लागू गरेकाले कृषि सम्बन्धि उद्योग धन्दा सञ्चालक र कृषिबीच यसले पुलको काम गर्ने बताए ।    ‘स्मार्ट कृषि प्रणालीमा कृषकले उत्पादन गरेका वस्तुहरुको बजारीकरणको लागि कुनै समस्या नहोस् भनेर यो व्यवस्था लागु गर्दै छौं’, उनले भने, ‘हामीले कति दिन्छ अहिले भन्न सक्दैनौ तर अहिले यस क्षेत्रमा खायन र चिप्स आलुलाई प्राथमिकता दिएका छौं ।’

मोरङ: कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गठबन्धन दलहरुबीच सहमति कायम गरी चाँडै वर्तमान सरकारले विश्वासको मत लिने बताउनुभएको छ ।   उहाँले उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री गयानन्द मण्डल गनगाईको शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै भदौ १ गतेदेखि प्रदेश सभाको बैठक सुरु  हुँदा उपयुक्त समयमा वर्तमान सरकारले विश्वास मत लिने प्रष्ट पार्नुभयो । मुख्य मन्त्री थापाले विश्वासको मतपछि गठबन्धन दलहरुबाट थप मन्त्री नियुक्त गरिने जानकारी दिनाका साथै  विगतको सरकारले अध्यादेशमार्फत  ल्याएको बजेट सदनमा रोकिएमा प्रतिपक्षसँग सहमति कायम गरी पास गराउने बताउनुभयो । उहाँले यसैगरी प्रदेश निजामती ऐनलाई यसै सदनबाट पास गर्ने पनि उल्लेख गर्नुभयो ।   पहिचानवादीसँग वार्ताका लागि सरकारले चाँडै वार्ता टोली गठन गरी संवाद प्रारम्भ गरिने जानकारी दिँदै  मुख्यमन्त्री थापाले  वार्ताकै माध्यमबाट निस्केको निष्कर्षको परिणामलाई सार्थक बनाइने प्रष्ट पार्नुभयो । रासस

पाँच लाख घुससहित सप्तरीमा दुई जना पक्राउ परेका छन्।   अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विष्णुपुर गाउँपालिकाका एमआइएस अपरेटर विरेन्द्रकुमार यादवलाई दुई लाख नगद र लेखापाल टेकनारायण यादवलाई ३ लाखको चेकसहित पक्राउ गरेको हो।    इटहरीबाट खटिएको अख्तियारको टोलीले राजविराज नगरपालिका- ३ बाट बुधबार दुई जनालाई पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।    उनका अनुसार सोलार बत्ती जडान लगायत योजनाको भुक्तानी गरेबापत सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियारले पक्राउ गरेको हो।

गण्डकी: गण्डकी प्रदेशसभा बैठक आज दिउँसो १ः०० बजे बस्दैछ । ‘बिजनेस’ नभएपछि बैठक दुईपटकसम्म स्थगन भएको थियो ।  आजको बैठकमा विषयगत समितिमा बस्ने सदस्यको नाम प्रस्तुत हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।    सरकारले ल्याएको वन विधेयक बैठकमा पेस हुने सचिवालयका प्रवक्ता प्रेम सुवेदीले बताउनुभयो । यसअघि गत बिहीबार र सोमबारलाई डाकिएको बैठक सरकारले बिजनेस दिन नसकेपछि स्थगन भएको थियो ।   प्रमुख प्रतिपक्ष नेकपा ९एमाले०ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र गाईवस्तुमा देखिएको लम्पी स्किन रोगको नियन्त्रणसम्बन्धी जरुरी सार्वजनिक महत्वका दुईवटा प्रस्ताव पनि प्रदेशसभा सचिवालयमा दर्ता गरेको छ ।    प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको सात महिना बितिसक्दा पनि ‘मिनी संसद्’ मानिने विषयगत समिति अझै गठन हुनसकेको छैन । प्रदेशसभा नियमावलीको प्रावधानअनुसार प्रदेशसभामा अर्थ तथा विकास, सार्वजनिक लेखा, प्रदेश मामिला तथा कानुन र सामाजिक विकास तथा कृषि समिति गरी चार विषयगत समिति रहनेछन् ।  रासस

काठमाडौं:  जनमत पार्टीकी सांसद अनिता देवी साहले मन्त्री पदको शपथग्रहण गरेकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराएका हुन् ।   शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना लगायत सहभागी थिए । यसअघि सामान्य प्रशासन मन्त्री माओवादी केन्द्रका अमनलाल मोदी थिए । जनमत पार्टीलाई सरकारमा सहभागी गराउन मोदीलाई माओवादी केन्द्रले आइतबार सरकारबाट फिर्ता बोलाएको थियो ।   यसअघि पनि जनमत एक मन्त्रीसहित सरकारमा सहभागी भएको थियो । जनमतका अब्दुल खानलाई प्रधानमन्त्री प्रचण्डले खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका थिए । त

काठमाडौँ:  समसामयिक राजनीतिक घटनाक्रम बारे नेकपा ९एमाले०ले आफ्नो पार्टीको औपचारिक धारण सार्वजनिक गर्ने भएको छ । पार्टीले आज (आइतबार) दिउँसो १ बजे पत्रकार सम्मेलन  आयोजना गरी धारणा सार्वजनिक गर्ने जनाएको छ ।    पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलनको आयोजना गरिएको प्रचारप्रसार विभागका सचिव गगन विष्टले जानकारी दिनुभयो ।   वर्तमान समसामयिक राजनीतिक विषयसँगै संसद्को गतिरोध लगायतका विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने विष्टले बताउनुभयो । 

पोखरा:   नेपाली कांग्रेस पोखरा महानगरपालिका १७ ले इकाई सभापति देवराज आचार्य विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेको छ ।  पोखरा १७ का इकाई सभापति आचार्यले गएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको प्रत्यासीको समयमा दिएको कार्यवाहकको जिम्मेवारीको विषयमा विवाद गरेको, कार्यकर्तालाई पराजितको दोष लगाएको, किर्ते तथा आर्थिक अनियमितता गरेको भन्दै कार्यवाह सभापति डिल्लीराम भट्टराईको नेतृत्वमा  अविश्वासको प्रस्ताव पेश गरेको हो ।  वडा सभापति आचार्य विरुद्ध ०७९/०७/०६ गते बसेको भेलाले नेपाली कांग्रेसको विधान २०१७ (नवौ संशोधन) को दफा ४४ को उपदफा १ बमोजिम लिखित रुपमा इकाई कार्यवाहक सभापति भट्टराईको नेतृत्वमा आज (शुक्रबार) पोखरा महानगरपालिका, क्षेत्रीय कार्यालय, जिल्ला र प्रदेश कार्यालयमा वडा सभापति आचार्य विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेको हो ।  अविश्वासको प्रस्ताव पत्रमा विधानले तोके बमोजिम अविश्वासको प्रस्ताव पेश गर्ने विषयमा २०७९/०७/०६ गतेको ३५१ जना क्रियाशिल सदस्यहरुको भेलाबाट पारित निर्णयको छायाँकपी यसै गरिएको व्यहोराको साथै जिल्ला क्षेत्र, नगर र प्रदेश सभापति लगायतका कार्य समिति समक्ष वडामा भएको विवाद जानकारी गराउँदा पनि उपल्लो निकायबाट समस्याको समाधान गर्न कुनै पहल नभएको उल्लेख गरिएको छ ।  वडा सभापति आचार्य विरुद्ध स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा पत्यासी हुँदा बाँकी समयका लागि दिएको कार्यवाहक सभापतिको विषयमा विवाद गरेको, चुनावमा पराजित भएको जिम्मेवारी आफूले नलिएर कार्यकर्तालाई गालीगलौज गर्द संगठन कमजोर बनाएको विषयमा पटकपटक छलफल गरेर बहुसंख्यक क्रियाशिल सदस्यहरुको रोहबरमा जवाफ मागिएपनि उपस्थित नभई चुनावी समिक्षा बैठकमा कार्यकर्तामाथि पटकपटक ‘हार्दिक श्रद्धाञ्जली’ लगायतका अभिव्यक्ति दिएको, अभिव्यक्ति फिर्ता गर्न आग्रह गरेपनि यो विषयलाई लत्याएको कारण अविश्वासको प्रस्तावको गरेको पत्रमा उल्लेख गरेको छ ।  आचार्य विरुद्ध पार्टीको छाप र लेटर प्याड समेत किर्ते गरेर पार्टीको नाममा जग्गा खरिद  प्रकरणमा आर्थिक अनियमितता लगायतको कार्य गरेको उल्ल्ेख गरेको छ । पत्रमा बहुसंख्यक क्रियाशिल सदस्यहरुको अनुरोधलाई गम्भिर रुपमा बुझेर समस्याको समाधान गर्न आग्रह गर्दै समस्याको समाधान नभई यही रुपमा अन्याय, अत्याचार भए नैतिकताको आधारमा कुनै पनि कार्यक्रममा शहभागिता नहुने जनाइएको छ ।   

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदबाट शिक्षा ऐन पारित गर्ने क्रममा केही दोहोरोपन पाएपछि सच्याउन लागेको बताउनुभएको छ । शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्री पद सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले शिक्षा ऐन दोहोरोपन देखिएपछि मन्त्रिपरिषदमा यसलाई सच्याएर मात्रै संसदमा पेश गर्ने तयारी भइरहेको बताउनुभयो । केही नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखापरेका चुनौती सामना गर्न सरकार लागिपरेको उहाँको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘केही नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखापरेका चुनौती सामना गर्ने म आफैँले एउटा नयाँ सङ्कल्प लिएको विश्वास दिलाउन चाहन्छु । हाम्रो सीमावर्ती क्षेत्रमा नेपालका नर्सहरु अर्को देशमा गएर तालिम लिने पढ्ने र त्यतैबाट अन्त जाने जुन परिस्थिति बनेको छ, हामी सबै स्वास्थ्य क्षेत्रमा काम गर्ने, मन्त्रालयदेखि सरकारदेखि सबैका लागि ठूलो प्रश्न बनेको छ । त्यस्तै अन्य विषयहरु पनि छन् ।’’ प्रधानमन्त्री प्रचण्डले नयाँ सङ्कल्प र प्रतिबद्धतासहित सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा आफू रहेको भन्दै स्वास्थ्य, शिक्षा र जनतालाई सेवा प्रदान गर्ने कुरामा ध्यान केन्द्रित रहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘अहिले हामी एउटा नयाँ सङ्कल्प र प्रतिबद्धतासहित सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रामा छौं । सुशासनको पक्षमा मात्रै सरकारको बढी ध्यान गएको हो की भनेको जस्तो ठानेको सुन्छु, त्यस्तो होइन । स्वास्थ्य, शिक्षा र जनतालाई सेवा प्रदान गर्ने कुरामा ध्यान छ । सङ्घीय शिक्षा ऐन बनाउने कुरा लामो समयदेखि थाँती थियो, त्यसलाई अन्तिम रुप दिइँदैछ र मन्त्रिपरिषदमा शिक्षा ऐनलाई पारित गर्ने सन्दर्भमा त्यसको सक्कली शिक्षा ऐनको ठाउँमा केही डुब्लिकेशन देखेपछि त्यसलाई रोकेर सच्याएर मात्रै सदनमा पेश गर्ने प्रक्रिया सुरु भएको छ ।’’ प्रधानमन्त्री प्रचण्डले नेपाली नर्सहरु विदेश पलायन हुने परिस्थितिलाई रोक्न सरकार लागेको बताउनुभयो ।