पोखरा ।    गण्डकी प्रदेश सरकारमा आज (बुधबार) मन्त्रिपरिषद् हेरफेर भएसँगै नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलबाट नियुक्त भए ८ मन्त्रीले सपथ लिएका छन् ।   गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टल...

मधेस प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि आठै जिल्लामा दसरदस लाख पठाउने भएको छ ।   प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि सो रकम उपलब्ध गराउने निर्णय गरेको हो।   मन्त्री समिमले राहत तथा उद्धार सामग्री खरिद गर्न आठवटै जिल्ला प्रशासन कार्यालयलाई तत्काल राहत रकम पठाउने निर्णय गरेको जानकारी दिए।   ‘प्रदेशका आठै जिल्लामा बाढी तथा डुबानको समस्या छ । त्यसलाई मध्यनजर गरी तत्काललाई प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको विपद् व्यवस्थापन समितिलाई तत्कालका लागि राहत रकम दिने निर्णय भएको छ,’ उनले भने, ‘यसका अतिरिक्त एकद्वार प्रणालीमार्फत राहत सङ्कलन तथा वितरणको काम गर्ने निर्णय पनि गरिएको छ।   त्यसको समन्वय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगी संस्था, स्थानीय विपद् व्यवस्थापन समिति र जिल्ला विपद् व्यवस्थापन समितिमार्फत हुने मन्त्री समिमले बताए।   राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सबै सुरक्षा निकाय र सरोकारवालासँग समन्वय गर्ने विषयमा पनि छलफल भएको छ। केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण मधेसमा जनजीवन प्रभावित भएको छ।

काठमाण्डौ:  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज बुधवार पनि प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ ।   आजको बैठकमा पनि एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै अवरोध गरेको हो ।   बैठकको शुरुमै उठेर विरोध जनाएका एमाले सांसदहरूको तर्फबाट बोल्दै सांसद सूर्यबहादुर थापाले गृहमन्त्रीको मङ्गलवारको मन्तव्यमा छानबिन समिति गठन गर्ने नभनिएको भन्दै आफूहरूको विरोध जारी रहने बताउनुभयो ।   सभामुखले बैठक सञ्चालन गर्न सघाउन पटक–पटक आग्रह गरे पनि एमालेले नाराबाजी गर्दै बेल घेराउ गरेपछि बैठक स्थगित भएको हो । प्रतिनिधिसभाको अर्को बैठक साउन २६ गते शुक्रवार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी नियमावली चाँडै ल्याउने बताएका छन्।   मिडिया एड्भोकेसी ग्रुप तथा महिला कानुन र विकास मञ्चले संयुक्त रुपमा आज ललितपुरमा आयोजना गरेको नागरिकता ऐनको कार्यान्वयनसम्बन्धी छलफलमा उनले नियमावली आएपछि नागरिकता पाउनुपर्ने व्यक्तिलाई महिनौंसम्म कुराएर राख्ने अवस्थाको अन्त्य हुने बताएका छन्।   ‘हामी तत्कालै नागरिकतासम्बन्धी नियमावली मन्त्रिपरिषद्मा पेस गर्दैछौँ, यसका लागि कानुन  मन्त्रालयको राय लिन बाँकी छ, नियमावली आएपछि नागरिकता पाउनुपर्ने व्यक्तिलाई महिनौंसम्म कुराएर राख्नु पर्दैन,’ मन्त्री श्रेष्ठले भने, ‘अहिले अङ्गीकृत नागरिकता वितरणमा केही सरलीकृत मात्रै गरिएको छ, पहिला निस्सा चाहिनेमा अहिले स्वघोषणा गरे मात्रै पुग्ने व्यवस्था गरिएको हो।’   नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गरेमा तिनका सन्तानले वंशजका आधारमा नागरिक पाउने व्यवस्था संविधानमा नभएको र  संविधानमा नभएको कुरा नियमावलीबाट अपेक्षा गर्न नसकिने पनि श्रेष्ठले बताए।    उनले नेपाली आमाका सन्तानले सहज रुपमा नागरिकता पाउने व्यवस्था अहिलेको संविधान र ऐनले गरेको बताए।

काठमाडौं:  प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । मङ्गलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेसँगै उहाँमाथि संसदीय सुनवाइ प्रक्रिया सुरु भएको हो ।   यही साउन १८ गते बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । सोही सिफारिसमाथिको सुनुवाइ प्रक्रियाका लागि १० दिने उजुरी आह्वान गर्ने निर्णय गरिएको समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले जानकारी दिनुभयो ।   राणाले भन्नुभयो, ‘‘प्रस्तावित प्रधानन्यायाधीशको बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रस्तावित व्यक्ति प्रस्तावित पदका लागि अनुपयुक्त लागेमा सूचना प्रकाशित भएको मितिले १० दिनभित्र प्रस्ट आधार खोली मर्यादित भाषामा समिति समक्ष सूचना वा उजुरी दिन सरकारी सञ्चार माध्यामहरुमार्फत् सूचना प्रकाशित गर्न प्रस्ताव गर्दछु । सुनुवाइका लागि समितिमा प्राप्त प्रस्तावित व्यक्तिको नियुक्तिको अनुपयुक्तताको सम्बन्धमा उजुरी माग गर्ने सम्बन्धमा सूचना प्रकाशन तथा प्रसारण गर्न समिति सचिवलाई निर्देशन दिन्छु ।’’   तत्कालीन प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेरहदका कारण साउन २० गते नै प्रधानन्यायाधीशबाट अवकाश पाएपछि नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठमाथि संसदीय सुनुवाइ प्रक्रिया सुरु गरिएको छ । 

पोखरा: नेकपा (एमाले) गण्डकी प्रदेशको पहिलो अधिवेशन आगामी असोजमा हुने भएको छ ।   सोमबार सम्पन्न प्रदेश कमिटीको पूर्ण बैठकले असोजको  १५ र १६ गते पोखरामा सो अधिबेशन गर्ने निर्णय गरेको एमाले गण्डकी प्रदेश कमिटीका उप सचिब एबम प्रचार तथा प्रकाशन बिभाग प्रमुख रश्मि आचार्यले जानकारी दिए। त्यसै गरि बैठकले जनबर्गिय संगठनका अधिबेशन सम्पन्न गर्ने , सदस्यता बिस्तार अभियान तिब्रताका साथ अगाडी बढाउने निर्णय भएको कार्यालय सचिब माधब बास्तोलाले जानकारी दिए। सो बैठकको एमाले महासचिव शंकर पोख्रेलले उद्घाटन गरेका थिए।  कार्यक्रममा महासचिब पोख्रेल सहित उप महासचिव पृथ्वीसुब्बा गुरुङ, सचिब एबम गण्डकीका इन्चार्ज गोकर्ण बिष्ट , स्थायी कमिटी सदस्य खगराज अधिकारी लगाएतका नेताहरूले एमालेको अब भाबी रणनीति र संगठन मजबुतिकरण अभियानका बारेमा प्रकाश पारेका थिए। गण्डकी प्रदेशका ११ वटा जिल्ला कमिटीका  रिपोर्टिङ सहित समिक्षा गर्दै  बैठक  अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न  भएको थियो भने स्वागत मोहन रेग्मी र संचालन सचिब धनन्जय दवाडीले गरेको पार्टी प्रचार तथा प्रकाशन बिभाग सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिए।

काठमाडौँ:  अपरुद्ध सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सक्रियता देखाएका छन् । संसद खोल्ने प्रयास स्वरुप प्रधानमन्त्री निवास बालुवाटार तीन दलको बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतकहरू उपस्थित छन् ।  तस्करीको सुन प्रकरणलाई लिएर एमालेले उच्चस्तरीय छानविन समितिको माग गर्दै संसदमा गतिरोध कायम गरेपछि हिजोदेखि सदन सुचारु गर्नका लागि छलफल थालिएको थियो ।    सोमबार २ चरणमा भएको छलफलबाट सहमति ननिस्किएपछि फेरि बैठक बोलाइएको हो । सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानविन समिति बनाउने विषयमा लिएको अडान र सत्तापक्षले पनि सो छानविन समिति आवश्यक नभएको भन्दै लिएको अडानका कारण सोमबारका लागि तय भएको प्रतिनिधि सभाको बैठक बस्न सकेको थिएन । आज अपराह्न ३ बजेका लागि बैठक बोलाइएको छ ।  

काठमाडौं:     प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । संसदको अवरोध खोल्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति नजुटेपछि सूचना टाँसेर स्थगित भएको हो ।  संघीय संसद सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभाको बैठक २३ साउनको दिउँसो ३ बजे बस्ने जानकारी दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले शिष्टाचार भेटवार्ता गरेका छन्।   प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।   सो अवसरमा साउदी अरब सरकारको सहयोगका विविध आयामका विषयमा छलफल भएको थियो।

काठमाडौँ:  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल  स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्नुभएको छ ।   प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्वीट्जरल्याण्डलगायतका विभिन्न देशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।   पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपाल आगामी भदौ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको उहाँको निजी सचिव मोहन गौतमले जानकारी दिनुभयो । अध्यक्ष नेपालको अनुपस्थितिमा अध्यक्षको जिम्मेवारी पार्टीका उपाध्यक्ष एवं कृषि तथा पशुपन्छीमन्त्री डा। वेदुराम भुसालले सम्हाल्नुहुनेछ । रासस