म्याग्दी:   म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र बसन्त ऋतुको आगमनसँगै फुलेका लालीगुराँसले सिंगारिएको छ ।    घोडेपानी क्षेत्रमा लालीगुराँस फुलेपछि मन...

पोखराः    कास्कीको अन्नपूर्ण गाउँपालिका ७ लान्द्रकमा हनि हन्टिङ फेस्टिबल बुधबार सकियो । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मध्यनजर गर्दै लान्द्रुकस्थित कोटेसाङभीरमा भीर माहुरीको मह काढिएको थियो । सो फेस्टिभलमा करिब आधा दर्जन भीर माहुरी घार शिकार गरिएको थियो । वर्षमा दुईपटक शिकार गरिन्छ । महभीरमा जेठ– असारपछि मंसिर महिनामा महको शिकार गरिएको थियो । मह स्वास्थ्यबर्दक मानिने भएकाले भीर महको महत्व बढेको स्थानीयहरु बताउछन् । मोदी खोला किनारको कोटेसाङ महभीरमा मंगलबारदेखि भीर मह निकाल्न सुुरु भएको फेस्टिबल बुधबार सम्म चलेको थियो । १ लिटर महको ३ हजार रुपैयामा विक्री हुने हनि हन्टिङ फेस्टिबल समितिले जनाएको छ ।  १९ तस्बिरमा हेरौँ, भीर मह शिकारको रौनक तस्बिरहरुः बि बि रोकामगर ​                                                         

पोखरा:  पोखरा महानगरपालिकाले भदौ १३ गते एक सूचना प्रकाशित गर्दै भन्यो ‘महानगरबाट अनडरग्राउण्ड पार्किङको अनुमति लिएर बनाएका सटर तथा व्यापारीक प्रयोजनमा प्रयोग भएका छन् भने ३५ दिनभित्र खाली गर्नु ।’  सो सूचना सार्वजनिकपछि पोखरेली जनताले बालेनलाई पत्छाउँदै पोखराका मेयर धनराज आचार्य विकासको पक्षमा भन्दै गुणगान गाउनसम्म भ्याए ।  महानगरको सूचनाको ३५ दिने म्याद असोज १७ गते पुरा भएपछि पनि केही लछारपटार नलगाएपछि फेरि उनै मेयर आचार्यको आलोचना चोकचोकमा सुनिन थाल्यो । उनले नेपालीहरुको महान पर्वको समय भएको भन्दै मानवीयताकै कारण तिहार पर्वपश्चात कडा रुपमा उत्रने बताएका थिए ।  सोही अनुरुप आज दलबलसहित मेयर आचार्यले महानगरको अल्टिमेटम लत्याउएको भन्दै फिल्डमा उत्रिए र भूमिगत पार्किङमा व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीहरुलाई तत्काल हटाउन निर्देशन दिए । उनले निर्देशन मात्रै दिएनन् अटेरी गरेको सटरहरुमा डोजर नै चलाए । उनले विग बजार सेल स्टो प्रालिका सञ्चालक जनक कार्कीलाई प्रश्न गरे– ‘यो जग्गा कति घण्टामा खाली हुन्छर?’ सो प्रश्नको उत्तरमा व्यवसायी कार्कीले भने, ‘तपाइहरुको यो सकरात्मक कार्यमा हाम्रो पनि हातेमालो छ । हामीलाई केही दिन दिनुहोस्, हैन आजै सार्नपर्छ भन्नुहुन्छ भनेपनि ठिकै छ रातारात पनि काम गर्छौ ।’ विग बजार सेल स्टोरसँगै गरिमा विकास बैंक रहेको भवन, त्यसैगरि बुद्ध विशाल बजारको अन्डरग्राउण्ड पार्किङ लगायतमा मेयर आचार्य नेतृत्वको टोलीले खाली गर्न निर्देशन दिएको थियो ।  विभिन्न मलका भूमिगत पार्किङहरु खाली गर्न उर्दीगरेसँगै महेन्द्रपुलस्थित मोवाइल टावर र सीता भवनको भूमिगत पार्किङ भने केही दिनमा नै महानगरले पार्किङको लागि प्रयोग गर्ने बताइएको छ ।   तस्बिर: सुशान्त गाहा मगर/सुनगाभा न्यूज ​                        

पोखरा:  नेपालीहरुले दशैंपछि तिहारलाई विशेष प्राथमिकताका साथ मान्ने गरिन्छ । विशेषगरि दशैंमा गाउँघरमा चहलपहल हुन्छ भने तिहारमा शहरमा ।    विशेषगरि दिदिबहिनीको हातबाट दाजुभाइहरुले टिका ग्रहण गरेर भाइटिका मनाइने प्रचलन रहेको छ ।    तिहारमा विभिन्न रङका बत्तिहरुले घरलाई सजाइने हुदाँ बत्तिको पर्व पनि भन्ने गरिन्छ । तिहारको समयमा पोखरामा देखिएको झिलिमिलीलाई सुनगाभा न्यूजले तस्बिरमा कैद गरेको छ ।     सुनगाभा  न्यूजको लेन्सबाट हेरौं, १५ तस्बिरमा झिलिमिली पोखरा:-                                

पोखारा:  पोखरामा बाह्य पर्यटकहरुले भाइटिका लगाएका छन् ।   होटल संघ पोखराले आयोजना गरेको १५ औं संस्करणको भाइटिका महोत्सबमा ३५ जना बढी विदेशी पाहुनाले भाइटिका लगाएको कार्यक्रम संयोजक दिपक श्रेष्ठले जानकारी दिए ।    उनका अनुसार अमेरिका, न्यजिल्याण्ड, भारत, जापान, क्यानडा लगायतका मुकुकबाट नेपाल आएका बाह्य पर्यटकले भाइटिका ग्रहण गरेका थिए । उनीहरुलाई रेन्बो चिड्रेन होम्सका दिदिबहिनीहरुले टिका लगाइदिएका थिए ।    तस्बिरहरु:-                                                              

  बागलुङ । पश्चिम बागलुङको निसीखोला गाउँपालिका–७ स्थित नरसिंहकोटमा पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । जिल्लाको दोस्रो व्यापारीक केन्द्र बुर्तिबाङ बजारको शिरमा रहेको नरसिंहकोटमा सडक सञ्जाल र पदमार्गले जोडेपछि दैनिक सयौँ आन्तरिक पर्यटक यहाँ पुग्न थालेका हुन् ।      निसीखोलाकै सबैभन्दा महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थल नरसिंहकोटमा गाउँपालिकाले पूर्वाधार निर्माणसँगै पर्यटकलाई आकर्षण गर्ने संरचना बनाएको छ । स्थानीय सरकार आएपछि यसको मुहार फेरिँदै गएको स्थानीयवासी बताउँछन् । अहिले दैनिक दुई सय पर्यटक यहाँ आउने गरेका छन् । घुमाघाम र रमाइलो गर्नका लागि अति उपयुक्त मानिने नरसिंहकोट पौराणिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ ।      बाइसे चौबिसे राज्य रहेको बेला राजा शासन गरेको यस ठाउँमा अहिले पर्यटक आकर्षणको केन्द्र बनेको छ । जनप्रतिनिधि आउनु पूर्व आजापूजा मात्र गर्ने यो ठाउँ अहिले आन्तरिक पर्यटक घुम्ने केन्द्रको रुपमा विकास भएको निसीखोला गाउँपालिका–७ का वडाअध्यक्ष दीपक कुँवर बताउनु हुन्छ ।      गाउँपालिकाले पूर्वाधार निर्माण र प्रचारप्रसारलाई प्राथमिकता दिएपछि आन्तरिक पर्यटक बढ्न थालेको उहाँको भनाइ छ । अध्यक्ष कुँवरले केही वर्ष अगाडिसम्म सुनसान रहेको नरसिंहकोट पछिल्लो समय आन्तरिक पर्यटकको आगमन बढन थालेपछि चहलपहल पनि बढ्न थालेको बताउनुहुन्छ ।      खासगरी यहाँ बिदाको दिन बढी मान्छे घुम्न आउने गरेको उहाँको भनाइ छ । अध्यक्ष कुँवरले बाहिरबाट घुम्न आउने आगन्तुकका लागि खानेपानी, शौचालय लगायतका पूर्वाधार आफूहरुले निर्माण गरिसकेको भन्दै अब थप संरचना बनाउने योजना रहेको उहाँको भनाइ छ । यहाँसम्म आएको सडकलाई स्तरोन्नतिसमेत गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।      “अहिले सडककच्ची छ, कच्ची सकडमा आउँदा पर्यटकलाई समस्या पर्ने गरेको छ, केही वर्षमै यसको स्तरोन्नति गर्ने योजना छ, पदमार्ग पनि व्यवस्थित बनेको छ, खानोपानी र शौचालय पनि निर्माण भइसकेको हुँदा पर्यटकलाई समस्या छैन”,उहाँले भन्नुभयो,“पछिल्लो समय बिदाको दिन यो ठाउँ बुर्तिबाङ बजारका व्यापारी तथा कर्मचारीको थकाइ मार्ने चौतारी जस्तै बनेको छ ।”      तत्कालीन बाइसे–चौबिसे राज्य हुँदा भूरे राजाले राज गरेको यो ठाउँ निकै मनोरम छ । करिब दुई हजार मिटरको उचाइमा रहेको नरसिंहकोटदेखि धौलागिरि, माछापुछ्रै, अन्नपूर्ण लगायतका दर्जनौँ हिमशृङ्खलासँगै बागलुङको विभिन्न स्थान, गुल्मी, प्यूठान, रोल्पा, रुकुम, पर्वत, स्याङ्जा, अर्घाखाँचीलगायतका स्थानीयवासीसमेत देख्न सकिन्छ ।     गुल्मीदेखि घुम्न आउनुभएका निकेश शर्माले नरसिंहकोट निकै रमणीय रहेको बताउनुभयो । उहाँले गाउँबाट धेरै मान्छे यहाँ घुम्न र पूजागर्न आएको हुँदा आफू पनि उनीहरुसँगै आएको बताउनुभयो । शर्माले यो ठाउँ निकै पर्यटकीय हिसाबले निकै सम्भावना बोकेकोे भन्दै यहाँसम्म आउने सडक राम्रो भए धेरै मान्छे घुम्न आउन सक्ने बताउनुहुन्छ ।      राष्ट्रिय प्राथमिताको योजना साल झण्डीढोरपाटन सडकले जोडिएको नरसिंहकोटमा तराई क्षेत्रसँगै भारतका पर्यटक पनि भित्र्याउन सकिने भावना देखिन्छ । यो सडकको गुल्मीखण्डसम्म तीव्र रुपमा काम भए पनि बागलुङ खण्डमा हुनसकेको छैन । 

पोखरा:   ३९ वर्षपछि पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन भएको छ ।  उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ ले एक समारोहकाबीच नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।   सोही अवसरमा आतिसबाजी गरिएको थियो । समारोह व्यवस्थापन उपसमितिका संयोजक एकेन्द्र कुँवरका अनुसार करिब १२ लाखको आतिसबाजी गरिएको हो ।   हेर्नुहोस् तस्बिरहरु:-                              

कास्की । दशैँको रौनक गाउँघरमा तातिदै जादा शहरको कोलाहल सुस्ताउदै छ । त्यसो त शहरलाई दशैँ नलाग्ने नै भने होइन ।   कतिपय शहरीयाहरु यस्ता छन् जसलाई गाउँ कहाँ हो भन्नेसमेत पत्तो छैन । उनीहरु दशैँमा शहरमै बस्न बाध्य छन् । तर गाउँघरबाट भविष्य खोज्दै शहर हानिएकाहरु भने दशैँको कोसेली बोकेर केही दिनका लागि पोखरालाई बाइबाई भनिरहेका छन् ।   यतिबेला दशैँ नेपालीहरुको संघारमै आइसकेको छ । त्यसैले पोखरा शहरबाट बाहिरिनेको सँख्या बढ्दो छ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीका अनुसार हरेक वर्ष पोखराबाट करिब ५० हजारको सँख्यामा नागरिकहरु दशैँ मनाउन बाहिरिन्छन् ।    तर यस वर्ष भने गाउँ जानेको सँख्या घटेको केसीले बताए । ‘हरेक वर्ष लगभग ५० हजारको सँख्यामा बाहिरिन्छन्, उनले भने, ‘तर यसवर्ष विगतमा जस्तो त्यही चहलपहल छैन । पहिले पहिले त गाडी नै पुग्दैनथ्यो ।’   उनले पोखराबाट सबैभन्दा बढी धादिङका बासिन्दाहरु बाहिरिने गरेको अध्यक्ष केसीले जानकारी दिए । ‘दशैँमा सबैभन्दा बढी धादिङका बासिन्दा बाहिरिन्छन् । गाडी चालक र सहचालक मात्रै धादिङका ८० प्रतिशत छन् ।’ उनले भने ।   दशैँका लागि पोखराबाट गाउँ बाहिरिएका यात्रुहरुलाई सुनगाभा न्यूजको लेन्समा कैद गरेका छौं ।    हेर्नुहोस् तस्बिरहरु:-                        

कास्की:  जिल्ला प्रशासन कार्यालय कास्की अगाडी स्वतन्त्र नर्सहरुले धर्ना दिएका छन् । मंगलबार सरकारसँग विभिन्न माग राख्दै शान्तिपूर्ण धर्ना दिएका हुन् ।   शान्तिपूर्ण प्रर्दशनका क्रममा उनीहरुले विभिन्न मागसहित सरकारलाई प्लेकार्डमार्फत प्रश्न तेर्साएका थिए ।    उनीहरुले बोकेको प्लेकार्डमा लेखिएको थियो– ‘नर्स हुनुमा गर्व गर्नुकी पश्चाताप?, नर्सहरुलाई न्याय देउ सरकार, विदेश रहर कि बाध्यता?, सेभ नर्स सेभ लाइफ, हामी नर्सका लागि नर्स हाम्रा लागि, सरकार किन मौन छ?, उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभुति गर, काम धेरै तलब थोरै न्याय खै?   हेरौं तस्बिरहरु:-                                 

पोखरा  : पोखरा १ बगरस्थित पृथ्वीनारायण क्याम्पस गेट अगाडी आज साँझ दुई विद्यार्थी संगठनबीच झडप हुँदा एकजना विद्यार्थी नेता घाइते भएका छन् ।    नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र नेकपा एमाले निकट अनेरास्ववियुबीच क्याम्पस गेट अगाडी झडप हुँदा क्रान्तिकारी विद्यार्थीका किरण खड्का घाइते भएका हुन ।    राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयकलाई दोस्रो पटक पनि प्रमाणिकरण नगरेपछि त्यसको विरोध जनाउदै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको थियो । सोही समयमा समयमा अनेरास्ववियु पक्षले कार्यक्रम विथोल्न खोजेपछि झडप भएको अखिल क्रान्तिकारीको आरोप छ ।    अखिल क्रान्तिकारीले आज राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएको थियो । त्यस्को प्रतिकार गर्न भण्डारीको कदम स्वागत योग्य रहेको भन्दै दीप प्रज्वलन गर्न क्याम्पस गेट अगाडि पुगेका थिए । नागरिकता विधेयकको विषयमा दुई विद्यार्थी संगठनबीच मुडभेड भएको कास्की प्रहरीले जनाएको छ ।   सुनगाभा न्यूजको लेन्सबाट हेरौं तस्बिरहरुः